बिहिवार, कार्तिक ७, २०७६

    खेल संसार

    नेपालविरुद्ध पहिलो व्याटिङ गरेको नेदरल्याण्डलाई तेस्रो झट्का, सन्दिपले लिए तेस्रो विकेट

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट  सुरु भएको छ ।  नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल सुरु भएको छ ।  खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले यो समाचार तयार पार्दासम्म १२ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै जम्मा ५६ रन बनाएको छ । नेपालका सोमपाल कामीले डानियललाई आउट गराएका हुन् ।  त्यस्तै पारसको बलमा..

    नेपालविरुद्ध पहिलो व्याटिङ गरेको नेदरल्याण्डलाई दोस्रो झट्का, पारसले लिए दोस्रो विकेट

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन  नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट  सुरु भएको छ ।  नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल सुरु भएको छ ।  खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले यो समाचार तयार पार्दासम्म ११ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै जम्मा ५६ रन बनाएको छ । नेपालका सोमपाल कामीले डानियललाई आउट गराएका हुन् ।   गत वर्ष विश्वकप छनौट..

    नेपाली क्रिकेटको ऐतिहासिक यात्रा : आज पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दै

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौं, १६ साउन  नेपालले बुधबार ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ । बुधबार हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमात्र नभएर नेपालको लागि इतिहास पनि..

    नेपालको पहिलो एतिहासिक एक दिवसीय खेल कुन टेलिभिजन च्यानलबाट हेर्न सकिन्छ ? थाहा पाउनुहोस्

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्दैछ । नेपाली क्रिकेटका लागि एउटा गौरवपूर्ण र ऐतिहासिक परिघटना हो । आठ वर्ष अगाडि डिभिजन ५ खेलिरहेको नेपाललाई एकदिवसीय खेलका लागि योग्य बनाउने क्रममा धेरै खेलाडीहरु जोडिए । जसमध्ये कप्तान पारस खड्काको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो । ब्याटिङ, बलिङ, फिल्डिङ र कप्तानी चारै पक्षमा उनले योगदान दिएका छन् । एक..

    उपराष्ट्रपति कप : सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा मंगलबार दिउँसो फाइनल खेल हुनेछ । समान तीन-तीन खेल खेलका दुवै टिम अपराजित अवस्थामा छन् ।  अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल..

    सत्य हो, मलाई फल हान्दा बढाइचढाइ गरें, अब नयाँ मान्छे बन्ने कोशिस गर्छु : नेयमार

    सोमबार, श्रावन १४, २०७५ साल
    एजेन्सी, १४ साउन रसिया विश्वकपमा आफ्नो   प्रदर्शन र व्यवहारलाई लिएर भएको आलोचनाको जवाफमा  नेयमारले विश्वकपपछि आफू नयाँ मान्छे बन्न चाहेको बताएका छन् । यसका लागि उनले जिलेटको विज्ञापनलाई प्रयोग गरेका छन्। सो भिडियो विज्ञापनमा उनले रसिया विश्वकपमा आफूलाई फल हान्दा बढाइचढाइ गरेको स्वीकारेका छन् भने फेरि नयाँ मान्छे बन्न चाहेको बताएका छन्। सन् २०१८को विश्वकपमा नेयमार र ब्राजिलप्रति ठूलो अपेक्षा गरिएको थियो।..

    राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी, अब खेलाडीले पाउलान्त राम्रो सुविधा ?

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन   युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ ।  मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल सदस्य तथा मन्त्रालयका खेलकूद विकास शाखाका उपसचिव लक्ष्मीप्रसाद भण्डारी सदस्य सचिव रहेको ‘खेलकूद नीति परिमार्जन समिति’ गठन गरेको थियो ।  समितिले..

    बेलायतको लर्ड्स क्रिकेट मैदानमा खेल, नेपालद्वारा एमसीसी नौ विकेटले पराजित

    सोमबार, श्रावन १४, २०७५ साल
    काठमाडौँ, १४ साउन : बेलायतको लर्ड्स क्रिकेट मैदानमा आइतबार भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले मेरिलोबन क्रिकेट क्लब(एमसिसी)लाई नौ विकेटले पराजित गरेको छ ।  नेपालले टस जितेर फिल्डिङ रोजेपछि एमसीसीले ६ ओभरको खेलमा चार विकेटको क्षतिमा ४० रन बनायो । नेपालले ४१ रनको विजय लक्ष्य ४ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो ।  वर्षाका कारण २० ओभरको खेललाई ६ ओभरमा सीमित..

    क्रिष्टियानो रोनाल्डोका ‘फ्यान’ भएकै कारण केलियन एम्बाप्पेले रोजे ७ नम्बरको जर्सी !

    आईतवार, श्रावन १३, २०७५ साल
    एजेन्सी, १३ साउन  विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पेलाई पिएसजीले ७ नम्बरको जर्सी दिएको छ। फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजनदेखि आवद्ध भएका एम्बाप्पेले सुरूमा २९ नम्बरको जर्सी पाएका थिए। रूसमा हालै सम्पन्न २१औं संस्करणको फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि क्लबले उनलाई ७ नम्बरको जर्सी दिएको हो। यसअघि पिएसजी क्लबमा ७ नम्बरको जर्सी ब्राजिलका मिडफिल्डर लुकास मोउराले लगाउने गरेका थिए। मोउरा सन्..

    एसिया कप क्वालिफायर भदौ ११ देखि मलेसियामा हुने, विजेताले भारत र पाकिस्तानसँग खेल्ने

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन  युएईमा हुने एसिया कप क्रिकेटका लागि आगामी भदौ ११ गतेदेखि मलेसियामा एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता हुने भएको छ। एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार एसिया कप भदौ ११ देखि २२ सम्म क्वालालाम्पुरमा हुने भएको हो। एसिया कप-२०१८ को छनोटका रूपमा हेरिएको यो प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एसियाका उत्कृष्ट ६ राष्ट्रको सहभागिता हुनेछ। जसमा नेपाल, युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली..

    लयमा फर्किदै निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ, क्यारेबियन लिगमा समावेश ट्राइडेन्ट्समा आबद्ध

    बुधबार, श्रावन ९, २०७५ साल
    ब्रिजटाउन, बारबाडोस : निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् ।  दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल बिगारेको आरोप लागेपछि क्रिकेट अस्ट्रेलियाले स्मिथलाई १२ महिनाका लागि निलम्बन गरेको थियो ।  ब्याटिङतर्फ विश्व बरियताक्रममा नं. १ मा रहेका स्मिथमाथि आफ्नो मुलुक वा आफ्नो..

    नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ : सभामुख महरा

    बुधबार, श्रावन ९, २०७५ साल
    तुलसीपुर, दाङ, ९ साउन  सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् ।  दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला बुधबार शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उनले राज्यलाई दक्ष जनशक्ति खेलकूदले नै प्रदान गर्छ भने । यस रंगशाला निर्माणले राष्ट्रिय खेलकूद परिषद्को परिकल्पनालाई साकार पार्न योगदान पुर्याउने सभामुख महराले..

    मेस्सी, रोनाल्डो र एमबाप्पे यो वर्ष उत्कृष्ट खेलाडीमा मनोनय, अरु को को परे ?

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन   विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ ।  फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पार्चुगलका क्रिष्टियानो रोनाल्डो, अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् ।  यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन..

    चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई क्रिस्टियानो रोनाल्डोको मुल्य भन्दा कममा नबेच्ने !

    मंगलवार, श्रावन ८, २०७५ साल
    एजेन्सी, ८ साउन  इङ्लिस क्लब चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई ११० मिलियन युरोमा बिक्री गर्ने तयारी गरेको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेका मिडफिल्डर कान्टेमाथि चेल्सीले ११० मिलियन युरोको प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। पिएसजीले कान्टे भित्र्याउने विषयमा चेल्सीसँग वार्ता गरिरहेको छ। फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले कान्टेलाई क्लबमा भित्र्याउने पहल थालेका थिए। कान्टेलाई भित्र्याउने तयारीसँगै पिएसजीले अर्जेन्टिनाका एञ्जल..

    अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आजबाट शुरु

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन  ‘अन्नपूर्ण पोष्ट’ अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण सोमबारदेखि यहाँ शुरू भएको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले ब्याडमिन्टन खेलेर गरे । सो अवसरमा मन्त्री विश्वकर्माले खेल क्षेत्रमा भएका समस्या र चुनौतीलाई समाधान गर्दै अन्तर्राष्ट्रिय पदक तालिकामा सुधार गर्दै लैजाने बताए..

    नेपालले पहिलो अभ्यास खेलमा ह्याम्पसायरलाई २४३ रनले हरायो

    आईतवार, श्रावन ६, २०७५ साल
    एजेन्सी, साउन ६ युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा फराकिलो जित निकालेको छ। कप्तान पारस खड्काको शतकीय इनिङ्सको मद्दतमा नेपालले पहिलो अभ्यास खेलमा इङ्ल्याण्डको स्थानीय क्लब ह्यामसायर होग्सलाई २ सय ४३ रनले पराजित गरेको हो। ३ सय ६३ रनको लक्ष्य पछ्याएको ह्यामसायर ३७ दशमलव १ ओभरमा १ सय १९ रनमा समेटिएको थियो। ह्यामसायरका ह्यारी फिसलले सर्वाधिक ३३ रन बनाएका थिए।..

    ब्राजिलियन गोलरक्षक एलिसनलाई कीर्तिमानी मूल्यमा इंग्लिस क्लब लिभरपुलले भित्र्यायो

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौं , ४ साउन इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी रकममा इटालियन क्लब एएस रोमाका ब्राजिलियन गोलरक्षक एलिसनलाई भित्र्याउने भएको छ । रोमाबाटै गत सिजन लिभरपुल आएका इजिप्सियन स्ट्राइकर मोहम्मद सलाहको उत्कृष्ट प्रर्दशनसँगै चौंथो स्थानमा रहँदै सिजन सकेको लिभरपुलले उपाधि जित्ने अभियानलाई सार्थक बनाउन उत्कृष्ट गोलरक्षक आवश्यक परेकाले उनलाई आवद्ध गर्न लागेको बताएको छ । हालै सम्पन्न विश्वकपमा समेत ब्राजिलले खेलेका सबै पाँच खेल..

    नेपाली क्रिकेट टोली आज बेलायत जाँदै, लर्डस् मैदानमा हुने खेलको प्रतिक्षा !

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौँ, ३ साउन : बेलायातको लर्ड्समा हुने एमसीसी, नेदरल्याण्ड् सम्मलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्विरुद्ध हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बुधबार विदाई गरिएको छ ।  युुवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्  ।  त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र..

    एसियाली खेलकूदमा नेपालको सहभागिता, ४ नयाँ खेलको स्थान निश्चित

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौँ, २ साउन  एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् ।  इण्डोनेसियाको राजधानी जार्कातामा आगामी भदौ २ गतेदेखि १७ गतेसम्म हुने यसियाली खेलकूदमा प्याराग्लाइडिङ, क्लाइमिङ स्पोर्ट, पेनकेक सिलात र स्केटबोर्ड गरी चार नयाँ खेल छनोटमा परेका छन् । यसपटकको एसियाली खेलकूदमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा बढी २८ खेल समावेश हुँदैछ ।  दक्षिण कोरियाको..

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनद्वारा सन्यासको घोषणा

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौं, २ साउन  नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । युरोप टुरमा जाने टोलीका लागि बुधबार आयोजित बिदाई कार्यक्रममा उनले यो नै अन्तिम विदेश टुर हुने बताएका हुन् । नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी-२० सिरिज खेल्दैछ । यस लगत्तै नेदरल्याण्ड जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । एकदिवसीय श्रृखला साउन १६..

    अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएपछि मेसी छुट्टी मनाउन परिवार र साथी सहित इबिजा

    बुधबार, श्रावन २, २०७५ साल
    एजेन्सी, २ साउन  मेसी परिवारसहित छुट्टी मनाउन पहिलोपटक क्याटलान पुगेका छन् । अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएपछि उनी पहिलोपटक छुट्टी मनाउन इबिजा पुगेका हुन् । विजेता फ्रान्ससँग अर्जेन्टिना अन्तिम १६ मा ४–३ ले पराजित भएपछि मेसी पहिलोपटक सार्वजनिक रूपमा रिफ्रेसमेन्टका लागि श्रीमती, छोरा तथा नजिकका साथीभाइसँग इबिजा पुगेका हुन् ।इबिजामा रहँदा मेसीले सनबाथ गर्दै साथीभाईसँग रमाइलो गर्र्दैे पौडी खेलेका थिए ।तर, उनी दिनभर..

    विश्वकप महाकुम्भ : फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

    मंगलवार, श्रावन १, २०७५ साल
    पेरिस, १ साउन  रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ ।  फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो ।  विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएको र उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गर्नु भएको थियो ।  विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो..

    पेलेको ट्वीटमा एम्बाप्पेको जवाफ : राजा सधैँ राजा नै रहनेछ

    मंगलवार, श्रावन १, २०७५ साल
    एजेन्सी, १ साउन फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेपछि आइतबार राति केलियन एम्बाप्पेले ट्रफीलाई चुम्दै गरेको तस्बिर राखेर ट्वीट गरे- माई लभ। आइतबार राति भएको क्रोएशियाविरूद्धको खेलमा एम्बाप्पेले एक गोल हानेका थिए।   ४ गोल गरेका १९ वर्षीय एम्बाप्पे २१ औं संस्करणको विश्वकपमा उत्कृष्ट युवा खेलाडी बने। पहिलो पटक विश्वकप खेलेका एम्बाप्पेले ब्राजिलका महान फुटबलर पेलेका तीन रेकर्ड बराबर गरिदिएका छन्। अर्जेन्टिनाविरूद्धको खेलमा २ गोल गरेपछि..

    विश्वकप फुटबल: "रुसबाट बिदा भयौँ, अब कतारमा भेटौँला"

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ ।  फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । सन् १९९८ मा फ्रान्सले आफ्नै भूमिमा ब्राजिललाई ३–० गोलअन्तरले हराउँदै पहिलो पटक विश्वकपको उपाधि हात पारेको थियो ।  बीस वर्षअघि क्रोएसिया विश्वकपको सेमिफाइनलमा आयोजक फ्रान्ससँग क्रोएसिया २–१ले पराजित भएको थियो..

    २० वर्षपछि फ्रान्सलाई विश्वकपको उपाधि, क्रोएसिया ४–२ गोलअन्तरले स्तब्ध (तस्वीरमा हेर्नुस्)

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौँ, ३२ असार : रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो ।  खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए । खेलको २८औँ मिनेटमा क्रोएसियाका इभान..

    फिफा विश्वकप फाइनलको तरङ्ग : ओली-देउवा फ्रान्स, प्रचण्ड-पौडेल क्रोएसिया समर्थक !

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार  रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । फाईनल खेलको प्रभाव नेपालमा पनि परेको छ । प्रधानमन्त्री, विभिन्न पार्टीका नेताहरु र मन्त्रीहरु समेतले आईतबार साँझ हुने विश्वकप फाईनल धुमधामसँग हेर्ने मनशाय बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आईतबार हुने विश्वकप फुटबलको फाईनलमा फ्रान्सको समर्थन गर्ने..

    विश्वकपको उपाधिका लागि आज महाभीडन्त, जोशिलो क्रोएसिया र बलियो फ्रान्स आमने–सामने

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौं, असार ३१ ।  विगत १ महिनादेखि रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल खेल अन्र्तगत उपाधिका आज महाभिडन्त हुँदै छ । नेपाली समय अनुसार राति पौने ८ः४५ बजे निकै बलियो मानिएको फ्रान्स र युवा खेलाडीहरुले भरिएको जोशिलो समूह क्रोएसिया आमने–सामने हुँदैछन् । खेल रुसको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशलामा हुने छ । ब्राजिल, अर्जे्न्टिना, जर्मनी र इटालीमध्ये कुनै पनि टोली फाइनल प्रवेश नगरेको..

    विश्वकप फुटबलः तेस्रो स्थानका लागि बेल्जियम र इङ्ल्यान्डबीच सेन्ट पिटर्सबर्गमा भीडन्त

    शनिबार, आषाढ ३०, २०७५ साल
    काठमाडौं, असार ३० । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि शनिबार बेलुका पौने ८ बजेदेखि बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सुरु खेल सेन्ट पिटर्सबर्ग रंगशालामा हुने प्रतिस्पर्धा पनि निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।   यसअघि भएको सेमिफाइनल खेलमा क्रोएशिया र फ्रान्ससँग पराजित भएका टोलीहरु बेल्जियम र इङ्ल्यान्डबीच यो खेल हुन लागेको..

    दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा शुरु

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा शुक्रबारदेखि शुरु भएको छ ।  नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गरे ।  प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् ।  उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र खेलाडीको स्तरोउन्नति हुने बताए ।  प्रतियोगितामा जुनियर र..

    इंग्ल्यान्डलाई पराजित गर्दै क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा

    बिहिवार, आषाढ २८, २०७५ साल
    काठमाडौं, असार २८ ।  विगत १ महिनादेखि रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि भएको भीडन्तमा क्रोएसियाले पूर्वविश्वकप बिजेता इंग्ल्यान्डलाई हराउँदै इतिहास रचेको छ ।  विश्वकपको फाइनलमा पहिलोपटक प्रवेश गरेको क्रोएशियाले बुधबार रातिको सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलको सुरूआतको पाँचौ मिनेटमै क्रोएसियाले गोल खानुपरेको थियो । इंग्ल्यान्डका किएरन ट्रिपिएरले खेल सुरू भएको ५ मिनेटमै फ्रि–किकमार्फत..
    Results 1629: You are at page 36 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast