शुक्रबार, भाद्र ६, २०७६

    खेल संसार

    दशरथ रङ्गशाला समयमै नबन्दा १३ औँ ‘साग’ प्रतियोगिता प्रभावित हुने

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो ।  विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् ।  भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ । भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माणको..

    ‘बिग बास लिग’ बिचैमा छोडेर सन्दीप बङ्गलादेश प्रस्थान, यस्तो छ उनको 'प्लान'

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस  नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न बुधबार बिहान बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् ।  अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए..

    बिग ब्याश लिग : ४ खेलमा लगातार चौथोपटक कप्तान नै बने सन्दीप लामिछानेको शिकार

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, पुस १८ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेको चर्चा अहिले झन् चुलिएको छ । अस्ट्रेलियामा जारी बिग ब्याश लिगमा मेल्बर्न स्टार्सका लागि खेलिरहेका मङ्गलवार पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।  सन्दीपले हालसम्म खेलेका चारवटै खेलमा विपक्षी टोलीका ४ कप्तानको विकेट लिन सफल भएका छन् । मङ्गलबार मेल्बर्न रेनिगेड्सविरुद्धको खेलमा पनि उनले कप्तान टम कूपरको विकेट लिएर सबैलाई चकित पारे । लेग स्पिनर..

    विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा टोलीले जित्यो ६ स्वर्ण, तेक्वान्दोमा पनि ७ स्वर्ण आयो

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस  सातौँ विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले छ स्वर्ण जितेको छ ।  थाइल्याण्ड कुङफु सङ्घको तत्वाधान तथा विश्व कुङफु महासङ्घद्वारा थाइल्याण्डको फुकेटमा यही पुस १४ देखि मंगलबारसम्म भएको प्रतियोगितामा नेपालले छ स्वर्णका अलावा थप पाँच रजत पनि जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिनुभयो ।  पुरुष थाउलुमा आयुव घिमिरे, पुरुष सान्डा ५५ केजीमा सुनबहादुर तामाङ,..

    भोली हुने सन्दीपको खेल पारसले मेल्वर्न स्टार्सकै डाइरेक्टर बक्समा बसेर हेर्ने

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट लिग बिग ब्यासमा सानदार प्रदर्शन गरिरहेका छन्।  विभिन्न रंगशालामा हुने खेल हेर्न र सन्दीपलाई हौसला दिन अष्ट्रेलियास्थित नेपाली पनि मैदान पुग्ने गरेका छन्। मेल्वर्न स्टार्समा अनुबन्धित सन्दीपको मंगलबार हुने खेल हेर्न राष्ट्रिय टोलीका कप्तान पारस खड्का पनि मैदानमा पुग्ने भएका छन्। एक्स्पर्ट क्रिकेट फेस्टिभलमा भाग लिन केहीदिनअघि पारस  र..

    पूर्वाधार नबने पनि वर्ष २०१८ मा खेलक्षेत्रमा सुधार : 'ऐतिहासिक सफलता अविस्मरणीय क्षण'

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस    सन् २०१८ नेपाली खेलकूद क्षेत्रका लागि मिश्रित वर्ष रह्यो । अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूदका गतिविधिसँगै नेपाली खेलकूद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले सन् २०१८ लाई अविस्मरणीय बनाइदिएको छ । यद्यपि खेल क्षेत्रको पूर्वाधार विकासमा भने खासै प्रगति हुन सकेन ।    वर्षको शुरुमै नेपाली क्रिकेटले पाएको ऐतिहासिक एक दिवसीय मान्यता, प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकूदमा दिलाएको रजत, वर्षको अन्त्यतिर शारीरिक..

    यूएईसँग एक दिवसीय र टी-ट्वान्टी सिरिज खेल्न प्रारम्भिक नेपाली क्रिकेट टोली घोषणा [तालिकासहित]

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौं, १६ पुस जनवरी २५ देखि सुरू हुने युएईसँगको एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । एक दिवसीय र टी- ट्वान्टी सिरिजका लागि २० सदस्यीय टोलीको घोषणा गरिएको हो । सिरिजका लागि नेपाली टोलीको तयारी जनवरी ८ बाट सुरू हुनेछ।   खेल तालिका:  जनवरी २५, २०१९ -..

    आफ्नै निवास बोलाएर प्रचण्डले महेश्वरलाई भने, ‘देशको शिर उचो पार्नुभयो’

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई बधाई दिएका छन्। आफ्नै निवास खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले बधाई दिएका हुन् । बधाईपछि अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उचो पारेको बताए । ‘तपाईले उत्कृष्ट कौशल देखाउनुभयो। यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ’ अध्यक्षले भने, ,’विश्वस्तरको प्रतियोगितामा..

    ‘ए’ डिभिजन लिग : १२औँ चरणका खेल सोमबारदेखि, दोस्रो स्थानका लागि प्रतिस्पर्धा

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस  राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भउका छन् ।  एघारौँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । सोमबार र मङ्गलबार तीन-तीन खेल हुने र बुधबार एक खेल हुनेछ ।  सोमबारको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबको सामना..

    स्वर्णपदक विजेता महेश्वर महर्जन रु. १ लाख नगदसहित काठमाडौंमा पुरस्कृत

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस : नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार यहाँ एक कार्यक्रममा रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ ।  हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो ।  कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक रुइतले महर्जनलाई सम्मान गर्दै मुलुकको राष्ट्रियता अहिले कमजोर भएकाले खेलाडीले राष्ट्रियतालाई उँचो..

    नेपालका फुटबल खेलाडी किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट गोलकिपर घोषित

    शनिबार, पौष १४, २०७५ साल
    काठमाडौँ, १४ पुस : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको थियो । किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलेका थिए ।  माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले..

    शहीद स्मारक ए डिभिजन लिग फुटबल – आर्मीले सरस्वतीलाई हरायो, छैटौँ जित दर्ता

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौँ, १३ पुस  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ ।  ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा शुक्रबार भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो । यो जितसँगै ११ खेल खेलेको आर्मीले २१ अङ्क जोडेको छ भने अङ्क..

    मनाङ मर्स्याङ्दी बन्यो सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन, २ खेल नखेल्दै उपाधि जित्ने निश्चित

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौं, १२ पुष  मनाङ मर्स्याङ्दी क्लबले  सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको खेलमा निकटतम प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-१ गोलले हराएको मनाङले दुई खेल खेल्न बाँकी रहने उपाधि जित्ने निश्चित गरेको हो । मनाङले प्रतियोगिताका सबै खेलमा जित हात पारेको छ। उसले ११ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको संकटा क्लबको ११ खेलबाट केवल..

    देश बाहिर क्रिकेटमा चम्किँदै स्टार खेलाडी सन्दीप, यस्तो छ उनको अतित ...

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस  दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।”  अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा..

    ‘ए’ डिभिजन लिग : उपाधि भिडन्त आज, मनाङले जिते इतिहासमा कीर्तिमानी

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस  तीन पटकको ‘ए’ डिभिजन लिग विजेता सङ्कटा क्लब र सात पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच बिहिबार हुने ११ औँ चरणको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ ।  जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज हुने खेल मनाङले जिते ए डिभिजनको इतिहासमा कीर्तिमानी जितसहित मनाङले दुई खेलअगावै आठौँ पटक उपाधि जित्नेछ भने सङ्कटाले जिते मनाङले अर्को खेलसम्म कुर्नुपर्नेछ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा..

    तेक्वान्दोको सेमिनार शुरु, प्रशिक्षणमा २ सय ३० जनाको सहभागिता

    बिहिवार, पौष १२, २०७५ साल
    काठमाडौँ, १२ पुस  नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ को संयोजन तथा नेपाल तेक्वान्दो सङ्घको आयोजनामा नवौँ राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनार तथा ग्योरोगी कोर्स आजदेखि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा शुरु भएको छ ।  यही पुस १४ गतेसम्म चल्ने प्रशिक्षणमा २३० जनाको सहभागिता रहेको छ । कार्यक्रमको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुदिल शाहीले उद्घाटन गर्नुभयो ।..

    "छक्का हान अनि विकेट ढलाउ" : ७ वर्षीय बालकले गरे अष्ट्रेलियन क्रिकेट टिमको कप्तानी, जिते सबैको 'दिल'

    बुधबार, पौष ११, २०७५ साल
    लबर्न, ११ पुस अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गरेका छन् । बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो ।  अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेलका क्रममा बुधबार मेलबर्न क्रिकेट मैदानमा बालकलाई टस गर्नसँगै लगियो भने कप्तानको क्यापसमेत दिइयो।  सात वर्षीय बालक आर्ची चिलरले कप्तानको..

    सातौं विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन उमा कुङफु टोली थाइल्याण्ड प्रस्थान

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस  सातौं विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली बुधबार थाइल्याण्डको फुकेट प्रस्थान गरेको छ ।  यही पुस १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नौ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् । अन्तर्राष्ट्रिय कुङफु महासङ्घ (आइकेएफएफ) को आयोजनामा हुने प्रतियोगितामा कमल मगर, चिराग पौडेल, आयुव घिमिरे, अरायोन राई, सन्र्दौय गुरुङ, जीवन गुरुङ, गोविन गुरुङ, सुनबहादुर तामाङ र..

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : एघारौँ चरणका खेल आजदेखि सुरु हुँदै

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् ।  अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्को खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ..

    मुम्बईमा सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले ७ स्वर्ण जित्यो

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, १० पुस : भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सात स्वर्ण जितेको छ ।  आज सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी नेपाल सितोरियो कराते सङ्घ, शाखा डोजो नक्सालका खेलाडीले सात स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेका हुन् । नेपालका तर्फबाट रेहान जावेदले कुमिते तथा एकल कातामा दोहोरो स्वर्ण प्राप्त गर्न सफल भए । उनले कुमितेमा..

    नेपाल र युएईबीच फेरी एक दिवसीय क्रिकेट हुँदै, प्रतियोगिता माघ ९ देखि २१ गतेसम्म

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस : नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ ।  नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ ।   आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग गत साउनमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो । जुन सिरिज बराबरी भएको थियो । दुवै देश आइसिसीबाट अन्तर्राष्ट्रिय एक दिवसीय पाउने कान्छा मुलुक हुन् ।..

    'राष्ट्रका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ' : महेश्वर महर्जन

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ ।  थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज नेपाल फर्कनुभएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष तिम्सिनाले..

    शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिसको फितलो प्रदर्शन

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस   शहीद स्मारक ‘ए’ डिभिजन लिगमा छ पटकको लिग विजेता नेपाल पुलिसले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।    विसं २०१२, २०१३, २०६३, २०६६, २०६७ र २०६८ सालको विजेता टोली जारी लिगमा दशौँ चरणका खेल सकिँदासम्म पुलिसले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जारी लिगमा पुलिस चारमा जित, तीनमा बराबरी र तीनमा हार बेहोर्दै तालिकाको छैटौँ स्थानमा छ । कुनै..

    फेरि चम्किए सन्दीप ! अष्ट्रेलियाको बिग बास लिगमा २४ रन खर्चेर ३ विकेट लिन सफल

    सोमबार, पौष ९, २०७५ साल
    काठमाडौँ, ९ पुस  अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले सोमबार भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् ।  त्यहाँको मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध सोमबार भएको दोस्रो खेलमा पनि चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिन सफल भएका छन् । सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक-एक विकेट लिएका थिए ।..

    ‘ए’ डिभिजन लिग : ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ–मस्र्याङ्दी क्लब

    सोमबार, पौष ९, २०७५ साल
    काठमाडौँ, ९ पुस  सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ ।  मनाङका प्रशिक्षक सुमन श्रेष्ठले..

    अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता : नेपाललाई कास्य पदक, विश्व वरियतामा समावेश

    आईतवार, पौष ८, २०७५ साल
    काठमाडौँ, ८ पुस  नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ ।  शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय हक्की महासङ्घको आधिकारिक प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष टोलीले पदक जित्न सफल भएपछि नेपालले अब हक्कीको विश्व वरियतासमेत प्राप्त गर्नेछ ।  शृङ्खलामा..

    इपीएल फाइनलमा ललितपुर प्याट्रिएट्सको जित, भैरहवा ग्लाडिएटर्स १४ रनले स्तब्ध !

    शनिबार, पौष ७, २०७५ साल
    काठमाडौं, ७ पुस ।  त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा टस हारेर पहिला ब्याटिङ गरको ललितपुरले १९ ओभर १ बलमा १ सय ५५ रन बनाएको थियो । भैरहवा ग्लाडिएटर्सलाई १४ रनले हराउँदै एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलको उपाधि ललितपुर प्याट्रिएट्सले उचालेको हो ।  ललितपुरका लागि जयकिशन कोल्सावालाले अर्धशतकीय योगदान दिदै टिमलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । कोल्सावालाले ४७ बलको सामना गर्दै अर्धशतक..

    राष्ट्रिय क्रिकेट टोलीका सागर पुन घाइते, शल्यक्रिय गरिएकाले ६ महीना मैदान बाहिरै

    शनिबार, पौष ७, २०७५ साल
    काठमाडौँ, ७ पुस  राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिय गरिएको छ ।  दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिनुभयो ।  सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ । जारी..

    ईपीएल फाइनलः भैरहवा ग्ल्याडियटर्स र ललितपुर प्याट्रियट्सबीच खेल हुँदै

    शनिबार, पौष ७, २०७५ साल
    काठमाडौँ , ७ पुस टीभीएस एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधिका लागि भैरहवा ग्ल्याडिएटर्स र ललितपुर प्याट्रियटसबीच प्रतिस्पर्धा हुँदैछ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमामध्यान्ह साढे १२ बजेदेखि सुरु हुने फाइनलमा दुवै टोली ईपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन्। भैरहवाले टस जितेर फिल्डिङ रोजेको छ। लिग चरणमा एक हार र चार जितपछि क्वालिफायरमा पुगेको ललितपुरले काठमाडौं किंग्स एघारलाई हराएर फाइनलमा पुगेको हो भने भैरहवा लिग चरणमा..

    अष्ट्रेलियाको बिग बास लिगमा सन्दीपको शानदार इन्ट्री, लिए २ विकेट तिरे विश्वासको गुन !

    शुक्रबार, पौष ६, २०७५ साल
    काठमाडौं, ६ पुष ।  टस जितेर फिल्डिङ रोजेको मेलबर्न स्टार्सका लागि आठौं ओभरमा बलिङ गर्न आएका लामिछानेले दोस्रो ओभरमा नै विकेट लिएका थिए पनि शेन वाट्सन जस्ता चर्चित खेलाडीको ।  सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिगका लागि मेलबर्न स्टार्सले गरेको विश्वासको सम्मान गरेका छन् । शुक्रबार मेलबर्न स्टार्सका लागि डेब्यु गरेका लामिछानेले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका छन्..
    Results 1501: You are at page 22 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast