सोमबार, चैत्र १७, २०७६

    खेल संसार

    महिला टी–२० स्म्यास क्रिकेटमा नेपालद्वारा यूएई ६ विकेटले पराजित, सेमिफाइनलमा प्रवेश

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस थाइल्यान्डमा जारी थाइल्यान्ड वुमन्स टीट्वेन्टी स्म्यास क्रिकेटमा अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा पनि जित हात पारेको छ । तेस्रो जित हात पार्दै नेपाल सेमिफाइनल पुगेको छ । समूहको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार यूएईलाई ६ विकेटले हरायो । एक सय ६ रनको लक्ष्य  नेपालले १९ ओभरमा चार विकेट गुमाएर पुरा गर्‍यो ।  नेपालका सिता रानामगरले ३७..

    महिला टी–२० स्म्यास क्रिकेट - नेपाल र युएई खेल्दै, जित्ने टिम सेमिफाइनलमा पुग्ने पक्का

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस  थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ ।  अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु भएको । जारी प्रतियोगितामा दुवै टोली अपराजित हुन् ।  अघिल्ला दुई खेल जितेको नेपालले समूह चरणमा चार अङ्क जोडेको छ..

    महिला टी-२० स्मास क्रिकेट : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजीत

    आईतवार, पौष २९, २०७५ साल
    काठमाडौं, २९ पुस ।  शनिबारदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ ।  शनिबार थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा गर्यो ।  आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले..

    अल्ट्रा म्याराथन माघ १६ मा, ४४ किमी दूरीको रहने, १ सय ५० भन्दा बढी धावकको सहभागिता

    आईतवार, पौष २९, २०७५ साल
    दमौली, २९ पुस खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ १६ गते दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्न लागेको हो ।  व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ..

    आइसिसीको नयाँ बरियता : कप्तान पारस र सोमपाल १ स्थानमाथि, कुन खेलाडी कति अङ्कमा ?

    शनिबार, पौष २८, २०७५ साल
    काठमाडौँ, २८ पुस  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा रहेको छ ।  आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताको ब्याटिङतर्फ शीर्ष सयभित्र परेका कप्तान पारसको बरियता एक स्थान सुधार गर्दै ९६ औँ स्थानमा रहेका छन् । अघिल्लो महीना पारस ९७ औँ स्थानमा रहेका..

    चीनको तुलनामा नेपाल धेरै बलियो - उद्घाटन खेलमै १० विकेटले पराजित

    शनिबार, पौष २८, २०७५ साल
    काठमाडौँ, २८ पुस  शनिबारदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ ।  शनिबार थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा गर्यो ।  नेपालको जितमा सीता रानामगरले नटआउट २३ तथा काजल..

    महिला टी–२० स्मास क्रिकेट प्रतियोगिता : नेपाल र चीनबीचको खेल जारी

    शनिबार, पौष २८, २०७५ साल
    काठमाडौँ, २८ पुस  शनिबारदेखि थाइल्याण्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल जारी छ ।  थाइल्याण्डको बैंककमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको थियो । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  उक्त प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड पुगिसकेको छ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर..

    खेल सङ्घको विवाद समाधान हुँदै : समितिको म्याद १ महीना थप, यस्तो छ कारण !

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस  युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ ।  गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय गठन भएको उक्त समितिको म्याद एक महीना थप गरिएको मन्त्रालयले जनाएको छ ।  समितिको सदस्यमा मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने..

    मुलुकभरका ७ सय ५३ स्थानीय तहमा १-१ वटा खेलग्राम पूर्वाधार बनाइने

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक-एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ ।  युवा तथा खेलकूद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।  बालबालिका, युवा वयस्क तथा प्रौढको शारीरिक, मानसिक विकास तथा व्यवस्थापनका लागि खेलकूद अपरिहार्य रहेको हुन्छ । स्थानीय तह देखिनै..

    युएईसँग क्रिकेट-सिरिज खेल्नको लागि नेपाली टोलीको बन्द प्रशिक्षण शुरु

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ ।  कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन्..

    ‘ए’ डिभिजन लिग : अन्तिम खेलमा हार्‍यो च्याम्पियन मनाङ, अर्वाडमा वर्चस्व !

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौं, २४ पुस ।  पल्सर शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले अन्तिम खेलमा अप्रत्यासित हार व्यहोरेको छ । दुई खेल अघि नै लिगको उपाधि पक्का गरेको मनाङ मंगलबार फ्रेण्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो । यो हारसँगै मनाङले लिगको सबै खेल जित्ने अवसर गुमाएको छ । मनाङ मस्र्याङदी क्लबलाई च्याम्पीयन घोषित गर्दै मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न भएको..

    स्वर्ण पदक विजेता महेश्वर महर्जन फेरि सम्मानित, खेलाडी तथा प्रशिक्षकले गरे प्रशंशा

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस : नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई आइतबार सम्मान गरेको छ । उहाँलाई सङ्घले रु ५० हजारसहित सम्मानित गरेको हो ।  सोही अवसरमा संयुक्त अरब इमिरेट्स युएइ जुनियर इन्टरनेशनल सिरिजको पुरुष एकलतर्फ स्वर्ण पदक विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री विना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लबका प्रमुख प्रशिक्षक रवि शाहीलाई समेत सम्मानित..

    बीपीएलमा सन्दीपको शानदार डेब्यु, भिक्टोरिएन्स विरुद्ध किफायती बलिङ गर्दै लिए २ विकेट

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पनि शानदार डेब्यु गरेका छन् । ब्याटिङमका नटआउट एक रन बनाएका सन्दीपले बलिङमा २ विकेट लिए। कमिला भिक्टोरिएन्स विरुद्धको खेल उनले सिलेट सिक्सर्सका लागि किफायती बलिङ गर्दै ४ ओभरमा १६ रन मात्र खर्चेर २ विकेट लिएका हुन् । सुरुको दुई ओभरमा ८ रन खर्चिए पनि विकेट लिन नसकेकपनि पछिल्लो दुई ओभरमा सन्दीपले ८..

    फाल्गुनन्द गोल्डकप प्रतियोगितामा झापा विजयी, ताप्लेजुङ ३–१ गोल अन्तरले निराश

    आईतवार, पौष २२, २०७५ साल
    हिलिहाङ, २१, पुस : पाँचथरको फिदिममा शनिबारदेखि १०औँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रआङ्बो मौसमले खेलकूद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । फिदिम माविको खेल मैदानको स्तरोन्नतिका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने बताउनुभयो ।  प्रतियोगिताको उद्घाटन खेलमा झापा ११..

    क्रिकेटर सचिन तेन्दुलकर : त्यो एक चड्कनले बदलिएको जिन्दगी !

    शनिबार, पौष २१, २०७५ साल
    सन् २०१३ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिने बेला सचिन तेन्दुलकरले खेलपछि प्रशिक्षक रमाकान्त अचरेकरलाई यसरी सम्झे, "मेरो खेलजीवन शुरू हुँदा म ११ वर्षको थिएँ। आज अचरेकर सरलाई स्ट्याण्डमा देखेर म निकै खुशी छु। म उहाँको स्कूटरमा बसेर एक दिनमा दुई-दुईवटा म्याच खेल्न जान्थेँ।" "सरले मलाई स्कूटरमा लैजानुहुन्थ्यो ताकि मैले म्याच नछुटाऊँ। सरले मलाई कहिल्यै भन्नुभएन कि तिमीले एकदम राम्रो खेल्यौँ..

    अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाललाई ५ स्वर्ण र १ रजत पदक प्राप्त

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस  भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय इन्डो सोतोकान कराते च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण र एक रजत पदक जितेको छ ।  नेपाल सोतोकान कराते सङ्घका महासचिव एवं वरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्री गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ वर्षको ४५-५० केजी तौल समूहको काता र कुमितेतर्फ स्वर्ण पदक हात पारेका हुन् ।  त्यस्तै गीता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण पदक..

    ‘ए’ डिभिजन लिगको अन्तिम खेल तालिका सार्वजनिक, विजेता र उपविजेता निश्चित

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, २० पुस  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ ।  एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच..

    क्रिकेट खेलाडीले २ वर्षदेखि रोकिएको तलब पाउने पक्का, ए, बी र सी गरी ३ तहमा वर्गीकरण

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस  राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् ।  साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । राखेपका सदस्य सचिव केशवकुमार विष्टले..

    ‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ, हिमालयन शेर्पा क्लब २–१ गोलले पराजित

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ ।  हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै मनाङले लगातार १२औँ जित निकालेको हो । लिगको अन्तिम चरणमा मनाङले अब ब्रिगेड ब्वाइज क्लबसँग खेल्न बाँकी छ ।  मनाङको अपराजित यात्रामा आफिज ओलावाले र..

    दशरथ रङ्गशाला समयमै नबन्दा १३ औँ ‘साग’ प्रतियोगिता प्रभावित हुने

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो ।  विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् ।  भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ । भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माणको..

    ‘बिग बास लिग’ बिचैमा छोडेर सन्दीप बङ्गलादेश प्रस्थान, यस्तो छ उनको 'प्लान'

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस  नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न बुधबार बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् ।  अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए..

    बिग ब्याश लिग : ४ खेलमा लगातार चौथोपटक कप्तान नै बने सन्दीप लामिछानेको शिकार

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, पुस १८ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेको चर्चा अहिले झन् चुलिएको छ । अस्ट्रेलियामा जारी बिग ब्याश लिगमा मेल्बर्न स्टार्सका लागि खेलिरहेका मङ्गलवार पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।  सन्दीपले हालसम्म खेलेका चारवटै खेलमा विपक्षी टोलीका ४ कप्तानको विकेट लिन सफल भएका छन् । मङ्गलबार मेल्बर्न रेनिगेड्सविरुद्धको खेलमा पनि उनले कप्तान टम कूपरको विकेट लिएर सबैलाई चकित पारे । लेग स्पिनर..

    विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा टोलीले जित्यो ६ स्वर्ण, तेक्वान्दोमा पनि ७ स्वर्ण आयो

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस  सातौँ विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले छ स्वर्ण जितेको छ ।  थाइल्याण्ड कुङफु सङ्घको तत्वाधान तथा विश्व कुङफु महासङ्घद्वारा थाइल्याण्डको फुकेटमा यही पुस १४ देखि मंगलबारसम्म भएको प्रतियोगितामा नेपालले छ स्वर्णका अलावा थप पाँच रजत पनि जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिनुभयो ।  पुरुष थाउलुमा आयुव घिमिरे, पुरुष सान्डा ५५ केजीमा सुनबहादुर तामाङ,..

    भोली हुने सन्दीपको खेल पारसले मेल्वर्न स्टार्सकै डाइरेक्टर बक्समा बसेर हेर्ने

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट लिग बिग ब्यासमा सानदार प्रदर्शन गरिरहेका छन्।  विभिन्न रंगशालामा हुने खेल हेर्न र सन्दीपलाई हौसला दिन अष्ट्रेलियास्थित नेपाली पनि मैदान पुग्ने गरेका छन्। मेल्वर्न स्टार्समा अनुबन्धित सन्दीपको मंगलबार हुने खेल हेर्न राष्ट्रिय टोलीका कप्तान पारस खड्का पनि मैदानमा पुग्ने भएका छन्। एक्स्पर्ट क्रिकेट फेस्टिभलमा भाग लिन केहीदिनअघि पारस  र..

    पूर्वाधार नबने पनि वर्ष २०१८ मा खेलक्षेत्रमा सुधार : 'ऐतिहासिक सफलता अविस्मरणीय क्षण'

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस    सन् २०१८ नेपाली खेलकूद क्षेत्रका लागि मिश्रित वर्ष रह्यो । अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूदका गतिविधिसँगै नेपाली खेलकूद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले सन् २०१८ लाई अविस्मरणीय बनाइदिएको छ । यद्यपि खेल क्षेत्रको पूर्वाधार विकासमा भने खासै प्रगति हुन सकेन ।    वर्षको शुरुमै नेपाली क्रिकेटले पाएको ऐतिहासिक एक दिवसीय मान्यता, प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकूदमा दिलाएको रजत, वर्षको अन्त्यतिर शारीरिक..

    यूएईसँग एक दिवसीय र टी-ट्वान्टी सिरिज खेल्न प्रारम्भिक नेपाली क्रिकेट टोली घोषणा [तालिकासहित]

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौं, १६ पुस जनवरी २५ देखि सुरू हुने युएईसँगको एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि २० सदस्यीय टोलीको घोषणा गरिएको हो । सिरिजका लागि नेपाली टोलीको तयारी जनवरी ८ बाट सुरू हुनेछ।   खेल तालिका:  जनवरी २५, २०१९ -..

    आफ्नै निवास बोलाएर प्रचण्डले महेश्वरलाई भने, ‘देशको शिर उचो पार्नुभयो’

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई बधाई दिएका छन्। आफ्नै निवास खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले बधाई दिएका हुन् । बधाईपछि अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उचो पारेको बताए । ‘तपाईले उत्कृष्ट कौशल देखाउनुभयो। यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ’ अध्यक्षले भने, ,’विश्वस्तरको प्रतियोगितामा..

    ‘ए’ डिभिजन लिग : १२औँ चरणका खेल सोमबारदेखि, दोस्रो स्थानका लागि प्रतिस्पर्धा

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस  राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भउका छन् ।  एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सोमबार र मङ्गलबार तीन-तीन खेल हुने र बुधबार एक खेल हुनेछ ।  सोमबारको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबको सामना..

    स्वर्णपदक विजेता महेश्वर महर्जन रु. १ लाख नगदसहित काठमाडौंमा पुरस्कृत

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस : नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार यहाँ एक कार्यक्रममा रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ ।  हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो ।  कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक रुइतले महर्जनलाई सम्मान गर्दै मुलुकको राष्ट्रियता अहिले कमजोर भएकाले खेलाडीले राष्ट्रियतालाई उँचो..

    नेपालका फुटबल खेलाडी किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट गोलकिपर घोषित

    शनिबार, पौष १४, २०७५ साल
    काठमाडौँ, १४ पुस : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको थियो । किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलेका थिए ।  माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले..
    Results 1910: You are at page 35 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast