बिहिवार, कार्तिक २८, २०७६

    खेल संसार

    भारत र बंग्लादेशबीचको सातौं टेष्ट सिरिज विहिबारबाट, भारत अविजित, बंगलादेशलाई इतिहास रच्ने अवसर

    बुधबार, कार्तिक २७, २०७६ साल
    काठमाडौं, २७ कार्तिक ।  भारत र बंग्लादेशबीच हुन गइरहेको २ टेस्ट सीरीजमध्येको पहिलो खेल विहिबार भारतको इन्दौर शहरस्थित होलकर स्टेडियममा हुन गइरहेको छ । यी दुई टोलीबीचको यो सातौं टेष्ट सिरिज हुनेछ । गज्जबको कुरा के भने भारतीय टिमले बंगलादेश बिरुद्ध अहिलेसम्म कुनै पनि सिरिज हारेको छैन । यस प्रकारले हेर्ने हो भने बंगलादेशको टीमलाई पनि पहिलोपटक जीतको नतिजा निकाल्दै इतिहास..

    ६ करोडको घर किनेपछि सन्दीपलाई कर छलीमा अनुसन्धान

    मंगलवार, कार्तिक २६, २०७६ साल
    काठमाडौँ, २६ कात्तिक नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्नै कमाईबाट उनले काठमाडौंको बुढानीलकण्ठमा बंगला किनेका हुन् । सन्दीपको यो सफलता निकै लोभलाग्दो छ र सबैले प्रशंसा गरिरहेका छन् । तर, नयाँ बंगला खरिद गरेसँगै उनमाथि समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ । आन्तरिक..

    इमर्जिङ एसिया कपमा सहभागि हुन राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

    सोमबार, कार्तिक २५, २०७६ साल
    काठमाडौँ, २५ कात्तिक  बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे..

    सागका बारेमा आशङ्का राख्नुपर्दैन : अध्यक्ष श्रेष्ठ

    आईतवार, कार्तिक २४, २०७६ साल
    कास्की, २४ कात्तिक    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) निर्धारित मितिमा नै आयोजना हुने बताउनुभएको छ ।   साग प्रचार प्रसार समितिले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले दक्षिण एशियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौँमा बसेको बैठकले साग नहुने तथा समय पछि सर्ने भन्ने आशङ्कलाई पूर्णबिराम लगाउँदै आगामी मङ्सिर १५ देखि २४ गतेको मितिमा नै..

    १३ औं 'साग'मा अफगानिस्तानले भाग नलिने

    शुक्रबार, कार्तिक २२, २०७६ साल
    काठमाडौँ, २२ कात्तिक नेपालमा मंसिर १५ देखि २४ गतेसम्म अयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अफगानिस्तानले भाग नलिने भएको छ । एक साता अघि भाग लिने निर्णय गरेको अफगानिस्तानले फेरी भाग नलिने पत्र पठाएको छ । अफगानिस्तानले सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागपछि साग नखेल्ने निर्णय गरेको थियो । अफगानिस्तानले सेन्टर एसियामा आफ्नो सदस्यता सारेको थियो..

    विश्वकप छनोटको खेल दशरथ रंगशालामा नहुने, भुटानमा गर्ने प्रस्ताव

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौँ, २२ कात्तिक विश्वकप छनोट अन्तर्गत मंसिर ३ गते कुवेतविरुद्ध दशरथ रंगशालामा हुने भनिएको खेल नहुने भएको छ।  विश्वकप छनोटको खेल खेलाउन रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले रोकेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीमा कुवेतसँगको खेल घरेलु मैदानमा गर्ने प्रस्ताव गरेको थियो।  जसमा एएफसी प्रतियोगिता समितिका प्रतिनिधि देङ्ग सिओ लोङसहितको टोलीले कात्तिक..

    क्रिकेटका महान खेलाडी सचिन तेन्दुल्कर नेपाल आउँदै

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौँ, २० कात्तिक भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका छन् । युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरकाे तेस्राे साताभित्र नेपाल आउने युनिसेफले जनाएकाे छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिख आउने तयारी भइरहेकाे युनिसेफले जनाएकाे छ । उनी क्रिकेटभन्दा पनि युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी आउन लागेका..

    नेपालविरुद्ध पहिलो दिन एमसीसीले बनायो ३ सय ११ रन

    बुधबार, कार्तिक २०, २०७६ साल
    काठमाडौं, कात्तिक २० नेपाल भ्रमणमा रहेको बेलायती टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले बुधबारदेखि नेपालको सिनियर टोलीसँग तीनदिवसीय खेल खेलिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गरेको छ । पहिलो दिन खराब प्रकाशका कारण खेल रोकिनुपूर्व एमसीसीले ८६ ओभर खेल्दै ६ विकेट गुमाएर ३११ रन बनाएको छ । खेलमा एमसीसीका विल रोड्सले ७३, विल भान्डेर्सपारले ५३ र..

    अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक, विमानमा “बिजनेस क्लास”को टिकट !

    बुधबार, कार्तिक २०, २०७६ साल
    सिड्नी, २० कात्तिक । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।  फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष..

    पारस र सन्दीपले इमर्जिङ टिम्स एसिया कप नखेल्ने !

    मंगलवार, कार्तिक १९, २०७६ साल
    काठमाडौँ, १९ कात्तिक नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेले इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।  उनीहरुले बंगलादेशमा हुने इमर्जिङ एसिया कप नखेल्ने भएको जानकारी प्राप्त भएको छ । यूएईमा हुने टि–१० लिग र इमर्जिङ कपको मिति जुधेकोले पारस र सन्दीप इमर्जिङ एसिया कप खेल्न नसक्ने भएका हुन् । आबुधाबीमा हुने टि–१० लिगमा उनीहरुले अनुबन्ध भएका..

    तेस्रो टी२० क्रिकेट : न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

    मंगलवार, कार्तिक १९, २०७६ साल
    नेल्सन, १९ कात्तिक रासस/एएफपी न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ ।  पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ । न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको..

    नेपाली क्रिकेट टिमसँग इंग्ल्याण्डको एमसीसी ५ विकेटले पराजित

    सोमबार, कार्तिक १८, २०७६ साल
    काठमाडौं, १८ कात्तिक ।  विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लव इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब अर्थात् एमसीसी विरुद्ध सोमबार भएको खेलमा नेपाली टिम ५ विकेटले विजयी भएको छ । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३८ ओभरमै मात्र ५ विकेटको क्षतीमा पुरा गरेको हो ।   नेपालको यस अभूतपूर्व जीतमा पशरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, पवन शर्राफ, ललित राजवंशी..

    एमसीसीद्वारा नेपालको यु–१९ क्रिकेट टिम ३८ रनले पराजित

    आईतवार, कार्तिक १७, २०७६ साल
    काठमाडौं, कात्तिक १७ नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले पहिलो खेलमा नेपालको १९ वर्षमुनिको राष्ट्रिय टिममाथि जित हासिल गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल ३८ रनले पराजित भएको हो । खेलमा ३३५ रनको फराकिलो चुनौती पछ्याएको नेपालले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा २९६ रन बनायो । विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले ५२ तथा कप्तान..

    नेदरल्यान्ड्सले जित्यो विश्वकप छनोटको उपाधि, यि देशले पाए प्रवेश !

    आईतवार, कार्तिक १७, २०७६ साल
    १७ कात्तिक, काठमाडौं ।  नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति यूएईमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो । १२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेदरल्यान्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट..

    नेपाल आइपुग्यो बेलायती क्रिकेट क्लब 'एमसीसी'

    शनिबार, कार्तिक १६, २०७६ साल
    काठमाडौँ, १६ कात्तिक इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टोली शनिबार नेपाल आइपुगेको छ । विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–ट्वेन्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल्नका लागि नेपाल आएको हो । एक साता नेपालमा रहने सो टिमले पोखरामा स्थानीय क्लबसँग पनि दुई खेल खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ । नेपाली क्रिकेट विकासका लागि तयार गरेको..

    अर्जेण्टीनी कप्तान लियोनल मेस्सी प्रतिबन्ध मुक्त

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    काठमाडौँ, १५ कात्तिक  कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति कारण प्रतिबन्धमा परेका अर्जे्िन्टनी कप्तान लियोनल मेस्सी प्रतिबन्धबाट मुक्त भएका छन् । राष्ट्रिय टिममाथीको प्रतिबन्ध हटेसंगै उनी अर्जे्िन्टनाको टिममा फर्किएका छन् । गत जुलाई ६ मा कोपो अमेरिका कपमा भ्रष्टाचार भएको अभिव्यक्ति दिएका कारण उनले आफ्ना अन्तराष्ट्रिय चार खेल खेल्न पाएका थिएनन् । कोपा अमेरिकाले मेस्सीको अभिव्यक्ति गहिरो खेद भन्दै अन्तराष्ट्रिय खेल खेल्नबाट तीन..

    नेपाललाई इमर्जिङ एसिया कप खेल्ने अवसर, पहिलो खेलमै भारतको सामना

    बिहिवार, कार्तिक १४, २०७६ साल
    काठमाडौं, १४ कात्तिक  नेपालले बंगलादेशमा हुने इमर्जिङ एसिया कप क्रिकेट खेल्ने अवसर पाएको छ । युएईले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो । एसियाली क्रिकेट परिषद् (एसीसी)ले बिहीबार खेलतालिका सार्वजनिक गर्दैै यही कात्तिक २८ देखि मंसिर ७ गतेसम्म प्रतियोगिता हुने जनाएको हो । प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’मा भारत, बंगलादेश र हङकङ रहेका छन् । त्यस्तै, समूह ‘ए’मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान..

    इंग्ल्याण्डको एमसीसीविरुद्ध खेल्ने नेपाली क्रिकेट टोली घोषणा

    बिहिवार, कार्तिक १४, २०७६ साल
    काठमाडौँ, १४ कात्तिक इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन वटा फर्म्याटमा सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले तीन वटै फर्म्याटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम घोषणा गरेको । एक दिवसीय, टी-२० र तीन दिवसीय क्रिकेटका लागि तीन वटा टिम घोषणा गरिएको छ । २३ जना खेलाडीले तीन वटा फर्म्याटको प्र तीनै फरम्याटमा खेल्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल,..

    नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल नियुक्त

    बुधबार, कार्तिक १३, २०७६ साल
    काठमाडौं, १३ कात्तिक  पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई नेपाल क्रिकेट संघ(क्यान) ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ । अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए । संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान..

    बंगलादेशी क्रिकेटर सकिब अल हसनमाथि लाग्यो दुई वर्षे प्रतिबन्ध

    बुधबार, कार्तिक १३, २०७६ साल
    काठमाडौं, १२ कात्तिक बंगलादेशका टेष्ट र टी-२० कप्तान सकिब अल हसनमाथि दुई वर्षको प्रतिबन्ध लागेको छ । सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल -आईसीसी)ले उनीमाथि दुई वर्षसम्म क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको हो । यद्यपि उनको प्रतिबन्ध मध्ये एक वर्ष निलम्बित रहेनेछ । र, उनी २९ अक्टोबर २०२० मा क्रिकेट खेलमा र्फकन सक्ने..

    बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा

    मंगलवार, कार्तिक १२, २०७६ साल
    काठमाडौँ, १२ कात्तिक बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू-१९ टिम घोषणा भएको छ । डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिइएको छ । टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् ।  यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर..

    पारस खड्का कप्तानको रूपमा फर्कने सम्भावना कति ?

    मंगलवार, कार्तिक १२, २०७६ साल
    काठमाडौँ, ११ कात्तिक नेपाली क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएको पारस खड्काको बारेमा चाँडै नै नेपाल क्रिकेट संघ क्यानले छिनोफानो गर्ने महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । सामाजिक सञ्जालमा आफूले कप्तानी पद त्यागेको घोषणा गरेपछि सबैलाई स्तब्ध बनाएका पारसको आधिकारिक भनाइ क्यानमा नआएको भन्दै नेपाल क्रिकेट संघले राजीनामाका बारेमा प्रस्ट पार्न भन्दै पत्र पठाएको थियो । त्यसको जवाफमा पारसले इमेलमार्फत क्यानलाई आफ्नो राजीनामाका बारेमा..

    आईसीसीको नयाँ टी-२० वरीयता: नेपाल १२औँ स्थानमा उक्लियाे

    सोमबार, कार्तिक ११, २०७६ साल
    काठमाडाैं, ११ कात्तिक इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १ सय ८९ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । यसअघि नेपाल भन्दा अघि रहेका दुई..

    पारस खड्काले टी १० लिग खेल्ने पक्का, पारिश्रमिक पारसको भन्दा सन्दीपको तेब्बर !!

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    काठमाडौं, कात्तिक ८  । नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । १० वर्ष नेपाली टिमकाे कप्तानी गरेका पारस पहिलाे पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका हुन् । टी-२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लाे नेपाली खेलाडी पारसले करियरमा अर्काे फड्काे मारेका छन् । यूएईमा अर्को महिना हुने टी १० मा पारस अवुधावी टिमबाट खेल्ने छन्..

    आईपीएल अक्सनमा पारस खड्काको चर्चा, 'स्पोटर्स क्रिडा' यसो भन्छ !

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० को तयारी शुरु भएको छ ।  बजेटको बढोत्तरीसँगै सवै टीमले राम्रो खेलाडी अनुबन्धित गर्ने तयारी समेत गरेको छ । यस पटक एसोसियट राष्ट्रका बिस्फोटक तीन खेलाडीमा सवै टीमको नजर परेको भारतीय सञ्चार माध्यम स्पोटर्स क्रिडाले विश्लेषण गरेको छ । फ्रेन्चाइजी खेलमा बिस्फोटक ब्याटिङ गरेका तीन ब्याट्सम्यानमा नेपालका निवर्तमान कप्तान पारस खड्काबारे समेत चर्चा गरेको छ..

    वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवनलाई

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौँ, ७ कात्तिक चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) टि–२० प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल खेलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौँलाई ४५ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै चितवनले रु सात लाख पुरस्कार प्राप्त गर्यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको काठमाडौँले रु तीन लाख हात पार्यो । चितवनले दिएको ११३ रनको..

    सुमनको उत्कृष्ट प्रदर्शनमा चितवन बन्यो च्याम्पियन

    बिहिवार, कार्तिक ७, २०७६ साल
    काठमाडौं, कार्तिक ७ ।  सुमन खतिवडाको अलराउण्ड प्रदर्शनसँगै चितवन राइनोजले वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ । चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंमाथि ४५ रनको नतिजा निकाल्दै चितवनले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४..

    तेस्रो मिनेटमा गोल गर्दै मेस्सीले बनाए नयाँ रेकर्ड, बार्सिलोनाको जित

    बिहिवार, कार्तिक ७, २०७६ साल
    एजेन्सी,  ७ कात्तिक  ।  बुधबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले चेक क्लब साल्भिया परागलाई २–१ गोल अन्तरले पराजित गरेको छ। स्टार खेलाडी लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउँदा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको हो ।  साल्भियाविरुद्ध खेलको तेस्रो मिनेटमा गोल गर्दै मेस्सी इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले च्याम्पियन्स लिग सिजन सन्..

    बालोन डी’ओरको सूची सार्वजनिक : मोड्रिच र नेयमार परेनन्, यि हुन ३० खेलाडी !

    मंगलवार, कार्तिक ५, २०७६ साल
    काठमाडौँ, ५ कात्तिक । फिफाले सोमबार राति सार्वजनिक गरेको बालोन डी’ओरको प्रारम्भिक सूची सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वाधिक ठूलो अवार्ड बालोन डी’ओरमा  ३० जनाको प्रारम्भिक सूचीमा साविक विजेता लुका मोड्रिच र स्टार खेलाडी नेयमारले स्थान बनाउन असफल भएका छन् । यता लिभरपुलका सात खेलाडीले प्रारम्भिक सूचीमा स्थान बनाएका छन् । च्याम्पियन्स लिगको साविक विजेता लिभरपुलका एलिसन बेकर, भर्जिल भान डायक, मोहमद..

    पहिलो संस्करणको ‘द हन्ड्रेड’मा सन्दीप छनोट, डेढ करोड पारिश्रमिकमा अनुबन्ध

    सोमबार, कार्तिक ४, २०७६ साल
    काठमाडौँ, ४ कात्तिक नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका छन् । आइतबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख रुपैयाँमा ओभल इनसिभल्सले सन्दीपलाई अनुबन्ध गरेको हो । सन्दिपको टिममा रहेका चर्चित खेलाडीहरुमा टोम कुरान, रेली रोस्वो, साम कुरान, जेसोन रोय, सुनील नारान, साम बिलिङ लगायत छन्..
    Results 1657: You are at page 1 of 56
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 Next Last
    Weather Forecast