आईतवार, चैत्र २३, २०७६

    यातायात

    जनताले महसुस गर्नेगरी ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्री थापाको निर्देशन

    मंगलवार, फागुन २९, २०७४ साल
    काठमाडौँ, २९ फागुन : गृहमन्त्री रामबहादुर थापाले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएका छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई मंगलबार गृह मन्त्रालयमा बोलाएर तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन गृहमन्त्री थापाले निर्देशन दिए ।  उनले ट्राफिक व्यवस्थापन गर्न तीन महिना, छ महिना कति..

    गएराति देखि अवरुद्ध बिपी राजमार्ग पुन: सञ्चालनमा आयो

    मंगलवार, फागुन २९, २०७४ साल
    सिन्धुली, २९ फागुन  ।  सडकमा इँटा बोकेको ट्रक पल्टिँदा अवरुद्ध बनेको बिपी राजमार्ग अहिले सञ्चालनमा आएको छ ।  सडकमा पल्टिएको ट्रकलाई पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको हो । सुनकोसी गाउँपालिका– ६ चैनपुरमा गएराति इँटा लोड गरिएको बा५ख ३३४७ नं को ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।  ट्रक पन्छाउन खुर्कोट, बनेपा सूर्यविनायक सडक आयोजनाको क्रेन मगाइएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए..

    सुनकोशीको चैनपुर खण्डमा ट्रक सडकमा पल्टँदा बिपी राजमार्ग अवरुद्ध

    मंगलवार, फागुन २९, २०७४ साल
    सिन्धुली, २९ फागुन : बिपी राजमार्गमा ट्रक पल्टँदा आज बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।  सुनकोशी गाउँपालिका–६ चैनपुर खण्डमा इँटा लादिएको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । गए राति नै बा५ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएका छ ।  बिहानैदेखि राजमार्ग पुनःसञ्चालन गर्न प्रयास गरिए पनि हुन नसकेको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले..

    विमान दुर्घटनाका घाइतेको उपचार केएमसीमा, विमानमा ३३ नेपाली र ३४ विदेशी यात्रु रहेको पुष्टि

    सोमबार, फागुन २८, २०७४ साल
    काठमाडौँ, २८ फागुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो २:१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पुर्याईएको  छ । उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन (चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् । यस्तै..

    विमान दुर्घटनास्थलमा प्रधानमन्त्री, मन्त्रिपरिषद्को बैठक स्थगन गरी ओली विमानस्थलमा

    सोमबार, फागुन २८, २०७४ साल
    काठमाडौँ, २८ फागुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गरेका छन्..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बङ्गलाको जहाज दुर्घटनाग्रस्त

    सोमबार, फागुन २८, २०७४ साल
    काठमाडौ, फागुन २८ ।  युएस बङ्गलाको विमानमा आगलागी भएको छ । बाङ्गलाको उक्त विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको हो ।  दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म ७ जनाको उद्दार गरिसकिएको छ । अहिले पनि बिमानको उद्दार जारी छ भने आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।  बङ्गलादेशबाट आएको उक्त विमान धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बताइएको छ । ..

    बीस वर्ष पुराना सवारी साधन जफत गरिने, प्रदूषण जाँचपास राम्रोसँग भए हटाउनु नपर्ने

    आईतवार, फागुन २७, २०७४ साल
    काठमाडौँ, २७ फागुन सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा रोक” भन्न नसकिने जनाएको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताए। “सरकारले सरोकार भएका निकायसँग छलफल नै नगरी एकतर्फी रुपमा यो..

    काभ्रेपलान्चोकमा ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट हुने तथ्यांक सार्बजानिक

    आईतवार, फागुन २७, २०७४ साल
    काभ्रे, २७ फागुन ।  काभ्रेपलाञ्चोक जिल्लामा कात्तिकदेखि माघसम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  टिपरको ठक्करबाट मा मृत्यु हुने नौ जना रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । नब्बे प्रतिशत दुर्घटना चालकको लापरबाही र एकले अर्कालाई उछिन्दा हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक शेखरजंग मल्लले बताए  ।  “दुर्घटनाको न्यूनीकरण गर्न विद्यालयस्तरीय कार्यक्रम चलाए पनि प्रभावकारी भने बन्न सकेको छैन”, मल्लले भने ..

    अर्घाखाँचीको सिस्नेमा पहिलो पटक बस पुग्यो,स्थानीयवासी हर्षित

    शुक्रबार, फागुन २५, २०७४ साल
    काठमाडौँ, २५ फागुन । नेपालकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँची शितगंगा नगरपालिका–९ को सिस्ने खोलामा पहिलो पटक बस पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । पहिलो पटक आफ्नो गाउँमा बस पुग्दा स्थानीयवासी नाच्दै गाउँदै बस चालक, सहचालक तथा वडा अध्यक्ष भीम केसीलाई फूलमाला लगाएर भव्य स्वागत गरेका थिए ।  चुनावको बेला विकास निमार्णको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएका वडाअध्यक्ष केसीले आफ्नो प्रतिबद्धता पूरा गरेको भन्दै स्थानीयवासी..

    खोटाङस्थित ' साप्सुखोलाक'मा पक्कीको काम पन्ध्र महिनामा पनि शुरु भएन

    शुक्रबार, फागुन २५, २०७४ साल
    खोटाङ, २५ फागुन ।  जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यास गरेको १५ महिना बित्दा पनि काम अघि बढेको छैन ।  तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते शिलान्यास गरेको पुल निर्माणको काम हाल अलपत्र परेकोे छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सुखोलाको मोटरेबल पुल शिलान्यासका क्रममा पेटी ठेकेदार श्याम पोखरेलले सात..

    ठेकेदार कम्पनीको लापरबाही ! दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो

    बुधबार, फागुन २३, २०७४ साल
    खोटाङ, २३ फागुन : मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा-ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो ।  तीन वर्षअघि देखि कालोपत्र थालिएको दिक्तेल–हलेसी सडकखण्डको हलेसी र अर्खौलेको बीचमा गरिएको कालोपत्र महिनादिन पनि नपुग्दै उप्किएको स्थानीयवासीले बताएका छन् । तीन खण्डमा विभाजन गरेर काम थालिएको सो सडकको दिक्तेलदेखि हुर्लुङसम्मको खण्डमा भने अहिले..

    खुल्यो प्रदेश नं ४ र ५ जोड्ने छोटो र भरपर्दो वैकल्पिक भित्री मार्ग

    आईतवार, फागुन २०, २०७४ साल
    नवलपरासी, २० फागुन  ।  नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाटदेखि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्किवास जोड्ने मार्ग खोलिएको छ ।  प्रदेश नं ५ बर्दघाटदेखि प्रदेश नं ४ दुम्किवास जोड्ने भित्री पहाडी सडकको मार्ग खोलिएपछि पहाडी क्षेत्रमा आफूहरुलाई सहजता हुनेमा स्थानीयवासी आशावादी बनेका छन् । बर्दघाट नगरपालिका वडा नं १० अपरदीप टोल भुताहादेखि आमबास, संसारकोट हुक्सेदमार पटकके हुँदै विजयी त्रिवेणी गाउँपालिका दुम्किवास जोड्ने १४ किमी मार्ग..

    कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को औपचारिक शुभारम्भ

    शनिबार, फागुन १९, २०७४ साल
    सुर्खेत, १९ फागुन : कर्णाली प्रदेशले समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत “सडक सुरक्षा कार्यक्रम” आज विधिवत् शुभारम्भ गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित १० वटै जिल्लामा एकैसाथ “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ गरिएको हो । सो कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् ।  सो अवसरमा मुख्यमन्त्री शाहीले मान्छेको जीवन सुरक्षित नभएसम्म कुनै पनि कामको..

    नकुहिने प्लाष्टिक कम्पनी र हरियो स्टिकर नभएका सवारी साधनलाई कारवाही गरिने : मन्त्री पण्डित

    मंगलवार, फागुन १५, २०७४ साल
    भक्तपुर, १५ फागुन  ।  जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताएका छन्  ।  रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताए ।  उनका अनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाइने छ ।..

    रोल्पामा अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

    मंगलवार, फागुन १५, २०७४ साल
    रोल्पा, १५ फागुन ।  रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ ।  ग्रामीण सडकका रुपमा रहेका जिल्लाका भित्री सडक साँघुरा र अव्यवस्थित हुँदा दुर्घटना बढिरहेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७२-०७३ मा भएका २० वटा सवारी दुर्घटनामा सातजनाको..

    दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा जिपिएस जडान, लामो दूरीमा सञ्चालन हुने सवारी साधनको दुर्घटना कम हुने अपेक्क्षा

    सोमबार, फागुन १४, २०७४ साल
    सुर्खेत, १४ फागुन दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न थालिएको छ । कर्णाली प्रदेशबाट लामो दूरीमा सञ्चालन हुने सवारी साधनलाई दुर्घटनाबाट बचाउन प्रदेश सरकारको ४० बुँदे योजनाअनुसार जिपिएस जडान गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए । कर्णाली प्रदेशको कर्णाली राजमार्गका केही स्थानमा सञ्चार सम्पर्क हुन नसक्ने हुँदा उक्त प्रणाली जडान गरेपछि सवारी साधन कहाँ, कति..

    अरनिको राजमार्ग मर्मत नहुँदा सवारी चालक र स्थानीयलाई सास्ती

    सोमबार, फागुन १४, २०७४ साल
    धुलिखेल, १४ फागुन : अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् ।  सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय बासिन्दाले समस्या ब्यहोर्नु परेको हो ।  स्थानीय बासिन्दा राधा ठकुरीले सडक बेलैमा मर्मत..

    चैतदेखि २० वर्ष पुराना सवारी ‘सीज’ गरी लिलाम गर्ने विभागको तयारी

    आईतवार, फागुन १३, २०७४ साल
    काठमाडौँ, १३ फागुन : यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ ।  फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो । दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् ।  “चैत १ गतेदेखि २०..

    धनगढी अस्थाई राजधानी तोकिएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

    शुक्रबार, फागुन ११, २०७४ साल
    कैलाली, ११ फागुन।  प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ ।  धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना गरिएपछि यहाँ दिनप्रतिदिन भीड बढ्दै गएको हो । साना ठूला गरी दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने धनगढी बजार क्षेत्रमा अहिले ट्राफिक समस्या बढ्दै गएको छ ।  सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको..

    ताप्लेजुङस्थित तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

    शुक्रबार, फागुन ११, २०७४ साल
    ताप्लेजुङ, ११ फागुन  ।  ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ ।  सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो ।  टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी ३० प्रतिशत काम यो महिनाभित्रै..

    जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल जोड्ने सडक ८ लेन बन्दै

    बिहिवार, फागुन १०, २०७४ साल
    भक्तपुर, १० फागुन ।  अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ ।  सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले..

    भक्तपुरस्थित ३ जिल्ला जोड्ने सडक निर्माण रोकियो, स्थानीय आन्दोलित

    बिहिवार, फागुन १०, २०७४ साल
    भक्तपुर, १० फागुन ।  भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ ।  जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको दुई किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो ।  सडक विस्तारका क्रममा वन क्षेत्रमा पर्ने ५० मिटर सडक निर्माणमा कार्यालयले रोक लगाएपछि आक्रोशित स्थानीयले उक्त सडकमा दुई दिनदेखि प्रदर्शन गर्नुका साथै जिल्ला..

    कोटेश्वर–कलंकी सडक छेउका घर टहरा नभत्काउँदा निर्माणमा ढिलाइ

    बुधबार, फागुन ९, २०७४ साल
    ललितपुर, ९ फागुुन।  निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ ।  सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए  ।  उनले भने, “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा आयोजनाले समन्वयको काम गरिरहेको..

    साझाको अपाङ्गतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’, चढ्न र ओर्लन अरुको सहयोग नचाहिने

    मंगलवार, फागुन ८, २०७४ साल
    ललितपुर, ८ फागुन : लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने भएको छ ।  उक्त होचो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवत जावत गर्न हैरान हुने छैन ।  सो सुविधा उपलब्ध भएपछि अस्पताल..

    रसुवाको विकट तिरुगाउँमा मोटरबाटो पुनः निर्माणका लागि प्रस्ताव

    आईतवार, फागुन ६, २०७४ साल
    रसुवा, ६ फागुन । रसुवाको विकट तिरुगाउँमा मोटरबाटो पुनः निर्माणका लागि प्रस्ताव गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार भूकम्प प्रभावित बासिन्दालाई पुनर्वास गराउन उत्तरगया गापा–१ तिरुगाउँमा एकीकृत बस्ती बसाल्ने कार्यनीति अनुरुप निर्माणलाई सहज पार्न मैलुङदेखि तिरुगाउँसम्मको सात किमी सडक तत्काल निर्माण गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले माग गरेको छ ।  उक्त सडक निर्माणका लागि दैवी प्रकोप समितिले संघीय मामिला..

    हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्य तीव्र

    शुक्रबार, फागुन ४, २०७४ साल
    लहान, ४ फागुन।  हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ ।  पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करिब २९ किलोमिटरको उक्त सडक निर्माण भइरहेको छ । सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरी काम भइरहेको जनाएको छ ।  दुई लेनको उक्त सडक कालोपत्र गर्न रु एक अर्ब २० करोड २० लाखमा..

    नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न कम्पनीले माग्यो थप समय

    शुक्रबार, फागुन ४, २०७४ साल
    चितवन, ४ फागुन  ।  दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ ।  देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारको कामलाई ठेकेदार कम्पनीले एक हजार ४९ दिन थप गर्न माग गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मितिमा काम नसकिएपछि तीन पटक गरेर १० महिना यसअघि नै म्याद थप..

    दुर्घटना बढेपछी स्पिड ब्रेकर हटाउँदै ललितपुर महानगरपालिका

    बिहिवार, फागुन ३, २०७४ साल
    ललितपुर, ३ फागुन ।  सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ ।  स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो सडकमा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनुपर्यो  भन्दै धेरैजना नगरवासी कार्यालयमा आइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए  । उनले भने, “केही दिनपहिले एकजना त भाँचिएको हात नै लिएर..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी : केही बेर उडान प्रभावित

    मंगलवार, फागुन १, २०७४ साल
    काठमाडौँ, १ फागुन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ ।  आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा बेलुकीपख आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।  “विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्ष नजिकैको फोहरमा धुवाँको मुस्लो देखियो ।..

    धादिङमा सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा

    मंगलवार, फागुन १, २०७४ साल
    मलेखु, धादिङ, १ फागुन ।  धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत खनियाबास–२ मा सडक खन्न अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ ।  सोमबार सडक खन्ने क्रममा सो क्षेत्रमा गाउँबासी र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि सडक खन्न अवरोध गर्दा विकासको काममा अवरोध गर्न नदिइने जनाउँदै प्रहरीले पाँच जनालाई झर्लाङबाट पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध मुद्दा दर्ता..
    Results 1257: You are at page 40 of 42
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast