मनोरञ्जन

प्रभासको जन्मदिन पारेर अमेरिकाका १६ राज्यमा बाहुबली २ रिलीज

काठमाडाैं:  दक्षिण भारतीय सुपरस्टार प्रभास बलिउडमा समेत स्थापित नाम बनिसकेको छ । प्रभाशको फिल्मले बलिउडमा सबैभन्दा राम्रो कमाई गरेका कारण उनलाई स्थापित बनायो । तर अब उनको नाम केवल बलिउड वा साउथ इण्डियामा मात्र सिमित छैन उनी हलिउडसम्म चर्चाका पात्र बनेका छन् ।

प्रभाश अभिनित फिल्मको सफलताका कारण अब बाहुबलीको ...

दुई वर्षपछि सिल्भर स्क्रिनमा कमब्याक गर्दै शाहरुख खान, चाँडै ‘पठान’को सुटिङ गर्ने

नयाँ दिल्ली, ६ कात्तिक । बलिउडका बादशाह शाहरुख खान लामो समयपछि पुनः एक पटक ठूलो पर्दामा धमाल मच्चाउन तयार छन् । २०१८ मा आएको ‘जिरो) फिल्मपछि बलिउडका किंग अफ रोमान्सको नामले चिनिने शाहरुख खान सिल्भर स्क्रिनबाट हालसम्म टाढा बनेका छन् । 

हालको समय उनले आफ्नो परिवारलाई कवालिटी समय दिइरहेका छन् । आईपीएल २०२० मा किंग खानलाई ...

पोखरामा दैनिक २०० प्याराग्लाइडिङ

कास्की । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ । 

कम्पनीहरुले लामो समयको बन्दाबन्दी खुलेसँगै गत असोज १५ देखि व्यावसायिक ...

सुशान्त केस : एनसीबीद्वारा ‘सावधान इन्डिया’का निर्देशकसँग सोधपुछ

नयाँ दिल्ली, ४ कात्तिक । सुशान्तसिंह राजपुत केसमा एनसीबीले पुनः आफ्नो छानविनलाई तीब्रता दिएको छ । यसै केसमा मोडल तथा अभिनेता अर्जुन रामपालको लिभ इन पार्टनर गैब्रिएला डेमेट्रिएड्सकी भाई अगिसिलयाओस डेमेट्रिएड्सलाई पनि एनसीबीले पक्राउ गरिसकेको छ ।

एनसीबीले यो २३ औं ब्यक्तिको रुपमा पक्राउ गरेको हो । यसै मुद्दामा एनसीबीले ...

हाँस्यकलाकार पौडेललाई मातृशोक, १०० वर्षकी आमाको निधन

काठमाडौं । चर्चित हाँस्यकलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । पौडेलकी आमाको एक सय बर्षको उमेरमा निधन भएको हो ।

थुप्रै कलाकारहरु हरिवंश आचार्य, दीपाश्री निरौला, केदार घिमिरे लगायतले पौडेलकी आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । पौडेलले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आमाको निधन भएको जानकारी दिएका हुन् । ...

मिथुन चक्रवर्तीका छोरा महाक्षयमाथि बलात्कार र जबरजस्ती गर्भपातको आरोप 

एजेन्सी, २ कात्तिक । मिथुन चक्रवर्तीका छोरा महाक्षय चक्रवर्तीमाथि बलात्कार र जबरजस्ती गर्भपातको आरोप लागेको छ । एक ३८ वर्षीया महिलाले मिथुनका छोरा महाक्षयविरुद्ध ओशिवारा पुलिस स्टेशनमा विहीबार राति एफआईआर दर्ता गराएकी हुन् ।

उक्त एफआईआरमा मिथुनकी श्रीमति योगिता बालीको नाम पनि उल्लेख गरिएको छ । उनीविरुद्ध उक्त पीडित ...

अलौकिक प्रेमीललोक

विचलन हुँदा प्रकृति अनि प्राकृतिक मनसँग विचरण गर्ने क्रममा फेला परेकाहरुको विराट समकक्षताको एउटा सानो अंश प्रस्तुत गर्नु वान्छनिय लाग्यो यो मिश्रित संसारमा । बाहिरबाट हेर्दा लाग्न सक्छ संसार अनि सांसारिक चहलपहल अनि विचलन एउटा दुनियाँ हो तर संसार बाहिरको पनि एउटा छुट्टै दुनियाँ छ । जसको साक्षी केवल व्यस्त अनि बेमतलबी ...

युनाइटेड सिमेन्ट्सको तर्फबाट अग्रपंक्तीमा खटिने साहसीलाई सलाम

काठमाडौं:  नेपालकै सर्वोत्कृष्ट सिमेन्ट मध्ये एक, युनाइटेट सिमेन्ट्सले जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने सम्पूर्णको सम्मान स्वरुप एउटा भिडियो सार्वजनिक गरेको छ ।

यस म्यूजिक भिडियोको एक मात्र लक्ष्य भनेको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिने साहसीहरुलाई ...

प्रभाष र दीपिकाको फिल्ममा अमिताभ बच्चनको इन्ट्री

काठमाडौं, ३० असोज । बाहुबलीफेम प्रभाषको आगामी फिल्ममा अमिताभ बच्चन पनि देखिने भएका छन् । ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार नाग अश्विनको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा साउथका सुपरस्टार प्रभाष र दीपिका पादुकोणको साथमा अमिताभ बच्चन पनि देखिने भएका हुन् ।

ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीट गर्दै भनेका छन्, ‘अमिताभ–प्रभाष–दीपिका... ...

सलमान खानले गरे आफ्नो विवाहको बारेमा यस्तो खुलासा

मुम्बई:  बलिउड सुपरस्टार सलमान खानले आफ्नो विवाहको बारेमा केहि खुलासा गरेका छन् । बिग बोस १४ को पहिलो हप्ताको अन्त्यमा सलमान खानले ‘विकेण्ड वार’ को होस्ट गरे । 

‘विकेण्ड वार’ को होस्ट गर्दै सलमान खानले बिग बोसको घरमा बसेकाहरुको क्लास लिए । उनले मस्ती मजाक पनि गरे । साथै, उनले बिग बोसको घरमा रहेकी निक्की ...

रोकिएको पृथ्वीराजको फेरि सुटिङ थाले अक्षयले

एजेन्सी । बलिउड स्टार अक्षय कुमार फिल्म सुटिङका लागि मुम्बई प्रस्थान गरेका छन् ।

उनी चन्द्र प्रकाश द्विवेदीको निर्देशनमा बनेको फिल्म 'पृथ्वीराज'को सुटिङका लागि मुम्बई पुगेका हुन् । यस फिल्मका लागि भव्य सेट तयार गरिएको छ जसमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै फिल्मको युनिट सुटिङ गर्न लागिपरेका छन् ।

कोरोना भाइरसको ...

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

कास्की । कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । 

कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए । “अब कोरोनासँग सधैँ त्रासमा रहेर भन्दा ...

सिनेमा हलमै रिलिज हुने भयो मोदीको फिल्म, लकडाउनपछि पहिलोपटक हलमा लाग्दै

एजेन्सी । भारतमा कोरोना महामारीका कारण सिनेमा हलहरु बन्द छन् । 

अब भने १५ अक्टोबरबाट हलहरु खुल्ने भएका छन् । जसमा लकडाउनपछि सिनेमाघरमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म 'पीएम नरेन्द्र मोदी'  रिलिज हुने भएको छ ।

गतवर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो ।

अक्टोबर ...

‘दूर्गावाती’मा यस्तो अवतारमा देखिदैछन् भूमि पेड्नेकर

काठमाडौं, २४ असोज । अमेजन प्राइम भिडियोले ९ लङ्ग अवेटेड फिल्मको एक लिस्ट अनाउन्समेन्ट गरेको छ । सो फिल्मको प्रिमियर सीधै स्ट्रीमटिङ प्लेटफर्ममा हुनेछ, उक्त लिस्टमा अभिनेत्री भूमि पेड्नेकरको आगामी फिल्म ‘दूर्गावती’ पनि समावेश गरिएको छ ।

अभिनेत्री भूमिले सोसल मिडियामा यस गूड न्यूजलाई सेयर गर्दै ११ डिसेम्बरमा सबैको ...

मेरो साथी  झोला 'कविता'

घरबाट निस्केपछिका 
हरेक सुखदुःखका यात्रामा 
यो मेरो प्रिय झोलाले 
कहिल्यै साथ छोडेन,

सानो भएपनि हरेक हिंडाइमा
यसै झोलाले प्राथमिकता पाउछ
लुगाकपडादेखि साबुनतेलसम्म 
जुत्ताचप्पलदेखि दारीमेसिनसम्म
हर सामानले युक्त यस झोलाले 
सानो भएपनि ठुलो महत्त्व बोकेको छ
साथ दिएको छ पछिपछि,

आकारले ...

सधैं घर आएर किन रून्थे आमिर खान? यस्तो छ कारण

मुम्बई: बलिउडका चर्चित अभिनेता आमिर खान हाल आफ्नो आगामी सिनेमा 'लाल सिंह चढ्ढा'को तयारीमा लागिरहेका छन्। उनले आफ्नो सिनेमा र अन्दाजबाट मानिसहरूको दिल जित्न कुनै कसर बाँकी राखेका छैनन्। तर यहाँसम्मको यात्रा उनका लागि सहज भने भएन। 

हालै एक विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा आफ्ना करियरका ...

प्रधानमन्त्रीलाई अभिनेत्री ऋचा शर्माको चिठ्ठी, ‘भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

काठमाठौं, २३ असोज । अभिनेत्री ऋचा शर्माले पछिल्लो समय मुलुकमा तीब्र रुपमा बलात्कारका घटना बढिरहेको र सम्बन्धित पदमा रहेका ब्यक्तिले दिएका अभिब्यक्तिहरुलाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेकी छन् । अभिनेत्री शर्माले आफ्नो फेसबुकमार्फत् देशलाई माया गर्ने चेली तथा एउटा नारी भएकाले हिजोआज आफैलाई ...

कोरोना संक्रमणमुक्त बनेपछि अर्जुन कपूरले भने, ‘काममा फर्कन उत्साहित छु’

नयाँ दिल्ली, २२ असोज । बलिउड अभिनेता अर्जुन कपूर पनि कोरोना संक्रमणमुक्त बनेका छन् । बुधबार (हिजो) उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । अभिनेता अर्जुन कपूरले बुधबार इन्स्टाग्राममा एक नोट लेख्दै आफू पूर्ण रुपमा ठीक भइसकेको र काम फर्कनका लागि निकै उत्साहित रहेको बताएका छन् ।

उनले इन्स्टाग्राममा लेख्दै भनेका छन्, ‘हाई ...

१ लाख धरौटीमा रिहा भइन् अभिनेत्री रिहा चक्रवर्ती

मुम्बई: बलिउडका अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा मुछिएकी उनकी पूर्व प्रेमिका रिया चक्रवर्तीलाई जमानतमा रिहा गरिएकाे छ । अदालतले रियालाई एक लाख भारु व्यक्तिगत जमानी राखी जमानत दिएको हो।

यसअघि मंगलबार विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्स्टेन्स एक्टअनुसार रियालाई २० अक्टोबरसम्म ...

गायक दाउत राई  र गायिका दिपा लामाको 'हृदयको आवाज' गितकाे म्युजिक भिडियाे सार्वजनिक

काठमाडाैं: गायक दाउत राई  र गायिका दिपा लामाको युगल स्वरमा रहेको 'हृदयको आवाज' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

 

रोमान्टीक भर्सनको यस गितमा शब्द अमर बान्तुको रहेको छ भने गितलाई स्वयम् गायक दाउत राईले  नै संगीतवद्व गरेका हुन्।  गितमा उदय राज पौडलको संगीत संयोजन रहेको छ।  

 

म्युजिक ...

हरियाणाकी चर्चित डान्सर सपना चौधरी आमा बनिन् !

नयाँ दिल्ली, २१ असोज । हरियाणाकी चर्चित सिंगर तथा डान्सर सपना चौधरी आमा बनेकी छन् । यसै वर्षको सुरुवातमा उनले गायक वीर शाहुसँग लगन गाँठो कसेकी थिइन् । सपना चौधरीले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । 

विगत चार वर्षदेखि डान्सर सपना चौधरी र गायक वीर शाहूले एक अर्कालाई डेट गर्दै आएका मिडिया रिपोर्टले उल्लेख ...

हाँस्यकलाकार हरिवंश दम्पतीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । हाँस्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार उनी आफैले  फेसबुक पेजमार्फत् आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

उनले सामान्य लक्षण देखिएपछि पीसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको बताएका छन् । 

उनले आफूहरुको स्वास्थ्य अवस्था सामान्य ...

बलिउड ड्रग्स प्रकरण: रिया चक्रवर्तीलाई थप १४ दिन जेलमै राख्न आदेश

काठमाडौं: ड्रग्स केसमा गिरफ्तार भएकी बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई थप १४ दिन जेलमै राख्न आदेश दिइएकाे छ । रियालाई बम्बे हाईकोर्टले फेरि १४ दिनका लागि फैसला सुनाएको हो ।

बम्बे कोर्टले २ पटक अर्जी खारेज गरेपछि उनले हाईकोर्टमा आफ्नो अपील गरेकी थिइन् । एनसीबीले ड्रग्स केसमा उनलाई गत ८ सेप्टेम्बरमा गिरफ्तार ...

बिग बोस–१४ : निक्की, जस्मीन, एजाज खानलगायत सेलिब्रेटीले घरमा इन्ट्री गरे

नयाँ दिल्ली, १८ असोज । सलमान खानको मोस्ट कन्ट्रोभर्सियल रियलिटी शो ‘बिग बोस १४’को धमाकेदार सुरुवात भइसकेको छ । शनिबार (हिजो) राति भएको ग्राण्ड प्रिमियर शोमा कन्टेस्टेन्टहरुले बीबी हाउसमा इन्ट्री गरेका छन् । 

उक्त ग्राण्ड प्रिमियरमा सलमान खान आफैले सबै प्रतियोगीहरुलाई दर्शकहरुसँग फेस टु फेस गराएका छन् । यस शोको प्रिमियरमा ...

अनुराग कश्यप–पायल घोष प्रकरण : मुम्बई पुलिसद्वारा अनुरागलाई ८ घण्टा सोधपुछ

नयाँ दिल्ली, १७ असोज । बलिउड अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपविरुद्ध यौन दूर्व्यवहारको आरोपमा उजुरी दर्ता गरिसकेकी छन् । अभिनेत्री पायलले निर्देशक अनुराग कश्यपविरुद्ध ४ धाराहरुमाथि उजुरी दर्ता गरेकी थिइन् । 

त्यसोत, अभिनेत्री पायल घोषको उजुरीको आधारमा अनिर्देशक अनुरागलाई मुम्बईको वसर्सोवा थानामा प्रहरीले ...

'कपल च्यालेञ्ज' भन्दै फाेटाे हाल्नु भएकाे छ? सावधान! पोर्न साइटमा आउन सक्छ

काठमाडौं, १६ असाेज । पछिल्लाे समय कपल च्यालेञ्ज भन्दै सामाजिक संजालका प्रयाेगकर्ताहरुले आफ्नो पार्टनरसँगको फोटो पाेष्ट गर्ने चलन बढीरहेकाे छ ।कपल च्यालेञ्जनको नाममा प्रयोगकर्ताहरुले आफ्नो निजी जानकारी सार्वजनिक गर्दा त्यसकाे फाइदा उठाउने जाेखिम निकै बढी देखिएकाे छ । 

यो ट्रेन्ड नेपालमा मात्र नभएर ...

बलिउड ड्रग्स प्रकरणमा पहिलो पटक चार बलिउड नायकको नाम जाेडियाे

मुम्बई, १५ असाेज । बलिउड ड्रग्स प्रकरणमा पहिलाे पटक चार बलिउड नायकहरुको नाम जोडिएको छ । ड्रग्स केसमा यसअघि भारतीय नायिकाहरुको नाम जोडिदै आएको थियो ।

तर अहिले  एनसीबी अनुसन्धानका क्रममा चार बलिउड नायकको नाम जोडिएको हो । ड्रग्स केसमा नाम जोडिने बलिउड नायकहरुमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया ...

६ वर्षपछि अनलाइनमा रिलिज भयो सुमित व्यासको ‘ब्लाउज’

काठमाडौं, १५ असोज । सुमित व्यास, प्रीति हंसराज शर्मा, रंजिनी चक्रवर्ती र इमरान रशीद स्टारर् फिल्म ‘ब्लाउज’ ३० सेप्टेम्बरबाट युट्यूवमा रिलिज भएको छ । विशेष कुरा यो हो कि ‘ब्लाउज’ फिल्म २०१४ मै रिलिज भइसकेको थियो । 

यस शर्ट फिल्मले हालसम्म १० भन्दा बढी नेशनल र इन्टरनेशनल नोमिनेशन्स पाइसकेको छ । यसका साथै यस फिल्मले ...

कोरोना महामारीको असरः डिज्नेले दुई राज्यबाट २८ हजार कामदार हटाउने

एजेन्सी ।  मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ । 

कोरोना भाइरसको महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नु परेको जनाएको छ । 

शारीरिक दूरीका ...

बलिउड निर्देशक अनुराग कश्यप प्रहरीकाे अनुमतिबीना मुम्बइ छाेड्न नपाउने

मुम्बई, १४ असाेज । बलिउड फिल्म निर्माता एवम् निर्देशक अनुराग कश्यप बिनाअनुमति मुम्बई छाड्न नपाउने भएका छन् । बलात्कारको आरोपमा मुम्बई प्रहरीले बयानका बोलाएर उनलाई बिना अनुमति मुम्बइ नछाड्न भनेको हाे।

दक्षिण भारतीय अभिनेत्री पायल घोषले बलात्कारको केसमा उनी विरुद्ध एक अक्टोबरमा परेको उजुरी प्रहरीले लिन ...