सोमबार, कार्तिक ४, २०७६

    मुभी-थिएटर

    सञ्जु फिल्मपश्चात के अब रणवीर कपुर र सञ्जय दत्त सँगै काम गर्दैछन् ?

    बुधबार, आषाढ २०, २०७५ साल
    एजेन्सी, २० असार  रणवीर कपुर र सञ्जय दत्तको फिल्म कनेक्शन हुनु भन्दा पहिल्यैबाट चर्चा भईरहेको छ । अब यो जोडी एक ठुलो फिल्ममा सँगै देखिने भएका छन् । सञ्जु फिल्मपश्चात रणवीरको आगामी फिल्म ‘शमशेरा’ हो । यो फिल्ममा मुन्नाभाई सञ्जय दत्तले पनि साइन् गरेका छन् । यो फिल्म २०२० को जुलाई ३१ तारिखबाट दर्शकमाझ रिलिजमा आउँनेछ । यशराज ब्यानरले आफ्नो आगामी फिल्मको..

    अक्षयले गरे ‘ट्वाइलेट-२’ को घोषणा, बाँकी स्टारकास्ट चयन गर्न बाँकी

    मंगलवार, आषाढ १९, २०७५ साल
    एजेन्सी, १९ असार  वर्ष २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘ट्वाइलेट-एक प्रेम कथा’ ले बक्सअफिसमा सानदार कलेक्सन गरेको थियो । यो फिल्मको सक्सेसपछि अब अक्षय कुमारले यसको दोस्रो सिक्वेलको घोषणा गरेका छन् । उनले ट्विटरमार्फत फिल्मको घोषणा गर्दै लेखेका छन्, 'अबको तयारी अर्को ब्लकबस्टर मिसन ‘ट्वाइलेट-२’ का लागि । यसपटक बदलिनेछ पूरा देश । चाँडै आउँदैछु ।' अक्षय कुमारले एक सर्ट भिडियो पनि..

    आइतबार ‘सञ्जु’ले कमायो ४७ करोड, तोडियो ‘बाहुवली २’को रेकर्ड

    सोमबार, आषाढ १८, २०७५ साल
    एजेन्सी, १८ असार बलिउडमा केही चलचित्र असफल हुँदैमा कलाकारको करिअर सकिदैन । यसको राम्रो उदाहरण बनेका छन्, नायक रणवीर कपुर । लगातार असफल चलचित्र दिएपछि रणवीर कपुरको करिअर सकिएको चर्चा हुन थालेको थियो । तर, शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सञ्जु’ले रेकर्डतोड कमाई मात्र गरेको छैन, रणवीर कपुरलाई अबको सुपरस्टारको बाटोमा समेत दौडाइदिएको छ । यो चलचित्रले ३ दिनमै १ सय करोडको आँकडा पार..

    ‘सञ्जु’ले पहिलो दिन कमायो ३४ करोड, कस्तो छ फिल्म ?

    आईतवार, आषाढ १७, २०७५ साल
    एजेन्सी, १७ असार  बलिउडका विवादित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जुले पहिलो दिन सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मले विश्वव्यापी बजारमा ३४ करोडभन्दा बढि कमायो । यो वर्ष भारतमा रिलिज भएका चलचित्रहरुमध्ये पहिलो दिनको सर्वाधिक कमाई सञ्जुले गरेको हो । यसअघि रेस ३ ले पहिलो दिन २९ करोड कमाएको थियो भने ३ दिनमा सय करोडको विजनेस गरेको थियो । सञ्जुले..

    अर्जेन्टिना समर्थक शाहरुखले भने : ‘म्याराडोनाले मेरो प्रेसर बढाइदिए’

    बिहिवार, आषाढ १४, २०७५ साल
    एजेन्सी, १४ असार अहिले विश्वभर विश्वकपको राैनक छाएकाे छ । अाम नागरिकदेखि सेलिब्रिटीहरु सबैले अाफूलार्इ मन पर्ने टिमलार्इ समर्थन गरीरहेका छन् । भारतमा क्रिकेटजस्तो फुटबलकाे क्रेज नभएपनि केहि नागरिकहरू र सेलिब्रिटीहरु भने फुटबलका फ्यान छन् । जसमध्ये एक सेलिब्रिटी हुन् शाहरुख खान । उनकाे समर्थन भने अर्जेन्टिनालाई छ । मेसीका फ्यान हुन् शाहरूख । मंगलबार राति अर्जेन्टिना र नाइजेरियाबीचको निर्णायक खेलमा अर्जेन्टिनालाई..

    अनुष्काले रणबीरसँग सोधीन् - तिम्रो आफ्नो श्रीमती बाहेक कति जनासँग शारीरिक सम्वन्ध थियोे ?

    बिहिवार, आषाढ १४, २०७५ साल
    एजेन्सी, १४ असार संजय दत्तको बायोपिक ‘संजू’मा बोलिएको एउटा डायलगलाई लिएर रणबीर कपूर र अनुष्का शर्मा विरुद्ध महिला आयोगमा उजुरी परेको छ। उजुरीकर्ताहरुका अनुसार फिल्ममा रणबीर अनुष्काले एउटा सीनमा यौनकर्मीहरुलाई अपमानजनक शब्द प्रयोग गरेका छन् । उनीहरूका अनुसार संजूुको ट्रेलरको एक सीनमा अनुष्का रणबीरसँग सोध्छिन्, ‘तिम्रो आफ्नो श्रीमती बाहेक कति जनासँग शारीरिक सम्वन्ध थियोे ?’ जवाफमा रणबीर बोल्छन्, ‘यौैनकर्मीलाई छाडेर ३०८ जना..

    फिल्मपछि टीभीमा पनि फ्लप हुँदै सलमान, ‘दसका दम’ मा देखिएन दम

    बुधबार, आषाढ १३, २०७५ साल
    एजेन्सी, १३ असार बलिउड नायक सलमान खानको फ्यान फलोइङ यति चर्को छ कि उनको नामैले जुनसुकै फिल्म सुपरहिट हुन्छ । अहिले प्रदर्शन भइरहेको फिल्म ‘रेस ३’ कै कुरा गर्दा पनि समिक्षकहरुले रद्दी भन्दाभन्दै पनि फिल्मले सयौं करोडको कमाई गरिसकेको छ, सिर्फ सलमानको बलमा । खैर फिल्मको व्यापार अहिले भने ओरालो लागिसकेको छ । सलमान फिल्ममा मात्रै सिमित छैनन्, टेलिभिजन प्रस्तोताको रुपमा पनि..

    ‘दबंग ३’को तयारीमा सलमान, तर फ्यान भन्छन्-‘यस्तो वाहियात फिल्म नगर’

    मंगलवार, आषाढ १२, २०७५ साल
    एजेन्सी, १२ असार  चलचित्र ‘रेश ३’ भारतीय बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि नायक सलमान खानका फ्यानहरु निराश भएका छन् । गतबर्षको इदमा ‘ट्यूबलाइट’ र यो बर्षको इदमा ‘रेश ३’ असफल भएपछि सलमानको क्रेज घट्न थालेको विश्लेषण गरिएको छ । तर, सलमानले गलत चलचित्र रोज्दा यस्तो परिणाम आएको टिप्पणी पनि गरिन्छ । अब, उनै सलमान खान ‘दबंग ३’ को तयारीमा लागेका छन्..

    बलिउड अभिनेता जोन अब्राहम र अक्षय कुमार भिड्दै, कसले बाजी मार्ला ?

    सोमबार, आषाढ ११, २०७५ साल
    एजेन्सी, ११ असार  अभिनेता जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते’ र अर्का बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गोल्ड’ एक साथ दर्शकमाझ रिलिजमा आउने भएका छन् । जोन र अक्षय दुवै अभिनेताको फिल्म आगामी अगष्ट १५ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ । ‘गोल्ड’ फिल्मको पोष्टर रिलिज गरिएपछि जोनको फिल्म ‘सत्यमेव जयते’को पाि पोष्टर रिलिज गरिएको छ । साथै पछिबाट अक्षयको फिल्म ‘गोल्ड’को अर्को पोष्टर पनि..

    ‘मुगल-ए-आजम’ जस्तो सिनेमामा काम गर्न चाहन्छु : रणबीर कपूर

    शुक्रबार, आषाढ ८, २०७५ साल
    एजेन्सी, ८ असार बलिउडका रक स्टार रणबीर कपूर निकै चर्चामा छन् । उनी सुपरहिट सिनेमा ‘मुगल–ए–आजम ‘ जस्तो सिनेमामा काम गर्न चाहन्छन् । ६० को दशकमा सर्वाधिक सफल सिनेमामा दरिएको मुगल–ए–आजम आज पनि मानिसहरुका बीच निकै लोकप्रिय छ । सिनेमामा अभिनय सम्राट दिलीप कुमार, मधुबाला, र पृथ्वीराज कपूरले महत्वपूर्ण भूमिकामा अभिनय गरेका थिए । सिनेमामा पृथ्वीराज कपूरले अकबरको भूमिकामा आफूलाई प्रस्तुत गरेर..

    सुजय घोषको आगामी क्राइम थ्रिलर फिल्ममा अमिताभ र शाहरुखले एकैसाथ काम गर्दै !

    बुधबार, आषाढ ६, २०७५ साल
    एजेन्सी, ६ असार  फिल्ममेकर सुजय घोषको फिल्ममा अमिताभ बच्चन र शाहरुख खान एक साथ आउने भएका छन् । सुजय घोषको फिल्म ‘बद्ला’मा अमिताभ र शाहरुखसँगै आउन लागेका हुन् । यो एक क्राइम थ्रिलर फिल्म हो । तर यो फिल्ममा शाहरुख खानले अभिनय भने गर्ने छैनन् । उनी एक निर्माताको रुपमा आउने छन् । यो फिल्ममा ताप्सी पन्नु पनि रहेकी छन् । सुजय..

    शुक्रबार रिलिज भएको रेस ३ को नेपाल मूल्य २ करोड ४० लाख

    मंगलवार, आषाढ ५, २०७५ साल
    काठमाडौं, ५ असार शुक्रबार रिलिज भएको बलिउड अभिनेता सलमान खान अभिनित 'रेस ३'को नेपाल वितरण अधिकारलाई २ करोड ४० लाख मिनिमम ग्यारेन्टी एमजी' बुझाइएको छ। नेपाल वितरण अधिकार खरिद गरेको गोपीकृष्ण इन्टरटेन्मेन्टका निरज पौडेलले सो कुराको पुष्टि गरे। यस सम्झौता अन्तरगत फिल्म नचलेपनि उक्त रकम सलमान खानलाई तिर्नुपर्नेछ। 'रेस ३'मा सलमान बाहेक अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम आदिको..

    कसले गर्यो सलमान खान अभिनीत चलचित्र 'रेस ३' फेसबुकमा लिक ?

    सोमबार, आषाढ ४, २०७५ साल
    एजेन्सी, ४ असार एक्सनले भरपूर मल्टिस्टारर फिल्मको डबिङ प्रिन्टलाई फेसबुकका कैयौं प्रयोगकर्ताले अपलोड गरिदिएका छन्। फिल्मलाई कैयौं ग्रुप र अन्य प्रयोगकर्ताले सेयर गरेका छन्। इदको अवसरमा रिलिज भएको खानको नयाँ फिल्म रेस ३ ले भारतीय बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ। उसले दुई दिनमै ६७ करोड भारतीय रूपैयाँ बटुलिसकेको छ। यसैबीच सोसल मिडियाबाट सार्वजनिक भएको उक्त फिल्मको ब्यापारमा असर गर्ने देखिएको छ।  फिल्मले रिलिजको..

    फेरी मुद्दामा तानिए सलमान खान, पैसा लिएर पनि कन्सर्ट नगरेको आरोप

    आईतवार, आषाढ ३, २०७५ साल
    एजेन्सी, ३ असार  नेपालमा गत वर्ष आयोजना हुने भनिएको बलिउड नायक सलमान खानको कन्सर्ट अहिलेसम्म हुन सकेको छैन । दुईपटक मिति तय भएर पनि कन्सर्ट स्थगित भएको छ । जबकि सलमान र उनको टिमले एडभान्सका रुपमा करोडौं रकम लगिसकेका छन् । ठिक यस्तै केसमा अमेरिकाको एउटा कम्पनीले सलमानसहित थुप्रै सेलिब्रिटीहरुलाई अदालतमा तानेको छ । नेपाली गायक उदितनारायण झा पनि यसमा मुछिएका छन्..

    पार्टीमा रणवीर कपुरको बेइज्जत गरेका सञ्जय दत्त अब उनकै प्रशंसक !

    शुक्रबार, आषाढ १, २०७५ साल
    एजेन्सी, १ असार  केही समयअगाडि बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो घरमा एउटा पार्टी राखेका थिए । त्यतिबेला भर्खरै ‘सञ्जु’ फिल्मको घोषणा भएको थियो र रणवीर कपुर शिर्ष भूमिकाका निम्ति अनुवन्धित भएका थिए । पार्टीमा रणवीरलाई पनि निम्त्याएका थिए सञ्जयले । तर, आफैंले निम्त्याएको पाहुनालाई उनले सबैका बीचमा अपमानजनक व्यवहार गरे । सञ्जु फिल्ममा उनको छनोटलाई लिएर सञ्जयले रणवीरको धज्जी उडाए । ‘सुन्दैछु, तिमीले..

    हेर्नुहोस् कसरी सलमान खानको काखमा बसे साहरुख खान (भिडियो सहित)

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    एजेन्सी, ३१ जेठ  यो बर्षकै प्रतिक्षित बलिउड चलचित्र ‘जिरो’को ‘इद टिजर’ सार्वजनिक गरिएको छ । इदको अवसर पारेर चलचित्रको अर्को टिजर रिलिज गरिएको छ । यो टिजरमा बलिउडका दुई चर्चित सुपरस्टार साहरुख खान र सलमान खान देखिएका छन् । तर, टिजरमा साहरुख खानलाई होचो व्यक्तिको भूमिकामा देख्न सकिन्छ । आनन्द एल रायको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ बाट रिलिज हुँदैछ ।..

    'रेस ३'को नेपाल वितरण २ करोड ४० लाख एमजीमा गोपीकृष्ण इन्टरटेन्मेन्टले किन्यो (भिडियो सहित)

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    काठमाडौँ, २९ जेठ  शुक्रबार रिलिज हुने बलिउड अभिनेता सलमान खान अभिनित 'रेस ३'को नेपाल वितरण अधिकारलाई २ करोड ४० लाख मिनिमम ग्यारेन्टी (एमजी' बुझाइएको छ। नेपाल वितरण अधिकार खरिद गरेको गोपीकृष्ण इन्टरटेन्मेन्टका निरज पौडेलले सो कुराको पुष्टि गरे। यस सम्झौता अन्तरगत फिल्म नचलेपनि उक्त रकम सलमान खानलाई तिर्नुपर्नेछ। पौडेलले ट्रेलरले राम्रो चर्चा बटुलेकाले फिल्मले सो लगानी उठाउनेमा आफू ढुक्क रहेको बताए।  फिल्म नेपालका..

    दिपक र दीपाको ‘छक्का पन्जा-३’मा स्वस्तिमा खड्काको इन्ट्री

    सोमबार, जेष्ठ २८, २०७५ साल
    काठमाडौं,२८ जेठ अहिले ‘छक्का पञ्जा’को तेस्रो सिक्वेल फिल्म ‘छक्का पञ्जा ३’ को सुटिङ भईरहेको छ । दोस्रो सिक्वेल फिल्म ‘छक्का पन्जा २’मा लीड रोलमा काम गरेकी अभिनेत्री स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी छन् । भर्खरै अभिनेत्री खड्काको ‘छक्का पन्जा ३’मा इन्ट्री भएको हो । निर्देशक दिपाश्रीका अनुसार यो फिल्मको एउटा गीतमा स्वस्तिमालाई देख्न सकिनेछ । साथै फिल्मको केही दृश्यमा..

    बलिउड अभिनेता सलमान खानको हत्या गर्ने योजनामा रहेका डन पक्राउ

    आईतवार, जेष्ठ २७, २०७५ साल
    एजेन्सी, २७ जेठ  बलिउड अभिनेता सलमान खानको हत्याको योजनामा रहेका मोस्ट वान्टेड डन सम्पत नेहरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्यक गतिविधिहरुलाई निगरानी गरिरहेका थिए । सलमानलाई मार्ने योजनाअुनसार मुम्बई गएर उनले सलमानले आउजाउ गर्ने स्थानदेखि लिएर उनका ‘बडी गार्ड’ का बारेमा पनि जानकारी लिइसकेका..

    सलमान खानले भने, ‘सञ्जुमा सञ्जय दत्त आफैले आफ्नो रोल प्ले गर्नुपर्थ्यो’

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    एजेन्सी, २५ जेठ अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ जुन २९ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको भुमिकामा अभिनय गरेका छन् । यो फिल्ममा रणवीरले सञ्जय दत्तको २० वर्षको उमेर देखि ५८ वर्षको उमेरसम्मको लुक्स बनाएका छन् । यसै लुक्सका कारण अहिले रणवीरको निकै चर्चा भईरहेको छ, तर यो विषयमा अर्का अभिनेता सलमान खानले भने आफ्नो..

    बलिउड चलचित्र ‘सन्जु’को पोष्टरमा नेपाली अभिनेत्री मनिषा अटाएपछि …

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    एजेन्सी, २४ जेठ  बलिउड निर्देशक राजकुमार हिरानीले आफ्नो फिल्म ‘सन्जु’ को नयाँ नयाँ पोष्टर हरेक दिन सार्वजनिक गरिरहेका छन् । उनले सार्वजनिक गरेको पछिल्लो पोष्टरमा रणवीर कपुर र मनिषा कोइरालालाई देखाइएको छ । फिल्ममा मनिषाले रणवीरकी आमा नरगिसको भूमिका निभाएकी छिन् । पोष्टरमा उनी पहिलोपटक देखिएकी हुन् । सञ्जुको ट्रेलरमा मनिषालाई खासै स्थान दिइएको छैन । सञ्जु फिल्ममा मनिषाको महत्वपूर्ण भूमिका रहेको अनुमान..

    साउथ इन्डियन अभिनेता रजनिकान्तमाथि सय करोडको मानहानी मुद्दा !

    बुधबार, जेष्ठ २३, २०७५ साल
    एजेन्सी, २३ जेठ  अभिनेता रजनीकान्त अभिनित चलचित्र काला आउँदो शुक्रवार जुन ७ बाट रिलिज हुर्दैछ । तर यति बेला चलचित्र कानुनी झमेलामा परेको छ । बिशेषत चलचित्रका मुख्य कलाकार रजनीकान्तलाई जवाहर नाडर नाम गरेका एक पत्रकारले मानहानीको मुद्दा हालेका छन् । उक्त पत्रकारले चलचित्रमा रजनीकान्तले निर्भाह गरेको भूमिका आफ्नो पिता थिरावीयम नाडरको वास्तिबिक जीवनमा मेल खाएको भन्दै मुद्दा हालेका हुन् ।..

    २ करोड ५२ लाख नक्कली नोट काण्ड : चलचित्र निर्माता वाग्लेले नक्कली नोट छपाएको स्वीकारे

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौं, २२ जेठ  तीन साता अघि फिल्म निर्माता माधब वाग्लेको कोठाबाट २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो भने नेपाल राष्ट्र बैंकले सो नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । अहिले यसै नक्कली नोट काण्डमा मुछिएका फिल्म निर्माता वाग्लेले गरेको नक्कली नोटको कारोबार विषयमा अनुसन्धान सकाएको छ। तीन साता अघि मात्रै निर्माता वाग्लेको कोठाबाट..

    बलिउड अभिनेत्री आलियाले बढाइन अाफ्नाे पारिश्रमिक

    सोमबार, जेष्ठ २१, २०७५ साल
    एजेन्सी, २१ जेठ  पछिल्लाे समय निकै चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्टले अाफ्नाे पारिश्रमिक बढाएकी छिन् । उनले खेलेका फिल्म एकपछि अर्काे गर्दै हिट हुन थालेपछि उनले अाफ्नाे पारिश्रमिक बढाएकी हुन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार, बक्स अफिसमा लगातार आम्दानी गरिरहेको उनकाे पछिल्लाे फिल्म ‘राजी’को सफलताले उनी उत्साहित छिन् । यही कारण आलिया भट्टको ‘स्टारडम’ मात्रै बढेकाे छैन, उनले आफ्नो पारिश्रमिक पनि..

    अनमोलको नयाँ फिल्मको नाम जुर्‍यो, ' ब्याचलर बन्टी' हुनेछ नाम

    आईतवार, जेष्ठ २०, २०७५ साल
    एजेन्सी, २० जेठ  अभिनेता अनमोल केसीलाई महँगो पारिश्रमिक तिरेर अनुबन्धित गरिएको र मिलन चाम्सको निर्देशनमा बन्ने फिल्मको नाम जुराइएको छ। फिल्मको नाम 'ब्याचलर बन्टी' राखिएको छ। हाललाई अनमोल मात्र फाइनल गरिएको फिल्मका लागि नायिकाको खोजी भइरहेको छ। प्रदीप भारद्वाजले लेखन रहेको फिल्म फागुन १७ मा प्रदर्शन गरिने निर्माण पक्षको लक्ष्य छ । ‘ब्याचलर बन्टी’को सम्पूर्ण छायाँकन युरोपमा हुनेछ । चाम्स इन्टरटेनमेन्ट र सुदिप खड्का..

    हजुरलाई थाहा छ ! अभिनेता सञ्जय दत्तले जेलमा आत्महत्याको प्रयास गरेका थिए

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    एजेन्सी, १८ जेठ चर्चित नायक हुन् बलिउड अभिनेता सञ्जय दत्त । यीनै नायककाे जीवनमा अाधारित भएर बनाएकाे फिल्मकाे ट्रेलर सार्वजनिक भएकाे छ । भनिन्छ अभिनेता सञ्जय दत्तले जेलजीवन बिताउने क्रममा आत्महत्याको प्रयास गरेका थिए । हालै सार्वजनिक भएकाे उनको जीवनीमा आधारित फिल्मको ट्रेलरले पनि यसै भन्छ। मुम्बई बम विस्फोटन काण्डमा उनी जेल परेका थिए । लामो सयम जेलजीवन बिताएका सञ्जय दत्तकाे जीवनीमा आधारित..

    मैले एकदिन बिदा बस्दा धेरैको जागीर गुम्छ, त्यसैले म बिदा नबसी काम गर्छु : सलमान खान

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    मुम्बई, १७ जेठ  बलिउड अभिनेता सलमान खान १० वर्षपछि टेलिभिजन शो ‘दश का दम’ लिएर आएका छन्। सोमबार राति शो को लञ्च गर्दै सलमानले आफ्नो अनुभव शेयर गरेका छन्। पिता सलीम खानको प्रेरणामा आफू टेलिभिजनमा फर्किएको बताउँदै सलमानले आफूले विदा नलिई निरन्तर काम गर्ने गरेको सुनाए। छुट्टी विना हरेक दिन काम गर्दै आएका सलमानले यसबारे आफ्नो अनुभव सुनाउँदै भने– मेरो बुझाई यो..

    बलिउडका प्रख्यात हस्ती करन जोहर र डिजाइनर मनिष मल्होत्रा समलिंगी सम्बन्धमा रहेको आशंका !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    एजेन्सी, १६ जेठ  बलिउड फिल्म निर्माता करन जोहर र भारतीय डिजाइनर मनिष मल्होत्राबीचको सम्बन्ध फेरि चर्चामा अाएकाे छ । यी दुइले सार्वजनिक रुपमा आफूहरु रिलेसनसीपमा नभएको बताइसकेका भएपनि मनिषले करनको जन्मदिनमा दिएकाे शुभकामनाले पुनः यी दुईबीचको सम्बन्धले भारतीय मिडियामा स्थान पाएकाे छ । मे २५ तारिखमा करन जोहरको जन्मदिनमा मनिषले एउटा फोटो पोष्ट गरेका थिए । फोटोको क्याप्सनमा उनले लेखे, ‘जन्मदिनको धेरैभन्दा धेरै शुभकामना मेरा निकै..

    ‘हेराफेरी’को तेस्रो श्रृखंला बन्ने: मूख्य भूमिकामा अक्षय, सुनिल र परेश नै दोहोरिंदै !

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    एजेन्सी, १५ जेठ  ‘कमेडी अफ एरर्स’का लागि जानिएको चर्चित बलिउड कमेडी फ्रान्चाइज ‘हेराफेरी’को तेस्रो श्रृखंला बन्ने पक्का भएको छ। तेश्रो श्रृखंलामा पनि पहिलो श्रृखंलादेखि निरन्तर रहेका अक्षय कुमार, सुनिल शेट्टी तथा परेश रावलले अभिनय गर्नेछन्। मुम्बई मिररले फिल्मसँग निकट रहेका श्रोतको हवाला दिंदै लेखेको समाचारमा गत महिना फिल्म बनाउने पक्का भएको समाचार छापेको छ। समाचारका अनुसार फिल्मको सुटिङ डिसेम्बर र फेब्रुवरीको बिचमा गरिनेछ। त्यस्तै निर्माण..

    बलिउड सुपरस्टार जोन अब्राहम सुटिङका लागि नेपाल आउँदै ?

    सोमबार, जेष्ठ १४, २०७५ साल
    एजेन्सी, १४ जेठ  बलिउड अभिनेता जोन अब्राहम नेपाल आउने भएका छन्। अजय कपुरले निर्माण गर्ने  नयाँ फिल्म ‘आरएडब्लु-रोमियो अकबर वाल्टर’ फिल्मको सुटिङ नेपालमा पनि हुने भएकाले उनी सुटिङका लागि नेपाल आउने भएका हुन्। ६० दिने सुटिङ तालिकासहित फ्लोरमा जान लागेको सो फिल्मको महत्वपूर्ण भाग भारतको गुजरात, जम्मु कश्मिर तथा नेपालका केहि शहरहरूमा छायाँकन गरिने भएको छ । फिल्मको सुटिङ जुनको पहिलो साता गुजरातबाट सुरू..
    Results 516: You are at page 10 of 18
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last
    Weather Forecast