आईतवार, भाद्र २९, २०७६

    यातायात

    बनेपामा आन्तरिक विमानस्थल बन्छः मन्त्री बाँस्कोटा

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काभ्रेपलाञ्चोक, १९ जेठ  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र  काम लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ   बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने बताउनभुयो ।  मन्त्री बाँस्काटाले भन्नुभयो, “हरेक दिन नयाँ सोच र नयाँ कामको पहिचान आजको आवश्यकता हो, हामीले पाँच..

    काठमाडौंमा ट्याक्टरपछि मालबाहक सवारी दिनभर चलाउन रोक

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौं, १९ जेठ । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ । आगामी असार १ गतेबाट काठमाडौंमा बिहानदेखि  ८ बजेदेखि बेलुका ७ बजेसम्म मालबाहक सवारीको प्रवेश तथा सञ्चालनलाई निषेध गरिने भएको छ ।सार्वजनिक विदाको दिन भने यो व्यवस्था लागू नहुने विभागले जनाएको छ ।..

    पहिरोका कारण नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

    आईतवार, जेष्ठ १९, २०७६ साल
    चितवन, १९ जेठ  । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो ।  अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई-तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । सो सडकखण्ड..

    बनस्थलीस्थित पोलमा आगलागी, यातायात अवरुद्ध

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ ।  राजधानीको बनस्थलीस्थित एक पोलमा आइतबार बिहान आगलागी भएको छ । आगलागी भएपछि यातायात अवरुद्ध भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ..

    प्रदेशको गौरव आयोजनाका रुपम अघि बढ्दै ‘उपत्यका काठ चक्रपथ’, लम्बाइ १३५ किमि

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ तीन नं प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने गरी काठमाडौँ उपत्यका चक्रपथ निर्माणलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाएको छ ।   ‘उपत्यका काठ चक्रपथ’को लम्बाइ १३५ किमि हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यसैगरी केन्द्र सरकारले तीन जिल्ला जोडिने गरी ७२ किमि लामो बाहिरी चक्रपथ निर्माण अघि बढाएको छ । चालू आर्थिक वर्षमा..

    यात्रुलाई सुविधा दिए पनि सुरक्षाका हिसाबले ढुक्क हुन नसकिएको टुटल, पठाओलाई ऐनमा समेटिँदै

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ । सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन ।  यातायात व्यवस्था ऐन संशोधनका क्रममा रहेकाले त्यसले टुटल र पठाओलाई पनि सम्बोधन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।..

    आजदेखि काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित उडान, यात्रुको चाप बढेमा सातै दिन सेवा

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    ओखलढुङ्गा, १७ जेठ । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ । शुक्रबार शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौँबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं  १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो ।   करीब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी भएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो ।  रुम्जाटार विमानस्थल नियमित..

    सडक, रेल र पानीजहाजका लागि १ खर्ब ६३ अर्ब बजेट

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ सडक, रेल र पानीजहाजका लागि सरकारले १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले उल्लेख गरेका हुन्। रेलमार्गहरुको निर्माणलाई प्रतिष्ठाको विषय बनाएको सरकारले यस कार्यका लागि आगामी वर्षमा पौने ८ अर्ब करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि साढे ४ अर्ब बजेट पाएको रेलमार्गले आगामी वर्ष ७..

    पृथ्वीराजमार्गको मुग्लिन सडकखण्ड १४ दिन बन्द हुने

    बुधबार, जेष्ठ १५, २०७६ साल
    मुग्लिन, १५ जेठ । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको हो । योजनाका अनुसार जेठ १६ गतेदेखि ३०..

    भूकम्पपछि बन्द तातोपानी नाका आजदेखि औपचारिक रुपमा खुल्यो

    बुधबार, जेष्ठ १५, २०७६ साल
    सिन्धुपाल्चोक, १४ जेठ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार बिहान दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच खुला भएको हो । नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो । नाका खुलाउने सिलसिलामा आजै..

    १५ सय दिनपछि बुधबार तातोपानी नाका खुल्ने, मितेरी पुलमा कार्यक्रमको आयोजना

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ   अन्ततः लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका बुधबारदेखि सञ्चालन हुने भएको छ । भैँचालोले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि एक हजार ४९५ दिनपछि नाका सञ्चालनमा आउन लागेको हो । नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम आयोजना हुने छ ।  कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, मन्त्रालयका वरिष्ठ अधिकारी, प्रतिनिधिसभाका सदस्य एवम् राजनीतिक दलका..

    तातोपानी नाका ४ वर्षपछि खुल्यो, चहलपहल बढ्दै, रित्ता कन्टेनर खासातिर

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    सिन्धुपाल्चोक, १४ जेठ ।  ०७२ सालको विनाशकारी भूकम्पका कारण बन्द रहेको नाका व्यापार व्यवसायको प्रवद्र्धनका लागि अग्रपङ्क्तिमा रहेका निजी क्षेत्र पनि समस्यामा परे । सोही नाका भएर सञ्चालित एक हजार बढी ट्रक तथा कन्टेनर अन्यत्रै पलायन भए ।  तिब्बत जोड्ने तातोपानी नाका मंगलबारबाट खुलेको छ । बन्द भएको ४ वर्षपछि तातोपानी नाका मंगलबारदेखि पुनः सञ्चालनमा आएसँगै यहाँ चलहपहल बढ्न थालेकाे छ । नाका..

    सुख्खा पहिराले छिन्चु–जाजरकोट सडक अवरुद्ध, सवारी साधन ठप्प

    सोमबार, जेष्ठ १३, २०७६ साल
    सल्यान, १३ जेठ ।  सुख्खा पहिरोले छिन्चु जाजरकोट सडकखण्ड अवरुद्ध बनेको छ । सल्यानको वनगाड कुपिण्डे–१ वांगीरह नजीकै सोमबार बिहान सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।  सडक अवरुद्ध बनेपछि सवारी साधन अवातजावात गर्न नसकेको प्रहरीले जनाएको छ ।  सडक अवरुद्ध भएपछि वनगाड कुपिण्डे नगरपालिकाको डोजरमार्फत पहिरो पन्छाउने कार्य भइरहेको छ । विप्लव समूहको बन्दको कारण बिहानै गन्तव्यमा हिँडेका सवारी साधनहरु पहिरो खसेपछि..

    स्थानीयवासीद्वारा विमानस्थल पुन: सञ्चालनको माग

    सोमबार, जेष्ठ १३, २०७६ साल
    भीमदत्तनगर, १३ जेठ ।    कञ्चनपुर भीमदत्तनगरपालिका–१६ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।    विमानस्थल सञ्चालनका लागि दबाब दिन यहाँका युवा तथा नागरिक समाजका अगुवाको पहलमा मझगाउँ विमानस्थल सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।    सामाजिक सञ्जालमासमेत पछिल्लो केही दिनयता धगनगढीस्थित गेटा विमानस्थलको विकल्पमा भीमदत्तनगरको मझगाउँ विमानस्थल सुचारु हुनुपर्ने माग बढिरहेको छ ।   पूर्व वन अधिकृत रमेश चन्दको संयोजकत्वमा सङ्घर्ष समिति गठन..

    न्यूरोडमा स्मार्ट पार्किङ बिहीबारदेखि शुरु हुँदै, बुकिङ गर्ने तरिका यस्तो छ :

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ बिहीबारदेखि काठमाडौं महानगरपालिकाले न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउन लागेको छ। रामेश्वर मिठाइपछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्सअगाडिको गरी पाँच स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागिएको महानगरपालिकाले जनाएको छ। कर्मचारी प्रशिक्षणलगायतका काम सकिसकेकोले यही बिहीबारदेखि स्मार्ट पार्किङ सुरू हुने छ । १ साता पार्किङ नि:शुल्क गरिने भएको छ । यो कार्यक्रम लागू..

    दैलेखमा मिनी ट्रक दुर्घटना, ३ जनाको मृत्यु

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    दैलेख, १० जेठ  दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा शुक्रबार् ३ जनाको मृत्यु भएको छ ।  सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन वटै शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले..

    बस र ट्रक ठोक्किँदा घटनास्थलमै २ जनाको मृत्यु, २५ घाइते

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    लहान, १० जेठ । सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी..

    चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौं, ९ जेठ नेपालका लागि चीनका राजदूत होऊ यान्छीले भौगोलिक विकटताका कारण नेपालमा रेल ल्याउन अत्यन्त जटील रहेको भन्दै दुई–तीन वर्षमै यो कार्य सम्भव नहुने स्पष्ट पारेकी छिन्।  यस्ता परियोजना निर्माणका लागि वैज्ञानिक दृष्टिकोण जरुरी रहेको देखाईएको छ । दूतावासद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् ।   भूकम्पले क्षति पुर्याएको तातोपानी नाकालाई पुरानै अवस्थामा फर्काउन निकै मेहनेत गरिएको उनले जनाएकी..

    टिपरको ठक्करबाट १ जनाको मृत्यु

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    उर्लाबारी, ९ जेठ  मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको ठक्करबाट बिहिबार दिउँसो एक जनाको मृत्यु भएको छ ।       बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो ।  टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान..

    टिभीएसको एक्सचेन्ज जात्राः मोटरसाईकल तथा स्कूटर साट्दा उपहार पनि पाइने

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ ।  नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकको हितलाई दृष्टिगत गर्दै एक्स्चेञ्ज योजना अघि सारेको छ । विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकल तथा स्कूटर नेपालमा पनि अत्याधिक रुचाइएका छन् । विभिन्न आकर्षक मोडल तथा पावर इन्जिनमा उपलब्ध मोटरसाईकल तथा स्कूटर अब ग्राहकले पुरानो तान्न छाडेर नयाँ हाक्न पाउने गरी जगदम्बा मोटर्सद्वारा एक्स्चेञ्ज अफर टिभीएस..

    पोखरा–देहरादुन बस सेवा सञ्चालनमा, भारतीय पर्यटकको सङ्ख्या बढ्ने विश्वास

    बुधबार, जेष्ठ ८, २०७६ साल
    कास्की, ८ जेठ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बुधबारदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो ।  सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले सिधा बस सेवा सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल..

    ६ हजार ट्याक्सीको मिटर भाडा समायोजन, ४० प्रहरी सादा पोशाकमा

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।  विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा..

    चीनको फड्को ! अमेरिकामाभन्दा १४ गुणा बढी विद्युतीय बस, शून्य उत्सर्जनको लक्ष्य

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ अहिलेसम्म हेर्दा विद्युतीय सवारी साधनको क्षेत्रमा चीनले ठूलो अग्रता लिएको छ । सन् २०१८ को तथ्यांकअनुसार उसले जति प्रगति गरेको छ बाँकी विश्वले त्यहाँसम्म पुग्न अझै धेरै वर्ष संघर्ष गर्नुपर्नेछ । अमेरिकाको अर्थ विश्लेषक कम्पनी ब्लुम्बर्गले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षसम्म विश्वमा ४ लाख २५ हजार विद्युतीय सार्वजनिक सवारी अस्तित्वमा आएका छन् । ती मध्ये ४ लाख २१..

    ट्राफिक नियम उल्लङ्घनको राजश्व तिर्ने व्यवस्था अब अनलाइनमार्फत

    सोमबार, जेष्ठ ६, २०७६ साल
    काठमाडौँ, ६ जेठ ।  ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो ।  महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न पाउने व्यवस्था गर्न लागेको जानकारी..

    उपत्यकामा मोटरसाइकलको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य !

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौँ, ५ जेठ काठमाडौँ उपत्यकामा मोटरसाइकलमा पछाडि बस्ने यात्रीहरुका लागि पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने व्यवस्था ट्राफिक प्रहरीले फेरि गर्ने तयारी गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि सिटमा चढ्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ । पछाडि बस्ने यात्रीहरुले हेल्मेट नलगाएका कारण दुर्घटना बढेको तथ्यांकपछि ट्राफिक प्रहरी कार्यालयले पछाडि बस्ने चालकका पनि हेल्मेटको व्यवस्था गर्न लागेको हो..

    त्रिशूली बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो, ४ जनाको सनाखत हुन बाँकी

    आईतवार, जेष्ठ ५, २०७६ साल
    धादिङ, ५ जेठ ।   झापाको काँकडभट्टिाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आईतबार बहिान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन् । मृत्यु भएका चारजनाको..

    यातायात समितिलाई ५ दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घको आग्रह

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौँ, ५ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो ।   महासङ्घले आईतबार सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को..

    त्रिशूलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते, ३ जनाको सनाखत

    आईतवार, जेष्ठ ५, २०७६ साल
    धादिङ, ५ जेठ ।   झापाको काँकडभट्टिाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादङिमा आईतबार बहिान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।  दुर्घटनामा २९ घाइते भएको जल्लिा ट्राफकि प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नरिीक्षक हेमराज घमिरिेले जानकारी दनिुभएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल..

    रातमा सार्वजनिक सवारी नहुँदा उपत्यकामा यात्रु हैरान, ‘लिफ्ट’ माग्नु पर्ने अवस्था

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    काठमाडौँ, ३ जेठ । महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाड्नुभयो । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उहाँले जागिर नै छाड्नुपरेको हो । पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताउनुभयो । रातको समयमा नचिनेको मान्छेसँग हिँड्न सुरक्षित महसुस नभएको..

    सुर्खेतमा ७२ सिटे जहाज उडाउन ३ अर्बको लगानीमा रन वे विस्तार हुँदै

    बिहिवार, जेष्ठ २, २०७६ साल
    सुर्खेत, २ जेठ । २०२२ सालमा स्थापना गरिएको सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका दुर्गम हिमाली तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा यात्रु तथा खाद्यान्न ओसारपसारका लागि दैनिक दुई दर्जन बढी उडानहरु हुँदै आएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको विमानस्थलमा विगत एक वर्षदेखि ४७ सिटे जहाज भन्दा साना जहाजमात्रै उडान र अवतरण गर्दै आएका छन् । सुर्खेतमा त्यसभन्दा ठूला जहाज अवतरण गराउन नसकिने भएपछि धावनमार्ग थप..
    Results 1023: You are at page 9 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast