सोमबार, चैत्र १७, २०७६

    यातायात

    उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई कारबाहीमा तीव्रता

    बिहिवार, बैशाख ६, २०७५ साल
    काठमाडौँ, ६ वैशाख  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ ।  महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए । “पहिले दैनिक १५-२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,” – उनले भने ।..

    सिन्डिकेट खारेज बिरुद्ध यातायात व्यवसायीहरुको आन्दोलन, गाडी ग्यारेजमा थन्क्याइने !

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौं ५, वैशाख,  : सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । ८ गते सबै सार्वजनिक गाडीहरुमा कालो झण्डा राख्ने, ९..

    मुस्ताङको बेनी–कोरला सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिँदै

    बुधबार, बैशाख ५, २०७५ साल
    म्याग्दी, ५ वैशाख  नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडकखण्डमा १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । कालीगण्डकी नदीको किनारैकिनार खनिएको यस सडकको विभिन्न सहायक नदीमा उक्त पुल निर्माण गर्न लागिएको हो ।  अहिले छ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र आठ वटा बोलपत्र, डिजाइन र सम्झौताको चरणमा पुगेको कालीगण्डकी करिडोर आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए । उनका..

    काठमाडौंमा मोनोरेलको सपना अधुरो, केरुङ–काठमाडौं रेलमार्गको डीपीआर भने तयार

    बुधबार, बैशाख ५, २०७५ साल
    काठमाडौँ ५, बैशाख : नेपाल चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्गको डीपीआर तयार भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बताएका छन् । आगामी छ महिनादेखि रेलमार्ग निर्माणको काम अघि बढ्ने उनको भनाइ छ । मन्त्री महासेठले केही समयअघि नेपालका लागि चिनियाँ राजदूत यू होङसँग मन्त्रालयमा भएको भेटमा पनि केरुङ काठमाडौं रेलको बारेमा कुराकानी भएको जानकारी दिए । राजदूतले तीव्र गतिमा रेल..

    चिनियाँ विमान निगमलाई हस्तान्तरण, छ वटै विमान सञ्चालनमा ल्याउन पर्यटनमन्त्रीको निर्देशन

    मंगलवार, बैशाख ४, २०७५ साल
    काठमाडौँ, ४ वैशाख चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान मंगलबार औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको संयुक्त उद्घाटन गरे ।  कलसाइन ९एन–एकेयू/९एन–एकेभी विमान करीब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । जम्मा १७ सिट क्षमताका..

    ट्याङकर चालकको आन्दोलन फिर्ता, दुव्र्यबहार गर्नेलाई कारबाही र घाइतेको उपचार गर्ने सहमति

    मंगलवार, बैशाख ४, २०७५ साल
    वीरगञ्ज, ४ वैशाख प्रहरीले कुटपीट गरेको विरोधमा आन्दोलनमा उत्रिएका ट्याङकर चालकहरुले आन्दोलन फिर्ता लिएका छन् । स्थानीय प्रशासन, नेपाल ट्याङ्कर चालक संघ र नेपाल आयल निगमका प्रतिनिधिहरुको बैठकमा सहमति जुटेपछि ट्याङ्कर चालक संघले आन्दोलन फिर्ता लिएको हो । आन्दोलन फिर्ता लिएपछि ट्याङकर चालकहरुले पेट्रोलियम पदार्थहरु ढुवानी गर्न थालेका छन् । मंगलबार वीरगञ्जमा बसेको स्थानीय प्रशासन, नेपाल आयल निगम अमलेखगञ्जका प्रमुख प्रदीप यादव, वीरगञ्जका..

    थाइल्यान्डको थाइ-लायन एयरले पायो नेपालमा उडान गर्ने अनुमति

    सोमबार, बैशाख ३, २०७५ साल
    ३ वैशाख, काठमाडौं । थाइल्यान्डको थाइ-लायन एयरले पनि नेपालमा उडान थाल्ने भएको छ । जेठ २ गतेबाट थाइ-लायनले काठमाडौं उडान गर्ने तय भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा ७ पटक उडान गर्ने गरी उडान अनुमति जारी गरेको हो । कम्पनीलाई हप्ताको ३ पटक नियमित र ४ पटक अस्थायी किसिमको उडान भर्न पाउने गरी अनुमतिपत्र दिइएको मन्त्रालयका सहसचिव सुरेश आचार्यले ..

    काम नलाग्ने विमानको व्यवस्थापन गर्न पहल, दुर्घटनाग्रस्त विमान बन्यो पर्यटकीय गन्तव्य

    आईतवार, बैशाख २, २०७५ साल
    काठमाडौँ, २ वैशाख वि.सं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई यतिखेर काठमाडौँमा ‘एभिएसन म्युजियम’का रुपमा राखिएको छ । त्यस्तै, कस्मिक एयरको ग्राउण्डेड विमान कैलालीको धनगढीमा ‘एयरक्राफ्ट म्युजियम’ का रुपमा सञ्चालन भइरहेको छ । प्रजातन्त्र स्थापनाको अभियानका क्रममा नेपाली काँग्रेसले अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान विसं २०७० फागुन ४ गते अर्घाखाँचीमा दुर्घटना भयो..

    बिपी राजमार्गको सडकखण्ड दायाँबायाँ १५/१५ मिटर कायम गरिदै

    आईतवार, बैशाख २, २०७५ साल
    सिन्धुली, २ वैशाख  बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा पर्ने सडकखण्डको दायाँबायाँ २५-२५ मिटरबाट १५-१५ मिटर बनाइने भएको छ ।  कमलामाई नगर कार्यपालिकाको महत्वपूर्ण निर्णयमध्ये बिपी राजमार्गको क्षेत्राधिकार घटाउने निर्णय पहिलो प्राथमिकतामा रहेको कार्यपालिकाका प्रवक्ता कर्ण घिसिङले जानकारी दिए ।  उक्त नगरपालिका वडा नं ७ को बुकापुलदेखि वडा नं ४ को हिरापानीसम्म पर्ने बिपी राजमार्गको दायाँ र बायाँ राजमार्गको बीचबाट दायाँबायाँ १५/१५ मिटर कायम गर्न नेपाल..

    चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

    बिहिवार, चैत्र २९, २०७४ साल
    चितवन, २९ चैत नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ ।  ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । त्यस्तो जोखिम कम गर्न दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिने संरचना..

    भौतिक संरचना भत्काउन एक साताको समय, सडक फराकिलो बनाउन कुनै कसर बाँकी नराख्ने !

    बुधबार, चैत्र २८, २०७४ साल
    वीरगञ्ज, २८ चैत वीरगञ्जलाई समुन्नत शहर बनाउन व्यापारिक मार्ग योजना कार्यालय सिमराले गण्डक चोकदेखि पथलैयासम्म २० किलोमिटर सडक विस्तार गर्ने योजनाअन्तर्गत सो क्षेत्रमा रहेका निजी घर, उद्योग तथा भौतिक संरचना भत्काउन एक साताको समय सीमा तोकेको छ । आगामी सोमबारसम्म सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५-२५ मिटर जग्गा अधिग्रहण गर्न सो क्षेत्रमा रहेको निजी घर, उद्योगलगायत भौतिक संरचना तोकिएको समयभित्र भत्काउन घरधनीलाई सो समय..

    मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती, घन्टौ जाम बस्नुपर्ने बाध्यता

    मंगलवार, चैत्र २७, २०७४ साल
    रत्ननगर, चितवन, २७ चैत : चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ ।  पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घन्टौ जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताए ।  “सडक..

    राष्ट्रिय सडक सञ्जालमा जोडियो डोल्पाको खदाङ, यातायातका साधन सञ्चालनमा ल्याइयो

    सोमबार, चैत्र २६, २०७४ साल
    त्रिपुराकोट, डोल्पा, २६ चैत विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत डोल्पा रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडकखण्ड निर्माण कार्य पूरा भएसँगै खदाङ श्रीविण्डे हुँदै चिप्लेभिर राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । आइतबार पूर्व शान्तिमन्त्री तथा वर्तमान संघीय सांसद सत्य पहाडीद्वारा त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगाड खदाङ..

    नारायणगढ सडकखण्ड निर्माणको काम जेठ १५ सम्म बनिसक्नेमा आशंका

    सोमबार, चैत्र २६, २०७४ साल
    काठमाडौं, २६ चैत  : काठमाडौं जोड्ने मूख्य सडक नारायणगढ - मुग्लिन सडकखण्ड निर्माणको काम जेठ १५ सम्म सक्नुपर्ने छ । अहिलेसम्म ८७ प्रतिशत काम सकिएको छ  । २८ किलोमिटर मात्र कालोपत्रे गरिएको छ । तीनपटक समय थपिँदा समेत काम नसकिएपछि पछिल्लो पटक निर्माणको लागि तीन महिनाको समय अवधि  थपिएको थियो । थप भएको समय अनुसार पहिलो खण्डलाई पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २०..

    राजधानीमा थप सत्र ठूला बस सञ्चालन हुने, यात्रुहरुलाई थप सुबिधा

    आईतवार, चैत्र २५, २०७४ साल
    काठमाडौँ, २५ चैत :  दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ ।  प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो ।  सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागाँईले रु सात करोडको लगानीमा ५० सिट क्षमता..

    डोल्पामा हवाई टिकट नपाउँदा सर्वसाधारण समस्यामा, उडान थप्न दुई मन्त्रीलाई माग

    शुक्रबार, चैत्र २३, २०७४ साल
    डोल्पा, २३ चैत दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ भएको छ । जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या..

    सुनसरीमा सवारी दुर्घटना: एक जनाको मृत्यु, पाँच घाइते

    शुक्रबार, चैत्र २३, २०७४ साल
    इनरुवा, २३ चैत – सुनसरीको भोक्राहा गाउँपालिका–४ मा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । दुर्घटनामा सप्तरी रायपुर–१ बस्ने ३६ वर्षीया रुवी यादवको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च १०९७ नम्बरको जिप साइकललाई बचाउने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किएर भएको दुर्घटनामा रुवीको मृत्यु भएको छ भने जिपमा सवार पाँचजना घाइते..

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढ्यो, कुन ढाँचामा बनाउने बारे भने टुङ्गाे लागेन

    बिहिवार, चैत्र २२, २०७४ साल
    काठमाडौँ, २२ चैत : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाउने निर्णय गरेको हो । लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाई निर्माणलाई तीव्रता दिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । उक्त विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस)..

    मयुरपछि साझा र मेट्रो यातायातले पनि लिए इजाजतपत्र , काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सेवा दिने

    बुधबार, चैत्र २१, २०७४ साल
    धुलिखेल, २१ चैत कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा यातायात बन्द गरेपछि यातायात व्यवस्था विभागबाट अस्थायी इजाजतपत्र लिएर साझा यातायात, मेट्रो सिटी यातायात लगायत सातवटा सेवा समितिले सेवा दिन थालेका छन् । बिहानैदेखि काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिअन्तर्गत चल्ने सार्वजनिक यातायातले सेवा बन्द गरेसँगै यातायात व्यवस्था विभागबाट रुट परमिट लिएर काठमाडौं–धुलिखेल बस सेवा सञ्चालन गर्न पाउने..

    मयुर यातायातको विरुद्धमा अन्य बस व्यवसायीद्वारा यातायात बन्द, यात्रुलाई सास्ती

    बुधबार, चैत्र २१, २०७४ साल
    धुलिखेल, २१ चैत : कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्दा गरेका कारण आज काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई प्रभाव पारेको छ ।  काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समितिलगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ ।  काभ्रे मिनी बस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले यातायात व्यवस्था विभागबाट..

    पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित, पुल निर्माणमा कसैको ध्यान पुगेन

    बुधबार, चैत्र २१, २०७४ साल
    मलेखु, धादिङ, २१ चैत : माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने ? घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई एक पटक झस्काउँछ ।  डाँडामा बस्ती भएकाले गाउँवासीका लागि माध्यमिक तहको अध्ययन गर्न पाँच घण्टाको दूरी तय गर्नुपर्ने भएकाले सो गाउँका कसैलाई पनि माध्यमिक तहको शिक्षा पाउनु भनेको ‘टाढाको फल..

    सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण सम्पन्न, कर्णाली प्रदेशको राजधानी हवाई सेवा नजिक जोडिदै

    बुधबार, चैत्र २१, २०७४ साल
    सुर्खेत, २१ चैत : कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ ।  बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिए।  “जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु..

    कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम तथा आगजनी, विप्लवका कार्यकर्ताले प्रहार गरेको आशंका

    मंगलवार, चैत्र २०, २०७४ साल
    सिन्धुली, २० चैत कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्याईएको छ । मंगलबार  बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी..

    मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक सुचारु

    मंगलवार, चैत्र २०, २०७४ साल
    बाजुरा, २० चैत : मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक खण्ड सुचारु भएको छ ।  सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्यांकन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमति पछि बाटो सुचारु भएको प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीले बताए ।  तिपाडामा स्थानीयले बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेका..

    यातायात निर्देशिकाको स्वागत, नयाँ व्यवसायीलाई निरुत्साही गर्ने एकाधिकार शैलीप्रति विरोध

    सोमबार, चैत्र १९, २०७४ साल
    काठमाडौँ, १९ चैत गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ । फाउन्डेसनले सरकारले कुनै सुधार गर्न खोज्नेबित्तिकै विरोधमा उत्रने, जथाभावी गाडी तेर्साएर सडक अवरुद्ध गर्नेजस्ता एकाधिकारवादबाट सञ्चालित हुँदै आएका व्यवसायीलाई निरुत्साहित गर्नुपर्ने जनाएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले सोमबार  विज्ञप्तिमार्फत यात्रुलाई सुविधाजनक सेवा दिएर यातायात क्षेत्रमा..

    महाकालीमा पुल निर्माणको काम तीव्र, हाइड्रोलिक पाइल रिग मेशिनले सहज बनायो

    सोमबार, चैत्र १९, २०७४ साल
    ओदाली, कञ्चनपुर, १९ चैत : महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ ।  पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपुर्याएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो ।  “मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,” पुल निर्माणस्थलमा भेटिनुभएका कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले भने, “अब निर्माणको काम धमाधम..

    जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द

    सोमबार, चैत्र १९, २०७४ साल
    बाजुरा, १९ चैत : बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले सोमबार बिहानदेखि साँफे–मार्तडी राजमार्ग बन्द गरेका छन् ।  साँफे–मार्तडी सडकमा रहेको तिपाडामा सडक निर्माणको जिम्मा लिएको पिएस कम्पनीले जग्गाको मुआब्जा नदिएको भनी पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्लाका निर्वाचित जनप्रतिनिधिसंग मुआब्जा नपाएको गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुँदा आजदेखि उक्त सडकखण्ड..

    कोटेश्वर–कलंकी सडक छेउका घरटहरा नभत्काउँदा काममा अवरोध, सम्बन्धित व्यक्ति अटेर गर्दै

    आईतवार, चैत्र १८, २०७४ साल
    ललितपुर, १८ चैत निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घरटहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए । उनले भने “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा योजनाले समन्वयको काम गरिरहेको..

    मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः माधवकुमार नेपाल

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा आयोजित गोष्ठीको उद्घाटन गर्दै नेता नेपालले उक्त क्षेत्रमा गरिने लगानीले देशमा ठूलो संख्यामा रोजगार सिर्जना गर्ने बताए । पूर्वाधारका योजना सम्पन्न भएपछि मात्र ठेकेदारलाई भुक्तानी दिनुपर्नेमा जोड दिँदै उनले भने–“भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ,..

    नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल, आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध

    बिहिवार, चैत्र १५, २०७४ साल
    नेपालगञ्ज, १५ चैत : नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गरेको छ ।  उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनिधि, संबद्ध निकायका अधिकारी, नागरिक समाजका अगुवासहितकोे बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय..
    Results 1257: You are at page 38 of 42
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast