शुक्रबार, भाद्र ६, २०७६

    खेल संसार

    क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियानमा धर्मुस-सुन्तली

    बुधबार, फागुन १, २०७५ साल
    काठमाडौँ, १ फागुन  गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ ।  चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीनवटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको..

    नेपाल र इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने

    बुधबार, फागुन १, २०७५ साल
    काठमाडौँ, १ फागुन  भारतमा जारी हिरो गोल्डकपअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ ।  भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ ।  आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को..

    पाकिस्तान सुपर लिगका सुरूवाती तीन खेल गुमाउँदै सन्दीप

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ चौथो संस्करणको पाकिस्तान सुपर लिगको उद्घाटन खेलमा लाहोर क्वालन्दर्सले दुई पटकको च्याम्पियन इस्लामावाद युनाइटेडको सामना गर्दैछ। पहिलो खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले खेल गुमाउने भएका छन्। बिग ब्यास लिग खेलिरहेका सन्दीप यतिबेला अष्ट्रेलियामा छन्। उनको टिम मेलबर्न स्टार्सले बिहिबारै हुने सेमिफाइनलमा होबर्ट हुरिक्यान्ससँग खेल्नेछ। यदि सन्दीपको टोलीले होबर्टलाई हराउँदै फाइनल पुगेमा आगामी फेब्रुअरी १७ तारिकमा हुने फाइनल..

    शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ  शहीद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ ।  यसअघि भएको खेलमा टुसालले बाग्मती क्लबलाई पराजित गरेको थियो । यस्तै बाँसबारी भने पुल्चोक स्पोर्टस्..

    महिला गोल्डकप फुटबलमा नेपालद्वारा भारत पराजित

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ  : भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । खेलको पाँचौँ र सातौँ मिनेटमा उनले गरेको गोल नै नेपाललाई विजयी दिलाउन पर्याप्त भएको थियो । भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरेकी थिइन् । नेपाल र भारतबीचको खेल..

    टी-२० अन्तर्राष्ट्रिय वरीयतामा पारस र सोमपालको 'कमाल'

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ युएईविरुद्धको टी २० अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेपछि नेपाली खेलाडीहरुले टी २० अन्तर्राष्ट्रिय वरीयतामा समेत फड्को मारेका छन्। नेपालका कप्तान पारस खड्का अलारउण्डरतर्फ शीर्ष ४० भित्र अटाएका छन् भने बलरतर्फ सोमपाल कामी २२ स्थान माथि उक्लिएका छन्। अलरउण्डरतर्फ ७६ रेटिङ रहेका पारस ३९औँ स्थानमा छन्। यस्तै ब्याटिङतर्फ पाँच स्थानमाथि उक्लेका पारस ९०औँ स्थानमा छन्। टी २० मा ब्याटिङतर्फ वरीयतामा रहने..

    महिला फुटबल : नेपाल–भारत भिड्दै, आज जित्नै पर्ने दबाब

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ  भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न सोमबारको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार सोमबार साँझ ७ बजे शुरु हुनेछ ।  घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा..

    बिग ब्यास लिग : सन्दीपको ३ विकेटसँगै मेलबर्न पुग्यो प्ले–अफमा

    आईतवार, माघ २७, २०७५ साल
    काठमाडौँ, २७ माघ नेपाली यूवा लेग स्पेनर सन्दीप लामिछानेको ३ विकेटसँगै उनको टोली मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश गरेको छ। अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले एघारौ विकेट लिएका छन् । उनले ३ दशमलब ४ ओभर बलिङ गर्दा पहिले टोम कुरान, दोस्रोमा बेन ड्वारह्वीस तथा अन्तिममा लोयड पोपलाई आउट गरेका हुन् । लोयड पोप सिड्नी सिक्सर्सका अन्तिम व्याट्सम्यान..

    २१ नेपाली क्रिकेट खेलाडीलाई राहत ! रोकिएको तलब आइसिसीले पठायो

    शनिबार, माघ २६, २०७५ साल
    काठमाडौँ, २६ माघ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ ।  “हामीले आइसिसीबाट तलब पाउँदै आएका २१..

    वर्षाले डिपिएलको खेल तालिका प्रभावित, प्रतियोगिताको ट्रफी सार्वजनिक

    शनिबार, माघ २६, २०७५ साल
    धनगढी, २६ माघ : शनिबारदेखि शुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि शुरु हुने भएको छ ।  प्रतियोगिताको उद्घाटन भने पूर्वनिर्धारित समय शनिबार स्थानीय एक होटलमा गर्न लागिएको आयोजक धनगढी क्रिकेट एकेडेमी ९डिसिए०का अध्यक्ष सुभाष शाहीले बताउनुभयो । सोमबार पहिलो डिपिएल खेल धनगढी स्टार्स र विराटनगर किंग्सबीच हुन लागेको छ । प्रतियोगिताको..

    शहीद स्मारक ‘बि’ डिभिजन लिग फुटबल शुरु

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लब झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् ।  आज उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिष्पर्धा..

    आजदेखि ‘बि’ डिभिजन लिग, १२ क्लबको भाग्य परिक्षा

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि एन्फा कम्प्लेक्स मैदान सातदोबोटोमा शुरु हुँदैछ ।  प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिष्पर्धा गर्नेछन् ।  लिगको विजेताले रु आठ लाख पाउने छ । उपविजेताले..

    फिफा वरियतामा नेपाल यथावत : दक्षिण एशियाली राष्ट्रको अवस्था खक्कियो

    बिहिवार, माघ २४, २०७५ साल
    काठमाडौँ, २४ माघ  विश्व फुटबल महासङ्घ (फिफा)ले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल १६१ औ स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो ।  वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै १०३ औँ स्थानमा पुगेको छ । यसअघि..

    डिपिएल : विजेताले ३० लाख पाउने, यस्तो छ खेल तालिका

    बिहिवार, माघ २४, २०७५ साल
    काठमाडौँ, २४ माघ  यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ ।  आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो ।  उहाँले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताउनुभयो । त्यसमा..

    हाम्रो नेपालमा ! शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला !!

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा ।  एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा सकियो तर दोस्रोमा नेपालले ऐतिहासिक जित नै दर्ता गरायो । टि–२० मा समेत पहिलो शृङ्खला जितेको छ । तर,..

    विराटनगर किंग्सलाई श्री एयरको साथ, किंग्सको उपाधि जित्ने लक्ष्य ...

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ धनगढी प्रिमियर लिग (डीपीएल) तयारीमा रहेको विराटनगर किंग्सले उपाधि जित्ने लक्ष्य लिएको छ । विराटनगर प्रतियोगिताको पहिलो संस्करणको उपविजेता हो । गत संस्करणमा भने विराटनगर लिग चरणभन्दा माथि जान सकेन । विराटनगरले मंगलबार श्री एयरलाइन्ससँग मुख्य प्रायोजन सम्झौता गरेको छ । श्री एयरलाइन्स डीपीएलको एयरलाइन्स साझेदार पनि हो । सम्झौता रकमबारे भने कार्यक्रममा सार्वजनिक गरिएन । विराटनगरको सहायक प्रायोजकमा नेपाल..

    शारीरिक सुगठन प्रतियोगिता हुदै, यस्तो छ खेलाडी र पदकबारे जानकारी !

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ २२ माघ  नेपाल शारीरिक सुगठन तथा फिट्नेश सङ्घको आयोजनामा सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता एवं दोस्रो पुरुष फिट्नेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स २०७६ आगामी वैशाख २० र २१ गते काठमाडौँमा हुने तय भएको छ ।  उक्त प्रतियोगताअन्र्गतको मिस्टर हिमालयतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूह गरी ६ स्पर्धामा प्रतिस्पर्धा गराइने मंगलबार यहाँ आयोजित पत्रकार..

    क्रिकेट टोलीलाई प्रतिव्यक्ति ५ लाख दिने सरकारको निर्णय

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ युएईविरुद्धको टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइसीसीबाट मान्यताप्राप्त युएईविरुद्धको दुवै फर्म्याटको सिरिज जितेर फर्केको टोली नगदसहित सम्मान गर्ने निर्णय गरिएको खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए ।  मन्त्री विश्वकर्माले तत्कालका लागि खेलाडीको हौसला बढाउन उक्त निर्णय गरिएको पनि बताए । 'अहिलेको अवस्थामा खेलाडीलाई..

    टी-ट्वेन्टी र्‍याङकिङमा नेपालको फड्को, रेडकार्पेटमा क्रिकेट नायकको स्वागत

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौं, २१ माघ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाललाई समावेश गरेर पछिल्लो टी–ट्वान्टीे वरियतामा सार्वजनिक गरेको छ । सोमबार आइसिसीले सार्वजनिक गरेको वरियतामा नेपाल १४ औँ स्थानमा रहेको छ । नेपालभन्दा पछि युएई, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन् ।  बरियताको पहिलो नम्बरमा पाकिस्तान रहेको छ। पाकिस्तानपछि बरियताको दोस्रो नम्बरमा भारत, तेस्रो नम्बरमा साउथ अफ्रीका, चौथो नम्बरमा इङल्यान्ड, पाँचौँ नम्बरमा अष्ट्रेलिया र..

    नेपाली क्रिकेटको भविष्य युवा खेलाडीको काँधमा ! ‘डेब्यू’ खेलमै चम्किएका बोहरा र जोरा को हुन् ?

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ यूएईविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । यससँगै युएई भ्रमणमा रहेको नेपालले घरेलु टोली विरूद्धको एक दिवसीय र टी-ट्वान्टी सिरिज जितेर ऐतिहासिक सफलता हात पारेको छ। घरेलु टोली युएईलाई अन्तिम टी-२० खेलमा आइतबार १४ रनले हराउँदै नेपालले ३ खेलको..

    शृङ्खला विजेता नेपाली टोली स्वदेश फर्कंदै : राखेपद्वारा भव्य स्वागतको तयारी

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार दिउँसो स्वदेश फर्कंदै छ ।  दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै नेपाली टोलीलाई भव्य स्वागतको तयारी भइरहेको छ ।  राष्ट्रिय..

    अन्तर्राष्ट्रिय टि–२० सिरिज जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ :| प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।  प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गर्नुभएको छ । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले..

    नेपाललाई अर्को ऐतिहासिक सफलता, युएईविरूद्धको टी ट्वान्टी सिरिज जित्यो

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रियअन्तर्गत नेपालले युएई विरूद्धको टी ट्वान्टी सिरिज २-१ ले जितेको छ। नेपालको जितमा करन केसी, अभिनास बोहोरा र ललित नारायण राजबंशीले २-२ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिएका थिए। नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ९० रनमा समेटियो ।   नेपालको खेल प्रस्तुति..

    १० ओभरको खेलमा नेपालद्वारा युएईसामू ७ विकेट गुमाएर १०५ रनको लक्ष्य

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईविरूद्धको तेस्रो तथा निर्णायक टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले १०५ रनको लक्ष्य दिएको छ । वर्षाले प्रभावित भएपछि दश ओभरमा छोट्याइएको छ । टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित १० ओभरको खेलमा ७ विकेट गुमाएर १०४ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन बनाउँदा..

    अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डिपिआर शुरु, चितवन पुगेका धुर्मुस सुन्तलीलाई गरियो भव्य स्वागत

    आईतवार, माघ २०, २०७५ साल
    चितवन, २० माघ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आज यहाँ स्वागत गरिएको छ ।  भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर पु¥याइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव..

    टि–२० अन्तर्राष्ट्रिय सिरिज : युएईसँगको अन्तिम खेल, नेपाललाई इतिहास रच्ने अर्को मौका

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ : युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । टि–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको छ..

    दोस्रो टी- २० मा नेपालले युएईलाई ४ विकेटले हरायो, सिरिज बराबरीमा

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को क्रिकेट टोलीबीच भएको दोस्रो टी- २० मा नेपालले युएईलाई ४ विकेटले हरायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र पवन सरार्फले ५५ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोहोर्‍याए। ४१ बल खेलेका ऐरीले ४ चौका र एक छक्कासहित ४७ रनमा खेल जिताए । २५ बल खेलेका पवनले २ चौकासहित १८ रन बनाए। यसअघि करन केसीले २३ बल..

    युएई १०७ रनमा समेटियो, अविनासको ३ विकेट, नेपाल जवाफी ब्याटिंग गर्दै

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ युएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा सबै विकेट गुमाउँदै  १०७ रन बनायो। युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन बनाए। यस्तै साइमन अनवारले १४ रन बनाउँदा मोहम्मद बोता ११ रनमा आउट भए। युएईका बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। नेपालका..

    शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्र्नै पर्ने दबाब, इतिहास हेर्दा जे देखियो !

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई शुक्रबार हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ ।  तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ ।  शुक्रबारको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला..

    पारा तेक्वान्दो टोली टर्की जाँदै, प्रतियोगिता यही माघ २२ र २३ गते हुने

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ : आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ ।  पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कास्य पदक विजेता हुन् ।  टिम व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी..
    Results 1501: You are at page 19 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast