बुधबार, माघ ८, २०७६

    खेल संसार

    राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेनमा सुजल श्रेष्ठ चयन

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडौँ, ६ भदौ सुजल श्रेष्ठ राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेनमा चयन भएका छन् । मलेसियन लिग च्याम्पियन क्लबसँग खेल्ने नेपाली टिमको क्याप्टेनमा श्रेष्ठ चयन भएका हुन् । यसअघिका कप्तान विराज महर्जन टोलीमा नपरेपछि मलेसियासँग खेल्ने टिमको कप्तान श्रेष्ठ हुने भएका हुन् । टोली शुक्रबार राति १०ः०० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । कतारमा सन् २०२२ मा..

    एकदिवसीय वरीयतामा खस्कियो नेपाल

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडौं, ६ भदौ ।  नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको छ ।   अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको एकदिवसीय(वानडे) अन्तर्राष्ट्रिय वरियतामा खस्किएको हो ।  एक खस्किएको नेपाल १६औं स्थानमा पुगेको छ । अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा थियो । नयाँ वरीयता अनुसार नेपालले ८ खेलबाट १९ रेटिङ र १ सय ४४ अंक पाएको छ । नेपालभन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन्..

    एभिसी भलिबलः उज्वेकिस्तान र किर्गिस्तान फाइनलमा

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडौँ, ५ भदौ  घरेलु मैदानमा पहिलो पटक आयोजना भएको एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनीयर पुरुष भलिबल प्रतियोगिताको फाइलनमा उज्वेकिस्तान र किर्गिस्तान भिड्ने भएका छन् ।   लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज सम्पन्न सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई ३–० सोझो सेटमा पराजित गरेको हो । उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ र २५–२१ अङ्कले हरायो ।  यस्तै आजै भएको अर्को सेमिफाइनलमा..

    यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा [नामसहित]

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडौं, ५ भदौ ।  यू-१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । रोहितकुमार पौडेलको कप्तानीमा सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए । त्यस्तै टोलीमा ऋत गौतम, भीम सार्की, पवन शरार्फ र हरिबहादुर चुहान छन् । यस्तै कुशल मल्ल, रासिद खान, कमल सिंह ऐरी,..

    एशिया कप क्रिकेट : नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौं, ४ भदाै । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।  यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’..

    एभिसी सेन्ट्रल जोन भलिबल : बंगलादेशमाथि अफगानिस्तानको सानदार जित

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौं, ३ भदाै । एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको को दोस्रो दिन समूह ‘बी’मा अफगानिस्तानले पहिलो जित दर्ता अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राखेकोे छ । अफगानिस्तानले बंगलादेशलाई ३–२ ले हराउँदै दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो । लगनखेलस्थित नेपाली सेनाको कर्भड हलमा मंगलबार अफगानिस्तानले बंगलादेशलाई २५–२१ १९ –२५,१८–२५,२५–२२ र १५–१२ ले आफनो पक्षमा पारेको थियो । पहिलो..

    टेस्ट सिरिजको पहिलो खेलमा श्रीलंका ६ विकेटले विजयी

    आईतवार, भाद्र १, २०७६ साल
    काठमाडौं, १ भदाै । न्युजिल्याण्डसँगको टेस्ट सिरिजको पहिलो खेलमा श्रीलंका ६ विकेटले विजयी भएकाे छ । टेस्ट सिरिजको पहिलो खेलमा २ सय ६८ रनको लक्ष्य  पाएकाे श्रीलंकाले ४ विकेट जाँदा भेट्टाएको हो।  श्रीलंकाको जितमा दिमुथ करुणारत्नेले १ सय २२ रन बनाए। यस्तै लाहिरु थिरिमानेले ६४, एन्जेलो म्याथ्युजले २८ रन र कुशल परेराले २३ रन बनाए।  यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले पहिलो इनिङमा २४९ रन बनाउँदा सबै विकेट..

    भारतीय पूर्व क्रिकेटर चन्द्रशेखरले गरे आत्महत्या, स्तब्ध बन्याे भारतीय क्रिकेट जगत

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    नयाँ दिल्ली, ३१ साउन । बिहीबार भारतीय पूर्व क्रिकेटर भीबी चन्द्रशेखरको निधन भएको छ । चेन्नईस्थित घरमा उनको शव झुण्डिएको अवस्थामा भेटिएको हाे । पूर्व क्रिकेटर चन्द्रशेखरले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएकाे छ । उनले आर्थिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने एक प्रहरी अधिकारीकाे भनाइ छ । भीबी चन्द्रशेखरको आर्थिक संकट तमिलनाडु प्रिमियर लिगको टिम ‘भीबी काँची वीरन्स’सँग जोडिएको हुन सक्ने प्रहरीको अनुमान छ..

    एसीसीको वार्षिक क्यालेन्डर सार्वजनिक, नेपाललाई सुनौलो अवसर

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सन् २०२० को लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । सार्वजनिक क्यालेन्डरअनुसार नेपालको सिनियर, उमेर र महिला टोलीले विभिन्न प्रतियोगिताको छनोट खेल खेल्नुपर्ने छ । नेपालले क्वालिफायरमा उत्कृष्ट प्रर्दशन गरे भारत सहित ५ एसियाली टेष्ट राष्ट्रसँग खेल्न पाउने छ ।   पुरुष सिनियर टोलीको तालिका एसीसीले फेबुअरीमा वेस्टर्न रिजन टि-२० छनोट आयोजना गर्नेछ । वेस्टर्न रिजनमा..

    अन्तर्राष्ट्रिय भलिबलमा अफगानिस्तानमाथि नेपालको शानदार जित

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौं, ३० साउन । सैनिक तालिम केन्द्र लगनखेलमा बिहीबार भएको दोस्रो खेलमा उत्कृष्ट पूनरागमन जित निकाल्दै नेपालले अफगानिस्तानविरुद्धको दुबै मैत्रीपूर्ण अन्तर्राष्ट्रिय भलिबल खेल जितेको छ । पहिलो दुई सेट गुमाएको अवस्थामा नेपालले लगातार तेस्रो,चौथो र पाँचौ सेट जित्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्‍यो। पहिलो सेट २५–२२ र दोस्रो सेट २५–१५ ले गुमाएको नेपालले तेस्रो र चौथो सेट समान २६–२४ र अन्तिम तथा..

    कीर्तिमानी विराट कोहली : १० वर्षमा २० हजार अन्तर्राष्ट्रिय रन

    बिहिवार, श्रावन ३०, २०७६ साल
    नयाँ दिल्ली, ३० साउन । विराट कोहलीले कीर्तिमान सफलता हात पारेका छन् । कोहलीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा १० वर्षमा २० हजार अन्तर्राष्ट्रिय रन बनाएका छन् । १० वर्षमा यति धेरै रन यसअघि कुनैपनि ब्याट्सम्यानले बनाउन सकेको थिएन । वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम एकदिवशीय खेलमा कोहलीले बुधबार राति अविजित एक सय १४ रन बनाउँदै यो सफलता हात पारेका हुन् । यो खेल जित्दै..

    मैैले कुनै सन्यास घोषणा गरेको छैन : क्रिस गेल

    बिहिवार, श्रावन ३०, २०७६ साल
    ३० साउन, काठमाडौं ।    वेष्टइण्डिज स्टार ब्याट्सम्यान क्रिस गेलले अहिले नै सन्यास नलिने संकेत गरेका छन् ।   भारत र वेष्टइण्डिजबीच बुधबार भएको तेस्रो एकदिवसीय क्रिकेट क्रिस गेलको विदाई खेलमा रुपमा हेरिएको थियो ।    गेलले स्पेसल ‘३०१’ जर्सीमा खेलेका थिए, जुन उनको एकदिवसीयको कुल संख्या हो । यो वेष्टइण्डिजका क्रिकेटरले खेलेको सबैभन्दा धेरै एकदिवसीय म्याच पनि हो ।   गेलले ४१ बलमा ७२ रन बनाए ।..

    कप्तान विराट कोहलीको उत्कृष्ट शतकमा भारतलाई वान डे सिरिज

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौं, ३० साउन। भारतले वेस्ट ईन्डिजविरुद्वको एकदिवसीय क्रिकेट शृङ्खलामा जीत हात पारेको छ। अमेरिका भ्रमणमा रहेको भारतले तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा वेस्ट ईन्डिजलाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको शृङ्खला २–० जीतेको हो। शृङ्खलाको पहिलो खेल वर्षाले प्रभावित भएपछि रद्ध गरिएको थियो। योसँगै भारतले वेष्ट इन्डिजविरुद्धको लगातार चौथो शृङ्खलामा सफलता हात पारेको छ। वेस्ट ईन्डिजले पहिला ब्याटिङ गर्दै ३५ औं..

    एएफसी फुटसल च्याम्पीयनसिप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह ए मा

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौं, २९ साउन ।  इरानमा आयोजना हुन लागेको एएफसी फुटसल च्याम्पीयनसिप छनोटको खेल तालिका सार्वजनिक भएको छ । आयोजक एएफसीले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।  कात्तिकमा आयोजना हुने छनोटमा नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसँगै ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान छन् । समूह बी मा घरेलु टोली इरान, किर्गिस्तान र तुर्किमिनिस्तान छन् ।  नेपालले पहिलो खेल ताजकिस्तानसँग..

    ईपिएल फागुनमा : टेष्ट राष्ट्रका खेलाडी खेल्ने, प्रत्यक्ष प्रशारण बिदेशी च्यानलबाट !

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन  नेपालको सबैभन्दा चर्चित तथा लोकप्रिय एभरेष्ट प्रिमियर लिग (ईपीएल) आउँदो फागुन १७ देखि चैत १ गते सम्म संचालन हुने भएको छ । तीन संस्करणलाई भब्य र सभ्य तरिकाले सम्पन्न गरेको आयोजकले यसपटक पनि थप नयाँ कुरालाई प्रयोगमा ल्याउने सङ्केत गरिसकेको छ । आयोजक ईपीएल प्रालीले सोमबार प्रेस विज्ञप्तिमार्फत चौथो संस्करणको ईपिएलको बारेमा जानकारी गराएको थियो । जसमा अनुरुप यस पटकको प्रत्येक..

    सन् २०२८ को ओलम्पिकमा क्रिकेट समावेश होला त ?

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौं, २८ साउन सन् २०२८ मा लस एन्जलसमा आयोजना हुने ओलम्पिक खेलमा क्रिकेटलाई पनि समावेश गर्ने चर्चा शुरु भएको छ । आईसीसीले ओलम्पिकमा पनि क्रिकेट समावेश गर्नका लागि पहल गरेको जनाइएको छ । मेरिलेवोन क्रिकेट क्लब एमसीसीका अध्यक्ष माइक गेटिङले यसबारेमा जानकारी दिएका हुन् । उनले भने ‘चार चार वर्षमा आयोजना हुने ओलम्पिक खेलमा क्रिकेटलाई समावेश गर्नका लागि कुनै अप्ठेरो छैन ।’ उनले..

    साफ च्याम्पियनका लागि खेलाडी छनोट

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रशिक्षणमा रहेका ४६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।  प्रशिक्षणमा आएका ४६ खेलाडीमध्ये पहिलो चरणमा १६ खेलाडी टिमबाट बाहिरिएका हुन् । साफ यु–१८ फुटबल च्याम्पियनसिप..

    अन्तत: अमेरिकाले दियाे सन्दीप लामिछानेलाई भिसा

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडाैं, २८ साउन ।  भिसा दिन अस्वीकार गरेको काठमाडौं स्थित अमेरिकी राजदूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दिउँसो पुनः बोलाएर भिसा दिएको छ। मंगलबार बिहान भिसा नदिएर फर्काइएपछि सन्दीपले सामाजिक सञ्जालमा आफूले सम्पूर्ण कागजातहरु पुर्‍याएपनि भिसा नदिएको भन्दै गुनासो पोखेका थिए। त्यसले दूतावासको चर्को आलोचना भएपछि रिभ्युका लागि दिउँसो दूतावासले सन्दीपलाई पुनः बोलाएको थियो। रिभ्यू गर्दै सन्दीपलाई भिसा दिएको उनका नेपाली व्यवस्थापक रमन शिवाकोटीले..

    अमेरिकी राजदूतावासले फेरि बोलायो सन्दीप लामिछानेलाई, दिन्छ त भिसा ?

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडाैं, २८ साउन । केही अघिमात्रै भिसा दिन अस्वीकार गरेको काठमाडौं स्थित अमेरिकी राजदूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा रिभ्यु गर्न पुनः बोलाएको छ। पुनः बोलाएपछि सन्दीपसँगै उनका व्यवस्थापक रमन सिवाकोटी हाल काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगेका छन्।  अमेरिकाले मंगलबार बिहान अन्तर्वाता दिन गएका सन्दीपको भिसा अस्वीकार गरेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमा अमेरिकाले भिसा नदिएको भन्दै दुखेसो पोखेका थिए। सन्दीपले ट्वीटमा लेखेका छन्, 'आउँदो क्यारिबियन..

    किन दिएन अमेरिकाले सन्दीप लामिछानेलाई भिसा ?

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन ।  क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । तर अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।  भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका छन् । आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् । भिसा स्वीकृत नभएपछि सिपिएल खेल्न जान..

    पहिलो प्रतियोगितामै सोमपाल च्याम्पियन, सन्दीप अझै उपाधिविहिन !

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन ग्लोबल टि२० क्यानडामा तीब्र गतिका बलर सोमपाल कामीले पहिलो प्रतियोगितामै विनिपेग हक्सबाट प्रतिनिधित्व गर्दै उपाधि जिते । आइतबार सम्पन्न फाइनलमा सुपर ओभरमा भान्कुभर नाइट्सलाई पराजित गर्दै हक्स च्याम्पियन बन्दा सोमपाल फ्रेन्चाईज लिग जित्ने पहिलो नेपाली खेलाडी बने । सोमपाललाई हक्सले न्युनतम ३ हजार अमेरिकी डलर मुल्यमा अनुबन्ध गरेको थियो ।  सोमपालको यो पहिलो अन्तर्राष्ट्रिय फे्रन्चाइज लिग समेत हो । तर..

    राष्ट्रको ढुकुटी दोहन: पूर्वमन्त्रीदेखि कर्मचारीसम्मले फर्छ्योट गरेनन् राखेपको पेस्की

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडौँ, २७ साउन ।  नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्बाट पेस्की लिएर फछ्र्योट नगर्नेमा मन्त्रीदेखि कर्मचारीसम्म रहेको पाइएको छ । राखेपले १ अर्ब ३५ करोड रुपैयाँ पेस्की उठाउन बाँकी छ ।  पेस्की लैजाने तर फछ्र्योट नगर्ने प्रवृत्ति बढेपछि राखेपको नयाँ नेतृत्वले पेस्की फछ्र्योट नगरी अर्काे पेस्की उपलब्ध नगराउने सर्कुलर जारी गरेको छ । १ हजार १ सय ७४ जनाको नाममा बेरुजु..

    प्रतिबन्धमा परेपछि भारतीय युवा क्रिकेटर पृथ्वी श डिप्रेसनमा !

    आईतवार, श्रावन २६, २०७६ साल
    एजेन्सी, २६ साउन भारतका युवा क्रिकेटर पृथ्वी श डिप्रेसनमा शिकार भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले क्रिकेटमा प्रतिबन्ध लगाएपछि १९ वर्षे क्रिकेटर शको मानसिक स्वास्थ्यमा समस्या देखिएको भारतीय संचारमाध्यमहरुले जनाएको छ । प्रतिबन्धित औषधिको नियम (एन्टी डोपिङ) उल्लंघन गरेको भन्दै बीसीसीआईले युवा ब्याट्सम्यान शलाई ८ महिनाको प्रतिबन्ध लगाएको थियो । बीसीसीआईको प्रतिबन्धपछि डिप्रेसनमा गएका श त्यसबाट मुक्त हुन इंग्ल्याण्ड जाने भएका छन्..

    मेस्सी युगको १६ वर्ष : किन छन् भिन्न, उमेरसँगै खेलमा परिवर्तन !

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौं, २६ साउन ।  लियोनल मेस्सी अर्जेन्टिनाका फुटबल खेलाडी हुन, जो हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्छन् । मेस्सी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन् । नोभेम्बर १६, २००३, यो त्यही मिति हो जतिबेला सुरु भयो लियोनल मेस्सीको फुटबल युग । त्यसबेला मेस्सीले फुटबल क्लब बार्सिलोनाबाट एफसी पोर्टोविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए । १६ वर्षको यो अवधिमा..

    केनले ४ मिनेटमै २ गोल गरे, टोटनह्यामको विजयी सुरुवात

    आईतवार, श्रावन २६, २०७६ साल
    काठमाडौँ, २६ साउन ।  टोटनह्याम हट्सपरले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा टोटनह्यामले यसै सिजन च्याम्पियनसिपबाट बढुवा भएर आएको एन्टन भिल्लालाई ३–१ ले हराउँदै विजयी सुरुवात गरेको हो । उसको जितमा ह्यारी केनले खेलको अन्तिम ४ मिनेटमा दुई गोल गरेका थिए । लन्डनस्थित टोटनह्याम हट्स्परको मैदानमा भएको खेलमा अग्रता भने एस्टन भिल्लाले लिएको थियो । खेलको..

    अफगानी क्रिकेटर मोहम्मद शहजाद निलम्बनमा, कारण यस्तो छ

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन अफगानिस्तान क्रिकेट बोर्ड ( एसीबि ) ले अनुभवी विस्फोटक विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजादको अनुबन्ध अनिश्चितकालको लागि निलम्बित गरेको छ। शहजादलाई अफगानिस्तान बोर्डको आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कारवाही गरिएको हो। उनले देश बाहिर जानु भन्दा अघि क्रिकेट बोर्डको अनुमति लिएका थिएनन्।  बोर्डको नियमानुसार देश बाहिर जानको लागी कुनै पनि खेलाडीले एसीबिको अनुमति लिनु पर्छ। उनले यो नीतिको बारम्बार उल्लङ्घन गरेका थिए। शहजादले..

    इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुने, काे-काे भिड्दैछन् ?

    शनिबार, श्रावन २५, २०७६ साल
    एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबारबाट शुरु भएको छ। प्रिमियर लिगको दोस्रो दिन आज शनिबार विभिन्न ६ खेल हुँदैछ। अघिल्लो संस्करणको प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले वेस्टह्यामसँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान थाल्नेछ। यस्तै टोटेनहम हस्टपरले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्दैछ । यस्ताे छ खेल तालिका वेस्टह्यामविरुद्ध म्यानचेस्टर सिटी (साँझ ५ः१५ बजे) बर्नमाउथविरुद्ध सेफ युनाइटेड (साँझ ७ः४५ बजे) बर्नलीविरुद्ध साउथह्याम्पटन (साँझ ७ः४५..

    एउटै खेलमा २३ गोल, ४ ह्याट्रिक

    शनिबार, श्रावन २५, २०७६ साल
    काठमाडौँ, २५ साउन ।  म्युनिख  जर्मन क्लब बायर्न म्युनिख र एफसी रोटाच एगर्नबीच बिहीबार राति खेलिएको मैत्रीपूर्ण फुटबल खेल निकै चर्चित बन्न पुग्यो । उक्त खेलमा बायर्न म्युनिखले अर्को जर्मन क्लब रोटाच एगर्नलाई २३–० गोलको विशाल अन्तरले हराएका कारण उक्त खेलको चर्चा चुलिएको हो । बायर्न म्युनिख जर्मनीको घरेलु लिग च्याम्पियन क्लब हो । यसै महिना सुरु हुने बुन्डेस लिगाको तयारीका क्रममा..

    ५ देश सहभागी हुने टी-२० सिरिजमा नेपालकाे पहिलाे खेल हङकङसँग [तालिकासहित]

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौं, २४ साउन ।  नेपाली क्रिकेट टिमले अक्टोबर ५ तारिखमा ओमान ५ देशको सहभागिता रहेको टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । जसमा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ । प्रतियोगितामा आयोजक ओमानसँगै ओमानसहित नेदरल्यान्ड, आयरल्यान्ड र हङकङले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले असोज तेस्रो साता सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ ।   ..

    विश्वकप छनोट : नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा !

    शुक्रबार, श्रावन २४, २०७६ साल
    काठमाडौं, २४ साउन ।  फिफा विश्वकप फुटबल २०२२ का लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आफ्नो पहिलो खेल कुवेतमा खेल्ने भएको छ । नेपालले पहिलो होम खेल कुवेतसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । एन्फाले नेपालमा हुने भनिएको ‘होम गेम’ कुवेतमा हुने जानकारी दिएको छ । नेपालले पहिलो खेल सेटेम्बर ५ मा कुवेतसँग खेल्नेछ । उता कुवेतले उसको ‘होम गेम’..
    Results 1832: You are at page 12 of 62
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 Next Last
    Weather Forecast