मंगलवार, कार्तिक ५, २०७६

    लाइफस्टाइल

    योग साधनामा म्याग्देलीको आकर्षण

    सोमबार, चैत्र ४, २०७५ साल
    गलेश्वर, ४ चैत   ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ २०७० सालदेखि म्याग्दीमा सञ्चालित नवीन आनन्द योग केन्द्रमा योग सिक्ने बढ्दै गएका छन् ।    बेनी बजारमा सञ्चालित सो केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्य लाभ भएपछि योग गर्न आउने बढेको केन्द्रका अध्यक्ष एवं योग प्रशिक्षक नवीन जुग्जालीले बताउनुभयो । अहिलेसम्म केन्द्रबाट योग सिकेर स्वस्थ जीवन बिताउनेको सङख्या पाँच हजारभन्दा..

    स्वरोजगार कार्यक्रम : १५ सयलाई तालीम, १९ थरीका काम !

    आईतवार, चैत्र ३, २०७५ साल
    तुलसीपुर, ३ चैत  नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्र्तगत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिनुभयो ।  नेपालमै युवायुवतीलाई विभिन्न व्यावसायिक तालीम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन तालीम दिन शुरु गरिएको..

    हिन्दुमात्र होइन, मुश्लिम युवा पनि होलीमा, भव्य तयारी

    शनिबार, चैत्र २, २०७५ साल
    धनुषा, २ चैत  मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ ।  होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिथिला नाटयकला परिषद(मिनाप)ले जनाएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले चैत ५ र ६ गते होली महोत्सवको आयोजना गर्दैछ ।  होलीको..

    पानीको सदुपयोग २० % मात्रै, सबै प्रयोग गरे नेपाल कायापलट !

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत   नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति सात हजार घनमिटर बराबरको पानी उपलब्ध भए पनि उचित सदुपयोग हुन नसक्दा त्यसले कुनै सार्थक प्रभाव पार्न सकेको छैन ।  वर्षाको समयमा अत्यधिक मात्रामा वर्षा भए पनि त्यस्तो पानी जोगाएर राख्न सकिएको छैन । नेपाल जलस्रोतमा धनी रहेको बताउने गरिए पनि कूल उपलब्ध पानीमध्ये २० प्रतिशत बराबरको पानी मात्रै सदुपयोग हुन सकेको छ ।  सदुपयोग भएको पानीमध्ये..

    सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत तेल पेल्ने ‘कोल’ लोप हुँदै

    शुक्रबार, चैत्र १, २०७५ साल
    डोटी, १ चैत डोटीलगायत सुदूरपश्चिम प्रदेशका समग्र पहाडी जिल्लामा परम्परागत तेल पेल्ने कोल लोप हुन थालेको छ ।  यातायातको विकाससँगै बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोल एकपछि अर्काे गर्दै लोप हुन थालेका छन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि यहाँका स्थानीयले..

    जापानी नागरिक ‘ओकेबाजे’ को पाल्पामा नागरिक अभिनन्दन

    शुक्रबार, चैत्र १, २०७५ साल
    बेझाड, ३० फागुन : लामो समयदेखि पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानका काजुमासा काकिमी (ओकेबाजे)लाई तानसेनमा नागरिक अभिनन्दन गरिएको छ ।  पच्चीस वर्षदेखि पाल्पालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा रहेर महत्वपूर्ण सहयोग गर्दै आउनुभएका ओकेबाजेलाई शैक्षिक संस्था, बालक्लब, युवाक्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह लगायतका सङ्घसंस्थाले विहिवार अभिनन्दन गरेका हुन् ।  उहाँको यसअघि दुईचोटि अभिनन्दन गरिसकिएको छ । पाल्पाका ग्रामीण बस्तीमा निरन्तर सामाजिक सेवामा..

    सुकिलामुकिला कपडासहित राउटे चेक साट्न बैंकमा

    बिहिवार, फागुन ३०, २०७५ साल
    दुल्लु, ३० फागुन सुर्खेत, लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी छेल्न बनाइएका टहराभित्र आफ्नै भाषामा गफिँदै थिए..

    छाडा चौपाया : स्थानीय तहको टाउको दुखाइ

    मंगलवार, फागुन २८, २०७५ साल
    जीतपुर, २८ फागुन कपिलवस्तु जिल्लाका मुख्य सडकखण्डमा पछिल्लो समय छाडा चौपायाको हालीमुृहाली बढ्दै गएको छ । सडकबीचबाट छाडा चौपाया आवतजावत गर्ने र बस्ने भएपछि दुर्घटना र जाम बढाएको छ । कपिलवस्तुमा छाडा चौपाया नियन्त्रण गर्ने सरोकार निकायले भने अहिलेसम्म कुनै पहल गरेको देखिएको छैन ।  जिल्लाका मुख्य र व्यस्त रहने बजार चार नम्बर , गोरुसिँगे, इमलिया, चन्द्रौटा, पिपरा, तौलिहवा, कृष्णनगरलगायत सडकमा राज..

    पुख्र्यौली आरन चलाउने सीपलाई व्यावसायीकरण गर्दै यी व्यक्ति

    मंगलवार, फागुन २८, २०७५ साल
    बागलुङ, २८ फागुन पुख्र्यौली आरन चलाउने सीपलाई कालिगड मनबहादुर सिर्पालीले व्यावसायिक बनाउनुभएको छ । ढोरपाटन नगरपालिका–२ का ३९ वर्षीय सिर्पालीले आरन पेशाबाट मासिक रु एक लाख बढी कमाउनुहुन्छ ।  सात वर्षअघि सिर्पालीले खोलेको ‘बुर्तिबाङ आरन व्यवसाय सेवा’ मा छ कालिगडले रोजगारी पाएका छन् । पुख्र्यौली पेशालाई उद्यमको रूपमा विकास गर्ने लक्ष्य रहेको सिर्पाली बताउनुहुन्छ । “नयाँपुस्ताले आरन पेशा अँगाल्न छाडिसके”, उहाँले भन्नुभयो,..

    वातावरण संरक्षण र जीविकोपार्जनका लागि ‘इबिए’ परियोजना

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन  वातावरण संरक्षणसँगै स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले ‘पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु अनुकूलन आयआर्जनसम्बन्धी आयोजना’ (इबिए) शुरु गरिएको छ ।  वन तथा वातावरण मन्त्रालय र विश्व वातावरण कोषको संयुक्त सहयोगमा आजदेखि शुरु गरिएको उक्त आयोजना जलवायु परिवर्तनको उच्च जोखिममा रहेका अछाम, सल्यान र दोलखाका ११ स्थानीय तहमा सञ्चालन हुनेछ । चार वर्षे आयोजनाको लागत करीब रु ५५ करोड छ ।  आयोजनामा..

    तौल कसरी घटाउने ? यी कार्य गर्नुहोस् हुन्छ फाइदै फाइदा

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन तौल कसरी घटाउने ? तौल नियन्त्रणको प्रसंगमा फेला पर्न जवाफ भनेको, खानपानमा कटौती नै हो । अर्थात खानेकुरा नियन्त्रण गरेपछि मोटोपन घट्छ भन्ने आम बुझाई छ । के त्यसो हो भने आफ्नो नियमित खुराकमा कटौती गर्ने ? खानाको मात्रा कम गर्ने ? खाना छाडेपछि वा आफ्नो खुराक घटाएपछि शरीरलाई आवश्यक पोषण तत्वको अभाव हुन्छ । यसले मोटोपन घट्ने होइन, कुपोषण..

    ७ हजार ५ सय परिवारमा खानेपानीको सुविधा, स्थानीयवासी हर्षित

    आईतवार, फागुन २६, २०७५ साल
    फिदिम, २६ फागुन    प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् ।    रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको परिकल्पनाअनुसार यहाँ..

    काठमाडौँ महानगरपालिकाका प्रत्येक वडामा पार्क निर्माण

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौंँ, फागुन २५ ।  काठमाडौंँ महानगरपालिकाले सुन्दर महानगरपालिका निर्माणका लागि प्रत्येक वडामा पार्क निर्माण गर्ने भएको छ । हाल महानगर क्षेत्रका विभिन्न स्थानमा भएका पार्कलाई थप व्यवस्थित गरी कम्तीमा ‘एक वडामा एक पार्क’ नीति कार्यान्वयनमा ल्याउन लागेको हो । सहरी सौन्दर्य वृद्धि गर्न र बिहानको समयमा महानगरबासीलाई शारीरिक व्यायाम गर्न मिल्ने गरी पार्क निर्माण गर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । अहिले काठमाडौँ..

    साइकल सिटी चितवनमा साइकल देख्नै मुस्किल

    शुक्रबार, फागुन २४, २०७५ साल
    रत्ननगर, २४ फागुन  कुनैबेला साइकलको जिल्ला भनेर परिचित चितवनमा अहिले साइकल देख्नै मुश्किल हुन थालेको छ ।  साइकल लेनको अभाव, मोटरसाइकलको बढ्दो प्रयोग र आधुनिक जीवनशौलीले गर्दा साइकल देख्न मुस्किल हुन थालेको हो ।  चितवनको मुख्य राजमार्ग क्षेत्रमा छिटफुटरुपमा साइकल चलाएको देख्न पाइन्छ । दश वर्षअघिसम्म चितवनवासीले साइकलको प्रयोग गरी विभिन्न कृषिका कामदेखि बाहिरी जिल्लामा जानसमेत साइकलको प्रयोग गर्ने गर्दथे । अहिले साइकललाई..

    रोल्पाको जनजीवन त्रासदीमय, दश वर्षे सशस्त्र युद्धको झल्को !

    शुक्रबार, फागुन २४, २०७५ साल
    रोल्पा, २४ फागुन बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो ।  बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले बिहीबार रातिसम्म निरन्तरता पायो । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले प्रयोग गर्दै आएका बा२झ..

    कृषि व्यवसायमा युवाको उत्साह बढ्दो, विदेशबाट फर्केर तरकारी खेति !

    बिहिवार, फागुन २३, २०७५ साल
    भोजपुर, २३ फागुन कृषि व्यवसायमा युवाको उत्साह बढ्न थालेको छ । सरकारले कृषक लक्षित विभिन्नखाले कार्यक्रम सञ्चालनमा ल्याएकाले यसतर्फ युवाको आकर्षण बढ्न थालेको हो ।  विदेशबाट फर्केर यस पेशामा लागेका युवालाईसमेत प्रोत्साहन दिन विभिन्न खालका अनुदान, प्राविधिक सहयोग उपलब्ध गराइएकाले उनीहरूको आर्कषण बढेको हो । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने आम्तेकमा विदेशबाट फर्केका सहित एकसहित तीन युवा मिलेर करीब रु दुई करोडको लागतमा..

    प्लाष्टिक व्यवस्थापनमा जोड दिँदै नाष्ट

    बुधबार, फागुन २२, २०७५ साल
    ललितपुर, २२ फागुन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले पुनःप्रयोग गर्न नमिल्ने प्लाष्टिक व्यवस्थापन गर्न नयाँ योजना अघि बढाएको छ । नाष्टका वैज्ञानिकले प्लाष्टिकबाट इन्धन प्रशोधन गर्न सकिने कुराको अनुसन्धान गरेसँगै यसबाट इन्धन पनि निकाल्न सकिन्छ भन्ने जानकारी दिइरहेका छन् । त्यस सम्बन्धमा हाल नाष्टका कर्मचारी देशका ४० स्थानीय निकायमा पुगिसकेका छन् ।  देशका ४० स्थानीय तहमा नाष्ट पुगेर प्लाष्टिक..

    भारतमा अभिनन्दन वर्तमानको जस्तो जुङ्गाको फेसन बनाउने होड

    मंगलवार, फागुन २१, २०७५ साल
    एजेन्सी, २१ फागुन पाकिस्तानले हालै पक्रेर छाडिदिएका भारतीय सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानको चर्चा भारतभरि 'राष्ट्र नायक'का रूपमा छ। त्यतिखेरै भिन्न प्रकृतिको देखिने उनको दाह्री-जुङ्गाको चर्चा समेत त्योभन्दा कम छैन। धेरै भारतीयले त्यस्तै नक्कल गरेका छन्। पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमान चालक वर्तमान पक्राउ परेको केही घण्टामै देशभरि नायकका रूपमा छाएका थिए। शुक्रवार साँझ स्वदेश फर्कँदा उनलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तामझामपूर्ण स्वागत..

    विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेका यी २ युवा

    मंगलवार, फागुन २१, २०७५ साल
    गलकोट, २१ फागुन बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेका छन् । सोचेजस्तो पारिश्रमिक नपाएपछि उनीहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन् ।  नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बस्नुभएका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्कनुभएका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा कुखुरापालन व्यवसाय शुरु गरेका हुन् । उनीहरुले..

    महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति (फोटोफिचर)

    सोमबार, फागुन २०, २०७५ साल
    काठमाडौँ, २० फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य सहभागीहरु  सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण..

    घर-घरमा धारा जडान, फेरियो गाउँलेको जीवनशैली

    आईतवार, फागुन १९, २०७५ साल
    भोजपुर, १९ फागुन घर-घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् ।  पर्याप्त पानीको सुविधा भएपछि उनीहरुले अहिले पानी खोज्न जाने समय तरकारी खेतीमा लगाएका छन् । विगत वर्षमा आफूलाई खानका लागिसमेत तरकारी उत्पादन..

    “बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु”

    आईतवार, फागुन १९, २०७५ साल
    गलेश्वर, १९ फागुन  म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका ७० वर्षीय दलबहादुर विकले आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै बिताउनुभयो । जीवनका अनेकौँ घामपानी भोगेका विक अहिले डाँडामाथिको घाम जस्तै कति बेला अस्ताउने हो पत्तै छैन तर उहाँको जाँगर र जोश भने १६–१७ वर्षे जवानको जस्तो देखिन्छ ।  घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोराबुहारीको कमाइ खाने बेलामा १०–१२ ओटा डोकाको भारी बोकेर बजारमा..

    डोको बुन्न भ्याइनभ्याइ, उमेरले छपन्न तर जोश र जाँगर युवा जस्तै

    बिहिवार, फागुन १६, २०७५ साल
    बेझाड, १६ फागुन  रामपुर नगरपालिका–५ सानीअमराई बस्ने चिमनारायण मानन्धरले ५६ वर्षको समय डोको बुनेर बिताउनुभयो । उमेरले डाँडापारिको घाम बन्नुभएका मानन्धरको डोको बुन्ने कार्यमा अझै पनि जवानी अवस्थाकै जस्तै जोश जाँगर देखिन्छ ।  यो उमेरमा पनि उहाँ आफैँ बाँसको चोया काँढेर डोको बुन्ने गर्नुहुन्छ । “आफैँ बाँस खोज्न गाउँ गाउँमा जान्छु, घर ल्याएर चोया काँढ्छु, दिनभर डोको बुन्छु”, उहाँले भन्नुभयो । दिनमा..

    निरन्तर हिमपातले हिमाली जीवन कष्टकर, मर्न थाले चौँरी

    बुधबार, फागुन १५, २०७५ साल
    मनाङ, १५ फागुन महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् ।  जिल्लामा रहेका चाँैरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक..

    सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित

    मंगलवार, फागुन १४, २०७५ साल
    बैतडी, १४ फागुन  मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ ।  बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोड्पे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले..

    राउटे समुदायलाई जागिर, प्रतिव्यक्ति १ हजार ५ सय

    आईतवार, फागुन १२, २०७५ साल
    वीरेन्द्रनगर, १२ फागुन  फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् । दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो ।  राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रअनुसार उनीहरुले प्रतिव्यक्ति मासिक रु एक हजार ५०० पाउने..

    समुदायमा सकारात्मक परिवर्तन : महिलाका नाममा जग्गा लिने बढ्दै

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हँुदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको मनमैँजु मालपोत कार्यालयले जनाएको छ ।  कार्यालयका लेखा शाखाका नायबसुब्बा शेरप्रसाद शर्माका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा..

    उच्च हिमाली जिल्लामा फेरि हिमपात, जनजीवन प्रभावित

    बिहिवार, फागुन ९, २०७५ साल
    हुम्ला, ९ फागुन  हिमाली जिल्ला हुम्लामा बिहिबार फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।  उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिग्रदा एक महीनादेखि मर्मत नहुँदा टेलिफोन..

    पर्यटकको रोजाइमा जैविक खाद्यवस्तु, कोसेली - मार्सी चामल !

    बुधबार, फागुन ८, २०७५ साल
    जुम्ला, ८ फागुन  कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्लाको जैविक खाद्यजस्तु पर्न थालेको छ ।  नेपालगञ्ज, सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगुको रारा घुम्न आउजाउ गर्ने र डोल्पा, जुम्लाहुँदै बाहिर जिल्ला फर्किने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा यहाँको जैविक खाद्यवस्तु पर्न थालेको हो । रारा, से फोक्सुण्डो, त्रिपुरासुन्दरी, कनकासुन्दरी, पाण्डवगुफा, चन्दननाथ भैरवनाथ मन्दिर, बौद्ध स्तुपलगायत कर्णालीमा रहेका पर्यटकीय तथा धार्मिकस्थल..

    कालिका मन्दिरमा यस्ता उमेरका युवा-युवतीले विवाह गर्न नपाउने

    बुधबार, फागुन ८, २०७५ साल
    बलेवा, ८ फागुन प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन । नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएपछि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले पनि कानूनले तोकेभन्दा कम उमेरकालाई विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको हो ।  कानूनको उल्लङ्घन हुने गरी मन्दिरमा विवाह गर्दा..
    Results 604: You are at page 12 of 21
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last
    Weather Forecast