आईतवार, भाद्र १, २०७६

    यातायात

    नयाँ नियम : नक्कली लाइसेन्स भए ५ वर्ष गाडी चलाउन प्रतिबन्ध

    बिहिवार, आषाढ १२, २०७६ साल
    हनोई, १२ असार । भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ ।  स्थानीय संचारमाध्यमका अनुसार नयाँ नियम आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । भियतनाम सडक विभाग तथा गृह मन्त्रालयले नक्कली सवारी चालक प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई पक्राउ गर्न देशव्यापी अभियान सञ्चालन गरिने जनाएको छ । सवारी..

    पृथ्वी राजमार्ग रातिदेखि नै अवरुद्ध, सडकमा बालुवा र माटोको लेदो

    बिहिवार, आषाढ १२, २०७६ साल
    धादिङ, १२ असार ।  माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् ।   सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित..

    ३ सय विद्युतीय बस खरीदको प्रक्रिया अगाडि बढ्यो, अर्थ मन्त्रालयद्वारा बजेट विनियोजन

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार  सरकारले तीन सय विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययनलगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । बस कुन प्रक्रियाबाट खरीद गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।       बस खरीद गर्दा एक सरकारबाट अर्काे सरकार..

    दुर्घटना न्यूनीकरण गर्न चितवनमा सवारी जाँच कार्ययोजनाको शुभारम्भ

    बुधबार, आषाढ ११, २०७६ साल
    भरतपुर, ११ असार चितवनमा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को आज शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो ।  ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानको पहिलो दिन आज भरतपुरको चौविसकोठीमा मोटरसाइकल चालकको बिलबुक र लाइसेन्स चेक गरिएको छ ।..

    विद्यार्थी स्कुल जाँदै गरेकाे ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, ४ घाइते

    बुधबार, आषाढ ११, २०७६ साल
    अछाम, ११ असार चौरपाटी गाउँपालिका वडा नं ३ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाईते भएका छन् । मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा नं २ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी..

    चालक अनुमतिपत्र छपाईमा कार्यालयको गल्ती, कारवाही सेवाग्राहीलाई !

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार ।  चालक अनुमतिपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ ।  नयाँ चालक अनुमतिपत्र वा नवीकरण गर्दा ‘स्मार्ट’ चालक अनुमतिपत्रमा फोटो वा विवरण स्पष्ट नहुँदा दिइएको प्रतिलिपिका लागि पनि चालक रकम तिर्न बाध्य थिए, यसैगरी सेवाग्राहीको गल्ती नभए पनि विगतमा पुनःछपाइ गर्दा उनीहरुसँग रकम लिने गरिएको यातायात व्यवस्था विभागका..

    तीव्र गति कारवाही अभियान : ९ सय ४० चालक कारवाहीमा

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार । ट्राफिक प्रहरीले तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने ९४० सवारी चालकलाई कारवाही गरेको छ । महानगरीय  ट्राफिक प्रहरी महाशाखाले तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न गति तोकेर कारवाही गरेको हो । महाशाखाले यही जेठ २८ देखि उक्त नियम लागू गरेर कारवाही गर्दै आएको छ ।  महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिका..

    साझा यातायातले थप २० वटा बस ल्याउँदै, यी रुटहरुमा सञ्चालन हुने

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।   यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार यी बसका मार्ग अनुमति (रुट परमिट) लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् । यी..

    तत्काल सडक बनाउने सहमतिपछि खुल्यो चाबहिल–साँखु सडकखण्ड

    आईतवार, आषाढ ८, २०७६ साल
    साँखु, ८ असार सडक तत्काल बनाउने सहमति भएपछि स्थानीयवासीद्वारा अवरोध गरिएको चाबहिल–साँखु सडकखण्ड आज दिउँसोबाट खुलेको छ ।    कागेश्वरी मनोहरा नगरपालिकाले सो सडक तत्काल स्तरोन्नति गर्ने सहमति गरे तापनि सडक निर्माणको काम अगाडि नबढाएको भन्दै स्थानीयवासीले आज बिहानैदेखि सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका थिए ।  तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङग गरी आवतजावत सहज बनाउने र चाँडो भन्दा चाँडो सडक..

    एकाधिकार अन्त्य पछि पनि सार्वजनिक सवारी साधनको मार्ग व्यवस्थापन भएन

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार   सरकारले यातायात व्यवसायी महासङ्घको एकाधिकार अन्त्य गरेको एक वर्ष नाघे पनि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको मार्ग(रुट) व्यवस्थापन गर्न सकेको छैन । मार्ग निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले गठन गरेको समितिले प्रतिवेदन दिए पनि सो बमोजिम अझै मार्ग निर्धारण हुन नसकेको हो ।    मन्त्रालयले गत वर्ष नै यातायात व्यवस्था विभागका प्रतिनिधि, एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, यातायात..

    पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ ।  नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध बनेको थियो । यो सडकखण्डको जलवीरेमा आइतबार बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । गाडी नचलेपछि यात्रु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो..

    नेपालको कुरा सुनेर चीन आश्चर्यचकित, अब आउँछ त रेल ?

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीप्रति चीनले असन्तुष्टि जनाएको छ। केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लगि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन्।  उनको आबयसँग मेल खानेगरी चिनियाँ पक्षले बेइजिङमा नेपाली प्रतिनिधि मण्डलसामु असन्तुष्टि जनाएको हो। नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौथो द्विपक्षीइ सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न..

    घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

    शनिबार, आषाढ ७, २०७६ साल
    धरान, ७ असार   घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।   उनलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रु सात हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । दाजुभाइमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने  नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए..

    माडी–भरतपुर सडक खुल्यो, ठोरी सडक अझै खुल्न सकेन

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार   अविरल वर्षाका कारण बिहानैदेखि अवरुद्ध चितवनको भरतपुर–माडी सडक सञ्चालनमा आए पनि माडीदेखि पर्साको ठोरी जोड्ने सडक भने अझै खुल्न सकेको छैन ।   इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार ठोरीबाट भरतपुरका लागि छुटेका यातयातका साधन बगई खोला तर्न नसके पनि ठोरीतर्फ फर्काइएको छ । बाढीका कारण सडक बिग्रिएकाले ठोरी–माडी सडक कहिले सञ्चालन हुन्छ भन्ने यकिन नभएको उहाँले..

    लगातारको वर्षाका कारण भरतपुरका सबै उडान रद्द

    शनिबार, आषाढ ७, २०७६ साल
    भरतपुर, ७ असार लगातारको वर्षाका कारण आज भरतपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार ‘भिजीबिलिटी’ नपुगेका कारण उडान अवरुद्ध भएका हुन् ।  उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रबन्धक केशव लम्सालले जानकारी दिनुभयो । “उडानका लागि भिजीबिलिटी पाँच हजार मिटर हुनुपर्छ”, उहाँले भन्नुभयो, “आज एक हजारदेखि दुई हजारसम्म मात्र..

    कोटेश्वर-कलङ्की चक्रपथ खण्डमा सडक सौन्दर्यकरणका लागि बिरुवा रोपिने

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार वन तथा भू–संरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्म करीब १० किलोमिटर खण्डमा सडक सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्डमा चीनको इतिहास र संस्कृतिसँग जोडिएको ‘गिन्को बाइलोवा’का रुख रोपन गर्नुका साथै असारे, कामिनी, तेजपात, कल्कीफूल, जाकाराण्डा, करवीरलगायत प्रजातिका करीब तीन हजार ५००..

    उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ, फुटपाथ तथा सडक पार्किङ पनि हट्यो

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणअन्तर्गत तीनमहिने कार्ययोजनानुसार सुकेधारा, गौशाला, धुम्बाराही, चप्पलकारखाना, शङ्खपार्क, स्टार अस्पताल, धोविघाट, सुन्धारा, महाँकाल, त्रिचन्द्र क्याम्पस, जयनेपालमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको हो । यस्तै, कृष्णपाउरोटी, रणोदीप, विश्वज्योति, गैरीधारा, माइतीघर, नयाँ बानेश्वर चोक, कमलपोखरी, सिटी सेन्टर, ल्होत्से, ज्ञानेश्वर,..

    सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार, सहचालक भन्छन् - भनेको नमान्ने भए झर्नू

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु प¥यो ।  सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उहाँलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका थिए । केही समय विवादपछि उहाँ ढोलाहिटीमा झरेर अर्काे बसमा चढेर घर जानुभयो ।  महर्जन बिहान..

    धादिङमा जीप दुर्घटना, ५ जनाको मृत्यु, १० घाइते [नामावलीसहित]

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौं, ६ असार । धादिङको गल्छी गाउँपालिका- ६ स्थित बाझगाउँमा भएको बोलेरो जीप दुर्घटना मृत्यु हुनेको संख्या ५ पुगेको छ। गल्छी गाउँपालिका-५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।  दुर्घटनामा गल्छी गाउँपालिका-६ का २५ वर्षीय नानु तामाङ, ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका- ४ का ३८ वर्षीय सेते मिजार र..

    विद्युतीय बस सञ्चालन प्रक्रिया अलपत्र, किन पछि हटे व्यवसायी ?

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौं, ६ असार । सरकारी अन्यौलका कारण अहिलेसम्म पनि विद्युतीय बस चल्न नसक्दा सरोकारवालाहरु यसबारे चिन्तित बन्न थालेका छन् । गत कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका विद्युतीय बस सरकारी अन्यौलकै कारण अझै सञ्चालनमा आउन नसकेको हो ।  बस सञ्चालन गर्नेबारे स्वयम् सरकारले नै कुनै निर्णय नगर्दा ती बस के गर्ने भन्ने अन्यौल उत्पन्न भएको हो । कम्पनी जुनसुकै प्राविधिक..

    रेल ल्याउन नेपाललाई हतार तर चीनले भन्यो– रेलका लागि नेपालको तयारी पुगेन

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ। बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो।    चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ।..

    सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते

    बिहिवार, आषाढ ५, २०७६ साल
    साँखु, ५ असार ।  गोकर्णेश्वर नगरपालिका–४ इटी चोकमा बिहिबार दिउँसो १ बजे सार्वजनिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सुन्दरीजलबट रत्नपार्क जाँदै गरेको बा१ख ८७४४ नंको बस दुर्घटना हुँदा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बसमा सवार अन्य २० जना घाइते भएको र उनीहरुको उपचार जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी..

    शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने

    बिहिवार, आषाढ ५, २०७६ साल
    सुर्खेत, ५ असार सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडाँैका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिनुभयो ।  यसै..

    गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन, शोकमा हुम्ला [फोटोसहित]

    बिहिवार, आषाढ ५, २०७६ साल
    हुम्ला, ५ असार । भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ ।  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नंको जिपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक..

    गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार  गुठी विधेयकको विरोधमा गुठीयारहरुले गरेको प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।आन्दोलनकारीहरु सहरका विभिन्न स्थानबाट जुलुससहित माइतीघर केन्द्रीत हुँदा यातायात प्रभावित भएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माईतीघर मण्डलमा गुठी विधेकको विषयलाई लिएर भइरहेको कार्यक्रमका कारण उक्त स्थान हुँदै गुडने सवारी साधनलाई डाइभर्सन गरेर चलाइएको छ ।  महाशाखाका अनुसार सिंहदरबार पूर्वीगेटबाट आउने सवारी साधनलाई नयाँ बानेश्वर..

    ट्याक्सीमा नयाँ मापदण्ड - अब १२ सय सीसी क्षमताका चल्न पाउँने

    बुधबार, आषाढ ४, २०७६ साल
    असार ४, काठमााडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब १२ सय सीसी क्षमता भएका ट्याक्सीमात्र चल्ने व्यवस्था लगुगर्ने भएको छ । हाल काठमाडौं वरिपरि चल्ने ट्याक्सी आठसय सीसी क्षमताका मात्र गुड्ने गरेका छन् ।   ती कम क्षमताका ट्याक्सीहरु निकै साँघुरा र अप्ठेरा भएको विषयमा पनि यात्रुको असन्तुष्टि हुँदै आएको छ । यात्रुले महँगो रकम तिरेर चढ्ने सवारीसाधन पनि सुविधायुक्त नभएपछि सरकारले..

    कर्णाली नदीमा जिप दुर्घटना अपडेट : गोताखोरको टोली हुम्ला आउँदै

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौं ४ असार । हुम्लाको कर्णाली नदीमा मंगलबार बोलेरो जिप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौँबाट गोताखारको टोली आउने भएको छ । हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खस्दा बेपत्ता भएकाको अवस्था अझै थाहा हुन सकेको छैन । मंगलबारदेखि नै प्रहरी, सेना र स्थानीयले खोजी गरिरहे पनि अहिलेसम्म जिप र मान्छेको कुनै निसाना फेला नपरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए..

    हुम्लामा यात्रुवाहक जिप कर्णालीमा खस्यो, सबै यात्रु बेपत्ता, हेलिकप्टरसहित सुरक्षाकर्मी घटनास्थलमा

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, ३ असार ।  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा यात्रुवाहक जिप दुर्घटनामा परेको छ । जिप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।  उद्धारका लागि याङचुबाट प्रहरी सहायक निरीक्षक सन्तोस पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना र सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनस्थल पुगेको छ। दिउँसो साढे एक बजेतिर जिप नदीमा खसेको..

    राजश्व रकम तिरेको १ वर्ष पुग्दा समेत सेवाग्राहीले चालक अनुमतिपत्र पाएनन्

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार   चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् ।    सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ..

    तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ४ दिनदेखि उडान नहुँदा २०० यात्रु अलपत्र

    मंगलवार, आषाढ ३, २०७६ साल
    सोलुखुम्बु, ३ असार । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि..
    Results 968: You are at page 5 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast