खेल

आज साफ च्याम्पियनसिप फाइनल, भारतसँग भिड्दै नेपाल

काठमाडौं: माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा शनिबार नेपालले भारतको सामना गर्दैछ।

साफको इतिहासमा पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाएको नेपाली टोली चीरप्रतिद्वन्द्वी भारतलाई पराजित गरेर उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ। तर भारत प्रतियोगिताको इतिहासमा सर्वाधिक सफल टिम हो ।

खेल नेपाली ...

चेन्नाइले चौथो पटक जित्यो आईपीएलको उपाधि

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नाईले उपाधि उचालेको हो ।

यससँगै चेन्नाइले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भयो । पाँच पटक उपाधि जितेको रेकर्ड मुम्बई ...

एम्बाप्पेको पेनाल्टीमा पीएसजीको संघर्षपूर्ण जीत

काठमाडाैं: किलियान एम्बाप्पेको ८६ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एंगर्सलाई २–१ गोलले हराएको छ । एंगर्सका खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरेका हुन् ।

दक्षिण अमेरिकी स्टारहरू लियोनेल मेस्सी, एन्जेल डि मारिया, ...

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत आमनेसामने

काठमाडौं: साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत आमनेसामने हुने भएका छन्।

माल्दिभ्समा जारी १३ औँ संस्करणको साफअन्तर्गत बुधबार राती ऐतिहासिक नतिजा निकाल्दै नेपाल पहिलो पटक फाइनल पुगेको थियो।

नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेर फाइनलमा स्थान पक्का गरेको थियो। बुधबार नै भएको ...

पहिलो पटक नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौं: बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । आजको खेलमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो ।

बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो ...

साफ च्याम्पियनसिप: भारतसँग नेपाल पराजित

काठमाडाैं: साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै  निर्णायक बन्यो । जितसँगै ३ खेलमा ५ अंक जोडेको भारत तेस्रो ...

मैत्रीपूर्ण खेलमा ओमानसँग नेपाल पराजित

काठमाडौं: साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली टोलीले अभ्यासका लागि भएको मैत्रीपूर्ण खेलमा गम्भीर हार बेहोरेको छ ।

कतारको दोहामा आइतबार राति भएको ओमानसँगको खेलमा नेपाल ७–२ ले पराजित भएको हो । पहिलो हाफमा एक गोल गरेर दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो र मात्रै एक गोल फर्काउन सक्यो ।

नेपालका ...

आजबाट ईपीएल सुरु, उद्घाटनमा ललितपुर र काठमाडौं भिड्ने

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु हुँदैछ। आज हुने उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रिओट्स आमनेसामने हुँदैछन्।

काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा उत्रने छ भने ललितपुर कुशल भुर्तेलको कप्तानीमा उत्रने छ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।

लामिछानेको ...

आईपीएल: मुम्बईलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

दिल्ली: आईपीएल २०२१ को दोस्रो चरणको पहिलो खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनायो । जवाफमा मुम्बईले ८ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा मुम्बईको ...

फुटबल टिमका कप्तान किरण र क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र प्रवल जनसेवा श्रीबाट विभूषित 

काठमाडौं:  सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभूषित गरेको छ ।संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई विभूषित गरेकी हुन् ।

क्रिकेट टिमका कप्तान मल्ल अहिले ओमान भम्रणमा छन् । नेपालले आज त्रिदेशीय ...

नेपाल अमेरिकासँग ६ विकेटले पराजित

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।

ओमानमा शुक्रबार राति सम्पन्न खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ...

अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

अमेरिकाविरुद्ध नेपालले ...

कुशल र रोहित चम्किदा अमेरिकामाथि नेपालको जित

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट ...

तयारीका लागि कतार उड्याे राष्ट्रिय पुरुष फुटबल टिम

काठमाडौं: आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान गरेको छ। टोली शुक्रबार कतार एअरवेजबाट कतार उडेको हो ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ ।

 नेपाली ...

पीएनजीमाथि नेपालको संघर्षपूर्ण जित

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

एक समय हारतर्फ ...

भारतसँग नेपाल घरेलु मैदानमा २–१ ले पराजित

काठमाडौं: दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्णमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलको अवसर सिर्जना गरे । नेपालका तेज तामाङले एक गोल फर्काए ...

इपिएलका विजेताले ५० लाख पाउने

काठमाडौं: चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ।

आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ...

रोनाल्डोको ठाउँमा हजार्डलाई भित्र्याउदै युभेन्टस

काठमाडाैं: स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै उनको स्थानमा रियल म्याड्रिडका एडिन हजार्डलाई भित्र्याउने तयारी युभेन्टसले गरेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार युभेको अनुबन्ध गर्ने सम्भावित खेलाडीको सूचीमा हजार्ड शीर्ष स्थानमा रहेका छन् ।

रियलका लागि यो सिजन दुवै खेल शुरुवात गरेका हजार्डलाई ...

ओमान सिरिजपछि मुख्य प्रशिक्षक ह्वाटमोरले राजीनामा दिने

काठमाडाैं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानलाई इमेल पठाउँदै उनले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिएका हुन् ।

ह्वाटमोरले पारिवारिक ...

युभेन्टस् छाड्दै रोनाल्डो

एजेन्सी: ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो । तर, अब क्रिष्ट्रियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ । किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने निर्णय लिएका छन् । 

स्पेनिस वेवसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री र टेक्निकल डाइरेक्टर पाभेल नेदभेदलाई ...

स्पेनिस ला लिगा: मेस्सीबिना बार्सिलोनाको विजयी सुरुवात

एजेन्सी: स्टार खेलाडी लियोनेल मेस्सीबिना बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ को रोमाञ्चक जीत हासिल गर्न सफल भएको हो ।

जेरार्ड पिकेले खेलको १९ औँ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि मार्टिन ब्राथवेटले ...

पीएसजीसँग दुई वर्षे अनुबन्धको सम्झौतापछि मेस्सी पेरिस प्रस्थान

एजेन्सी: बार्सिलोना छाेडेका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित हुने निश्चित भएको छ।

पीएजीसँगको सम्झौताका लागि मेस्सी फ्रान्सको पेरिस प्रस्थान गरेका छन् । मेस्सी मंगलबार बार्सिलोनाबाट पेरिस प्रस्थान गरेका हुन् ।

पीएसजीसँग दुई वर्षे अनुबन्धको ...

बार्सिलोनाका नयाँ कप्तान बने सर्जियो बुस्क्वेट्स

एजेन्सी: बार्सिलोनाका नयाँ कप्तान सर्जियो बुस्क्वेट्स बनेका छन् । लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले नयाँ कप्तानका रुपमा सर्जियो बुस्क्वेट्सलाई पाएको हाे ।

उनले अब मेस्सीको उत्तराधिकारीका रुपमा आर्मब्यान्ड लगाउनेछन् । उपकप्तानका रुपमा जेरार्ड पिके, सर्जि रोर्बटो र जोडी अल्बा रहनेछन् । कप्तान ...

ईपीएलका विजेताले पाउने उपाधि ट्रफी सार्वजनिक

काठमाडौं: चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) काे विजेताले पाउने उपाधि ट्रफी सार्वजनिक भएकाे छ । ईपीएल क्रिकेटले सोमबार एक कार्यक्रमको आयोजना गर्दै चौंथो संस्करणको टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले पाउने उपाधि ट्रफी सार्वजनिक गरेको हाे ।

(ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज ...

बिदाइको पत्रकार सम्मेलनमा भक्कानिदै रोए मेस्सी

काठमाडाैं: अर्जेन्टिनी फरवर्ड लियोनल मेस्सी रुँदै बार्सिलोनाबाट विदा भएका छन्। बार्सिलोनाले आइतबार कप्तान तथा फरवार्ड लियोनल मेस्सीलाई बिदाइ गरेको हाे ।

 बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका छन् । बिदाइमा बोल्दै मेस्सीले आफुले क्लब छाड्न नचाहेको समेत बताए ।

'म यस क्लब छाड्न चाहदैन थिए । यस क्लबलाई ...

पूर्वकप्तान पारस खड्काको जर्सी नम्बर ७७ अब सम्मान स्वरुप प्रयोग नगरिने

काठमाडाैं: नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको सम्मानमा उनले लगाउने गरेको जर्सी नम्बर ७७ अब प्रयाेग नगरिने भएकाे छ । पारसले प्रयोग गर्दै आएको ७७ नम्बरको जर्सी नेपाली क्रिकेटरले नलगाउने निर्णय भएकाे नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ ।

पारसले प्रयोग गरेको जर्सी ‘रिटायर्ड’ गर्ने ...

मेस्सीका लागि १० नम्बर जर्सी छाड्दै नेयमार

काठमाडौं:  ब्राजिलियन स्टार एवं पेरिस सेन्टर जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले लियोनल मेस्सीका लागि १० नम्बर जर्सी छाड्ने भएका छन् ।

अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजी आएमा १० नम्बरको जर्सी दिन तयार रहेको नेयमारले क्लबमा प्रस्ताव गरेको गेट फ्रेन्च फुटबल न्युजले जनाएको छ ।

बार्सिलोनासँग सम्झौता नवीकरण ...

मेस्सीले क्लब छाड्ने बार्सिलोनाको घोषणा

एजेन्सी: लियोनेल मेस्सीले बार्सिलोनासँग नयाँ करार नगर्ने क्लबले जनाएको छ । स्पेनिस क्लबसँग अर्जेन्टिनी खेलाडीको करार समाप्त भइसके पनि उनले नयाँ सिजन अघि नै क्लबसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो ।

मेस्सीले नयाँ करारबारे बिहीबार क्लबसँग छलफल पनि गरेका थिए । तर, छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी ...

देशव्यापी रूपमा क्रिकेट एकेडेमी सुरु गर्ने पारस खड्काकाे याेजना

काठमाडौं:  नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने भएका छन्।  अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका खड्काले एक दुई महिनाभित्रै एकेडेमी सुरु गर्ने योजना रहेको सुनाए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा पारसले भने, ‘तत्कालका लागि ...

पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडाैं: नेपाली राष्ट्रिय टाेलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत न्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकाे घाेषणा गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे ...