शनिबार, कार्तिक २, २०७६

    यातायात

    बल्ल आइपुग्यो ‘मास प्रिन्टर’

    बुधबार, श्रावन २२, २०७६ साल
    काठमाडौँ, २२ साउन ।  झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । आज दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।  एकडेढ महीनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । विभागले मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद..

    हेटौँडा– काठमाडौं चल्ने सुमोमा जोरबिजोर प्रणाली

    बुधबार, श्रावन २२, २०७६ साल
    हेटौँडा, २२ साउन ।  हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको फाखेल र सिस्नेरी सडकमा जोरबिजोर प्रणालीमा सुमो सञ्चालन हुने भएको छ ।  स्थानीय व्यवसायीले सवारी सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको उपस्थितिमा आज बसेको बैठकले गत आर्थिक वर्षमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा निर्णय भएको भन्दै जोरबिजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो ।  समस्या समाधानका..

    ब्रेथलाइजर मेसिन बिग्रिँदा ट्राफिक प्रहरीद्वारा सुघेरै मपसे चेक

    बुधबार, श्रावन २२, २०७६ साल
    डोटी, २२ साउन   जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि पर्याप्त प्रविधि र सामग्री नहुँदा समस्या भइरहेको जनाएको छ ।    डोटीमा ट्राफिक प्रहरीका लागि भएको एकमात्र ब्रेथलाइजर मेसिन बिग्रेको छ । यही कारण मादक पदार्थ सेवन गरी सवारी चलाउने र प्रहरीबीच विवाद हुने गरेको छ । बिग्रेका मेसिन मर्मतका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया पठाएको लामो समय भइसक्दा नपठाउँदा डोटी ट्राफिक प्रहरीलाई..

    पठाओको ट्याक्सी सेवा सुचारु, नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने

    बुधबार, श्रावन २२, २०७६ साल
    काठमाडौँ, २२ साउन  राइड सेयर कम्पनी पठाओले शुक्रबारदेखि ट्याक्सी सेवा सुरू गर्ने भएको छ । दुई पांग्रे सेवाको सफलतापछि दोस्रो प्रोजेक्टको रूपमा आगामी शुक्रबारदेखि ट्याक्सी सेवा सुरू गर्न लागिएको पठाओका रिजनल डाइरेक्टर अशिममान सिहं बस्न्यातले जानकारी दिए । ‘हामीले सामाजिक सञ्जालमार्फत् ग्राहकसँग सुझाव मागेका थियौं, ट्याक्सीको माग उच्च भएपछि ट्यासी सेवा सुरू गर्न लागेका हौं,’ बस्न्यातले सेतोपाटीसगँ भने। हालको एपमा ट्याक्सी विकल्प छानेर..

    निगमको शानलाई जहाजको उचाइ बराबर पुर्याउँछौँ : पर्यटनमन्त्री भट्टराई

    मंगलवार, श्रावन २१, २०७६ साल
    काठमाडौँ, २१ साउन ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सानलाई जहाजकै उचाइ बराबर पुर्याउने गरी सुधारको काम गरिने बताउनुभएको छ ।   राष्ट्रिय पर्यटन पत्रकार सङ्घका प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय ध्वजाबाहक पर्यटक आगमनसँग प्रत्यक्ष जोडिएको विषय हो भन्दै निगमको हालको अन्योलग्रस्त अवस्थालाई सुधार गरी जहाजको उचाइझैँ बनाउने विश्वास व्यक्त..

    अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनको माग

    सोमबार, श्रावन २०, २०७६ साल
    काठमाडौँ, २० साउन   नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सिंहदरबारमा भेटगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान हवाई चाप व्यवस्थापनका लागि विमानस्थल २४ सै घण्टा सञ्चालनका लागि आग्रह गरेको हो ।   विमानस्थलमा हवाई ट्राफिकको चाप बढेका कारण..

    मोटरसाइकलमा यात्रु बोक्न 'प्रतिबन्ध'!

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन  सरकारले निजी सवारीसाधनलाई भाडामा प्रयोग गर्न नपाइने  कानुन ल्याएको छ । प्रदेश ३ ले बनाएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारीलाई व्यावसायिक प्रयोजनमा चलाउन नपाउने गरी घुमाउरो भाषामा प्रतिबन्ध लगाउन खोजेको छ ।  निजी सवारीलाई गैर-व्यावसायिक सवारीको रूपमा परिभाषित गरेको प्रदेश ऐनले यस्ता सवारीले निश्चित रुट, भाडा निर्धारण तथा यात्री बिमा गरेमा मात्र यात्रु बोक्न पाइने उल्लेख गरेको..

    उफ ! कोटेश्वरको सास्ती

    शुक्रबार, श्रावन १७, २०७६ साल
    काठमाडौँ, १७ साउन ।  काठमाडौं भित्रने मुख्य नाका काटेश्वरमा अध्याधिक रुपमा ट्राफिक जाम बढेको छ । तीनकुने–सूर्य विनायक सडक छ लेनको बनेपछि काटेश्वर चोकमा ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् । अरनिको राजमार्ग, वीपी राजमार्ग हुँदै आउने सवारी साधन कोटेश्वर नाकाबाटै काठमाडौं प्रवेश गर्ने गरेका छन् । दैनिक हजारौको संख्यामा सवारी साधन ओहोरदोहोर गर्ने कोटेश्वर चोकमा आकाशे पुल नहुँदा ट्राफिक जामको थपबोझ..

    नेपाल वायु सेवा निगमले असोजदेखि जापानको नारिता उडान गर्ने

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन ।   राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ ।   आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । निगमले नारिता विमानस्थलमा..

    नेपाल भारत जोड्ने रक्सौल-काठमाडौं रेलमार्गको ४ वटा बाटो

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौं, १६ साउन ।  नेपाल भारत जोड्ने रक्सौल- काठमाडौं रेलमार्गका लागि ४ वटा एलाईन्टमेन्ट सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन भारतीय कम्पनीले नेपाललाई दिएको छ । काठमाडौं तराई/मधेश द्रुतमार्गको लम्वाई करिव ७४ किमी छ ।  भारतीय कोंकर्ण रेल्वे कर्पोरेशनले १ सय ४० देखि २ सय किमीसम्मको एलाईन्टमेन्ट  सहितको प्रतिवेदन दिएको हो।  निजगढबाट पथलैया १८ किमी पर्छ । त्यहाँबाट घण्टाघर २५ किमीमा पर्छ । घण्टारघरदेखि ३० किमीमा..

    एक वर्षभित्रमा कर्णाली प्रदेश जोड्ने सडक कालोपत्र हुने

    बुधबार, श्रावन १५, २०७६ साल
    सल्यान, १५ साउन   कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एक वर्षभित्रमा कर्णाली प्रदेश जोड्ने सडक कालोपत्र हुने दाबी गर्नुभएको छ ।   श्रीनगर खलङ्गा हँुदै बालुवा सङ्ग्रहीसम्मको करीब ३८ किलोमिटर सडक चालु आर्थिक वर्षभित्रमा कालोपत्र हुने उहाँले बताउनुभएको हो ।     शारदा नगरपालिका–४ लामाडाँडामा स्थापना भएको शहीद नेत्रलाल अभागी प्रतिष्ठानको दुई कोठे भवनको आज शिलान्यास गर्दैै मन्त्री ज्वालाले राजधानी जोड्का लागि रु नौ..

    मापसे कारवाहीमा परेका ४ सय ३९ चालकको लाइसेन्स निलम्बन

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन   यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक..

    तातोपानी नाका खुल्यो तर चलेन

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन ।  लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य छ । मालबाहक गाडी मात्र आउजाउ गर्न पाउने सहमतिपछि चीनले नाका खुलाएको थियो । नेपाल–चीन जोड्ने प्रमुख नाका प्रभावकारी रूपमा सञ्चालन हुन मानिस पनि सहज रूपमा आउजाउ हुनुपर्ने माग स्थानीयको छ ।..

    घुस लिएको अभियोगमा प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित छ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आर्थिक वर्ष २०७४÷७५ मा विद्युतीय सामग्री खरीद गर्दा अनियमितता गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा बदमासी गरेको पाइएको आयोगले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवेदीलगायतले सत्या इन्टरप्राइजेजसँग मिलेमतो गरी विद्युतीय सामग्रीको खरीद गरेको पाइएको छ ।  आयोगले उपसचिव..

    त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण ८० प्रतिशत सम्पन्न

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन ४ वर्ष अघि विस्तारको काम शुरु भएको त्रिपुरेश्वर–नागढुङ्गा सडक चार महीनामा सम्पन्न हुने भएको छ । सडक क्षेत्रमा परेका घर भत्काएपछि स्थानीयवासीले विरोध गरेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध भएको थियो । अहिलेको गतिमा काम भए निर्माण  सम्पन्न हुन लामो समय नलाग्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।  “सडकको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको छ”,  आयोजनाका..

    मेची-महाकाली विद्युतीय रेलमार्गको काम अगाडि बढ्यो, मुआब्जा निर्धारण प्रक्रिया सुरु

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौं, १४ साउन  ।  राष्ट्रिय गौरवको मेची-महाकाली विदयुतीय रेलमार्गको रेखाङ्कनमा पर्ने क्षेत्रहरुको मुआब्जा निर्धारण प्रक्रिया सुरु भएको छ । बर्दिवास-निजगढ खण्डबाट मुआब्जा निर्धारण प्रक्रिया सुरु गरिएको हो । रौतहट जिल्लाको साविकका सतंपुर र रगंपुर गाविसमा रेलमार्गको रेखाङकनभित्र पर्ने जग्गाको मुआब्जा निर्धारण गरेको छ ।  सम्वन्धित जग्गाधनी वा मोही वा निजको ऐन अनुसार अधिकार प्राप्त वारेसले जग्गाधनी प्रमाणपत्र, मालपोत तिरेको रसिद, कित्ता नं स्पष्ट..

    सुकेटार विमानस्थलमा डेढ महीनादेखि उडान ठप्प

    सोमबार, श्रावन १३, २०७६ साल
    ताप्लेजुङ, १३ साउन  सुकेटार विमानस्थलमा असारदेखि उडान हुनसकेको छैन । हरेक वर्ष बर्खामा उडान ठप्प हुँदैआएको सुकेटार विमानस्थलमा यस वर्ष असार ४ गतेदेखि मौसम खराबीका कारण उडान हुन सकेको छैन ।   मौसम खराब भएकाले उडान हुन नसकेको नेपाल वायुसेवा निगमका स्टेशन इञ्चार्ज राजु कार्कीले बताउनुभयो । जेठ २९ गतेसम्म नियमित उडान भएकामा त्यसयता असार ४ गते मात्रै उडान भएको थियो । असार..

    सवारी साधनको अधिकतम खुद्रा मूल्य भन्सारमै सार्वजनिक गर्नुपर्ने

    सोमबार, श्रावन १३, २०७६ साल
     काठमाडौँ, १३ साउन  आयातकर्ताले आयात गर्ने १२ किसिमका वस्तुको एमआरपी भन्सार बिन्दुमै घोषणा गर्नुपर्ने भएको छ। भन्सार विभागका अनुसार ती वस्तु आयात गर्नेले भन्सार बिन्दुमा एमआरपी घोषणा नगरे सामान आयात गर्न नपाउने भएका छन्।  विभागले प्रकाशन गरेको सूचनाअनुसार सबै प्रकारका टेलिभिजन सेट, घरायसी प्रयोजनमा प्रयोग हुने एयर कन्डिसन, घरायसी प्रयोजनमा प्रयोग हुने रेफ्रिजेरेटर र वासिङ मेसिनको अधिकतम खुद्रा मूल्य भन्सार विन्दूमा नै..

    थन्किएको वाइडबडीले अब ओसाका उडान भर्ने

    आईतवार, श्रावन १२, २०७६ साल
    काठमार्डौँ, १२ साउन   लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो ।    कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करीब रु २४ अर्बमा खरीद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका बेला निगम व्यवस्थापन भने गन्तव्य सेवा विस्तारको धमाधम तयारीमा छ ।    त्यसो त, निगमभित्रको बेथिति, आर्थिक अराजकता, संस्थाभित्रको विकृतिलगायत विषय..

    कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प, हवाई यात्राको भर पर्नुपर्ने अवस्था

    आईतवार, श्रावन १२, २०७६ साल
    खलङ्गा, १२ साउन  कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो ।  उहाँका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । “यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”, प्रजिअ कार्कीले भन्नुभयो, “ पहिरोको प्रकृति हेर्दा तुरुन्तै..

    पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रु बीच बाटोमा अलपत्र

    आईतवार, श्रावन १२, २०७६ साल
    कालीकोट, १२ साउन । कर्णाली राजमार्गको शुभकालिका गाउँपालिका–१ मा पर्ने कालेखोलामा पहिरो जाँदा यातायातका साधन अवरुद्ध भएको छ । शनिबार राति गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।  अहिले खुलाउने प्रयास जारी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगञ्जका लागि छुटेका यात्रुबाहक सवारीसाधन तथा यात्रुहरु बीच बाटो नै अलपत्र परेका छन् । ..

    ट्रकको पछाडि बस ठोक्किँदा १ को मृत्यु, ५ घाइते

    आईतवार, श्रावन १२, २०७६ साल
    चितवन, १२ साउन । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आईतबार बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।  गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै..

    विजयपुरमा बेलिब्रिजबाट यातायात सञ्चालन

    शनिबार, श्रावन ११, २०७६ साल
    कास्की, ११ साउन  पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि बेलिब्रिज (पुल) सञ्चालनमा ल्याइएको छ । विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बिम चर्किदा ठूला भार क्षमताका यातायातका साधन पुलबाट आवतजावत रोक लगाइएकामा आज साँझबाट बेलिब्रिज सञ्चालनमा ल्याएर यातायात वारपार शुरु गरिएको  डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो । गत फागुनमा पक्की पुल जीर्ण भएको..

    यती एयरलाइन्सको पाँचौँ एटीआर विमान भित्रियो

    शनिबार, श्रावन ११, २०७६ साल
    काठमाडौँ, ११ साउन   निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान भित्र्याएको छ ।   कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको राजधानी बैंककबाट उडेर आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।   व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने लक्ष्यका साथ यतीले विमान थपेको हो ।  उक्त लक्ष्य हासिल गर्न थपिएका विमानले सहयोग..

    पहिराेले अवरुद्ध कर्णाली राजमार्ग खुल्याे

    शनिबार, श्रावन ११, २०७६ साल
    कालिकोट, ११ साउन ।  कर्णाली राजमार्गमा गएराति पहिरो खस्दा अवरुद्ध भएकाे कर्नाली राजमार्ग खुला भएकाे छ । कालिकाेटकाे शुभकालिका गाउँपालिका-१ स्थित कर्णाली राजमार्गमा गएराति पहिरो खस्दा अवरुद्ध कर्णाली राजमार्ग खुला भएको हाे। हुल्मा प्रहरी चौकी इन्चार्ज मिनबहादुर बमका अनुसार वर्षाका कारण गगनेमा गएराति पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग दिउँसोबाट खुलेको हो।  गगनेमा दैनिक रुपमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ। आज पनि..

    ३० प्रतिशत वायु प्रदूषण मापदण्ड विपरीतका साधनबाट

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रिया कार्यक्रममा उपत्यकामा सवारीसाधनले अत्यधिक चाप हुनाका साथै मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको हो ।  प्रतिवेदनको आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले सार्वजनिक..

    जनकपुर विमानस्थलमा पनि हवाई डिपो संचालन, अब काठमाडौं धाउन नपर्ने

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौं, १० साउन । इन्धन भर्न जहाज तथा हेलिकप्टर काठमाडौंमै आउनुपर्ने बाध्यता हटेको छ । नेपाल आयल निगमले जनकपुरमा हवाई इन्धन भर्न रिफ्युलिङ संचालनमा ल्याएको छ । विमानस्थलबाट रात्रीकालिन सेवालाई लक्षित गर्दै रिफ्युलिङ सेवा सुरु गरेको हो । यो विमानस्थलमा १६ हजार लिटर क्षमताको रिफ्युलिङ मेसिन राखिएको छ । सेवा सुरु भएपछि प्रदेश नम्बर २ मा रात्रीकालिन सेवा सुरु गर्न जहाजलाई बाटो खुलेको छ..

    बस र ट्रक ठोक्किँदा १५ घाइते, ट्रक चालक फरार

    शुक्रबार, श्रावन १०, २०७६ साल
    मुग्लिन, १० साउन ।  चितवनमा सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  वीरगञ्जबाट धादिङ जाँदै गरेको ना८ख ६०५८ नंको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको  ना६ख २८९५ नंको मालबाहक ट्रक शुक्रबार बिहान ८ः४० बजे  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा एकआपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  घाइतेको उपचारका लागि भरतपुर लगिएको छ । दुर्घटनापछि अवरुद्ध भएको..

    राम-राम यो हिलो ! यात्रा निकै जोखिमपूर्ण

    बिहिवार, श्रावन ९, २०७६ साल
    पर्वत, ९ साउन यहाँका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ । त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ ।  गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको..

    पहिराेले २ सातादेखि अवरुद्ध सडक अझैँ खुलेन

    बुधबार, श्रावन ८, २०७६ साल
    पाल्पा, ८ साउन । वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ । मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि जोखिम बढेको वडासचिव धनकुमारी सारुले बताइन् । “गाउँमा पहिरोको जोखिम बढेको छ, डर र त्रासका साथ..
    Results 1097: You are at page 6 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast