सोमबार, कार्तिक ४, २०७६

    खेल संसार

    एशिया कप छनोट : पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै, ओमानको कसिलो फिल्डिंग

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ : एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा शुरु भएको खेलमा नेपालले यो समाचार तयार पार्दासमेत ४४  ओभरमा १७२  रन जोड्दै ४  विकेट गुमाएको छ । सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रनमा..

    एसियन गेम्स : नेपालको पदकविहीन यात्रा कायमै, पदक जित्ने आशा झनै कम

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ    इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ ।    एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य र करातेबाट तीन कास्य जितेको..

    एएफसी यू–१६ महिला च्याम्पियनसिप - २३ खेलाडी बन्द प्रशिक्षणमा

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ ।  नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् । छनोट प्रतियोगिताको समूह ‘ई’ मा रहेको नेपालले आइतबारबाट बन्द प्रशिक्षण थालेको नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले जानकारी दिए ।  बन्द प्रशिक्षणमा सावित्री किसान, पूजा..

    साफका लागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा, विराज महर्जनको कप्तानी

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ : बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।  नेपाली टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोली छनोट गरेका हुन्  ।  यसअघि भएको साफ च्याम्पियनसीपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन । भदौ ३० गतेसम्म हुने च्याम्पियनसीपको..

    गोदावरीमा बहुउद्देश्यीय रङ्गशाला निर्माण शुरू, आगामी दुई वर्षमा सक्ने लक्ष्य

    सोमबार, भाद्र ११, २०७५ साल
    ललितपुर , ११ भदौ  गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहुउद्देश्यीय रङ्गशाला निर्माण शुरू भएको छ ।  गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । रङ्गाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “रङ्गशालाको निर्माणले विशेष गरेर युवालाई फाइदा पुग्नेछ।” रङ्गशाला पूर्णरुपमा सम्पन्न नहुँदा पनि खेल्न मिल्ने अवस्थाको..

    एशिया कप क्रिकेट प्रतियोगिता : नेपाली टोली मलेसियातर्फ प्रस्थान

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौँ, ११ भदौ  एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली सोमबार मलेसियातर्फ प्रस्थान गरेको छ ।  एशिया कप छनोट खेल सोमबारदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली सोमबार मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई..

    एसियन गेम्समा पहिलोपटक 'तास': भारतीय महिलाहरू प्रतिस्पर्धामा

    सोमबार, भाद्र ११, २०७५ साल
    - बीबीसी, भारत  पचास वर्षको हुँदासम्म हेमा देवडा दिल्लीमा छोराहरूको स्याहार वा पूर्वपेट्रोलियम मन्त्री रहेका श्रीमान् मुरली देवडासँग देशदौडाहामा व्यस्त हुन्थिन्। अहिले ६७ वर्षको उमेरमा हरेक शनिवार घरमा साथीहरूसँग सधैं खेल्ने गरेको खेलमा भारतको प्रतिनिधित्व गरिरहेकी छन्। साथै उनकी साथी ७९ वर्षिया रीता चोकसी इण्डोनेसियामा भइरहेको एसियन गेम्सको एकजना सबैभन्दा पाको प्रतिस्पर्धी हुन्। देवडा र चोकसीले एसियन गेम्समा सहभागी हुन पाइएला भन्ने कहिल्यै कल्पनासम्म..

    नेपाली खेल पदाधिकारीको लापरवाही : खेलाडी प्रतियोगिताबाट वञ्चित

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ  दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन् ।  इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन् । नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको वा नभएको बारे ध्यान नदिँदा उनीहरु खेल्नबाट वञ्चित भएका हुन् । महिला १० हजार मिटरतर्फ विश्वरुपा बुढा र पुरुष ४ सय मिटरतर्फ सोमबहादुर कुमाल..

    श्रीलङ्कामा नेपाली क्रिकेट टोलीको लगातार दोस्रो जित, १७६ रनको बिशाल अन्तरले विजयी

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ : एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ ।  शुक्रबार त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो । ३२४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा ब्लुमफिल्डले ३८ ओभरमा नौ विकेट गुमाउँदै १३४ रन बनाएपछि प्रकाशमा समस्या आएपछि खेल रोकिएको थियो । त्यसपछि खेल..

    एशियाली खेलकूद : भलिबलमा नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ  इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ शुक्रबार भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ ।  समूह ‘डी’ मा रहेको नेपाल शुक्रबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि..

    नेपाली राष्ट्रिय क्रिकेट टोली ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन : ब्लुमफिल्डसामु ३२४ रनको लक्ष्य

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ   एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३२४ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रन बनायो । श्रीलङ्काको क्लब ब्लुमफिल्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए ।..

    एशियाली खेलकूद : नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ  इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल शुक्रबार पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ ।  समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि शुक्रबारको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताए ।  एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र..

    एशियाली खेलकूद : दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर [तालिका सहित]

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौँ, ७ भदौ      इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।    भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ ।    महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८..

    तेस्रो टेस्ट क्रिकेट : भारतद्वारा इङ्ल्यान्ड २ सय ३ रनले पराजित, बाँकी २ खेल साउथाम्टन र लन्डनमा हुने

    बुधबार, भाद्र ६, २०७५ साल
    नटिङ्घम, ६ भदौ :  भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ ।  जितका लागि ५२१ रनको विशाल लक्ष्य पाएको इङ्ल्यान्डको टोली दोस्रो इनिङमा ३१७ रनमै समेटिएको थियो । भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिएका थिए भने इसान्त शर्माले २ विकेट लिए । त्यसैगरी रविचन्द्र अश्विन, मोहमद शामी र हार्दिक पान्ड्याले एकएक विकेट..

    पुरुष भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीद्वारा नयाँ राष्ट्रिय कीर्तिमान !

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले बुधबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।  त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारीले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एण्ड जर्कमा १६० केजी गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।  यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एण्ड जर्कमा १५५ को..

    १८ औँ एशियाली खेलकूद : भलिबलमा नेपाल पराजित, नेपालको दोस्रो खेल भदौ ८ गते

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  जकार्तामा जारी १८ औँ एशियाली खेलकूदअन्तर्गत भलिबलमा नेपाल चाइनिज ताइपेइसँग सोझो सेटमा पराजित भएको छ ।  भर्खरै सम्पन्न खेलमा नेपाल २५–२३ २५–२१ र २५–१५ ले पराजित भयो । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् । नेपालले दोस्रो खेल भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने त्यहाँ रहेका टोली प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।  हारका बाबजुद नेपालले..

    रनिंग मेशिन “उसैन बोल्ट” को म्यान्चेस्टरबाट खेल्ने सपना साकार होला ?

    बुधबार, भाद्र ६, २०७५ साल
    गसफोर्ड, अस्ट्रेलिया, ६ भदौ : विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ । यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका छन् ।  हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् । अस्ट्रेलियाको ए–लीगमा रहेको म्यारिनर्स टीमले..

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहेका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन् ।  अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो । प्रशिक्षक कोजी नेपाली टोलीसँग एशियन गेम्सको लागि हाल इण्डोनेसियामा छन् । एशियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट..

    १८औं एशियाली खेलकूद : लनटेनिसका नेपाली जोडी मायांका र माहिका प्रिक्वाटरफाइनलमा प्रवेश

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ : इन्डोनेसियाको पालेम्वाङमा जारी अठारौँ एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा पुगेको हो । मायांका र माहिकाको जोडीले माल्दिभ्सका खेलाडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरेको हो । मायांका र माहिकाको जोडीले आज जापानका खेलाडीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।  लनटेनिस..

    एशिया कप क्रिकेट प्रतियोगिता : नेपाली टोली श्रीलङ्का प्रस्थान

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौँ, ४ भदौ     यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आईतबार श्रीलङ्का प्रस्थान गरेको छ ।    नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलङ्काको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ । दोस्रो अभ्यास खेल शुक्रबार..

    एसियाली खेलकूद : पुरुष फुटबलमा नेपाल समूहचरणबाटै बाहिरियो, पाकिस्तानसँग २–१ गोलले पराजित

    आईतवार, भाद्र ३, २०७५ साल
    काठमाडौँ, ३ भदौ : अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ ।  समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।  नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल..

    एशियाली खेलकूद : नेपाल ब्याडमिन्टनको पुरुष टिम क्वार्टर फाइनलमा

    आईतवार, भाद्र ३, २०७५ साल
    काठमाडौँ, ३ भदौ  इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।  नेपालमा आईतबार भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहेका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् ।  यस्तै महिला..

    एशियाली खेलकूद प्रतियोगिता : आज नेपाल विभिन्न ९ खेलमा प्रतिष्पर्धा गर्दै

    आईतवार, भाद्र ३, २०७५ साल
    काठमाडौँ, ३ भदौ  इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आईतबार नौ खेलमा प्रतिस्पर्धा गर्दैछ ।  इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आईतबार नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिए ।  फूटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै..

    शनिबारदेखि एशियाली खेलकूदको महाकुम्भ, ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी हुँदै

    शनिबार, भाद्र २, २०७५ साल
    काठमाडौँ, २ भदौ : एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ ।  नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ ।  उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन,..

    रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले उचाल्यो यूईएफए सुपर कपको उपाधि

    बिहिवार, श्रावन ३१, २०७५ साल
    एजेन्सी, ३१ साउन स्पेनिस क्लब रियल मड्रिडले यो सिजनको सुरूवात हारबाट गरेको छ। स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना युइएफए सुपर कप खेलेको रियल मड्रिड छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग पराजित भयो। बुधबार राति युरोपियन च्याम्पियन रियल मड्रिड युरोपा लिग च्याम्पियन एथ्लेटिको मड्रिडसँग ४-२ गोल अन्तरले पराजित भयो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा एथ्लेटिको मड्रिडका लागि कोके र साउलले..

    खेल पर्यटनमार्फत नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ : मुख्यमन्त्री पौडेल

    बुधबार, श्रावन ३०, २०७५ साल
    सौराहा, चितवन, ३० साउन   अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १७औँ विशेष साधारणसभा बुधबारदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताए ।  उनले भने, “अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आयोजनामार्फत नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ, खेल पर्यटनको प्रवद्र्धनका लागि प्रदेश सरकार क्रियाशील छ ।” खेल पर्यटन नेपालका..

    सरकारले खेलाडीको जीवन निर्वाहको सुनिश्चितता गर्नुपर्छ : राष्ट्रपति भण्डारी

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएका छन् ।  राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा मंगलबार शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगत्लाई सम्मान गर्न सरकारलाई सुझाव दिइन् । “सन् २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले..

    एशियन गेम्स : फुटबलमा नेपाल र जापान भिड्दै, खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे शुरु हुने

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन    इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजे शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।    इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिकरुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ । थाइल्याण्डमा १०..

    नेपाली खेलाडीहरु सन्दिप, सोमपाल र ज्ञानेन्द्र आइसीसीको बरियतामा

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौं, श्रावण २९ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपालका तीन खेलाडीलाई समेत समावेश गर्दै नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ । आईसीसीले हालै सार्वजनिक गरेको वरियतामा बलिङतर्फ सन्दीप लामिछाने परेका छन् भने ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल पर्न सफल भएका छन् नेपालले केही अघि नेदरल्याण्डसँग २ वटा ओडिआई खेलेको आधारमा आइसीसीले सन्दिप, सोमपाल र ज्ञानेन्द्रलाई एकदिवसीय वरियतामा समावेश गरेको हो । उक्त..

    देशका सात वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको तयारी

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन : सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढीमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण यसै वर्षबाट शुरु गर्ने उल्लेख छ ।..
    Results 1628: You are at page 34 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast