सोमबार, कार्तिक ४, २०७६

    खेल संसार

    दिल्लीले गर्यो १४ खेलाडी सुरक्षित, सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौं, ३० कार्तिक  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् । उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो। आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ । त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४..

    इंग्लिस क्लब चेल्सी फिफाको कारबाहीमा, २ वर्षसम्म खेलाडी अनुबन्धमा प्रतिबन्ध

    बिहिवार, कार्तिक २९, २०७५ साल
    एजेन्सी, २९ कात्तिक विश्व फुटबल महासंघ फिफाले इंग्लिस क्लब चेल्सीलाई ४५ हजार पाउण्ड जरिवाना र दुई वर्षसम्म खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको छ। नियम विपरित युवा खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले चेल्सीमाथि कारबाही गरेको हो। यही सिजन बेरट्रान्ड ट्राओरेलाई चेल्सीले तीन वर्षका लागि अनुबन्ध गरेको थियो। बेरट्रान्डसँगै चेल्सीले अरू १८ बर्ष मुनिका खेलाडीलाई खरिद गरेको भन्दै फिफाले नियम उलंघन गरेको आरोपमा कारबाही गरेको हो। यस विषयमा..

    ऐतिहासिक सफलता बटुल्दै महिला फुटबल टोली स्वदेश फर्कदै

    बुधबार, कार्तिक २८, २०७५ साल
    काठमाडौँ, २८ कात्तिक  ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।  सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो । नेपाली महिला..

    ओलम्पिक छनोट : नेपाल र बङ्गलादेशको खेल १-१ गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक   ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ ।  मंगलबार भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक-एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो ।  समूहको शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट..

    ओलम्पिक महिला फुटबल छनोट : आज दिउँसो नेपाल र बङ्गलादेश खेल्दै

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक  ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले मंगलबार बङ्गलादेशसँग खेल्दैछ ।  याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालललाई जित्नैपर्ने दबाब नेपालका लागि मंगलबारको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी..

    महिला ओलम्पिक–२०२० छनोट: नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै, बङ्गलादेश अङ्कविहीन

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कात्तिक : महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आइतबार भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ । म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान्मासँग १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेको हो । यस खेलसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायम नै रहेको छ ।  ओलम्पिकका लागि पहिलो चरणमा..

    बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु, अफ्रिकाको ३२१ रनको लक्ष्य

    आईतवार, कार्तिक २५, २०७५ साल
    ढाका, २५ कात्तिक  बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आईतबारदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् ।  यसअघि गत साता सिल्हेटमा भएको पहिलो टेस्टमा जिम्बाबेले बंगलादेशलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।  बंगलादेशले दोस्रो टेस्टका लागि तीन जना खेलाडी परिवर्तन गरेको छ । बंगलादेशी टिममा कप्तान रियाद सहित..

    अर्को वर्ष हुने महिला विश्वकपको अहिले नै लाखौँ टिकट बिक्री, टिकट किन्ने सबैभन्दा धेरै फ्रान्स र बेलायतका

    शनिबार, कार्तिक २४, २०७५ साल
    पेरिस, २४ कात्तिक : अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ ।  प्रतियोगिता आउँदो सन् २०१९ को जुन ७ देखि जुलाई ७ सम्म हुने तय भएको छ । ग्रेनोबल, ले हाभ्रे, लिओन, मोन्टपेल्लीर, नाइस, पेरिस, रेम्स, रेन्नेज र भ्यालेन्सीन्नजमा खेलहरू हुने भएका छन् ।  अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि..

    एएफसी यु–२३ च्याम्पियनसिप प्रतियोगिता : नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान (यस्तो छ तालिका)

    बिहिवार, कार्तिक २२, २०७५ साल
    काठमाडौँ, २२ कात्तिक : थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ ।  एशियाली फुटबल महासङ्घ ९एएफसी०ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । उक्त छनौट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै..

    चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले जित्यो पीपीएल उपाधि

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौं, २० कात्तिक ।  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । १६१ रनको लक्ष्य पछ्याएको पोखराले चार बल बाँकी तीन विकेटको जित दर्ता गरेको हो । रोमाञ्चक खेलमा विनोद भण्डारीको चौकाले पोखरालाई उपाधि दिलाएको हो ।   रवीइन्द्रपछि पोखराका लागि मोहम्मद नाभिद २५, कप्तान शरद २२, आशिफ सेखले १२ रन बनाए भने अन्य ब्याट्सम्यानले..

    पुसको ४ देखि २० गतेसम्म जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

    सोमबार, कार्तिक १९, २०७५ साल
    पोखरा, १९ कात्तिक  एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ ।  प्रतियोगितामा अष्ट्रेलिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ ।  सङ्घका महासचिव नवीन चालिसेका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो सर्किटमा ३० पुरुष र..

    पीपीएल फाइनलमा पुग्न काठमाडौंले चितवनलाई दियो ९५ रनको लक्ष्य

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौं, १८ कात्तिक  चितवन राइनोजले नमस्ते पोखरा प्रमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा पुग्न ९५ रनको लक्ष्य पाएको छ । आइतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको हुलास काठमाडौं रोयल्स इलिमिनेटरमा १९.३ ओभरमा ९४ रनमा अल आउट भयो । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छदा सबै विकेटको क्षतिमा ९४ रन मात्र..

    पहिलो अवसर ! अन्तर्राष्टिय प्रतियोगितामा नेपाली नेत्रहीन महिला क्रिकेट टोली सहभागी हुँदै

    आईतवार, कार्तिक १८, २०७५ साल
    चिप्लेढुङ्गा, १८ कात्तिक : नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन् ।  छनोट भएका खेलाडीमा आशा रेग्मी, रीता थापा, हीता..

    साफ यू–१५ फुटबल : तेस्रो स्थानका लागि नेपालको आज भारतसँग प्रतिस्पर्धा

    शनिबार, कार्तिक १७, २०७५ साल
    काठमाडाँै, १७ कात्तिक : साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् ।  अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्सविरुद्ध..

    पीपीएलमा आज २ खेल, धनगढी र पोखरा तथा बुटवलसँग काठमाडौं जितको खोजिमा

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    काठमाडौं, १६ कात्तिक ।  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुदै छन् । पोखरा रंगशालामा हुने खेलमा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुज र बुटवल ब्लास्टर्सले काठमाडौं रोयल्ससँग प्रतिस्पर्धा गर्दै छन् । पोखरा पल्टन र एक्स्पर्ट धनगढी दुबै टिमको समान ४–४ अंक रहेको छ । तर पोखरा पल्टनले मात्र ३ खेल खेलेको छ भने एक्स्पर्ट धनगढीले ४ खेल खेलेको छ ।  त्यस्तै,..

    खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री विश्वकर्मा

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    स्याङ्जा १६, कात्तिक  युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । स्याङ्जाको स्वरेक मैदानमा बिहीबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उनले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गरे ।  राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उनले नेपालमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताका साथै धेरै ठाउँमा अन्य साहासिक खेल..

    नेपाली क्रिकेटरहरुलाई थप हौसला ! २ ब्याट्सम्यान र २ बलर आइसिसीको बरियतामा समावेश

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौँ, १५ कात्तिक : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी० को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् ।  नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलरहरू सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् । ब्याटिङतर्फ..

    अफगानिस्तानसँग खेल्ने तयारी गरिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्द

    बुधबार, कार्तिक १४, २०७५ साल
    काठमाडौँ, १४ कात्तिक अफगानिस्तानसँग खेल्ने तयारी गरिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मङ्सिर २७ गते अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको मिति तय गरेको थियो । तर अन्तिम समयमा आएर अफगानिस्तानले नेपालसँगको मैत्रीपूर्ण खेलमा सहभागिता नजनाउने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।  “प्राविधिक कारणले उनीहरुले नेपालसँगको खेल रद्द गरेको जानकारी एन्फालाई दिएका छन्, थप..

    भारतीय क्रिकेट टिमको माग : विश्वकपमा श्रीमती, बसको साटो ट्रेन, नास्तामा केरा

    मंगलवार, कार्तिक १३, २०७५ साल
    काठमाडौं, १३ कात्तिक ईंग्ल्यान्डमा क्रिकेट विश्वकप सुरु हुन करिब सात महिना बाँकी छ । यसपालीको विश्वकपमा सबैभन्दा बलियो दावेदार हो भारत । एकदिवसीय विश्वकप तयारीका सिलसिलामा हालै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एउटा वैठक राख्यो । वैठकमा विश्वकप तयारीका विविध पक्षहरुमा छलफल हुनुको साथै खेलाडीहरुका माग र गुनासोहरु पनि व्यक्त भएका थिए । यस क्रममा खेलाडीहरुले केही रोचक माग राखेका छन् । हैदराबादमा भएको..

    साफ यू–१५ फुटबल : समूह विजेता बन्दै बङ्गलादेश तथा समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।  ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा समूह चरणको अन्तिम खेलमा सोमबार नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेश समूह विजेता बनेको हो । हार भए पनि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो मिनेटमा बङ्गलादेशले मोहम्मद अहख सकिलको गोलमा खेलमा अग्रता लिएको..

    विश्वकप ट्रफी आज वसन्तपुर घुमाइने, अपराह्नमा भारत लगिदै, २१ देशमा प्रदर्शन गरिने

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक  विगत चार दिनदेखि नेपालमा रहेकोे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी सोमबार अन्तिम दिन वसन्तपुर घुमाइँदैछ ।  आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार सोमबार दिउँसो ट्रफी वसन्तपुर घुमाइने र अपराह्न भारत लगिनेछ । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पुर्याइएको थियो । आइतबार साँझ ट्रफी राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो..

    साफ यू–१५ मा नेपाल–बङ्गलादेश भिड्दै, विजेता समूह सेमिफाइनलमा पुग्ने

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक  साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सोमबार नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ ।  ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल र बङ्गलादेश यसअघिको एक एक खेल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । आजको विजेता समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।  नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–०..

    पाकिस्तानको पुनरागमन : अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज ३–० ले क्लिन-स्विप

    सोमबार, कार्तिक १२, २०७५ साल
    १२ कार्तिक, काठमाडौं । पाकिस्तानले अष्ट्रेलियाविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजमा पूर्णतया हाबी हुँदै जीत आफ्नो बनाएको छ । गए राति सम्पन्न टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा अष्ट्रेलियालाई ३३ रनले पराजित गर्दै सिरिज नै ३–० ले जितेको हो । यसअघि सम्पन्न दुवै खेल पनि पास्तिानले नै जितेको थियो । कुल १५१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलिया निर्धारित २० ओभर सकिन ५ बल..

    साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता : माल्दिभ्सको पोस्टमा बङ्गलादेशको ९ गोल

    शनिबार, कार्तिक १०, २०७५ साल
    काठमाडौँ, १० कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा बङ्गलादेशका निहत जमानको चार गोलको मद्दतले बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित ग¥यो । जमानले ११आँै, २०आँै र २३औँ र ४६औँ मिटेमा गोल गरेका थिए ।  त्यस्तै कप्तान मोहमद महेदी हसनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे भने..

    एफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोट : नेपालद्वारा भारत २–० गोलले पराजित

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    काठमाडौँ, ९ कात्तिक : एफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेलमा भारतलाई पराजित गरेको छ ।  थाइल्याण्डको चोनबुरी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा भारतलाई २–० गोलले पराजित गरेको हो ।  कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । नेपालले समूह चरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग..

    एएफसी यु–१९ छनोटमा आज नेपाल भारतसँग खेल्दै, अघिल्लो चरण पुग्न भारतलाई हराउनैपर्ने

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    काठमाडौँ, ९ कात्तिक : एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।  थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न आजको खेलमा भारतलाई हराउनुपर्ने दबाब छ ।  कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको..

    भारतमा धनगढी क्रिकेट एकेडेमीको रोमाञ्चक जित, मुम्बई पुलिस ३४ ओभरमै अलआउट

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    धनगढी, ९ कात्तिक : भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी (डिसिए)ले बिहिबार मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ ।   मुम्बईको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । मुम्बईका आर्यनले सर्वाधिक ५१ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । त्यस्तै ऋषिभेष मोरेले २६ र..

    साफ यू–१५ फुटबलमा नेपालको विजयी शुरुआत, फिफा बरियतामा बेल्जियम शीर्ष, नेपाल एक स्थान तल

    बिहिवार, कार्तिक ८, २०७५ साल
    काठमाडौँ, ८ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले बिहिबार विजयी शुरुआत गरेको छ ।  अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मैदान सातदोबाटोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।  काठमाडौँमा शुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।  पहिलो हाफमा दुई गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्न..

    आइसिसी विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदै, जम्मा ४ दिन राखिने

    बिहिवार, कार्तिक ८, २०७५ साल
    काठमाडौँ, ८ कात्तिक : इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ ।  आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ । ट्रफी नेपालमा चार दिन राखिनेछ । नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुरयाइनेछ ।  ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया,..

    यसै सातादेखि शुरु हुने पिपिएलको विजेताले रु २७ लाख पाउने, उपविजेता टोलीलाई १० लाख

    बुधबार, कार्तिक ७, २०७५ साल
    काठमाडौँ, ७ कात्तिक : पोखरामा यसै सातादेखि शुरु हुने पोखरा प्रिमियर लिग ९पिपिएल० टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्ने भएको छ ।  क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म चल्ने उक्त प्रतियोगिताको उपविजेता टोलीले रु १० लाख तथा ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ‘ब्याट्सम्यान’ र उत्कृष्ट ‘बलर’ले सुजुकी जिक्सर १५५ सिसीको मोटरसाइकल पाउने निर्णय गरिएको..
    Results 1628: You are at page 29 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast