शुक्रबार, भाद्र ६, २०७६

    खेल संसार

    पीएसएलमा सन्दीपको डेब्यु : ४६ रन खर्चिएर ३ विकेट लिए

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन लाहोर क्वालान्डर्समा आबद्ध सन्दीप अहिले पहिलो खेलमा मुल्तान सुल्तानविरुद्ध खेलिरहेका छन् ।  नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग-पिएसएल क्रिकेटमा डेब्यु गरेका छन् ।  पहिला बलिङ गरेको क्वालान्डर्सका लागि सन्दीपले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए । पहिलो ओभरमा १८ रन खर्चिएका सन्दीपले त्यसपछिका लगातार तीन ओभरमा एक एक विकेट हात पारे। मुल्तानले पहिलो विकेटका लागि ११..

    डीपीएल क्रिकेट विवादमा : काठमाडौंद्वारा प्रतियोगिता बहिष्कार

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौं, १० फागुन फागुन धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ । उसका अनुभवि बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाए पछि आज हुने महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो । योसँगै डीपीएलको उपाधिका लागि शनिबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडले उपाधि भिडन्त गर्ने छन् । नियमविपरित बलिङ गरेको भन्दै काठमाडौंका महत्वपूर्ण खेलाडी समेत रहेका अंकित दबासलाई डिपीएलमा प्रतिबन्ध लागेपछि..

    शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन  शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल शुक्रबार हुँदैछन् ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा विजयी हुने टोली दोस्रो चरणमा पुग्ने छ ।  दुई खेल..

    विश्वकप छनोट : नेपालको सानदार जित, युएई ७ विकेटले पराजित

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौं, १० फागुन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले  शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई)सँगको प्रतिस्पर्धामा सानादार जित निकालेको छ । युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गर्‍यो । नेपालको जितमा काजोल श्रेष्ठले १५ रन बनाउँदा कप्तान रूविना क्षेत्री १८ रनमा अभिजित रहिन् । सीता रानामगरले ६ रन जोड्दा अप्सरी..

    महिला फुटबल टोली चयन, एथलेटिक्स खेलाडी छनोट [नामसहित]

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ को महिला फुटबल टोलीको बिहिबार चयन गरिएको छ ।  रौतहट र पर्साबाट समान सात-सात, बाराबाट दुई तथा धनुषा र सर्लाहीबाट समान एक-एक खेलाडी गरी १८ सदस्यीय टोलीको चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।  छनोट हुनेमा रौतहटबाट सुजिता लामा, विनिता ठोकर, रजनी ठोकर, दिलकुमारी राना मगर, मेनुका नगरकोटी,..

    अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनशिप : नेपालको फराकिलो जीत

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  भारतको गुहावटीमा जारी डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनशिप अन्र्तगत बिहिबारको खेलमा नेपाल विजयी भएको छ ।  उक्त अन्तर्राष्ट्रिय फुटलब च्याम्पियनशिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२३ टोलीले बिहिबारको समूह चरणको दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ८–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा अभिषेक रिजालले ह्याट्रिक पूरा गरे । प्रिजेन तामाङले खेलको चौथो मिनेटमा गोल..

    थाइल्याण्डसँग नेपाल फराकिलो अन्तरले पराजित

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ। थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो । खराब सुरूवात गरेको नेपालले २ रनमा २ विकेट गुमाएको थियो। नेपालका लागि इन्दु बर्माले २९, सीता राना मगरले १८ रन बनाउनुबाहेक अन्य..

    विश्वकप एशिया छनोट : नेपालको आज दोस्रो खेल

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले बिहिबार घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।  घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती छ । थाइल्याण्डले गत महिना महिला टि–२०..

    राखेप सञ्चालक परिषद् ४१ सदस्यीय : एक खेलको एउटै मात्र सङ्घ

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन  खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न युवा तथा खेलकूद मन्त्रालयले तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गतका पाँच विकास क्षेत्र र जिल्लामा रहेका खेलकूद विकास समितिलाई प्रादेशिक संरचनामा परिवर्तन गरिने व्यवस्था गरिएको छ ।  युवा तथा खेलकूद मन्त्रालयले खेलकूद विकास ऐन–२०४८ बमोजिम पाँच विकास क्षेत्र र जिल्लामा रहेको खेल संरचना प्रादेशिक ढाँचामा लैजाने र प्रदेश तथा जिल्लाका खेल संरचना..

    दीपेन्द्र, सोमपाल, करण र ललित क्रिकेट खेल्न अमेरिका जाने

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सोमपाल कामी,दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशी ‘टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिका जाने भएका छन्। उनीहरू प्रतियोगितामा सोमपालले कप्तानी सम्हाल्ने नेपाली राइनोज टोलीबाट खेल्नेछन्। अहिलेसम्म सोमपालको अमेरिका जाने टुंगो भइसकेको छ भने धनगढी प्रिमियर लिगमा व्यस्त भएकाले बाँकी तीन जनाको भिसाको अन्तर्वार्ता हुन सकेको छैन। नेपाली राइनोज अमेरिकाको टेक्सासमा बस्ने पूर्वक्रिकेटर र समर्थकले..

    काठमाडौं गोल्डेन्सलाई हराउँदै अत्तरिया फाइनलमा

    बुधबार, फागुन ८, २०७५ साल
    धनगढी, ८ फागुन काठमाडौं गोल्डेन्सलाई हराउँदै सीवाइसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधवार धनगढीस्थति फाप्ला क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया फाइनलमा प्रवेश गरेको हो । अत्तरियाले दिएको १११ रनको लक्ष्य लिएर आएको काठमाडौं गोल्डेन्स १८.२ ओभरमा ६९ रनमा अलआउट भयो । १ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १८.३ ओभरमा..

    फुटबलका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कालिन राष्ट्रिय टोली सम्हाल्न नेपाल आउन लागेका हुन् ।  एन्फाका अनुसार योहान बिहीबार दिउँसो नेपाल आइपुग्नेछन् । उनलाई दुई वर्षका लागि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी..

    ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टोलीबीच प्रतिश्पर्धा

    बुधबार, फागुन ८, २०७५ साल
    कास्की, ८ फागुन : पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् ।  पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ । शहीद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लब सहभागी हुनेछन् । विगत..

    नेपालको उत्कृष्ट प्रदर्शन : मलेसिया ३४ रनले पराजित

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौं, ७ फागुन ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको थियो । आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो प्रतियोगितामा राम्रो सुरुवात गरेको हो । थाइल्याण्डको बैककमा जारी छनोट प्रतियोगितामा नेपाल टस..

    नेपालद्वारा मलेशियासामु १ सय २७ रनको लक्ष्य प्रस्तुत

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ ।  थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो ।  नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३..

    डिपिएल : ‘प्लेअफ’मा पुग्ने ४ टोलीको टुङ्गो, काठमाडौँ गोल्डेन्स शीर्ष

    मंगलवार, फागुन ७, २०७५ साल
    धनगढी, ६ फागुन : यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । सोमबार भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो ।  अपराजित रहेको काठमाडौँ गोल्डेन्स सात अङ्कसहित शीर्ष स्थानमा रहँदा सिवाइसी अत्तरिया दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क भए पनि रुपन्देही च्यालेञ्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाइटेड..

    नेपाली फुटबल टोली भारत प्रस्थान [नामसहित]

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन   ‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली सोमबार अपराह्न भारत प्रस्थान गरेको छ ।  नेपाली टोली सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोली भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हुँदै सिलगुडी पुग्नेछ ।  एन्फाले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने २० सदस्यीय टोलीको बिदाइ गरेको..

    एसइई कप क्रिकेट वैशाखमा, यस्तो छ तयारी !

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौैँ, ६ फागुन नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एसइई कप क्रिकेट प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ ।  यस वर्ष एसइई दिएर बसेका खेलाडीलाई लक्षित गरिएको उक्त प्रतियोगिताका लागि देशभरका विभिन्न ११ शहरबाट ट्यालेन्ट हण्टमार्फत खेलाडी छनोट गरी प्रतियोगिता गरिने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त प्रतियोगिताको लागि ब्रमास्मी कलेजले मुख्य प्रायोजन गर्नेछ । एकेडेमीका अध्यक्ष भरतकुमार शाही र..

    डीपीएल क्रिकेट : बलियो टिम मानिने धनगढी एक खेल नजिती आउट

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौं, ६ फागुन ।  धनगढी स्टार्स यसवर्षको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा एक खेल नजिती बाहिरिएको छ । मैदान ओसिलो भएका कारण सोमबार ढिलो गरी सुरु भएको खेल १५ ओभरमा छोट्याएको थियो ।  फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा धनगढी रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित हुँदै गुमाएपछि प्रतियोगिताका सबै तीन खेल हारमा टुंग्याएको हो । धनगढीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो..

    विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो ।  प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले..

    सन्दिप आबद्ध मेलबर्न स्टार्स पराजित, एक्कासी के भयो खेल !

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौं, ५ फाल्गुन ।  बिग बाश लिगको फाइनलमा अप्रत्याशित रुपमा खेल उल्ट्याउँदै मेलबर्न रेनेगेड्सले उपाधिमाथि कब्जा जमाएको छ । नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध मेलबर्न स्टार्स अप्रत्याशित रुपमा पराजित भएको छ ।  १४६ रनको मध्यम लक्ष्य पच्छ्याएको मेलबर्न स्टार्सको सुरुवात शानदारदियो । ओपनर बेन डङ्क र मार्कुस स्टोइनिसले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । १३ औं ओभरको अन्तिम बलमा..

    बिग बाश लिग फाइनल : सन्दिपको टिमद्वारा १४ ओभरमा ९५ रन

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौं ५ फागुन बिग बाश लिगको फाइनल खेलमा नेपाली खेलाडी आबद्ध टिम मेलबर्न स्टार्सले १४६ रनको मध्यम लक्ष्य पाएको छ । टस जितेर पहिले बलिङ रोजेको स्टार्सले मेलबर्न रेनेगेड्का माथिल्लो क्रमका ब्याट्सम्यानलाई सस्तैमा आउट गरेको भए पनि तल्लो क्रमका ब्याट्सम्यान टम कुपर र डेन क्रिस्चियनले सम्हालिएर ब्याटिङ गरेपछि १४६ रनको लक्ष्य पाएको हो । सन्दिप टिमको खेलाडी २ जना आउट हुँदा १४..

    महिला टि–२० क्रिकेट लिग चैत १ देखि ९ गतेसम्म

    शनिबार, फागुन ४, २०७५ साल
    काठमाडौँ, ४ फागुन : एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ ।  प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम्म विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा हुने प्रतियोगितामा देशका चार शहरका नामबाट चार टोलीले..

    हिरो गोल्डकप : म्यानमारसँग नेपाल ३-१ ले पराजित

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, ३ फागुन  भारतमा जारी हिरो गोल्डकपको फाइनलमा  म्यानमारसँग नेपाल ३-१ को नतिजाले पराजित भएको छ । सम्पन्न फाइनल खेलमा नेपालले खेलको ३४ औं मिनेटमा पहिलो गोल खाएको थियो । १-० ले पछाडि परेको अवस्थामा नेपालले पहिलो हाफको अतिरिक्त समयमा गोल फर्काउँदै उपाधि जितको सपनालाई कायमै राखेको थियो। नेपालका लागि सो गोल मञ्जली कुमारी योञ्जनले गरेकी थिइन् । तर खेलमा नेपालको सो सपनालाई..

    राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा [नाम सहित]

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, ३ फागुन  थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको लागि आज १४ सदस्यीय राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।  यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो । छनोट हुने अन्य सदस्यमा सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का,..

    हिरो गोल्डकपको उपाधिकालागि म्यानमारसँग भिड्दै नेपाल

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौं फागुन ३ । हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार नेपालको महिला राष्ट्रिय टोलीले र म्यानमारले प्रतिष्पर्दा गर्दैछ ।  समूह उपविजेताको रुपमा फाइनल पुगेको नेपाल पहिलो खेलमा म्यानमारसँग ३-० को फराकिलो अन्तरले पराजित भएको  थियो।  म्यानमार समूह चरणका तीन खेलमा जितेर समूह विजेताको रुपमा फाइनल पुगेको हो । पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमारले अन्तिम दुई खेलमा इरान र भारतलाई २-० को समान..

    मन्त्रिपरिषद् निर्णय : खेलाडीलाई पुरस्कारस्वरुप रु डेढ करोड प्रदान

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन : सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ ।  यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न यहाँ बिहिबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ सङ्घीय संसद्मा..

    ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल-भारत एउटै समूहमा

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ ।  एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यान्मासँगै इन्डोनेशिया परेका छन् । यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यान्मामा हुनेछ ।  पहिलो चरणमा पनि यी तीनवटै..

    म्यानमारले जितेपछि नेपाल स्वत: हिरो गोल्डकपको फाइनलमा

    बुधबार, फागुन १, २०७५ साल
    काठमाडौं, १ फागुन :  नेपाली महिला फुटबल टोली भारतमा जारी हिरोकपको फाइनल नजिक पुगेको छ । बलियो टोली इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । पछिल्लो महत्वपूर्ण खेलमा म्यानमारले भारतलाई २–० ले पराजित गरेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।  भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको हो । बुधबार भएको खेलमा नेपालले..

    इरानविरुद्ध शानदार जित, नेपाल हिरोकपको फाइनल नजिक

    बुधबार, फागुन १, २०७५ साल
    काठमाडौँ, १ फागुन  नेपाली महिला फुटबल टोली भारतमा जारी हिरोकपको फाइनल नजिक पुगेको छ । बलियो टोली इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा भएको जित्नै पर्ने खेलमा फिफा वरियताको १०६ औं स्थानको नेपालले ६० औं वरियताको बलियो टोली इरानलाई ३-० ले हराएको हो । नेपालको प्रभावशाली जितमा पहिलो गोल खेलको ४१ औं मिनेटमा..
    Results 1501: You are at page 18 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast