राजनीति

सभापतिका लागि दाैडधुप: बानेश्वरमा प्रकाशमान, शशांक र विमलेन्द्रको ‘लञ्च’ मिटिङ

काठमाडौं: नेपाली कांग्रेसका बिवमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई ‘लञ्च मिटिङ’मा डाँकेका छन् । मध्याह्न१२ बजे सुरु भएको तीन नेताको ‘लञ्च मिटिङ’ अहिले पनि जारी छ ।

निधिले सभापतिको प्रत्यासीहरुबीच सहमति वा समझदारी निर्माण गर्न प्रत्यासरीहरुसँग छलफल थाल्ने ...

सभापति बन्न देउवाकाे दाैडधुप, आज ३ प्रदेशका नेतासँग छलफल गर्दै

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्न लागेका छन् । देउवाले पार्टी सभापतिमा आफ्नो सम्भावित उम्मेदवारीबारे आज पनि आन्तरिक छलफल गर्दैछन् ।

छलफलका लागि ती प्रदेशबाट प्रतिनिधित्व गर्ने देउवा समूहका नेताहरु ...

बिहानदेखि माओवादीकाे केन्द्रीय समिति बैठक जारी

काठमाडाैं: नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक बसेकाे छ। सोमबार बिहानदेखि आकस्मिकरूपमा केन्द्रीय समिति बैठक बसिरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यले बताए।

भर्चुअल माध्यमबाट जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने ...

समझदारी गरेर महाधिवेशनको तयारीमा जुट्न देउवालाई दबाब

काठमाडाैं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।  

सभापति देउवाले ...

आयोगमा पेश गरेको कागजात नक्कली भएको दाबी गर्दै ठाकुरविरुद्ध यादव पक्षले जालसाजीको मुद्दा दायर गर्ने

काठमाडाैं : जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दै उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवसायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर गर्ने जनाएका छन्। 

जसपा निकट कानुन व्यवसायीहरूको संगठन संघीय कानुन व्यवसायी संघका अध्यक्ष ...

मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन : बाबुराम भट्टराई

काठमाडौं : जसपा नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत् भट्टराईले ‘स्वच्छ छवि मानिएका’ अध्यक्ष महन्थ ठाकुरले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

ठाकुरको नाम उल्लेख नगरी उनले लेखेका ...

गृहमन्त्री अधिकारीले गरे सातै प्रदेशका मन्त्रीसँग विपद् व्यवस्थापनबारे छलफल

काठमाडौं: विपद् व्यवस्थापनबारे गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गरेका छन् । मनसुन सुरु भएसँगै सुरु भएको विपद्को‌ विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, ...

पुन: सभापतिमा उठ्ने देउवाकाे तयारी, केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै

काठमाडाैं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्।

बिहान १० बजे बुढानिलकण्ठस्थित निवासमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसँग देउवाले ...

नाइटामा टाउकाको ओखती लगाएर हुन्न : बाबुराम भट्टराई

काठमाडौं : जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।

देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति दल/नेतृत्वको स्खलन भएको भट्टराईले बताए ।

सामाजिक सञ्जाल ट्वीटरमा भटराईले आइतबार बिहान ...

विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताएकी छिन् । 

मनसुनको शुरुआतसँगै भएको वर्षाका कारण ...

आन्तरिक विवाद मिलाउन सक्रि एमाले नेताहरू, समाधान नजिक पुगेको दावी

काठमाडाैं: नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए ।

एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई ...

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

काठमाडौं: चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमार्फत व्यापारघाटा कम गर्नका लागि ...

ओली–नेपाल पक्षका पाँचबीच समिट होटलमा वार्ता

काठमाडौं: शुक्रबार पनि एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरुबीच  समिट होटल ललितपुरमा छलफल भएकाे छ । उनीहरूबीच आज करिब दुई घण्टाजति छलफल भएको एमाले स्थायी कमिटी सदस्य तथा ओलीपक्षीय नेता सुवास नेम्वाङले बताए ।

उनले वार्ता जारी राख्न र एकता बचाउनेगरी सहमति खोज्न दुवै पक्ष दृढ रहेको पनि जानकारी दिए ।

शुक्रबारको ...

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पाए विश्वासको मत

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो ।

५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ ।  प्रस्तावको विपक्षमा ...

सुरु भयाे कांग्रेसकाे केन्द्रीय समिति बैठक

काठमाडौं:  दिउँसो एक बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भर्खर सुरु भएको छ । 

कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको नेताहरुले बताएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ...

आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे उपेन्द्र-बाबुराम

काठमाडौं: जनता समाजवादी पार्टी जसपाकाे उपेन्द्र-बाबुराम पक्ष आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

आयोगले राजनीतिक दलसम्बन्धी ...

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मागे विश्वासको मत

 पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । अहिले उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ ।

 

मेलम्चीमा पूर्वमन्त्री बस्नेतले पठाए राहत सामग्री

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाएको छ । विपद्मा पीडित बनेका यहाँका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा ...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ।
महाधिवेशन कार्यतालिका परिमार्जनसहित विभिन्न प्रस्तावमा छलफल गर्न बिहीबारदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने बताइएको छ।

हिजोको बैठकमा तल्लो तहको कार्य समितिको अधिवेशन साउन १२ गतेबाट सुरु हुने प्रस्ताव ...

झलनाथकाे वक्तव्यलाई लिएर उठाइएको झमेलाले माधव खेमामा तरंग

काठमाडाैं : पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको नामबाट बुधबार सार्वजनिक वक्तव्यलाई लिएर एमालेको माधव नेपाल खेमामा तरंग पैदा भएको छ । उपचारका लागि नयाँ दिल्ली जानुअघि खनालले पार्टी एकताका पक्षमा उभिन आग्रह गर्दै हिजो जारी गरेको वक्तव्यको आधिकारिकतालाई लिएर नेपाल समूहका केही नेताले आशंका गरेका ...

मौसममा सुधार भएपछि पोखरा फर्किए मुख्यमन्त्री पोखरेल

पर्वत : बाढी पीडितलाई राहत लिएर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसममा सुधार भएपछि पोखरा फर्किएका छन्।

शुक्रबार लागि विश्वासको मत लिने तय भएका बेला उनी बिहीबारदेखि मनाङमा नै अड्किएका थिए। तर, शुक्रबार बिहान साढे ७ बजे मौसम खुलेको मौका पारेर उनी पोखरा झरेका छन्। आज ...

विश्वासको मत लिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल

पाेखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय ...

सभामुख सापकोटा : विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै हो

काठमाडाैं : सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानअनुसार प्रधानमन्त्रीमा दावी प्रस्तुत भएपछि विश्वासको मतको परीक्षण गर्ने स्थल प्रतिनिधिसभा मात्रै भएको बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिट निवेदनमा लिखित जवाफ पठाउँदै सभामुख सापकोटाले विश्वासको परीक्षण गर्ने स्थल ...

देउवा महेश आचार्यकाे प्रश्न पछि बैठकमै आक्रोशित

काठमाडौं : कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो भूमिकामा प्रश्न उठाएपछि सभापति शेरबहादुर देउवा बैठकमै आक्रोशित भएका छन् । बिहीबारकाे बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा विधिको पालना नभएको र पार्टीमा छलफल नभएका विषय विपक्षी गठबन्धनकातर्फबाट आउने गरेको भन्दै विमति राखेका थिए । कांग्रेसका एक केन्द्रीय ...

महन्थ ठाकुर पक्षका सरकारमा गएका ९ जना जसपाबाट निष्कासित

काठमाडौं: जनता समाजवादी पार्टी जसपाकाे उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले सरकारमा गएका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका राजेन्द्र महतोसहित ९ जना नेता लाई पार्टीबाट ...

राष्ट्रपति कार्यालयले संसद विघटनबारे सर्वोच्चलाई पठाएकाे जवाफ 'पूर्णपाठ'

काठमाडाैं: राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा जवाफ पेश गरेकाे छ । राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट बिहिबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले प्रधानमन्त्री पदमा दावी ...

प्रधानमन्त्री नियुक्त गर्ने अधिकार अदालतलाई छैन: ओली

काठमाडौं: सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ ।

प्रधानमन्त्री ओलीले भने अदालतले प्रधानमन्त्री ...

माधव नेपालले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन्।

बैठक केहीबेरमा सुरु हुँदैछ । वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको ...

महाधिवेशनबारे निर्णय गर्न काँग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक बस्दै

काठमाडौं : नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । १४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न विहीबार दिउँसो २ बजे  पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

कोरोना महामारी र क्रियाशील सदस्यताको काम समयमा हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको ...

बाढीपहिरोबाट थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्नू – प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौँ बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित ...