बिहिवार, असोज ३०, २०७६

    खेल संसार

    विश्वकप–क्वाटरफाइनल शुक्रबारदेखि, कुन-कुन देशको स्थान सुरक्षित !

    बिहिवार, आषाढ २१, २०७५ साल
    काठमाडौँ, २१ असार  विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ ।  रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।  यता फ्रान्सले भने..

    विश्वकप फुटबल २०१८ : ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ ।  रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।  प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन् । अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित..

    विश्वकप फुटबल : शुक्रबारदेखि सेमिफाइनलका लागि भीडन्त, अबका प्रतिस्पर्धा यस्ता छन्...

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौं, असार २० ।  रसियामा जारी फिफा विश्वकप अन्तरगत प्री–क्वाटरफाइलनका खेल सकिएसँगै अब यही शुक्रबारदेखि क्वाटरफाइलनका खेलहरु सुरु हुँदैछन् । मंगलबार रातीको खेल सकिएसँगै उत्कृष्ट ८ टोलीको टुंगो लागिसकेकाले फिफाले पनि क्वाटरफाइलनका लागि तयारी सुरु गरिसकेको छ ।  विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी कुल २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् । जसअनुशार अब आयोजक रुससहित,..

    विश्वकपमा सधैं अभागी ठहरिने इंग्ल्याण्डको भाग्य कोलम्बियाविरूद्धको खेलमा चम्केला त ?

    मंगलवार, आषाढ १९, २०७५ साल
    एजेन्सी, १९ असार  विश्वकप फुटबलको नकआउट चरणमा मंगलबार  इंग्ल्याण्डले कोलम्बियाको सामना गर्दैछ। छैठौँ पटक आमने सामने हुन लागेका यी दुई राष्ट्रबीचका पाँच वटै खेल इंग्ल्याण्डको पक्षमा गएको छ। तर सन् २०१२ यता युरोपेली मुलुकसँगको कुनैपनि खेल कोलम्बियाले गुमाएको छैन। ६ खेलमा जीत हात पारेको उसले २ खेलमा बराबरी गरेको छ। कोलम्बियाका कोच होजे पिकेमनले सन् २०१२ मा कमान सम्हाले यता कोलम्बिया फर्ममा छ।..

    सबै एशियाली टिम विश्वकपबाट बाहिरिए, ‘जापान’ को क्वाटरफाइनल यात्रामा बेल्जियमद्वारा ‘ब्रेक’

    मंगलवार, आषाढ १९, २०७५ साल
    काठमाडौ, असार १९ ।  रुसमा जारी विश्वकपको प्री–क्वाटरफाइनल खेल अर्थात् अन्तिम १६ मा रहेको जापानको अब यसभन्दा अगाडीको यात्रामा पूर्णविराम लागेको छ । अब यससँगै सबै एशियाली टिमहरु यसपटकको विश्वकपबाट बाहिरिएका छन् । एशियाको अन्तिम आशाकोरुपमा रहेको जापाललाई सोमबार बेल्जियमले ३–२ गोलअन्तरले हराएसँगै एशियाको यसपटकको विश्वकप यात्रा समाप्त भएको हो ।  नकआउट चरण अन्तरगत सोमबार राति भएको खेलमा सुरूमा जापानले अग्रता लिएको..

    नेयमारलाई रोक्ने दाउमा मेक्सिको, हेड-टु-हेडको आधारलाई हेर्दा ब्राजिल नै अगाडी

    सोमबार, आषाढ १८, २०७५ साल
    काठमाडौं, असार १८ ।  रुसमा जारी विश्वकप फुटबलमा यसअछि ५ पटकसम्म विश्वकप विजेता रहिसकेको ब्राजिलले सोमबारको प्रि—क्वाटरफाइनलमा बलियो प्रतिस्पर्धी मेक्सिकोसँग भिड्दैछ । समूह ई को विजेता ब्राजिल र समूह एफ को उपविजेता मेक्सिकोका बीचमा रसियाको समरा एरिनामा निकै ठूलो भीडन्त हुने आँकलन गरिएको छ । जुन खेल नेपाली समयअनुसार राति ७ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ । त्यसो त ब्राजिल र..

    फुटबलका दुई महारथी मेस्सी र क्रिष्टियानो रोनाल्डो सँग-सँगै घर फर्किए

    आईतवार, आषाढ १७, २०७५ साल
    एजेन्सी, १७ असार   फुटबलका दुई महारथी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोको टिम विश्वकपबाट एकैदिन बाहिरिएको छ । फुटबलमा आइतबार प्रि–क्वाटरफाइनलका दुई खेल हुनेछन्। आइतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क आमने–सामने हुँदै छन्। मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फ्रान्ससँग पराजित भयो भने रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग पराजित भयो । गए राति भएको प्री-क्वार्टर फाइनल अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ..

    नकआउट चरण शुरु : शनिबार अर्जेन्टिना र फ्रान्स तथा उरुग्वे र पोर्चुगल बीच कडा प्रतिष्पर्धा

    शनिबार, आषाढ १६, २०७५ साल
    काठमाडौँ, १६ असार । रुसमा जारी विश्वकपमा शनिबारबाट प्रिक्वाटरफाइनलका खेल शुरु भएको छ । नकआउट चरण अन्तर्गत अन्तिम १६ का खेलहरु अब बिशेष रोचक हुनेछन् । अब हुने खेलहरुमा फुटबलका महारथी भनेर चिनिने समूह बीचको भिडन्तले उनीहरुको स्थान निर्धारण गर्ने छ । जसनुशार शनिबार अन्तिम १६ को पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच हुने तय भएको छ । त्यस्तै शनिबार नै हुने अर्को..

    ‘एसियन गेम’ मा उत्तर र दक्षिण कोरियाको संयुक्त टिम बनाउने

    शुक्रबार, आषाढ १५, २०७५ साल
    जकार्ता, १५ असार  एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् ।  राजधानी जकार्तामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक राष्ट्र इन्डोनेसियाको एसियन गेम समूहले सो जानकारी दिएको हो ।  एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा आयोजना गरिएको छ । सो खेलकूदका तीन खेल क्यानोइङि, रोइङ र बास्केटबलमा दुवै कोरियाले संयुक्त टिम निर्माण..

    रसियामा जारी विश्वकप फुटबलमा हुँदैछन् आज यी चार खेल

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार  रसियामा जारी विश्वकप फुटबलमा बिहीबार लिग चरणका अन्तिम खेल हुँदैछन् । समूह जी र एच का चार खेल भएपछि अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लाग्नेछ। नेपाली समयअनुसार साँझ ७ः४५ मा भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दै छन् । त्यस्तै, सामरा एरिनामा सेनेगल र कोलम्बियाबीचको खेल हुने । राति ११ः४५ बजे कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्ने छन् । मोरदोभिया..

    मुसा होइन मेस्सी चम्किए ! अर्जेन्टिना फुटबलको नकआउट चरणमा

    बुधबार, आषाढ १३, २०७५ साल
    एजेन्सी, १३ असार  अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । रुस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेको अर्जेन्टिनालाई अघिल्लो चरण पुग्न यो खेल जित्नै पर्ने थियो र अर्को खेलमा..

    पोर्चुगलले इरानसँग बराबरी खेल्यो, स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश

    मंगलवार, आषाढ १२, २०७५ साल
    एजेन्सी, १२ असार समूह चरणको अन्तिम खेलमा दुबै खेल बराबरीमा सकिएपछि स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। मोरक्कोसँग बराबरी खेलेको स्पेन समूह विजेताको रुपमा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग २–२ गोलको बराबरी खेल्दै स्पेन समूह विजेता भएको हो। समूहको अर्को खेलमा पोर्चुगलले ईरानसँग बराबरी खेलेपछि स्पेन समूह विजेताको हैसियतामा प्रि क्वार्टरफाईनलमा स्थान बनाएको..

    इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत, क्याप्टेन ह्यारी केनको ह्याट्रिक

    सोमबार, आषाढ ११, २०७५ साल
    निझनिय नोभगोरोड, रूस, ११ असार : आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ ।  इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको  आइतबारको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गरे  भने दुई गोल जोन स्टोनले गरे भने एक गोल जेसी लिङगार्डले गरे ।  इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी..

    रहीम स्टर्लिंग : ट्वाइलेट सफा गर्नेदेखि इङ्ल्यान्डको महत्वपूर्ण खेलाडी बन्दै विश्वकपसम्मको यात्रा !

    आईतवार, आषाढ १०, २०७५ साल
    एजेन्सी, असार १०  म दुई वर्षको छँदा बुवाको हत्या भयो। त्यसले मेरो पूरै जिन्दगी बदलिदियो। बुवा मारिएको केही समयपछि म र दिदीलाई जमैकामै छोडेर आमाले बेलायत जाने निर्णय गरिन्। त्यहाँ गएर विश्वविद्यालयमा पढ्ने र हाम्रो जीवन राम्रो बनाउने उनको लक्ष्य थियो। केही वर्ष दिदी र म किङस्टनमा हजुरआमासँग बस्यौं। अहिले पनि सम्झन्छु जतिबेला म आफ्नी आमासँग भएका अरू केटाकेटी देख्थें मलाई साँच्चै..

    ट्यूनिसियालाई ५–२ को गोल अन्तरले हराएपछि बेल्जियम अन्तिम १६ को नजीक

    आईतवार, आषाढ १०, २०७५ साल
    मस्को, रूस, १० असार : विश्वकप फुटबलको शनिबार भएको पहिलो खेलमा ट्यूनिसियाविरूद्ध ५–२ को फराकिले अन्तरले जितेको छ ।  यससँगै बेल्जियम विश्वकपको अन्तिम १६ समूहभित्र पर्ने सम्भावना प्रवल भएको छ । अन्तिम १६ मा पर्न उक्त समूहको अझै एक खेललाई पर्खिनुपर्ने हुन्छ ।  शनिबारको खेलमा बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले दुई दुई गोल र मिची बाट्सुयायीले एक गोलको योगदान गरेका..

    प्रशिक्षक सामपाओलीलाई हटाइने भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्च : अर्जेन्टिना

    शनिबार, आषाढ ९, २०७५ साल
    ब्रोनिट्सी, रूस, ९ असार : क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक केही नभएको अर्जेन्टिनाले जनाएको छ ।  “यो विल्कुल गलत हो,” अर्जेन्टिनी फुटबल समूहका अधिकारीले बताए ।  “खेलाडीको बैठक र अन्य केहीबारे पनि आएका नकारात्मक खबरहरू भ्रम सिर्जना गर्न गरिएका अनर्गल प्रचारमात्र हुन्,”..

    मेस्सीका फ्यानहरु निराश नहुनुहोस्, यसो भएमा अर्जेन्टिना अझै पनि जान सक्छ अन्तिम १६ मा

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौं, ८ असार विश्वकपमा गत शनिबार अर्जेन्टिना समूह ‘डी’ को पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो । बिहीबार राति क्रोएसियासँग ३-० ले हार्न पुग्यो । अर्जेन्टिनाको यो हारसँगै मेस्सीका फ्यानहरु निराश बनेका छन् । किनभने विश्वकप विजेताको दाबेदार अर्जेन्टिना समूह चरणबाटै बाहिरिने पो हो कि भन्ने चिन्ता मेस्सीका फ्यानहरुमा देखिएको छ । बिहीबार क्रोएसियासँगको हारपछि अब नकआउट चरणमा जाने अर्जेन्टिनाको सम्भावना कमजोर..

    अर्जेन्टिनाकाे यस पटक लज्जास्पद हारसँगै अागामी यात्रा कठिन, मेस्सीबाट सबैले अाश मारे

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडाैं, ८ असार   अहिले अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । गएराति समूह डी अन्तर्गतको खेलमा अर्जेन्टिना क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भएसँगै सबैकाे नजरमा रहेका लियाेनल मेस्सीबाट अाश मारेका छन् । गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको हाे । क्रोएशिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ । क्रोएशियाबिरुद्ध मेस्सीको टोली अर्जेन्टिनाको प्रदर्शन बिर्सनलायक..

    खेलमा खुट्टाको चोट बल्झिएपछि बिचैमा प्रशिक्षण छोडेर हिँडेका नेइमार अभ्यासमा फर्किए

    बिहिवार, आषाढ ७, २०७५ साल
    एजेन्सी, मस्को, ७ असार  ब्राजिलियन स्टार नेइमार अभ्यासमा फर्किएका छन् । यसअघि मंगलबारको अभ्यास खेलमा उनको गोलीगाठामा चोट लागेपछि अभ्यास छोडेका थिए। रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपमा समूह ‘ई अन्तरगतको स्वीटजरल्याण्डविरुद्धको खेलमा १० पटक फलको शिकार बनेका उनी घाइते भएका थिए। पहिलो खेलमा ब्राजिलका लागि गोल गरेका फिलिप कौउन्टिन्होले नेयमारले खुट्टामा पीडा महसुस गरेको स्वीकार गरे पनि मामिला गम्भीर नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले..

    विश्वकप : क्रिस्टीयानो रोनाल्डोको १ गोलको भरमा मोरक्कोमाथि पोर्चुगलको जित

    बुधबार, आषाढ ६, २०७५ साल
    मस्को, ६ असार : विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले जित हासिल गरेको छ ।  रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए ।  खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो ।  शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि..

    ब्राजिलियन स्टार नेयमारले विश्वकपका आगामी खेलहरु गुमाउन सक्ने !

    बुधबार, आषाढ ६, २०७५ साल
    एजेन्सी, ६ असार  ब्राजिलियन स्टार नेयमारले रूसमा जारी विश्वकप फुटबलका आगामी खेल गुमाउनसक्ने भएका छन्। विश्वकपको पहिलो खेलको क्रममा उनीमाथि भएका १० फलबाट केही घाइते भएका नेइमार अभ्यासको क्रममा दायाँ खुट्टाको दुखाई बढेकाले ब्राजिलको आगामी खेलमा उनी अनुपस्थित हुनसक्ने आशंका बढेको हो। स्विट्जरल्याण्डसँगको खेलको क्रममा १० पटक नेयमारमाथि फाउल भएको थियो। मंगलबारको अभ्यासमा खुट्टाको औलामा दुखाइ बढेपछि हातले अनुहार छोपेको तस्बिरसहित अन्तर्राष्ट्रिय सञ्चार..

    दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी, बेल्जियमद्वारा पानामा ३-० ले पराजित

    मंगलवार, आषाढ ५, २०७५ साल
    मस्को, ५ असार : विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ ।  खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई गोल गर्ने अवसरबाट रोक्न सफल भयो ।  कोरियाली खेलाडीहरुले पटक पटक पाएको निकै..

    विश्वचर्चित खेलाडी मेसीलाई असहज महसुस, विश्वकपमा सोमबार ३ खेलहरु हुने

    सोमबार, आषाढ ४, २०७५ साल
    मस्को, ४ असार  अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् ।  शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ ।  अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो पहिलो खेलपछि मेसीले असहज महसुस गरेको जानकारी दिए ।  पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डसँग पनि १–१ मा सीमित हुनुपर्दा..

    मेसीको पेनाल्टी प्रहार विफल भएपछि आइसल्याण्ड र अर्जेन्टिना १–१ को बराबरीमा

    आईतवार, आषाढ ३, २०७५ साल
    मस्को, रूस, ३ असार : फुटबल जगतमा बहुचर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले विश्वकप अन्तर्गत शनिबार भएको खेललाई यूरोपियन नवउदयमान समूह आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्न सफल भएको छ ।  अर्जेन्टिनाका सर्गियो अग्युरोले खेलको १९ औँ मिनेटमा गोल गरेर आफ्ना समर्थकलाई खुशी तुल्याए । तर उक्त खुशीलाई आइसल्याण्डले धेरै समय रहन दिएन ।  खेलको २३ औँ मिनेटमा आइसल्याण्डका फिन बोगासनले गरेको सानदार..

    इरानमा जम्मा भएर विश्वकप प्रतियोगीताका खेल हेर्न प्रतिवन्ध, किन कारण खुलाईएन ?

    शनिबार, आषाढ २, २०७५ साल
    तेहरान, २ असार (रासस/एएफपी) : इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् ।  रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हुनसक्ने उनीहरूले बताएका छन् ।  तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए..

    विश्वकप प्रिभ्यु : के पोर्चुगलले रोक्न सक्ला त स्पेनको अपराजित यात्रा ?

    शुक्रबार, आषाढ १, २०७५ साल
    एजेन्सी, १ असार  रसियामा बिहिबारबाट सुरू भएको २१ औं फिफा विश्वकप फुटबलमा शुक्रबार दुई युरोपेली जायन्ट स्पेन र पोर्चुगल भिड्दैछन्। ग्रुप 'बी'को यस भीडन्तलाई समूह चरणकै रोमाञ्चाक र प्रतिष्पर्धात्मक खेल मानिएको छ। पछिल्लो पटक यी दुई आइबेरियन छिमेकी सन् २०१० को विश्वकपमा एकअर्कासँग भिडेका थिए, जसमा स्पेनले पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जीत हासिल गर्दै पोर्चुगललाई घर पठाइदिएको थियो। ८ वर्षपछि विश्वकपको फुटबल मैदानमा फेरि..

    विश्वकप फुटबल - कान नसुन्ने सेतो बिरालाेले गर्‍याे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    एजेन्सी, ३१ जेठ   बिहिबारबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन्ने सेताे बिरालोले विश्वकपको उद्घाटन खेलमा अायोजक रुसले जित्ने भविष्यवाणी गरेको हाे। ‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् । बिहिबार राति ८:४५ बजे रुस र साउदी..

    विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    बर्दिवास, ३१ जेठ  महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् ।  महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो ।  बिहिबार साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण देखाएर होटल व्यवसायीले रक्त सञ्चार केन्द्रको निर्माणाधीन भवनलाई सहयोग पुर्याउन लागेका हुन् । विश्वकप फुटबलको..

    यि ३ देशहरुमा हुने भयाे सन् २०२६ काे विश्वकप फुटबलको आयोजना !

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ सन् २०२६ मा हुने विश्वकप फुटबल संयुक्त रुपमा तीन देशले आयोजना गर्ने भएका छन् । अायाेजनाकाे अगुवाइ अमेरिकाले गर्ने भएकाे छ भने  क्यानडा र मेक्सिकोमा पनि विश्वकप आयोजना हुनेछ ।  तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो । फिफा कंग्रेसमा भएको मंगलबार भएकाे मतदानमा  अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र..

    विश्वकपको सुरू हुन १ दिन बाँकी हुँदा निकालिए स्पेनका प्रशिक्षक युलेन लोपेतेगी

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    एजेन्सी, ३० जेठ  विश्वकप सुरू हुन १ दिन अघि स्पेनले आफ्ना प्रशिक्षकलाई पदबाट बर्खास्त गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनिस फुटबल संघले युलेन लोपेतेगीलाई प्रशिक्षकबाट बर्खास्त गरेको हो। उनलाई मंगलबार मात्रै स्पेनिस क्लब रियल मेड्रिडले विश्वकपपछि लागू हुने गरी प्रशिक्षक नियुक्त गरेको थियो। च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको पाँच दिनपछि मे ३१ मा रियलका प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएका थिए।..
    Results 1622: You are at page 37 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast