समाज

राष्ट्रपतिको शुमकामनाः स्वास्थ्य मापदण्ड अपनाएर दशैं मनाउँ

काठमाडाैं: राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मापदण्ड अपनाएर मात्र चाडपर्व मनाउन आग्रह गर्दै विजयादशमीको शुभकामना दिएकी छिन्। कोरोनाभाइरस मानव जातिका लागि एउटा ठूलो स्वास्थ्य चुनौतीका रुपमा रहेको उनले उल्लेख गरेकी छिन्।

शुभकामना सन्देशमा भनिएको छ, “हाम्रो देशमा पनि यस भाइरसको संक्रमण बढिरहेको छ। ...

प्रधानमन्त्री ओलीले दिए दसैंको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान चाड बडादशैंका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।  उनले शुभकामनाका साथमा फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान समेत गरेका छन् ।

औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा ...

आज दसैंको मुख्य दिन विजयादशमी , उत्तम साइत १०ः१९ बजे

काठमाडौं । आज  नेपालीहरुको महान पर्व विजयादशमीको आज मुख्य दिन, आफु भन्दा ठुलाको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाएर मनाइँदैछ ।  विजयादशमीमा लगाइने रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ। 

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका ...

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक  शाहीव हुसैनको  हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल  भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर ...

दशैंँ आयो, रौनक आएन

ओखलढुङ्गा: घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंँको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दशैंँलाई स्वागत गरे पनि आमनागरिकलेल  मनैदेखि दशँैं भित्र्याउन सकिरहेका छैनन् । 

विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा ...

यस तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि बन्द

काठमाडौं: यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएकाे छैन् ।  काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको भन्दिर कोरोना संक्रमण जोखिम कै कारण सर्वसाधारणका लागि खुल्ला नगरिएको हो । यो मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल नवमी अर्थात महानवमीका दिन मात्र खुल्ने परम्परा छ ।

बडा दशैंको नवमीको ...

लागूऔषध र सुनसहित नेपाल-भारत सीमा क्षेत्रबाट चार जना पक्राउ

कञ्चनपुर, ९ कात्तिक । बेलडाँडी गाउँपालिका नजिक नेपाल–भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले हिजो साँझ लागु औषध र सुनसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट भुडा र बोर्डर आउट पोष्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको ...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्री ढकालको आग्रह

काठमाडौं, ९ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन् ।

बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको ...

नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मालाई पनि कोरोना संक्रमण भएको छ । 

पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले आइतबार (आज) बिहान फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले भनेका छन, ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु । केही दिनयता ...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं, ९ कात्तिक । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार ...

लाइन विस्तारपछि जाजरकोटको हल्चौर झिलिमिली

जाजरकोट, ९ कात्तिक । नलगाड नगरपालिका–८ हल्चौरमा विद्युत्को लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ । यहाँका करिव ५०० घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् । 

नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा शुरु ...

कोरोनाबाट पोखरामा थप तीन पुरुषको मृत्यु

पोखरा, ९ कात्तिक । पोखरामा थप ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट कास्की जिल्ला, पोखरा महानगरपालिका १ का ४२ बर्षीय पुरुष, पोखरा महानगरपालिका–२२ का ६८ बर्षीय पुरुष र पोखरा महानगरपालिका–३१ का ५८ बर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार ...

विराटनगरमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

विराटनगर, ९ कात्तिक । विराटनगरमा थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका–९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । 

श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही ...

आज महानवमी पर्व, दूर्गा भवानीको पूजा आराधना गरी बली दिएर मनाइँदै

काठमाडौं, ९ कात्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बली दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । 

दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा ...

खुला सीमानाका कारण सुन तस्करीको 'ट्रान्जिट प्वाइन्ट' बन्दै कपिवस्तु

कपिलवस्तु: जिल्लामा सुन तस्करीको जालो तोड्न नेपाल प्रहरीले विशेष निगरानी बढाएको छ । केही दिनअघि मात्रै जिल्लाको मायादेवी गाउँपालिकाको वनकसियाबाट भारततर्फ लैजाँदै गरेको आधा किलो सुन पक्राउ गरेपछि उत्साहित बनेको प्रहरी अहिले थप सक्रिय बनेको छ ।

आधा किलो सुनसहित पक्राउ परेका मायादेवी गाउँपालिका ४ चाकरचौडाका ...

बाबुलाई घरको तलाबाट खसालेर मारेको अभियोगमा २२ वर्षीय छोरा पक्राउ

काठमाडौंः प्रहरीले आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक युवकलाई नियन्त्रणमा लिएको छ।

दाङ बंगलाचुलि नगरपालिका वडा नम्वर २ स्थित पाखापानी बस्ने २२ वर्षीय बिरबहादुर विकलाई नियन्त्रणमा लिएको हो।

शुक्रवार राति छोरो बिरबहादुरले सामान्य विषयमा विवाद हुँदा ४५ वर्षीय बाबु बलाराम विकलाई कुटपिट गरि घरको तलाबाट ...

बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

सप्तरी: बलात्कार प्रयास गरेको आरोपमा सप्तरीको महदेवा गाउँपालिका–३ बलिया बथनाहाका २ जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।  

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप ...

हिउँदमा ओत लाग्न पुलमुनि बस्छन् ‘सुकुम्बासी’

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाटा नगरपालिका– ११ का दलहबहादुर बोहरा पुर्व–पश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोबास गरिरहनुभएको छ । आफूसित सम्पतिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहनुभएका बोहरा स्थायी बसोबास नुहँदा निकै सास्ती झेल्नु परेको दुखेसो पोख्नुभयो ।

२०६२ ...

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं, ८ कात्तिक । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले ट्वीट गर्दै आफू र आफ्नो श्रीमती हिसिला यमी दुवैलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

भट्टराई दम्पतीले यही कात्तिक सात गते ...

नेकपा सचेतक शान्ता चौधरीले कोरोनामुक्त हुँदै भनिन्, ‘मैले पुनर्जीवन पाएँ’

काठमाडौं, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीले कोरोना संक्रमणलाई पराजित गरेकी छन् । सचेतक चौधरी आफैले सोसल मिडिया फेसबुकमार्फत् (हिजो) शुक्रबार कोरोना रिपोर्ट निगेटिभ आएको जानकारी गराएकी हुन् । 

चौधरीलाई गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई वीर अस्पतालमा ...

प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृतको संख्यामा वृद्धि 

बैतडी, ८ कात्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका छन् । 

गत वर्ष एक हजार एक सय दुई जना सूचीकृत भएकामा यस वर्ष उक्त संख्या बढेर एक  हजार छ सय ७७ पुगेको छ। सूचीकृत हुनेमा छ सय १३ महिला तथा एक हजार ६२ पुरुष ...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी, ८ कात्तिक । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने विषयमा देउखुरीमा छलफल भएको छ । 

तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक ...

कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई खसी 

कञ्चनपुर, ८ कात्तिक । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैं मनाउनका लागि खसी उपलव्ध गराइएको छ । 

लालझाडी गाउँपालिकाले कैदीबन्दीलाई खसी उपलब्ध गराएको हो । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै फलफूल र चिउरा पनि उपलब्ध गराइएको छ । 

गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले सरकारले ...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी, ८ कात्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । 

मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका हुन् । 

दशैँका नाममा जताततै भीड गर्ने, हुल बाँधेर रमाइलो गर्ने जस्ता कार्य नगर्न तथा नगराउन ...

आज बडादशैँको आठौं दिन दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्य रुपमा मनाइदै

दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

काठमाडौँ, ८ कात्तिक । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइदै छ ।

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई ...

नवरात्रको सातौँ दिनः विधिपूर्वक गरियो कालरात्रि देवीको पूजाराधना

काठमाडौं । नवरात्रको सातौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गापक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन यही  कात्तिक १ गते दशैँघर वा पूजाकोठामा ...

पोखरामा मल्लकालीन परम्परा निरन्तरता दिँदै भित्र्याइयो फूलपाती

कास्की । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन परम्परालाई निरन्तरता दिँदै आज  फूलपाती भित्र्याइएको छ ।

कोरोना महामारीको विद्यमान अवस्था एवम् प्रशासनको निर्देशनसमेतलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी फूलपाती भित्र्याइएको कोटभैरव मन्दिर संरक्षण ...

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा  विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन् ।

विगतका दशैँमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको  कोरोना भाइरसका कारण उक्त ...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै थन्किए

डडेल्धुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ महिनासरम्म बन्द रहेका सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ भएका हुन् ।

विगतवर्षमा दशैँको समयमा उक्त बसपार्कका ...

उपत्यकामा उच्च सुरक्षा सतर्कता, ड्रोनबाट गस्ती र नाकामा कुकुर परिचालन

काठमाडौं: नेपाल प्रहरीले चाडबाड लक्षित सुरक्षा योजना अनुसार काठमाडौं उपत्यकामा ड्रोनबाट अनुगमन थालेको छ।  आर्थिक कारोबार बढी हुने उपत्यकाको विभिन्न क्षेत्र, सवारीको चाप बढी हुने क्षेत्र र मानिसहरूको चहलपहल बढी हुने क्षेत्रहरूमा प्रहरीले ड्रोनबाट अनुगमन थालेको हो।

प्रहरी प्रवक्त तथा प्रहरी वरिष्ठ उपरीक्षक ...