शुक्रबार, चैत्र २८, २०७६

    खेल संसार

    पाँचौँ साफ महिला फुटबल : बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजयी

    आईतवार, चैत्र ३, २०७५ साल
    विराटनगर, २ चैत   पाँचौँ साफ महिला फुटबलअन्तर्गत शनिबार  भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ ।  विराटनगरको शहीद रङ्गशालामा भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको ६ मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् ।  यसैगरी खेलको २३औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरी नेपाललाई २–० ले अगाडि बढाइन् ।..

    साफ महिला फुटबल : समूह विजेताको लागि नेपालले बंगलादेशसँग खेल्दै

    शनिबार, चैत्र २, २०७५ साल
    विराटनगर, २ चैत ।  समूह चरणको अन्तिम खेलमा साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत शनिबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । बंगलादेशले भने भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो । दुवै खेलमा भुटान पराजित भएपछि यी नेपाल र बंगलादेश एक खेलअघि नै सेमिफाइनल पुगेका हुन् । विराटनगरको शहिद..

    साफ महिला फुटबल : श्रीलङ्का विजयी, माल्दिभ्स २–० ले निराश

    शुक्रबार, चैत्र १, २०७५ साल
    विराटनगर, १ चैत : पाँचौँ साफ महिला फुटबलअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ ।  विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ । श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् ।  इकानायाकेले खेलको ४० औँ मिनेटमा पहिलो गोल गरिन भने दोस्रो गोल खेलको ५० औँ मिनेटमा गरी आफ्नो टोलीलाई तीन अङ्क..

    एफसी यू–२३ च्याम्पियनसिपका लागि खेलाडी छनोट [नामसहित]

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको शुक्रबार घोषणा गरेको छ ।  सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि दोहामा हुने छनोटका लागि नेपालले २३ सदस्यीय टोलीको घोषणा गरेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिनुभयो । छनोटका खेल यही चैत ७ देखि ११ गतेसम्म हुनेछन् ।  नेपाली टोलीमा अविशेक..

    महिला साफ : माल्दिभ्स–श्रीलंका सेमिफाइनलको लडाईमा

    शुक्रबार, चैत्र १, २०७५ साल
    विराटनगर, १ चैत्र ।  शुक्रबार हुने साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत श्रीलंकाले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबारको खेलमा माल्दिभ्सलाई जित्नै पर्ने दबाव छ । यता, श्रीलंकाले जितेमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । विराटनगरको शहिद रंगशालामा दिउँसो ३ बजे समूह ‘बी’ को खेलमा श्रीलंकाले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि पनि शुक्रबारको खेल माल्दिभ्सलाई जित्नै पर्ने हुन्छ ।  यसअघि भारतसँग माल्दिभ्स..

    नेपाल महिला साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौं ३० फागुन  एक खेल अगावै नेपाल विराटनगरमा जारी दक्षिण एसियाली महिला फुटबल(साफ)को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल रहेको समूह ए मा बिहीबार बंगलादेशले भुटानलाई २-० ले पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल र बंगलादेश दुबै समूह ए बाट अन्तिम चारमा प्रवेश गरेका हुन् । भुटान भने दुबै खेलमा पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपाल र बंगलादेश..

    क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन  एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ ।  थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएका आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ ।  ३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न आठ..

    साफ महिला च्याम्पियनसिप : बंगलादेश र भुटान भिड्दै

    बिहिवार, फागुन ३०, २०७५ साल
    विराटनगर, ३० फाल्गुन ।  दुई वर्षअघि फाइनल खेलेको बंगलादेशले बिहीबार कमजोर मानिएको भुटानविरुद्धको खेलमार्फत् पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ । घरेलु टिम नेपालले पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । त्यसैले तीन देश सहभागि समूह ‘ए’को प्रतिस्पर्धामा बंगलादेशविरुद्ध हारेको अवस्थामा भुटान च्याम्पियनसिपबाटै बाहिरिनेछ । बराबरी नतिजा निस्किएको नेपाल र बंगलादेशबीच शनिबार हुने खेलले यो समूहबाट सेमिफाइनल पुग्ने..

    शाल्केविरूद्ध म्यानचेस्टर सिटीबाट गोलको वर्षा

    बुधबार, फागुन २९, २०७५ साल
    एजेन्सी, २९ फागुन म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिगमा एफसी शाल्केविरूद्ध गोलको वर्षा गरेको छ। दोश्रो लेग अन्तरगत भएको खेलमा उसले शाल्केलाई ७-० ले हराएको हो। पहिलो लेगमा सिटीले ऊ विरूद्ध ३-२ को जित निकालेको थियो। जितसँगै सिटी अन्तिम ८ मा पुगेको छ। समग्रममा सिटीको नतिजा १०-२ भएको छ। घरेलु मैदान मंगलबार राति भएको दोस्रो लेगमा सिटीले ३ गोल पहिलो हाफमा गरेको हो भने बाँकी..

    पिएसएलमा धमाकेदार प्रदर्शनपछी सन्दीप स्वदेश फर्कँदै

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ २८ फागुन  राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर मंगलवार स्वदेश फर्कँदै छन् ।  राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप मंगलवार दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका टोली व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिनुभयो ।  सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टिम लाहोरले प्रतियोगिताको..

    महिला साफ च्याम्पियनसिप - भुटानविरुद्ध सजिलो जितको अपेक्षा

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौं,  २८ फागुन ।  पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदै छ । विराटनगरमा मंगलबारबाट सुरु हुने पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा तुलनात्मक रुपमा सबैभन्दा कमजोर टिम हो, भुटान। उनीहरुको लक्ष्य नै खेल जित्नुभन्दा अनुभव लिने रहेकाे छ। दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टाेलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेकाे पाँचाै साफ महिला च्याम्पियनसिप सुरु हुन लागेकाे हाे । याे..

    झापा गोल्डकपको उपाधि आर्मीलाई, आयोजक ५—३ गोलअन्तरले स्तब्ध

    सोमबार, फागुन २७, २०७५ साल
    भद्रपुर, २७ फागुन : झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।  सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठले तीन गोल गर्दै नगद २१ हजार पाउन सफल भए । ‘बेस्ट मिडफल्डर’ झापाका पुजन..

    रियल मड्रिडमा जोसे मोरिन्हो आउने खबरले खेलाडीहरु दुखित

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन रियल मड्रिडका स्टार खेलाडीहरु मोरिन्होको नियुक्तलाई लिएर खुसी नभएको बताइएको छ । उनको नियुक्तीले रियलमा राम्रो प्रभाव नपार्ने उनीहरुको ठम्याइ छ । करिम बेन्जेमा, मार्सेलो, बेल जस्ता खेलाडीहरु मोरिन्हो रियल आउने खबरले दुःखी रहेका छन् । यस सिजन रियलले सोलारीको भरमा प्रतिस्पर्धा गर्ने निर्णय लियो । तर, उपलब्धिहिन सिजनका कारण रियलले नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय लिएको मिडिया रिपोर्टमा उल्लेख छ..

    पोखरा रंगशालाको फुटबल स्टेडियम शिलान्यास

    सोमबार, फागुन २७, २०७५ साल
    पोखरा, २७ फागुन पोखरा रंगशाला फुटबल मैदानसहित स्टेडियम निर्माणको काम सुरू भएको छ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आइतबार शिलान्यास गर्दै तोकिएकै मितिमा स्टेडियमको निर्माण कार्य पूरा गर्न कम्पनीलाई निर्देशन दिएका हुन्। उनले भौतिक पूर्वाधार तोकिएकै मितिमा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व निर्माण जिम्मा लिने कम्पनीको भएको भन्दै कुशल निर्माणको परिचयलाई अझ बलियो बनाउन सुझाव दिए। पोखरामा फुटबल स्टेडियम निर्माणसँगै निर्माण भएका अन्य..

    पाँचौँ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा

    सोमबार, फागुन २७, २०७५ साल
    विराटनगर, २६ फागुन :   पाँचौ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच हुनेछ ।  प्रतियोगितामा भाग लिन भूटानको टोली आइतबार विराटनगर आइपुगेको छ । सो टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए । शहीद रङ्गशालामा हुने सो प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल,..

    विश्वकप फुटसल : नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन  विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ ।  अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आइतबार सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ ।  उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा नेपाल समूह ‘डी’ मा परेको..

    अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडीलाई

    आईतवार, फागुन २६, २०७५ साल
    स्याङ्जा, २६ फागुन  स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पार्नुभएको छ । एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गर्नुभएको थियो । टाइटलतर्फ प्रथम हुनुभएका कोरीले नगद रु पाँच लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।  महिलातर्फ लक्ष्मी मगर आठ घण्टा नौ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार..

    नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेलमा फिफाले अनुमति नदिएपछि...

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौँ, २५ फागुन  नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ ।  विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल सङ््घबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।  एन्फाले आज विज्ञप्ति जारी गरी नेपाल र मलेसियाबीच आगामी चैत १२ गतेका..

    छोरी भएर पनि क्रिकेट खेल्ने ? भन्छन् : कप्तान रुबिना

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौ, फागुन ।  नेपाली महिला क्रिकेट हेपिएको भन्दै नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुबिना क्षेत्रीको दुखेसो गरेकी छन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले पछिल्लो एक वर्षमा नेपाली क्रिकेटको निकायले महिला खेलाडीहरू नखोजेको भन्दै चिन्ता व्यक्त गरेकी हुन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा शून्य सहभागिताले महिला क्रिकेट खेलाडीहरु पलायन हुन लागेको बेला उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारले जिल्ला जिल्लामा महिला क्रिकेट खेलाडी..

    सन्दीप लामिछाने कराँचीमा, पीएसएलको तयारी, २ खेल बाँकि

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौं, २४ फागुन ।  पाकिस्तान सुपर लिग (पीएसएल) को बाँकि खेलको लागि लेगस्पीनर सन्दीप लामिछाने पाकिस्तान पुगेका छन् । समूह चरणको चारवटा खेल पाकिस्तानमा खेलिने यसअघिनै तय भए बमोजिम सन्दीप लगायत पीएसएल टोलीहरु कराँची पुगेका हुन् । यी चार खेलहरुबाट प्लेअफमा पुग्ने टोलीहरुको टुंगो लाग्नेछ । छ टोली सम्मिलित यस प्रतियोगिताबाट मुल्तान सुल्तान बाहिरिइ सकेको छ भने अन्य पाँच वटा टोलीको प्लेअफमा स्थान..

    महिला साफ फुटबलको तयारी अन्तिम चरणमा, इतिहास नियाल्दा...

    शुक्रबार, फागुन २४, २०७५ साल
    विराटनगर, २४ फागुन ।  पाँचौं महिला साफ फुटबल च्याम्पियनसीप तयारी अन्तिम चरणमा पुगेको छ ।  फागुन २८ गतेदेखि चैत ८ गतेसम्म विराटनगरमा आयोजना हुँदैछ । नेपाली महिला फुटबल टोली टोली घरेलु मैदानमा हुने प्रतियोगिताबाट उपाधिविहीन यात्रामा पूर्णविराम लगाउन चाहन्छ । लगातार पाँचौंपटक साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता खेलिरहँदा नेपाल सधै‌ं बलियो दावेदारका रुपमा रहे पनि उपाधि जित्न सकेको छैन । नेपालका लागि सधै‌ं..

    साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली घोषणा [नामसहित]

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन    नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोलीको मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका २३ खेलाडीबाट आज सावित्रा भण्डारीको कप्तानीमा २० खेलाडीको छनोट गर्नुभएको हो ।    टोलीमा गोलकिपरमा एञ्जिला तेम्वाप्पो सुब्बा, अञ्जना रानामगर, उषानाथ, डिफेण्डरमा हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर, अमृता..

    २०७५ साल खेलमा सुधार भएको वर्ष, पूर्वाधार निर्माण अबको प्राथमिकता

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन   वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन् । राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न सरकार सफल भएको छ । उक्त विधेयक अहिले राष्ट्रियसभामा छलफलको क्रममा छ । त्यसैगरी, प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ । खेल सङ्घहरुबीचका कतिपय विवादको निराकरण सरकारको एक वर्षको अवधिमा भएको..

    युनाइटेड च्याम्पियन्स लिगको क्वारटफाइनलमा, पीएसजी स्तब्ध

    बिहिवार, फागुन २३, २०७५ साल
    एजेन्सी, २३ फागुन च्याम्पियन्स लिगको दोश्रो लेगको अन्तिम १६ अन्तरगतको प्रतिष्पर्धामा म्यान्चेस्टर युनाइटेडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी लाई अवे मैदानमा ३-१ ले पराजित गरेको छ। युनाइटेडको जीतका लागि मार्कस र्यासफर्डले इन्जुरी समयमा पाएको पेनाल्टी मार्फत गरेको गोलले सो जित सम्भव भएको हो। संमग्रमा ३-३ को बराबरी भए पनि अवे गोलका कारण युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ। युनाइटेडले सो गोल भिऐआरमार्फत भएको..

    नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सर्‍यो

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन नेपाली क्रिकेट टिमले केन्यामा हुने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ । मार्च २२ देखि ३१ तारिखसम्म आयोजना गर्ने भनिएको टी–२० क्रिकेट सिरिज दुईदेखि तीन सातासम्म सार्न लागिएको क्रिकेट केन्याले जानकारी दिएको छ । प्राविधिक कारणले खेल मिति सानु परेको क्रिकेट केन्याले उल्लेख गर्दै केही दिनमै नयाँ मिति सार्वजनिक गर्ने पनि बताएको छ । ८ टिमको सहभागिता रहने प्रतियोगितामा प्रत्येक..

    ‘सी’ डिभिजन लिग फुटबल आजदेखि, कुन क्लब कुन समूहमा ?

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन      अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै बुधबारदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ ।  ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा..

    सी–डिभिजन लिगको खेल तालिका सार्वजनिक

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुने भएको छ ।  एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकूद केन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने उक्त खेल अपराह्न १२ः४५ बजे हुनेछ ।  त्यस्तै बुधबार..

    सन्दीप लामिछाने र सीता रानामगर वर्षकै उत्कृष्ट क्रिकेट खेलाडी

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’ कार्यक्रममा लामिछाने उत्कृष्ट चुनिँदै ‘वर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् ।  अवार्ड जित्ने क्रममा लेग स्पिनर लामिछानेले कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारेका थिए । वर्ष क्रिकेट..

    आठौँ राष्ट्रिय खेलकूदको मिति घोषणा हुन सकेन

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन । अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ ।  राष्ट्रिय खेलकूद परिषद् ९राखेप० कार्यकारी समितिको बैठक पटक÷पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेको छैन । अघिल्लो महीना बसेको कार्यकारी बैठकले जिल्ला छनोट पूरा भइसकेकाले प्रदेश..

    स्पेशल ओलम्पिक टोलीको बिदाइ, बिहीबार युएई प्रस्थान

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन : संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको मंगलबार बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ ।  राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।  युएईमा हुने प्रतियोगितामा नेपालले फाइभ ए..
    Results 1912: You are at page 30 of 64
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last
    Weather Forecast