बिहिवार, मंसिर २६, २०७६

    खेल संसार

    डिपिएल : विजेताले ३० लाख पाउने, यस्तो छ खेल तालिका

    बिहिवार, माघ २४, २०७५ साल
    काठमाडौँ, २४ माघ  यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ ।  आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो ।  उहाँले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताउनुभयो । त्यसमा..

    हाम्रो नेपालमा ! शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला !!

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा ।  एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा सकियो तर दोस्रोमा नेपालले ऐतिहासिक जित नै दर्ता गरायो । टि–२० मा समेत पहिलो शृङ्खला जितेको छ । तर,..

    विराटनगर किंग्सलाई श्री एयरको साथ, किंग्सको उपाधि जित्ने लक्ष्य ...

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ धनगढी प्रिमियर लिग (डीपीएल) तयारीमा रहेको विराटनगर किंग्सले उपाधि जित्ने लक्ष्य लिएको छ । विराटनगर प्रतियोगिताको पहिलो संस्करणको उपविजेता हो । गत संस्करणमा भने विराटनगर लिग चरणभन्दा माथि जान सकेन । विराटनगरले मंगलबार श्री एयरलाइन्ससँग मुख्य प्रायोजन सम्झौता गरेको छ । श्री एयरलाइन्स डीपीएलको एयरलाइन्स साझेदार पनि हो । सम्झौता रकमबारे भने कार्यक्रममा सार्वजनिक गरिएन । विराटनगरको सहायक प्रायोजकमा नेपाल..

    शारीरिक सुगठन प्रतियोगिता हुदै, यस्तो छ खेलाडी र पदकबारे जानकारी !

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ २२ माघ  नेपाल शारीरिक सुगठन तथा फिट्नेश सङ्घको आयोजनामा सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ आगामी वैशाख २० र २१ गते काठमाडौँमा हुने तय भएको छ ।  उक्त प्रतियोगताअन्र्गतको मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूह गरी ६ स्पर्धामा प्रतिस्पर्धा गराइने मंगलबार यहाँ आयोजित पत्रकार..

    क्रिकेट टोलीलाई प्रतिव्यक्ति ५ लाख दिने सरकारको निर्णय

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ युएईविरुद्धको टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइसीसीबाट मान्यताप्राप्त युएईविरुद्धको दुवै फर्म्याटको सिरिज जितेर फर्केको टोली नगदसहित सम्मान गर्ने निर्णय गरिएको खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए ।  मन्त्री विश्वकर्माले तत्कालका लागि खेलाडीको हौसला बढाउन उक्त निर्णय गरिएको पनि बताए । 'अहिलेको अवस्थामा खेलाडीलाई..

    टी-ट्वेन्टी र्‍याङकिङमा नेपालको फड्को, रेडकार्पेटमा क्रिकेट नायकको स्वागत

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौं, २१ माघ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाललाई समावेश गरेर पछिल्लो टी–ट्वान्टीे वरियतामा सार्वजनिक गरेको छ । सोमबार आइसिसीले सार्वजनिक गरेको वरियतामा नेपाल १४ औँ स्थानमा रहेको छ । नेपालभन्दा पछि युएई, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन् ।  बरियताको पहिलो नम्बरमा पाकिस्तान रहेको छ। पाकिस्तानपछि बरियताको दोस्रो नम्बरमा भारत, तेस्रो नम्बरमा साउथ अफ्रीका, चौथो नम्बरमा इङल्यान्ड, पाँचौँ नम्बरमा अष्ट्रेलिया र..

    नेपाली क्रिकेटको भविष्य युवा खेलाडीको काँधमा ! ‘डेब्यू’ खेलमै चम्किएका बोहरा र जोरा को हुन् ?

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ यूएईविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । यससँगै युएई भ्रमणमा रहेको नेपालले घरेलु टोली विरूद्धको एक दिवसीय र टी-ट्वान्टी सिरिज जितेर ऐतिहासिक सफलता हात पारेको छ। घरेलु टोली युएईलाई अन्तिम टी-२० खेलमा आइतबार १४ रनले हराउँदै नेपालले ३ खेलको..

    शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार दिउँसो स्वदेश फर्कंदै छ ।  दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी भइरहेको छ ।  राष्ट्रिय..

    अन्तर्राष्ट्रिय टि–२० सिरिज जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ :| प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।  प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गर्नुभएको छ । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले..

    नेपाललाई अर्को ऐतिहासिक सफलता, युएईविरूद्धको टी ट्वान्टी सिरिज जित्यो

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रियअन्तर्गत नेपालले युएई विरूद्धको टी ट्वान्टी सिरिज २-१ ले जितेको छ। नेपालको जितमा करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिएका थिए। नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा समेटियो ।   नेपालको खेल प्रस्तुति..

    १० ओभरको खेलमा नेपालद्वारा युएईसामू ७ विकेट गुमाएर १०५ रनको लक्ष्य

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईविरूद्धको तेस्रो तथा निर्णायक टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले १०५ रनको लक्ष्य दिएको छ । वर्षाले प्रभावित भएपछि दश ओभरमा छोट्याइएको छ । टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित १० ओभरको खेलमा ७ विकेट गुमाएर १०४ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन बनाउँदा..

    अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु, चितवन पुगेका धुर्मुस सुन्तलीलाई गरियो भव्य स्वागत

    आईतवार, माघ २०, २०७५ साल
    चितवन, २० माघ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ ।  भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर पु¥याइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव..

    टि–२० अन्तर्राष्ट्रिय सिरिज : युएईसँगको अन्तिम खेल, नेपाललाई इतिहास रच्ने अर्को मौका

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ : युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । टि–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको छ..

    दोस्रो टी- २० मा नेपालले युएईलाई ४ विकेटले हरायो, सिरिज बराबरीमा

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को क्रिकेट टोलीबीच भएको दोस्रो टी- २० मा नेपालले युएईलाई ४ विकेटले हरायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र पवन सरार्फले ५५ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्‍याए। ४१ बल खेलेका ऐरीले ४ चौका र एक छक्कासहित ४७ रनमा खेल जिताए । २५ बल खेलेका पवनले २ चौकासहित १८ रन बनाए। यसअघि करन केसीले २३ बल..

    युएई १०७ रनमा समेटियो, अविनासको ३ विकेट, नेपाल जवाफी ब्याटिंग गर्दै

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ युएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा सबै विकेट गुमाउँदै  १०७ रन बनायो। युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन बनाए। यस्तै साइमन अनवारले १४ रन बनाउँदा मोहम्मद बोता ११ रनमा आउट भए। युएईका बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। नेपालका..

    शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्र्नै पर्ने दबाब, इतिहास हेर्दा जे देखियो !

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई शुक्रबार हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ ।  तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ ।  शुक्रबारको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला..

    पारा तेक्वान्दो टोली टर्की जाँदै, प्रतियोगिता यही माघ २२ र २३ गते हुने

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ : आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ ।  पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कास्य पदक विजेता हुन् ।  टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी..

    सन्दीप जोराको विश्व रेकर्ड : टी-२० क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौं, १७ माघ  युएईमा जारी आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका नेपाली क्रिकेटर सन्दीप जोराले प्रभावशाली ब्याटिङ गरेर नयाँ  विश्व कीर्तिमान राखेका हुन् ।  यसअघि युएईसँगैको वान डेमा नेपालका रोहित पौडेलले  भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान भङ्ग गर्दै रेकर्ड बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अर्थात् आईसीसीका अनुसार सत्र वर्ष १०३ दिनको उमेरमा आफ्नो डेब्यूमा अविजित ५३ रन बनाएपछि टी-२० अन्तर्राष्ट्रिय..

    युएईसँग नेपाल २१ रनले पराजित, सन्दीप जोराको अर्धसतक पर्याप्त रहेन

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौं, १७ माघ युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल पहिलो टी ट्वान्टीमा २१ रनले पराजित भएको छ । युएईलस दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराको डेब्यू खेलमै अर्धसतक पुरा गरे पनि त्यो जितका लागि पर्याप्त रहेन ।..

    पहिलो टि–२० मा नेपालले जीतका लागि पायो १५४ रनको लक्ष्य, सन्दीप र बसन्तको २-२ विकेट

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौं, १७ माघ ।  युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दुबइमा जारी नेपाल र युएइबीचको पहिलो टि–२० मा नेपालले जीतका लागि १५४ रनको लक्ष्य पाएको छ ।  दुबइको आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको युएइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेको हो ।  साइमन अनवारले सर्वाधिक ५९..

    खेलकूदमा फड्को मार्दै दाङ, भौतिक पूर्वाधारमा प्रगति, सन्तोषजनक बजेट

    बिहिवार, माघ १७, २०७५ साल
    नारायणपुर, १७ माघ तीन दशक अगाडि क्रिकेटको लागि मरुभूमि जस्तै थियो दाङ । यहाँ क्रिकेटको नामसम्म नसुनेका मान्छेहरु थिए । अहिले तमाम बाधा अड्चन पन्छाएर क्रिकेटले आफ्नो स्थान बनाएको छ । त्यही भूमिमा क्रिकेटको सम्भावना खोज्दै सङ्घर्ष गर्नेहरुमा कैलाश रोका मगर पनि एक हुनुहुन्छ ।  भारतको देहरादूनमा जन्मिनुभएका रोका नौ वर्षको उमेरमा २०३७ सालमा दाङ भित्रिनु भएको थियो । “मैले भारतबाटै ल्याएको..

    युएईसँगको पहिलो टी-२० आज, नेपाललाई इतिहास रच्ने अर्को मौका

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १७ माघ  युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग पहिलो खेल खेल्नेछ ।  तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।  एक दिवसीय सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा तीन विकेटको पराजय बेहोरे पनि दोस्रो खेलमा सानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी..

    अफ्रिकी क्रिकेटर जोन्टी रोड्स डिपिएलको सद्भावना राजदूत नियुक्त

    बुधबार, माघ १६, २०७५ साल
    धनगढी, १६ माघ  यहाँ आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त हुनुभएको छ ।  दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षीय रोड्स आफ्नो उत्कृष्ट फिल्डिङका कारण विश्व प्रसिद्ध रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।  प्रतियोगिताको ‘गुडविल एम्बास्डर’ (सद्भावना राजदूत)का रुपमा जोन्टीको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)..

    वरिष्ठ नेता पौडेलद्वारा अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन

    बुधबार, माघ १६, २०७५ साल
    दमौली, १६ माघ  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताउनुभएको छ ।  शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पुर्याएको बताउनुभयो ।  वरिष्ठ नेता पौडेलले भन्नुभयो, “खेलकूदको क्षेत्रबाट नेपाल विश्व समुदायमाझ चिनिन सफल भएको छ, यो सकारात्मक हो ।”  “खेलकूदको माध्यमबाट..

    कप्तानी जवाफ : यो सुरुवात मात्रै हो, भविष्यमा अरू मौका आउनेछन्

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ यूएईलाई एकदिवसीय क्रिकेट शृङ्खलामा पराजित गरेर ऐतिहासिक सफलता हासिल गरेपछि नेपालका कप्तान पारस खड्काले यो विजय सुरुवात मात्रै भएको बताएका छन् । "यो सुरुवात मात्रै हो । भविष्यमा धेरै मौकाहरू आउनेछन् र हामीले राम्रो खेल्न आफूलाई जगाइरहनु पर्छ र यस्तै परिणाम आउने आशा गर्नुपर्छ," खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीसँगको कुराकानीमा भने । निर्णायक खेलमा नेपालको लागि पहिलो एकदिवसीय शतक बनाएका..

    नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई, पारस र रोहितको गरे प्रशंशा

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौँ, १४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो एक दिवसीय क्रिकेटमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीलाई बधाई दिनुभएको छ ।  आज एक वक्तव्य जारी गर्दै उहाँले नेपाली टोलीले ऐतिहासिक जीत हासिल गरेकामा खुसी व्यक्त गर्नुभएको छ । वक्तव्यमा अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाललाई पहिलो अन्तर्र्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवं बधाई..

    युएई बिरुद्दको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज नेपालले जित्यो, पारस खड्काले रचे इतिहास

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौँ, १४ माघ  नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को क्रिकेट टोलीबीच भएको  तीन अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज नेपालले २-१ को अन्तरले जितेको छ । आज भएको तेश्रो तथा अन्तिम वान डे मा नेपालले आफ्नो प्रतिद्वन्दीलाई ३२ बल छदै ४ विकेटले हराएको हो ।  एक दिवसीय क्रिकेटमा पारसको पहिलो शतक : नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक..

    युएईमा कप्तान पारस खड्काको १०० रन पूरा, नेपाल जीतको नजिक

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौँ, माघ १४ ।  नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडी भएका छन् ।  युएईविरुद्ध जारी तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । शतक बनाउने क्रममा पारसले १३ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामीको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन्..

    तेस्रो एकदिवसीयमा नेपाललाई २५५ रनको लक्ष्य, युएईको ५० ओभरमा ६ विकेटको क्षति

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौं, १४ माघ ।  युएईमा जारि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपाललाई युएईले २५६ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५५ रन बनाएको हो। युएईका अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो गर्न नसके पनि मध्यमक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । युएईका लागि सिपी रिजवानले ४५, मोहम्मद उस्मानले २६ र घुलाम..

    अपडेट: ६ ओभरमा २ रन बनाउँदा यूएईका २ ओपनर आउट, नेपालको उत्कृष्ट प्रदर्शन

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौं, १४ माघ सोमपाल कामीले नेपाललाई शुरुआती सफलता दिलाएका छन् । पहिलो ओभर मेडन फालेका उनले आफ्नो दोस्रो ओभरको पाँचौ बलमा यूएईका खतरनाक ब्याट्सम्या अस्फाक अहमदलाई विकेट किपरको हातबाट क्याच आउट गरएका छन् ।  यस्तै अर्को इण्डबाट लागतार राम्रो बलिंग गरिरहेका करण केसीले नेपालाई दोस्रो सफलता दिलाए । उनले चिराग सुरीलाई ६ औं ओभरको अन्तिम बलमा शून्य रनमा आउट पारे । नेपालले लगातार..
    Results 1758: You are at page 28 of 59
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 Next Last
    Weather Forecast