मंगलवार, कार्तिक ५, २०७६

    लाइफस्टाइल

    नेपालीको सरदर आयु वि.सं. २०७७ सम्म ७३ वर्ष पुर्याउने सरकारको लक्ष्य

    मंगलवार, कार्तिक ६, २०७५ साल
    काठमाडौँ, ६ कात्तिक नेपालीको सरदर आयु विसं २०७७ सम्म ७३ वर्ष पुर्याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको छ । प्रतिवेदनमा विसं २०७३ मा आयु ६९ वर्ष रहेको जनाइएको छ । पछिल्लो समय नवजातशिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा..

    दशैं: रित्तिँदै गाउँ, भरिँदै शहर, सवारीसाधनलाई यात्रु ओसार्न भ्याइ–नभ्याइ

    सोमबार, कार्तिक ५, २०७५ साल
    पोखरा, ५ कात्तिक विजयादशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ । दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका लगाउने गर्दछन् । विजयादशमीकै दिन टीका लगाउने प्रचलनका कारण यी जिल्लामा उक्त दिन मध्यरातसम्म नै मानिसको आवजजावत..

    पछिल्लो समय युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढ्दो !

    सोमबार, असोज २९, २०७५ साल
    काठमाडौँ, २९ असोज पछिल्लो समय युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ ।  सात बालबालिकामध्ये एक तथा युवायुवतीमा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । तर “कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिकरुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन । मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवं..

    नेवार समुदायको मौलिक पर्व मोहनी नख, जीवनशैली संग जोडिएको यस्तो परम्परा !

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज वाङ्गु लप्ते तुयु बजी  हाकु मुस्या क्या मज्जा  पालु छोय्ला द्यने ब्वया  न्हिला ख्वालँ झन् बाँला ।  (हरियो लपस सेतो चिउरा  कालो भटमास क्या मज्जा  पिरो छोयला माथितिर राख्दा  हाँसेको भावले झन् राम्रो)  यो नेवारी गीतको धुनसँगै नेवार समुदायमा मोहनी नखः शुरु भएको छ । हरियो पातको टपरीमा सेतो चिउरा, कालो भटमास देख्दा नै क्या मज्जा हुन्छ । त्यसमाथि ससाना काटिएका अदुवाको टुक्रा र मासु चिउरा..

    युवा विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि स्थानीय सरकारको युवा स्वरोजगार कार्यक्रम

    शुक्रबार, असोज २६, २०७५ साल
    रोल्पा, २६ असोज  युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् । गाउँ युवाबिहीन हँुदा विकास गतिविधिमा असर देखिन थालेपछि स्थानीयस्तरमै यस्तो कार्यक्रमको थालनी गरेको स्थानीय सरकारहरुले जनाएका छन् । व्यावसायिक कृषि तथा पशुपालनमार्फत गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्नका लागि परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु ३०..

    दुर्घटना न्यूनीकरण गर्नकालागि चालकलाई जुत्ता अनिवार्य लगाउनुपर्ने नियम

    बिहिवार, असोज २५, २०७५ साल
    भोजपुर, २५ असोज  जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो ।  जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो । जुत्ता नलगाई सवारी साधन चलाएमा सवारी अनुमतिपत्र निर्देशिकाअनुसार रु दुई हजार देखि पाँच हजारसम्म जरिवाना..

    दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने

    मंगलवार, असोज २३, २०७५ साल
    काठमाडौँ, २३ असोज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  यहाँ मंगलबार एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको सिर्जना गरी तिनले पाउनुपर्ने सेवासुविधा, सुरक्षा, अधिकार, सामाजिक तथा आर्थिक व्यवस्थापनलाई व्यवस्थित..

    नेपालको अर्थतन्त्रमा धानको महत्व, उत्पादन घट्दा जिडिपीमा असर !

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ ।  धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ । गत वर्षभन्दा यस वर्ष १० प्रतिशतले रोपाइँ बढी भएको छ..

    मनसुन बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्यो

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौँ, २१ असोज    बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ ।    मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ । आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक-दुई..

    दशैँ मनाउन घर फर्किदै नेपाली, भारतीय प्रहरीको गाली सहनुपर्छकी भन्ने डर !

    बिहिवार, असोज १८, २०७५ साल
    बाँके, १८ असोज  भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनि थकित देखिन्थे ।  उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । “कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डराइडराइ जमुनाहासम्म आइपुगेँ”,शाहीले भने । तर, जब उनि जमुनाहा..

    पाकिस्तानमा उत्पादित सामग्रीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा प्रदर्शनी ! (फोटोफिचर)

    बुधबार, असोज १७, २०७५ साल
    काठमाडौँ, १७ असोज पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन ।  पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना..

    ​मोदीका सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल, ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउने उद्देश्य

    मंगलवार, असोज १६, २०७५ साल
    पर्वत, १६ असोज  ज्येष्ठ नागरिकलाई दिउँसो पुनर्मिलन गराउनका लागि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ । मोदी गाउँपालिकाका सबै वडामा ज्येष्ठ नगारिक विश्रामस्थल बनाइने भएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाका सबै वडामा एक एक विश्रामस्थल बनाउन लागिएको जनाएको छ । विश्रामस्थल निर्माणको शुरुआत भने मोदी गाउँपालिका–५ बाजुङबाट गरिएको छ । अनुभव र..

    छाउपडी प्रथालाई न्यूनीकरण गर्न छात्रालाई सेनेटरी प्याड

    सोमबार, असोज १५, २०७५ साल
    अछाम, १५ असोज  छाउपडी प्रथालाई न्यूनीकरण गर्न र विद्यालय तहका छात्रालाई विद्यालयमा नियमित गराउनका लागि चौरपाटी गाउँपालिकाका– २ विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको छ ।  वैजनाथ माध्यमिक विद्यालय र सिउडी माध्यमिक विद्यालयमा अध्ययनरत २०० छात्रालाई चौपाटी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजु गुरुङको व्यक्तिगत पहलमा प्याड वितरण गरिएको हो । जिल्लामा छाउपडी व्याप्त रहेको र यसकै कारण कतिपय महिला तथा किशोरीको अकालमै..

    आलेख : ५ रातको प्रदर्शनसँगै सकियाे ३ सय वर्ष पुरानो महाकाली नाच

    आईतवार, असोज १४, २०७५ साल
    भक्तपुर, १४ असोज विगत २५ वर्षदेखि बन्द भएर मध्यपुरथिमि वडा नं ५ र ६ का युवाको सक्रियतामा गतवर्षदेखि सञ्चालनमा आएको ३०० वर्ष पुरानो महाकाली नाच सम्पन्न भएको छ । यस वर्ष इन्द्रजात्राको भोलिपल्ट अर्थात् मङ्गलबार रातिबाट शुरु भई गए राति गुरुहरूको टोलमा प्रर्दशन गरी नाच सम्पन्न गरिएकोे हो । महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले सञ्चालनमा ल्याएको नाच मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथ..

    पोषण कार्यक्रमले घटायो कुपोषण, कमी आउनुको कारणहरु !

    शुक्रबार, असोज १२, २०७५ साल
    कालिकोट, असोज १२  कालीकोट जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको छ ।  नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको हो । गत वर्षको तुलनामा जन्मदा कम तौल भएका बालकको अवस्था ५ प्रतिशत र यो वर्ष ४ प्रतिशत रहेको छ । दुई वर्ष मुनिका कम तौल भएका बालकको गत वर्ष २० प्रतिशत थियो..

    नेपालगञ्जमा ब्यायामप्रतिको आकर्षण बढ्दो, धमाधम ब्यायामशाला खुल्न थाले

    मंगलवार, असोज ९, २०७५ साल
    नेपालगञ्ज, ९ असोज आकर्षक देखिने र स्वास्थ्यप्रतिको जागरुकताका कारण नेपालगञ्जमा ब्यायाम गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । बिहानीको हिँडाइ र खुल्ला मैदानमा गरिने ब्यायाम मात्र होइन यहाँ जिमखाना जानेको सङ्ख्या पनि विस्तारै बढ्न थालेको पाइन्छ ।  जिमखानामा आधुनिक प्रविधिका उपकरणको प्रयोगबाट ब्यायाम गर्न पाइने भएकाले त्यसतर्फको आकर्षक विशेष गरी युवा पुस्तामा बढ्दै गएको छ । केही सङ्ख्यामा प्रौढ उमेर समूहका..

    सुस्तावासीको पीडा : न भूमि पायौँ न नागरिकता ! राज्यबाट पाउने सेवा सुविधाबाट पनि वञ्चित

    सोमबार, असोज ८, २०७५ साल
    परासी, ८ असोज भारतद्वारा पटक पटक अतिक्रमणमा पर्दै आएको नेपाली भूमि सुस्ताका बासिन्दा नागरिकताको अभावमा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् ।  तत्कालीन त्रिवेणी सुस्ता गाविस वडा नं ४( हाल सुस्ता गाउँपालिकाको वडा नं ५) मा पर्ने सुस्तामा कूल तीन हजार १३३ जनसङ्ख्या रहेकामा २५६ जनाले मात्र नागरिकता पाएका छन् । तीमध्ये पनि अधिकांशको जन्मका आधारमा नागरिकता छ । यसले..

    छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भरमा जलजलेका बासिन्दा

    शुक्रबार, असोज ५, २०७५ साल
    तेह्रथुम, ५ असोज  पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ । सडक बनेपछि ट्रकले गाउँसम्म खाद्यान्नलगायत उपभोग्य वस्तु बोकेर ल्याइदिन्छ भन्ने गाउँवासीको आशा सडक खन्न थालेको दुई दशकसम्म पनि पूरा हुन सकेन । तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा जोड्ने २८ किलोमिटर सडकमा अझै सहज..

    बुटवल उपमहानगरपालिका - ४ सय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु

    शुक्रबार, असोज ५, २०७५ साल
    बुटवल, ५ असोज बुटवल उपमहानगरपालिकाले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चार सय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ ।  तीन महीने सीप सकेका युवालाई दक्षताका आधारमा रोजगारादाताको सहकार्यमा रोजगारी दिने गरी यस्तो तालीम शुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।  युवालाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर,..

    जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दीको जीवनशैली, त्रिपालको छानो बनाएर सुत्छन् !

    बिहिवार, असोज ४, २०७५ साल
    कञ्चनपुर, ४ असोज वर्षौं पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् । पुराना भवन मर्मत सम्भारको कार्य नहुँदा छानाबाट पानी चुहिने भएकाले त्रिपाल राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।  भवनमा वर्षौं पहिले लगाइएका इँटासमेत खिइएर झर्न थालेका छन् । पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताएका छन् ।..

    ‘संविधानलाई नागरिकको जीवनशैली र पद्दतिका रुपमा स्थापित गर्नुपर्ने’

    बुधबार, असोज ३, २०७५ साल
    बुटवल, ३ असोज मुख्यमन्त्री शङ्कर पोखरेलले जनता र राष्ट्रका परिवर्तित आकाङ्क्षालाई पूरा गर्न सकिने बलियो संविधानवादको आधारसमेत तयार भएको बताएका छन् ।  चौथो संविधान दिवस २०७५ का अवसरमा बुधबार प्रदेश सरकारको आयोजनामा बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संविधानलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनशैली र पद्दतिका रुपमा स्थापित गर्नु आवश्यक रहेको समेत बताए ।  मुख्यमन्त्री पोखरेलले..

    परिवार नियोजनबारे जानकारी ९० प्रतिशत तर प्रयोगदर ५० मात्र , कुन प्रदेशमा बढी प्रयोग !

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज  परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । परिवार नियोजनका सेवा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।  प्रजनन स्वास्थ्य विधेयकले यसलाई आधारभूत स्वास्थ्य सेवाभित्र समेटेको छ । सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई जानकारी छ तर प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र छ । कूल प्रजननदर..

    प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी संरक्षण गर्न नसक्दा लोप हुँदै ...

    सोमबार, असोज १, २०७५ साल
    प्यूठान, १ असोज प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी यतिबेला लोपोन्मुख अवस्थामा पुगेको छ ।  आन्तरिक तथा बाह्य पर्यटकले प्यूठान आएपछि स्वागत, बिदाइ र मायाको चिनोका रुपमा प्रयोग हुँदै आएको यसको संरक्षण गर्न नसक्दा यो हराउने अवस्थामा पुगेको हो ।  मल्लरानी– ४ बुडाचौर निवासी ८४ वर्षीय केदार सिं विश्वकर्मा बाघमुखे चुलेसी बनाउने प्रमुख व्यक्ति हुन् । उनी चार महिनादेखि लगातार बिरामी भएपछि निर्माण कार्य..

    सबै उमेर समूहका मानिसलाई हुनसक्ने ‘युरिन इन्फेक्सन’बाट यसरी बचौँ

    शुक्रबार, भाद्र २९, २०७५ साल
    काठमाडौँ, २९ भदौ  के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ । यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि जानु आवश्यक छ । पिसाब सङ्क्रमण मिर्गौलाबाट पिसाबको थैली हुँदै पिसाबको नलीबाट बाहिर निस्कदै जुनसुकै ठाउँमा किटाणुले हुने सङ्क्रमण हो । शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजिष्ट प्रा डा..

    पर्याप्त आम्दानी लिन सकिने भएपछि पर्वतका किसान माछापालनतर्फ आकर्षित

    बिहिवार, भाद्र २८, २०७५ साल
    पर्वत, २८ भदौ यहाँका किसान माछापालनतर्फ आकर्षित भएका छन् । पर्याप्त आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् ।  मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक यामप्रसाद शर्माले माछा बिक्रीबाट एउटै याममा रु ६० लाख आम्दानी गरेका छन् । उनीहरुले सञ्चालन गरेको फार्ममा उत्पादित माछा पोखरा तथा काठमाडौँसम्म बिक्री हुने गरेको छ । सो फार्मको..

    पासपोर्ट थन्काएर गाउँमै कुखुरापालन, स्वदेशमै 'सुन फलाउन' सकिने विश्वास

    बुधबार, भाद्र २७, २०७५ साल
    सुर्खेत, २७ भदौ विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गरेका छन् । पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर अरुझैँ जोखिम मोलेर भएपनि कतार गएका उनले यस पटक भने विदेशको बाटो रोजेनन् । बरु आफ्नै गाउँमा कुखुरापालन व्यवसाय सञ्चालन गरे । बराहताल गाउँपालिकामा सञ्चालीत उनको अन्नपूर्ण पोल्टी फार्ममा..

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना : माछापालनमा बाराका किसान आत्मनिर्भर बन्दै

    सोमबार, भाद्र २५, २०७५ साल
    वीरगञ्ज, २५ भदौ दुई वर्षअघि प्रदेश नं २ को बारामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपरजोन कार्यक्रम लागू भएपछि यहाँका किसान माछापालनमा आत्मनिर्भर बन्दै गएका छन् ।  भारतबाट आयात भई आउने माछामाथि बढ्दै गएको परनिर्भरता घटाइ किसानलाई आत्मनिर्भर गराउने उद्देश्यले आव २०७३÷७४ देखि जिल्लामा सरकारले सो कार्यक्रम लागू गरेको हो । परियोजना कार्यान्वयन एकाइ (माछा सुपरजोन) कार्यालयका अनुसार आव २०७३÷७४ देखि शुरु..

    यी हुन् इन्टरनेटमा बढी खोजी गरिएका पोर्नस्टारहरु, कस्को कति लोकप्रियता ?

    बुधबार, भाद्र २०, २०७५ साल
    एजेन्सी, २० भदौ अब विश्वमा नै पोर्न चलचित्र नहेर्ने मानिस सायद कमै होलान् । चाहे कानूनले नै बन्देज लगाइएका देशहरु की नहुन् त्यहाँपनि थुप्रै पोर्न चलचित्र र तस्विरहरु सर्च हुने गरेको देखिएको छ । अझ हाम्रो समाजले त लुकी–लुकी भएपनि थुप्रैले हेरिरहेको तथ्य छ । तर समाजले फरक नजरले हेरिने पोर्न फिल्मको व्यवसाय निकै ठूलो छ । यो फिल्म उद्योगमा काम गर्ने..

    व्यावसायिक रुपमा च्याउखेती गरेर आफूलाई दाङभरि चिनाउन सफल यि ५५ वर्षीया महिला ...

    मंगलवार, भाद्र १९, २०७५ साल
    दाङ, १९ भदौ  तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५५ वर्षीया तुलसा बुढामगर व्यावसायिक रुपमा च्याउखेती गरेर एक सफल उद्यमी महिलाको रुपमा आफूलाई चिनाउन सफल भएकी छिन् । डेढ दशकदेखि सो पेशा अङ्गालेकी उनले अहिले च्याउ उद्योग खोलेर चार जनालाई रोजगारी दिनुका साथै वार्षिक रु सात लाख बचत गर्न सफल भएकी छिन् ।  शुरुका वर्षमा गङ्गामाला च्याउ समूह खोलेर च्याउखेतीको शुरुवात गरेकी उनले अहिले आफनै..

    झापाका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित

    सोमबार, भाद्र १८, २०७५ साल
    झापा, १८ भदौ झापाका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक वृद्धि गरे पनि चिया बगानका मालिक तथा उद्योगले दिन नमानेपछि मजदुर आन्दोलनमा उत्रिने भएका हुन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर..
    Results 604: You are at page 16 of 21
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last
    Weather Forecast