शुक्रबार, भाद्र ६, २०७६

    खेल संसार

    लिगको अन्तिम खेलमा बराबरीमा रोकियो बार्सिलोना, मेस्सीलाई पीचीची अवार्ड

    सोमबार, जेष्ठ ६, २०७६ साल
    एजेन्सी, ६ जेठ । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाले यो सिजनको अन्तिम खेलमा एइबरसँग २-२ गोलको बराबरी गरेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा बार्सिलोनाका लागि स्टार स्ट्राइकर लियोनल मेस्सीले २ गोल गरेका थिए । ती दुबै गोलहरू दुबै टोलीले खेलको पहिलो हाफमा गरेका थिए । हिजोको खेलमा पहिलो अग्रता एइबरले खेलको २० औँ मिनेटमा मार्क कुकुरियलको गोलबाट लिएको थियो । त्यसपछि..

    यी चर्चित ५ क्रिकेट खेलाडी जाे अन्तिमपटक विश्वकप खेल्दैछन् ...

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौँ, ५ जेठ १२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेट आउन  अब केहि हप्ता मात्र बाँकी रहेको छ । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकपमा केहि खेलाडीले आफ्नो अन्तिम विश्वकप खेल्दैछन् । खेलाडी जीवन औषतमा १० देखि १२ वर्षको रहने हुँदा क्रिकेटको महाकुम्भ विश्वकप खेल्न पाउने खेलाडीलाई निकै यादगार तथा गर्वको बिषय हुन्छ ।  हालसम्म भारतका महान खेलाडी सचिन तेन्दुलकर र पाकिस्तानका जाभेद मियादले..

    बुद्धस्थल कुदानबाट म्याराथन दौड, ४ किमीसम्म धावकहरु सहभागी

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    तौलिहवा, ३ जेठ ।  बुद्ध जयन्तीको अवसरमा गौतमबुद्धको गृहनगर कपिलवस्तुमा मिनी म्याराथन दौड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । शाक्यमुनि सिद्धार्थ गौतमले  ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्ना मातापितालाई भेट गरेको प्राचीनस्थल निग्रोधाराम (कुदान) बाट जिल्ला प्रशासन चोकसम्म करीब ४ किमीसम्म धावकहरु सहभागी भएका थिए ।  प्रतियोगितामा विद्यालयतर्फबाट वाणगङ्गा मावि लौगाइका अजय पाण्डे पहिलो, कनकमुनि मावि जगदीशपुरका श्यामसुन्दर यादव दोस्रो र कपिलवस्तु..

    सन्दीप सँगै दिपेन्द्र, सोमपाल र रोहित क्यारेबियन प्रिमिएर लिगको ड्राफ्टमा

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेठ नेपाली राष्ट्रिय क्रिकेट टोलीका चारजना युवा खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी क्यारेबियन प्रिमिएर लिग (सिपिएल) को ड्राफ्टमा परेका छन् । सिपिएलले आज सार्वजनिक गरको २० देशका ५३६ खेलाडीको सुचीमा सन्दिपसँगै अलराउण्डर दिपेन्द्र, मध्यक्रमका ब्याट्म्यान रोहित र तिब्र गतिका बलर सोमपालको नाम आएको हो । युवा लेग स्पिनर सन्दिपले गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड..

    आईपीएल खेलेर भर्खरै स्वदेश फर्किएका सन्दीपले किने १० लाखको स्पोर्ट्स बाइक

    बुधबार, जेष्ठ १, २०७६ साल
    काठमाडौं, १ जेठ नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार १० लाख रुपैयाँ पर्र्नेे स्पोर्ट्स बाईक किनेका छन् । भारतमा आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर भर्खर स्वदेश फर्किएका सन्दीपले बिएमडब्लु ब्राण्डको जी ३१० मोडलको महंगो बाइक किनेका हुन् । सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसँगको तस्विर पोस्ट् गर्दै आफ्नो परिवारमा नयाँ सदस्य थपिएको उल्लेख गरेका छन् । सन्दीपले..

    क्यान माथिको प्रतिबन्ध फुकुवा हुने सङ्केत ! ४ जिल्ला क्रिकेट सङ्घको निर्वाचन जेठमा

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख नेपाल क्रिकेट संघ माथिको प्रतिबन्ध फुकुवा हुने सङ्केत देखिएको छ । चार जिल्ला क्रिकेट सङ्घले आगामी जेठको तेस्रो साताभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीको निर्णय अनुसार चारै जिल्लाले साधारणसभा गर्ने भएका छन् । निर्वाचन गराउने जिल्लामा चितवन, महोत्तरी, सप्तरी र दाङ छन् ।  चितवनले अगामी जेठ ४, महोत्तरीले जेठ ११,..

    फर्केर हेर्दा : 'IPL' मा Watson को बहादुरी ! रगत बगिरह्यो खेल चलिरह्यो

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)को सिजन १२ सकिएको छ । फाइनलमा मुम्बईले चेन्नाईलाई एक रनले पराजित गरेर उपाधि जित्यो । तर यो रोमाञ्चक खेलको एक यस्तो कहानी बाहिर आएको छ जसलाई सुनेर हरेक क्रिकेट प्रेमीले गर्व गर्नेछ । चेन्नाईका ब्याट्सम्यान शेन वाटसनले फाइनलमा ८० रनको बेजोड पारी खेलेपनि आफ्नो टीमलाई जिताउन सकेनन् । वाटसनका साथी क्रिकेटर हरभजन सिंहले खुलासा गरेका छन्..

    दक्षिण एसियाली खेलकुद : लोगो र मस्कट सार्वजनिक

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौं, ३० वैशाख । निर्धारित समय भन्दा डेढ वर्ष ढिला भइसकेको र थप ढिलो हुन सक्ने आशङ्का माझ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग गेम्स) को प्रतिक चिन्ह (लोगो) र मस्कट सार्वजनिक भएको छ । ६ महिनापछि काठमाडौं र पोखरामा आयोजना हुने तय भएको दक्षिण एसियाको सबैभन्दा ठूलो खेल महोत्सबको तयारी शुरु नभएको भन्दै आलोचना हुन थालेको बेला युवा तथा..

    म्यान्चेस्टर सिटीलाई इंगलिश प्रिमियर लिगको उपाधि, लिभरपुल उपविजेतामै सिमित

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौं, ३० वैशाख इंगलिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो पटक म्यान्चेस्टर सिटीले उपाधि जितेको छ । लिगको अन्तिम खेलमा आइतबार राति ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।  सिटीलाई ब्राइटनको मैदानमा जिताउन सर्जियो अगुएरो, आइमेरिक लापोर्ते, रियाद महरेज र इल्काये गुन्डोगानले १–१ गोल गरे ।  ग्लेन मुरेले खेलमा ब्राइटनका लागि सुरुआती अग्रता दिलाएका थिए । सिटीले जितसंगै ९८ अंकसहित..

    मुम्बईले चौंथोपटक जित्यो आईपीएलको उपाधी, पायो २० करोड भारु, वार्नरलाई तेश्रोपटक अरेञ्ज क्याप

    सोमबार, बैशाख ३०, २०७६ साल
    हैदराबाद, ३० बैशाख ।  भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आइपीएलको उपाधि चौंथोपटक मुम्बई इंडियन्स्ले जितेको छ । आइतबार हैदराबादको राजीव गान्धी स्टेडियममा चेन्नई सुपरकिंग्ससँग भएको रोमाञ्चकपूर्ण खेलमा १ रनले मुम्बई बिजेता बनेको हो । यससँग ८ हप्तासम्म चलेको यसपटकको आइपीएल सिजन सकिएको छ ।    भारु २० करोड पुरस्कार बिजेता टोली ले भारु २० करोड पायो भने उपविजेता रहेको ले साढे १२..

    'IPL' फाइनल - मुम्बईले दियो चेन्नईलाई १ सय ५० रनको लक्ष्य

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौँ, २९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे अहिले भइरहेको फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई १५० रनको लक्ष्य दिएको छ । बलिङतर्फ चेन्नईका दीपक चाहरले तीन तथा शार्दुल ठाकुर र इमरान ताहिरले समान दुई–दुई विकेट लिए । हैदराबादको राजिब गान्धी इन्टरनेशनल स्टेडियममा भइरहेको खेलमा टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४९ बनाएको हो । उसका लागि..

    आईपीएल खेलेर स्वदेश फर्किए सन्दीप, प्रधानमन्त्री कप क्रिकेटमा सहभागी नहुने !

    आईतवार, बैशाख २९, २०७६ साल
    काठमाडौं, २९ वैशाख  सन्दीप लामिछाने  १२  औँ आईपीएल क्रिकेट खेलेर आईतबार साँझ स्वदेश फर्किएका छन्। दिल्लीले खेलेका १६ मध्ये ६ खेलमा मात्र अवसर पाएका सन्दीपले त्यसमा ८ विकेट हात पारे। जसमा उनको इकोनोमी ९.१३ र एभरेज २६.२५ रहेको थियो । उनले जारी आईपीएलमा अन्तिमपटक रोयल च्यालेन्जर्स बेग्लोरविरूद्ध खेलेका थिए । जुन खेलमा महँगो सावित भएका सन्दीपले ३ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका..

    गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिता गर्न सकीने

    आईतवार, बैशाख २९, २०७६ साल
    चितवन, २९ वैशाख । रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ ।  धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने बताउनुभयो । कामलाई तीव्रता..

    रुसी राष्ट्रपति पुटिन खेल मैदानमा चिप्लिएर लडेपछि ... (भिडियोसहित)

    आईतवार, बैशाख २९, २०७६ साल
    एजेन्सी, २९ वैशाख रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइस हक्कीको प्रदर्शनी खेलमा भाग लिए। शुक्रबार राति भएको खेलमा आइस हक्कीको राष्ट्रिय लिगका पूर्वखेलाडी सम्मिलित टोलीबाट खेल्दै ६६ वर्षीय पुटिनले त्यस खेलमा आठ गोल गर्न सफल भए। उनी सम्मिलित टिम १४-७ ले विजयी भयो। जब उनको टिम विजयी भयो, त्यसश्चात खुसीयाली मनाउनको लागि उनी मैदान घुम्दै थिए। तर अचानक उनी लडे। चिप्लिएर लडेपछि उनी हत्तपत्त..

    दिल्लीलाई हराउँदै चेन्नाई आइपीएलको फाइनलमा, अब हैदराबादमा मुम्बईसँग टक्कर

    शनिबार, बैशाख २८, २०७६ साल
     नयाँ दिल्ली, २८ बैशाख ।  भारतमा जारी आइपीएलको क्वालीफायर अन्र्तगतको खेलमा महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाईले दिल्लीलाई ६ विकेटले हराउँदै यस सिजनको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । दिल्लीका तर्फबाट नेपालका बलर सन्दीप लामिछानेले यस पटक पनि खेल्ने अवसर पाएनन् । चेन्नाईले भने मुरली बिजयको स्थानमा शार्दुल ठाकुरलाई ल्याएको थियो । शुक्रबारको खेलमा दिल्लीका बलरहरु चेन्नाईसामु निरिह सावित भए ।  यस नतिजासँगै..

    फाइनल प्रवेशका लागि चेन्नईको अनुभव र दिल्लीको युवा जोशबीच भीडन्त

    शुक्रबार, बैशाख २७, २०७६ साल
    काठमाडौं, २७ वैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि शुक्रबार दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । भारतीय राष्ट्रिय टिमको कप्तानी सम्हालिसकेका महेन्द्रसिंह धोनीको चेन्नई र गत सिजनमा आधादेखि दिल्लीको कमाण्ड पाएका श्रेयस अएरको दिल्ली क्यापिटल्सबीच आजको खेलमा पाको अनुभव र नवीन जोशबीच प्रतिष्पर्धा हुनेछ। उमेर छँदा भारतीय टोलीबाट धेरै अनुभवी खेलाडीलाई यूवाद्वारा प्रतिस्थापन गराएका धोनी उमेर ढल्किन थालेपछि..

    सागको तयारीका लागि खेलाडी बन्द प्रशिक्षणमा, ६ सय २५ जना सहभागी

    शुक्रबार, बैशाख २७, २०७६ साल
    काठमाडौँ, २७ वैशाख ।   राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ ।   नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।   प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जेठ पहिलो..

    टोटेनह्याम फाइनलमा प्रवेश, यसरी खुशीले भक्कानिए प्रशिक्षक !

    बिहिवार, बैशाख २६, २०७६ साल
    आम्स्टरड्याम, २६ बैशाख ।  बेलायती फुटबल क्लब टोटेनह्याम हट्सपर युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इतिहासमा पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई फाइनलमा पुर्याउन लुकास मौराले डच टीम आयाक्स विरुद्ध ह्याट्रिक गरेका थिए । सेमिफाइनलको पहिलो लेगमा एक गोलको अग्रता बनाएको आयाक्सले दोस्रो लेगमा पनि शुरुमै दुई गोल गरेर समग्र अग्रता ३–० बनाएको थियो ।  विजयको नजिक पुगेर फाइनलमा..

    चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता

    बिहिवार, बैशाख २६, २०७६ साल
    पशुपतिनगर, २६ वैशाख  इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कर्वड हल अभावमा एक हजार २०० भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ ।  सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ ।..

    हैदरावादलाई २ विकेटले हराउँदै दिल्ली आइपीएलकाे क्वालिफायर्समा, सन्दीप बेन्चमै !

    बिहिवार, बैशाख २६, २०७६ साल
    एजेन्सी, २६ वैशाख दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल नजिक पुगेको छ । एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हरायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ३६ तथा मनिश पाण्डेले ३० रन बनाए । यस्तै कप्तान केन विलियम्सनले २८ र विजय शंकरले २५..

    IPL : धाेनी vs राेहित, सनसाइजर्सले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन जोड्यो

    बुधबार, बैशाख २५, २०७६ साल
    एजेन्सी, २५ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनसाइजर्स हैदरावादबिचको खेल सुरु भएकाे छ । सनसाइजर्स हैदरावादले ८ ओभरमा २ विकेटगुमाएर ६५ जोडेको छ । आजको खेलमा विजयी हुने टोली फाइनल प्रवेशका लागि चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । यस्तै नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आज पनि दिल्लीको प्लेइङ–११ मा परेका..

    २०औँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख  २०औँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिनुभयो । प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा..

    चेन्नाईलाई पराजित गर्दै मुम्बई आईपीएल क्रिकेटको फाइनलमा !

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौं, २५ वैशाख मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मुम्बईले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । १३२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । मुम्बईको जितमा सुर्यकुमार यादव नायक बने । उनकै..

    नेपालले माघमा त्रिकोणात्मक सिरिज खेल्दै, खेल कीर्तिपुरमै हुने !

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौं, २४ वैशाख नेपालले एकदिवसीय मान्यता पाएको झण्डै दुई वर्षपघि घरेलु मैदानमा त्रिकोणात्मक खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार क्रिकेट वर्ल्ड कप लिग–२ को तालिका सार्वजनिक गरेको छ । जसअनुसार माघ २२ देखि २९ सम्म (फेब्रअरी ५–१२) सम्म नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुनेछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।   तीन वर्षमा ३६ खेल आईसीसीले एकदिवसीय मान्यता..

    IPL २०१९ : फाइनल प्रवेशका लागि खेल्दै मुम्बई र चेन्नाई

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौं, २४ बैशाख । मंगलबारबाट प्लेअफ चरणका खेलहरु सुरु हुनेछन् । इन्डिनय प्रिमियर लिग (आइपीएल) २०१९ को लिग चरणका खेलहरु सकिसकेका छन् ।  जसअन्तर्गत पहिलो क्वालिफायरमा शीर्ष स्थानको मुम्बई इन्डियन्स र दोस्रो स्थानको चेन्नाई भिड्दैछन् । यस खेलको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै पराजित हुने टोलीले पनि फाइनलका लागि अर्को मौका भने पाउनेछ । भोली हुने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच हुने एलिमिनेटरको विजेताले..

    अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई ५ स्वर्णसहित ८ पदक, सबै विजेता रुपन्देहीका

    मंगलवार, बैशाख २४, २०७६ साल
    बुटवल, २४ वैशाख ।  १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगिता अन्तर्गत मलेसियामा सम्पन्न सहभागी नेपाली खेलाडीले पाँच स्वर्ण सहित आठ पदक जितेका छन् । विजेताहरु सबै रुपन्देहीका हुन् । स्वर्ण पदक विजेताहरुमा ईश्वर विक, युजिन गुरुङ, समुद्र सिंह राना, सविन श्रेष्ठ र कमल चौधरी रहेका छन् । यस्तै संगम नेपालीले एउटा रजत र हिरादेवी राईले काता तथा कुमितेमा गरी दुईवटा रजत..

    भारतमा साबित्राको दमदार प्रदर्शन, ४ गोलसहित वुमन अफ दी म्याच

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २३ बैशाख ।  नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारीले भारतीय महिला लिगको डेब्यू खेलमा नै शानदार प्रदर्शन गरेकी छन् ।  सेथु फुटबल क्लबमा आबद्ध साबित्रा डेब्यू खेलमा ४ गोलसहित वुमन अफ दी म्याच भइन् । उनको टोली सेथुले मणिपुर पुलिस स्पोर्टस क्लबमाथि ६-४ को शानदार जित निकाल्दा साबित्राले ४ गोल गरिन् । पहिलो हाफमा १ पछि अर्को गोल थपेकी उनले दोस्रो..

    मुम्बईले कोलकातालाई हराएपछि हैदरावादको भाग्य चम्कियो

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख मुम्बई इन्डियन आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा पुगेको छ । आइतबार राति भएको अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि ९ विकेटको सहज जित निकाल्दै मुम्बईले पहिलो क्वालिफायरमा स्थान बनाएको हो । कोलकाता भने हारसँगै आईपीएलबाट बाहिरिएको छ । १३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले अविजित ५५..

    नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका

    आईतवार, बैशाख २२, २०७६ साल
    सुर्खेत, २२ वैशाख  कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताउनुभयो । “स्वस्थ नागरिक उत्पादन गर्न र राष्ट्रको पहिचान देखाउन खेल र..

    र्याफ्टिङ विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

    शनिबार, बैशाख २१, २०७६ साल
    कास्की, २१ वैशाख  यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने ‘र्याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा’ सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङघको आयोजनामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी खेलाडीलाई पर्यटन व्यवसायी सोम थापा, दीपकराज अधिकारी र नरेशबहादुर भट्टराईको पहलमा कार्यक्रम गरी आज पोखरामा बिदाइ गर्नाका साथै  शुभकामना पनि दिइयो  ।  राष्ट्रिय ¥याफ्टिङ प्रतियोगिता २०७५ बाट..
    Results 1502: You are at page 11 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast