सोमबार, कार्तिक ४, २०७६

    खेल संसार

    विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोद्वारा यौन शोषणको आरोप अस्वीकार

    बिहिवार, असोज १८, २०७५ साल
    लास भेगास, १८ असोज  विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् ।  रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् । “मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको..

    लायन्स क्लब अफ पोखरा पिस सिटीले छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता गर्ने

    बिहिवार, असोज १८, २०७५ साल
    पोखरा, १८ असोज  लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीले आगामी मङ्सिर ६ देखि ९ गतेसम्म छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता–२०७५ गर्ने भएको छ ।  स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक..

    म्यानमारमाथि नेपालको शानदार जीत, १०२ बल बाँकी छँदै ८ विकेटले हरायो

    बुधबार, असोज १७, २०७५ साल
     काठमाडौँ, १७ असोज  आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि भएको खेलमा नेपालले म्यानमारमाथि शानदार जीत हासील गरेको छ । खेलमा पहिला व्याटिङ गरेको म्यानमार सबै विकेट गुमाउँदै मात्र २९ रन बनाएको थियो । त्यसको जवाफमा व्याटिङ गरेको नेपालले मात्र २ विकेटको क्षतीमा १०२ बल बाँकी छँदै आफ्नो लक्ष्य पार गरेको थियो ।  मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न..

    नेपाल र म्यानमार एक-आपसमा भिड्दै, पहिला व्याटिङ उत्रिएको म्यानमारको फितलो सुरुवात

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज  आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि भएको खेलमा अहिले नेपालले र म्यानमार भिडिरहेका छन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे सुरु भएको खेलमा म्यानमारले आफ्नो महत्वपूर्ण विकेट गुमाइसकेको छ ।   नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो..

    आइसिसी विश्व टी–२० क्रिकेट छनोट : नेपाल आज म्यानमारसँग भिड्दै

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज  आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले बुधबार म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।  नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । छनोटमा नेपालले..

    एसीसी यू– १९ एसिया कपमा नेपालको सान्त्वना जीत, अन्तिम खेलमा युएई ३ विकेटले पराजित

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौं, १६ असोज एसीसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्त्वना जीत दर्ता गरेको छ । शुरूका दुई खेलमा भारत र अफगानिस्तानसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गरेको हो । २ सय ६९ रनको विजयी लक्ष्य नेपालले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक ८९ रनको योगदान गरे..

    सभासमारोहमा देखिने राजनीतिका खेलाडी पोखरामा टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै

    मंगलवार, असोज १६, २०७५ साल
    पोखरा, १६ असोज अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै छन् ।  उमेर ६४ वर्ष पुगिसकेका उनी अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा हुन्छन् । सोमबार सम्पन्न ५५ वर्षमाथिको एकलमा पूर्वउपप्रधानमन्त्री थापाले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।..

    यु–१९ एसिया कप क्रिकेट : युएईले नेपाललाई दियो २ सय ६९ रनको लक्ष्य

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौं, असोज १६ ।  बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईका बिरुद्ध ब्याटिङ गरिरहेको छ ।  बंगलादेशको क्रिरा शिख मैदानमा भैरहेको सो खेलमा यसअघि युएईले नेपालबिरुद्ध २ सय ६८ रनको योगफल तयार पारेको थियो । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ६८ रन..

    यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबल : नेपाल र बङ्गलादेशको खेल आज

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौँ, १६ असोज : भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् ।  दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै बङ्गालदेशले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।  गोल अन्तरका..

    आइटिएफ सर्किट ४ टेनिस प्रतियोगिता : कमल र दिलीपबीच उपाधि भिडन्त

    मंगलवार, असोज १६, २०७५ साल
    पोखरा, १६ असोज  पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथिको एकल उपाधिका लागि नेपालका शीर्ष वरियताका कमल भण्डारी र भारतका दिलीप मोहन्तीबीच प्रतिस्पर्धा हुने भएको छ ।  कास्की जिल्ला टेनिस सङ्घद्वारा आयोजित सो प्रतियोगिताको सोमबार भएको खेलमा कमलले भारतका स्वर्णद्वीपसिंह ढोंढीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यस्तै मोहन्तीले नेपालका महेश श्रेष्ठलाई ७–६,..

    यु १९ एसिया कप : सिनियर टिममा जस्तै ब्याटिङ नै कमजोर, नेपाल समूह चरणबाटै बाहिरियो

    सोमबार, असोज १५, २०७५ साल
    काठमाडौं, १५ असोज १९ वर्षमुनिको एसिया कपमा लगातार दोस्रो हार व्यहोरेको नेपाल समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा भारतसँग १ सय ७१ रनले हारेको नेपाल सोमबार अफगानिस्तानसँग तीन विकेटले पराजित भएको हो । समूह ए मा रहेको नेपालले अन्तिम खेल युएईसँग खेल्न बाँकी नै रहे पनि भारत र अफगानिस्तानले दुई दुई खेल जितेपछि नेपाल बाहिरिएको हो । सिनियर टिममा जस्तै नेपाली युवा टोलीमा..

    यु–१९ एशिया कप क्रिकेट : नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती

    सोमबार, असोज १५, २०७५ साल
    काठमाडौँ, १५ असोज  बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ ।  बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए ।  यस्तै नेपालका राशिद खानले २९, कप्तान आसिफ शेखले..

    विश्वको सर्वाधिक उचाइमा अवस्थित जुम्लाको छुमचौरमा खेलमैदान बन्दै

    सोमबार, असोज १५, २०७५ साल
    जुम्ला, १५ असोज :  जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो । जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड राखिएको स्थान छुमचौरमा खेलकूद मैदान बनाउन..

    शहीद स्मारक ए डिभिजन लिग : सङ्कटाले सरस्वती युथ क्लबलाई हरायो

    आईतवार, असोज १४, २०७५ साल
    काठमाडौँ, १४ असोज : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको लिगको पहिलो चरणको दोस्रो खेलमा सङ्कटाले सरस्वतीलाई १–० गोल अन्तरले हराएका थिए । जीतसँगै सङ्कटाले लिगमा शीर्ष तीन अङ्क जोडेको छ ।  सङ्कटाको जीतमा लक्ष्मण रुचालले गोल गरे..

    चितवनले पेनाल्टी तिर्दै पोखरा प्रिमियर लिगमा शक्तिलाई भित्र्यायो

    आईतवार, असोज १४, २०७५ साल
    काठमाडौं, १४ असोज चितवन राइनोजले (पेनाल्टी) जरिवना तिर्दै पोखरा प्रिमियर लिग (पीपीएल) मा शक्ति गौचनलाई आफ्नो टिममा भित्र्याएको छ । २ लाख १० हजार बेस प्राइजमा २५ प्रतिशत पेनाल्टी तिर्दै चितवनले कुल २ लाख ६२ हजार ५०० मा शक्तिलाई भित्र्याएको हो । आइतबार भएको अक्सनमा सुरुमा शक्तिमाथि कुनै पनि टिमले बोली लगाएको थिएन । तर, चितवनले विस लिष्टअन्तर्गत अक्सनमा खर्च गर्नुपर्ने रकम सकिएपछि पेनाल्टीमा..

    ४ वर्षको पर्खाई : शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु

    शनिबार, असोज १३, २०७५ साल
    काठमाडौँ, १३ असोज  चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ ।  घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग शनिबारदेखि शुरु हुन लागेको हो ।  रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ ।  प्रतियोगिताको उद्घाटन खेलमा शनिबार..

    बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कप क्रिकेट नेपाल र भारतबीच खेल हुने

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज  बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रनेछ । गत संस्करणको समूह चरणको खेलमा नेपालले भारतलाई पराजित गर्दै सनसनी मच्चाएको थियो । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको..

    पोखरा प्रिमियर लिग (पिपिएल)का लागि १ सय ९७ खेलाडीहरु सूचीकृत

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् ।  पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड..

    ए डिभिजन लिग फुटबल : खेल मिलेमतो गरेको पाइए कडा कारवाही

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज : शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताए ।  लिग संयोजक विज्ञानराज शर्माले भने, “हामीले लिग हुने दुवै मैदानमा सिसी क्यामेरा राख्नेछौँ, यस्तै अर्को क्यामेरा पनि हुनेछ, म्याच फिक्सिङ..

    पोखरा प्रिमियर लिग (पिपिएल) का टिम र मार्की खेलाडी सार्वजनिक, यस्ता छन् नाम र खेलाडी

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा भाग लिने छ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुङ्गो लागेको छ ।  क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहिबार  पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने जानकारी दिएको छ ।  पिपिएल पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा हुनेछ । पिपिएलका लागि महत्वपूर्ण मानिएको मैदानसहित पिच निर्माण..

    यु–१८ स्कुल च्याम्पियनसिपमा अफगानिस्तान विरुद्ध नेपालको १३ गोल

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज : भारतमा जारी ४६आँै एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ ।  बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे । अफगानिस्तानका सियावासी हुसेनीले पेनाल्टीमार्फत एक गोल फर्काए ।  भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल..

    यू–१९ एशिया कप क्रिकेट : आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौँ, १० असोज : यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ ।  बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । टोलीमा कमलसिंह ऐरी (उपकप्तान), रोहितकुमार पौडेल, रवी साह, नन्दन यादव, रित गौतम, पवन..

    सन्दीपलाई अर्काे सफलता ! ३० हजार डलरमा भारतीय क्लब केरला किङ्ससँग अनुबन्ध

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौं, ९ असोज  अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्काे सफलता हात परेका छन् ।  सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने नयाँ ‘फर्‍म्याट’ को टी-१० लिगमा केरला किङ्ससँग सोमबार अनुबन्ध भएका छन् । जुन आर्थिक पाटोबाट हेर्दा उनको क्रिकेट करियरकै अहिलेसम्मको ठूलो छलाङ पनि हो ।  सोमबार भएको खेलाडी अक्सनबाट केरला किङ्सले सन्दीपलाई ३० हजार अमेरिकी..

    नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि ‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौँ, ९ असोज  पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिगको खेलतालिका परिवर्तन गर्ने सहमति भएको थियो ।  ‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि शुरु हुँदैछ भने बङ्गबन्धु..

    बङ्गबन्धु गोल्डकप : नेपाली राष्ट्रिय फुटबल टोली आजदेखि बन्द प्रशिक्षणमा

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौँ, ९ असोज  बङ्गलादेशको राजधानी ढाकामा यही असोज १५ गतेदेखि शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ ।  एन्फा मैदान सातदोबाटोमा शुरु भएको उक्त प्रशिक्षणमा विराज महर्जनको कप्तानीमा २० खेलाडी सहभागी रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जजनले जानकारी दिए । साविक विजेता भएका कारण नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको..

    अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको पुरुष समूह अन्तर्गत नेपालले रजत पदक जित्यो

    मंगलवार, असोज ९, २०७५ साल
     काठमाडौँ, ९ असोज : ‘ब्रिटिस ओपन इन्टरनेशनल कराते प्रतियोगिता’मा नेपालले पुरुष टिम कुमुतेमा रजत पदक जितेको छ ।  ब्रिटिस कराते फेडरेसनको आयोजनामा बेलायतको लेस्टरमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालका विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए । स्कटल्याण्डका खेलाडीलाई पराजित गर्दै सो समूह फाइनमा पुगेको हो ।  प्रशिक्षकको भूमिकामा समेत रहेका शाक्यका अनुसार सोनामले ६० किलोमुनि तौल समूहमा कास्य पदकसमेत..

    शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा ए डिभिजनका लागि १४ क्लबले दर्ता गराएको खेलाडीको सूचीमा..

    अन्तिम खेलमा नेपालले मलेसियासँग ४/४ गोलको बराबरी खेल्दै अङ्क बाँड्यो

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  : एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणकौ अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ ।  समूह ‘इ’ बाट यसअघि नै बाहिरिसकेका नेपाल र मलेसियाले एक एक अङ्क जोडेर प्रतियोगिता सकाए । अघिल्ला दुई खेलमा दुवै टोलीले पराजय भोगेका थिए । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग चार शून्य गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११ –१ ले पराजित..

    यु–१६ महिला च्याम्पियनसिप : नेपालले मलेसियासँग खेल्ने

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिपअन्र्तगत आईतबार छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ ।  हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउसो ३ : ३० बजे हुनेछ । नेपाल र मलेसिया पहिलो जीतको खोजीमा हुनेछन् । यसअघि नेपाल..

    म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएपछि नेपाल च्याम्पियनसिप छनोटबाट बाहिरियो

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज : म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ ।  समूह चरणको दोस्रो खेलअन्तर्गत शुक्रबार म्यानमारसँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।  म्यानमारका लागि सुई और माङले एक्लैले पाँच गोल गरिन् । यस्तै म्यात नाउ हिनले ह्याट्रिक पूरा गर्न सफल भइन् । हिन मार तोई, ह्वाई पो इयान..
    Results 1628: You are at page 31 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast