सोमबार, असोज २७, २०७६

    यातायात

    पूर्वी पहाड हुँदै चीनसम्म जोड्ने 'तराई-पहाड छोटो पहुँच मार्ग' खुल्यो

    सोमबार, माघ १५, २०७४ साल
    धनकुटा, १५ माघ ।  जोगवनीदेखि पूर्वी पहाड हुँदै छिमेकी मुलुक चीनसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको तमोर करिडोर मार्ग खोलिएसँगै यातायात सञ्चालनमा आउन थालेकाले स्थानीयवासी खुशी भएका छन् ।  तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँगै मानिसमात्र होइन स्थानीयस्तरमा उत्पादित कृषि उपजसमेत बजारसम्म पुर्याउन सहज भएकाले यहाँका बासिन्दा खुशी भएका स्थानीयवासी नरेन्द्र..

    उपत्यकामा अपाङ्गमैत्री बस आउदै, ह्वील चियरसहित बसमा यात्रा गर्न सकिने

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५। अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गमैत्री बस सञ्चालनमा आउने भएको छ । साझा यातायातले देशमै पहिलोपटक अपाङ्गमैत्री बस ‘सेमी लो फ्लोर’ सञ्चालनमा ल्याउने भएको हो । तर, यो बस काठमाडौं भने आइपुगिसकेको छैन । साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बस रक्सौल नाकामा आइपुगेको र भन्सारको सम्पूर्ण प्रकृया पूरा गरेर यो हप्ता भित्रै काठमाडौं आइपुग्ने बताए ।  अपाङ्गता, दृष्टिविहीन र..

    मोरङको राजघाटमा खोलामा पुल बन्दा पनि स्थानियबासीलाई भने दुःखै दुख

    शुक्रबार, माघ १२, २०७४ साल
    पथरी, मोरङ, १२ माघ ।  खोलामा पक्की पुल बनेपछि सर्वसाधारण तथा स्थानीय खुशी हुन्छन् । तर झापा र मोरङ जोड्ने पुल बनेपछि स्थानीय दुःखी भएका छन् ।  आफ्नो गाउँको मुहार नै फेरिने सपना बोकेका मोरङको राजघाटवासीको सपना पानीको फोकाझैँ बनेको छ । मोरङ र झापा जिल्लाको सिमानामा रहेको मावा खोलामा पुल बनिसके पनि मोरङवासी अझै खुशी हुन सकेका छैनन् । खोलाको पूर्वी भागसँग..

    शनिबारदेखि नारायणगढ–मुग्लिन सडकखण्डको यातायात दिउँसो पनि रोकिने

    शुक्रबार, माघ १२, २०७४ साल
    चितवन, १२ माघ : रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि यही शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम..

    म्याग्दीमा पश्चिमी क्षेत्रकालाई बेनीसँग जोड्ने वैकल्पिक सडक निर्माण

    बिहिवार, माघ ११, २०७४ साल
    बाबियाचौर, म्याग्दी, ११ माघ ।  म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डमा वैकल्पिक सडक निर्माण भएको छ ।  बेनी नगरपालिका–७ महारानीथान हुँदै  ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुंगा र ४ नम्बरको डाँडाखेत हुँदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि बाटो खोल्न शुरु भएको सडक आयोजनाले हालै मात्र पूर्णता पाएपछि ठूलोखोला–बेनी खण्डमा सवारी सञ्चालन गर्न..

    चितवनमा ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू गर्दै ट्राफिक प्रहरी

    सोमबार, माघ ८, २०७४ साल
    चितवन, ८ माघ ।  राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ ।  चालु आवमा भएका सवारी दुर्घटनामा २६ प्रतिशत दुर्घटना ट्रक र टिपरबाट भएकाले आइतबारदेखि टाइम कार्ड लागू गरिएको..

    राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘निजगढ विमानस्थल’ निर्माणमा दुई मोडल प्रस्ताव

    आईतवार, माघ ७, २०७४ साल
    काठमाडौँ, ७ माघ (रासस) । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणमा दुई फरक ढाँचा (मोडल) प्रस्ताव गरेको छ । सार्वजनिक–निजी साझेदारी वा इन्जिनियरिङ, खरिद, निर्माण र वित्त व्यवस्थापन (इपिसिएफ) दुवै ढाँचामा निर्माण गर्न सकिने गरी प्रस्ताव तयार पारिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको यी प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको सचिव महेश्वर न्यौपानेले जानकार दिए..

    इलाममा दुर्घटना न्यूनीकरण गर्न 'रिफ्लेक्टर स्टिकर'

    आईतवार, माघ ७, २०७४ साल
    इलाम, ७ माघ।  जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ ।  हुस्सु र कुहिरोका कारण राजमार्गमा सवारी साधन एकआपसमा नदेखिएर एक्कासि ठोक्किने स्थिति आउन नदिन ट्राफिकले ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँस्न थालेको हो । ट्राफिकले एक साताको बीचमा तीनसय भन्दा बढी ट्याक्टरमा रिफ्लेक्टर टाँसिसकेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिए  ।  ट्राफिक प्रहरीका अनुसार चिसो मौसममा हुने अधिकांश..

    नारायणगढ मुग्लिन सडक माघ १३ देखि दिउँसो ६ घण्टा बन्द गरिने

    शुक्रबार, माघ ५, २०७४ साल
    चितवन, माघ ५ ।  निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो । अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रातिमा सडक बन्द गर्दा धेरै काम..

    दुइ वर्षभित्र सक्ने गरि थालिएको थामखर्क विमानस्थल कालोपत्र सुस्त गतिमा

    बिहिवार, माघ ४, २०७४ साल
    खोटाङ, ४ माघ (रासस) । दुई वर्ष्भित्र सम्पन्न गर्ने गरी कालोपत्र थालिएको थामखर्क विमानस्थलको काम सुस्त गतिमा भइरहेको छ । विमानस्थल कालोपत्रको अहिलेसम्म ३५ प्रतिशतमात्र काम सम्पन्न भएको निर्माणस्थलमा खटिनुभएका फिल्ड सुपरभाइजर दानबहादुर श्रेष्ठले बताए ।  उडान शुरु गरेको १८ वर्षसम्म कालोपत्र हुन सकेको थिएन । थामखर्क विमानस्थलमा रौता कन्स्ट्रक्सन कम्पनीले २०७३ माघदेखि कालोपत्र शुरु गरेको हो भने २०७५ असार मसान्तसम्म सम्पन्न..

    विवादका कारण धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण रोकियो

    बुधबार, माघ ३, २०७४ साल
    धनगढी, ३ माघ (रासस)।  सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढी क्षेत्रमा निर्माणधीन ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको छ ।  विवादकाबीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाविना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ जना घर धनीले दिएको मुद्दामा सर्वोच्च अदालतको अन्तरिम आदेश आएपछि सो क्षेत्रको सडक निर्माणको काम रोकिएको मोहनापुल–अत्तरिया छ लेन सडक..

    झापाको दमकदेखि पाँचथरको रवि सम्म गरियो सडक मार्ग खुला

    मंगलवार, माघ २, २०७४ साल
    दमक, २ माघ । झापाको दमकबाट इलाम हुँदै पाँचथर जोड्ने दमक–रवि चिसापानी सडक (फाल्गुनन्द मार्ग) को सम्पूर्ण भाग खुलेको छ ।  दुई दशकअघिदेखि निर्माणाधीन ४१ किमी सडकको सबै भाग खुलेको निर्माण उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष गगन पुरीका अनुसार एक सातापछि साना सवारी साधन गुडाउन दिइने निर्णय भएको छ । यस अगाडि रतुवा खोलाको किनारै किनार सवारी साधन सञ्चालन हुँदै आएका थिए..

    २६ वर्षपछि बागलुङको बलेवा विमानस्थल सञ्चालन हुँदै, चैतको पहिलो सातादेखि नियमित उडान

    सोमबार, माघ १, २०७४ साल
    बागलुङ, १ माघ : बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ । नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाका पदाधिकारीबीच आउँदो चैत पहिलो सातादेखि नियमित उडान शुरु गर्ने सहमति भएको हो ।  प्राधिकरणका पदाधिकारी, विमान कम्पनीका सञ्चालक, बागलुङ नगरपालिकाका प्रतिनिधि, पूर्वसासंदलगायत सरोकारवाला पक्षबीच आइतबार भएको छलफलमा विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भएको हो । सहमतिअनुसार पहिलो..

    जनताको तीव्र आशै आशा बीच, हुँदै बेनी–जोमसोम सडकखण्ड पिच

    आईतवार, पौष ३०, २०७४ साल
    बाबियाचौर, म्याग्दी, ३० पुस  ।  म्याग्दीको उत्तरी क्षेत्र हुँदै  हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ ।  चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ । आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट..

    पाल्पा–बुटबल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा ढुङ्गा खस्दा सडक अवरुद्ध

    शनिबार, पौष २९, २०७४ साल
    पाल्पा, २९ पुस (रासस) : सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा ढुङ्गा खस्दा सडक अबरुद्ध भएको छ ।  सडकमाथिबाट ढुङ्गा खसेर पाल्पा–बुटबल सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । बुटबलदेखि पाल्पा हुर्दै स्याङ्जा, पोखरा, गुल्मी तथा बागलुङतर्फ जाने सवारीसाधन अहिले बीच बाटोमा रोकिएका छन् ।  अपराह्न ३ बजे तिनाउ गाउँपालिका–३, दोभानको नजिकै तल्लो सिद्धबाबा सडकमा ढुङ्गा खस्दा यातायातका साधन सञ्चालनमा..

    पुरा हुँदै जनताको रहर, बनेपछि कलंकी–कोटेश्वर सडकखण्डले सहज सहर

    शुक्रबार, पौष २८, २०७४ साल
    ललितपुर, २८ पुस  ।  तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट मुक्ति पाउनु हुने भएको छ ।  चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । छ महिनामा नै..

    चालक पक्राउको विरोधमा पोखराका बस व्यवसायी आन्दोलित

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौं, पौष २७ ।  पोखराका ट्याक्सी व्यवसायीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै कास्कीका ८ वटै बस व्यवसायीले आज बस सन्चालन नगर्दा सर्वसाधारण यात्रु मारमा  परेका छन् ।   मिटरमा ट्याक्सी नचलाएको भन्दै प्रहरीले १८ जना ट्याक्सी चलाकलाई पक्राउ गरेपछि पोखराका ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रेका हुन् । हिजो मात्रै उनीहरुले पृथ्बीचोकमा ट्याक्सी जाम गरेर विरोध प्रदर्शन गरेका थिए । ट्याक्सी व्यवसायीको मागमा ऐक्यबद्धता जनाउँदै जिल्लाका सबै..

    नेपाल एयरलाइन्सको सेवा खस्कियो, उडान भर्ने र यात्रु बोक्ने दुवै सूचीमा दोस्रो स्थानमा

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौं, पौष २४ ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सेवा खस्किएको छ । त्रिभुवन विमानस्थलबाट उडान भर्ने र यात्रुलाई सेवा दिनेमा राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको सेवा खस्किएको हो ।  दुईवटा बोइङमध्ये एउटा लिलामी र अर्काे मर्मतका लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा राख्नु परेपछि निगमको उडान ठूलो संख्यामा कटौती भएको थियो । सोही कारण निगमको सेवा खस्किएको हो ।  सन् २०१५ को..

    चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

    आईतवार, पौष २३, २०७४ साल
    रत्ननगर, चितवन, २३ पुस : एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा आगो तापेर जाडो छल्ने प्रयास गरिरहेका छन् ।  शनिबार जिल्लाबाट काठमाडौँ र पोखराको उडानसमेत रद्ध गरिएको भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले जानकारी दिए । अहिले १२ बजेसम्म कुनै पनि उडान हुन सकेको छैन ।  भरतपुर विमानस्थलका..

    बल्ल पुरा भयो गाउँलेको रहर जब पुग्यो मनाङको तिल्चेमा पहिलो मोटर

    शुक्रबार, पौष २१, २०७४ साल
    मनाङ, २० पुस ।   मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे ।  मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल र सडक डिभिजन दमौलीको सहयोगमा गाउँसम्म बाटो..

    चितवनमा ‘महिनामा एकदिन ट्राफिक व्यवस्थापनलाई’ अभियान संचालन

    बुधबार, पौष १९, २०७४ साल
    रत्ननगर, १९ पुस  ।  चालक होस् या बटुवा, बढी दुर्घटना दुबै पक्षको लापरबाहीका कारण हुने गरेको प्रहरीको तथ्यांकले देखाएकाले चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले समुदायसँग मिलेर ट्राफिक व्यवस्थापन शुरु गरेको छ ।  समुदायसँग मिलेर ‘महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई’ भन्ने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए  ।  समुदायलाई दैनिकरुपमा सहभागी गराउन पाए सचेतना बढ्न सक्छ भन्ने उद्देश्यले..

    काठमाडौंमा माइक्रो र टेम्पो विस्थापन हुँदै, छिट्टै ठूला बस सञ्चालन

    सोमबार, पौष १७, २०७४ साल
    १७ पुस, काठमाडौं ।  सधैंको ट्राफिक जाम र अव्यवस्थित सडक यातायातको मारबाट गुज्रिन बाध्य राजधानी समेत रहेको काठमाडौं उपत्यकामा अब केही सुधार आउने संकेत देखिएको छ । दिनानुदिन बढ्दै गएको यात्रु चाप र भिडभाडकाबीच अहिले आएर माइक्रो बस र टेम्पोको सट्टा ठूला बस सञ्चालनमा ल्याउने तयारी गरिएको हो । यातायात व्यवस्था विभागले माइक्रो बस र टेम्पो जस्ता सार्वजनिक यातायातका साना सवारी साधनहरुलाई..

    जोड्दै सारा नेपाललाई :म्याग्दीमा झोलुङ्गे पुलको निर्माण कार्य तीव्र

    सोमबार, पौष १७, २०७४ साल
    म्याग्दी, १७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोड्ने निर्माणाधीन झोलुङ्गे पुल निर्माणले तीव्र गति लिएको छ ।  तीन वर्ष अगाडि शिलान्यास गरिएको ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हुने भएको छ । पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका झोलुङ्गे पुल सम्पर्क व्यक्तिसमेत रहेका  असिस्टेन्ट सवइन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए  ।  उनका अनुसार यो पुलसम्पन्न..

    पर्यटकीय महत्वको भैरहवा–तौलिहवा सडक स्तरोन्नतिको काम शुरु

    सोमबार, पौष १७, २०७४ साल
    लुम्बिनी, १७ पुस  । अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट लुम्बिनीसम्म आउने बाटो फराकिलो हुने भएपछि लुम्बिनी पुग्न सहज हुने भएको हो । भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।  भैरहवा–तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र..

    दाङको टरीगाउँमा यही पुस २३ गतेदेखि हवाई उडान शुरु हुँदै

    शुक्रबार, पौष १४, २०७४ साल
    दाङ, १४ पुस : चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा फेरि हप्तामा दुई पटक निजी विमान कम्पनीको सहकार्यमा पुस २३ गतेदेखि हवाई उडान हुने भएको छ ।  विसं २०१६ मा निर्माण भएको विमानस्थल यहाँका राजनीतिक दलको दबाबमा धावनमार्ग कालोपत्र भएसँगै तुलसीपुर उद्योग..

    दुर्गमका आयोजनामा बैंकबाट ऋण लिएरै 'हेलिकप्टरबाट सामान ढुवानी'

    बिहिवार, पौष १३, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १३ पुुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा निर्माणाधीन घोस्तेखोर लघुजलविद्युत् परियोजनाको सामान हेलिकप्टरमार्फत ढुवानी गरिएको छ ।  सडकमार्ग भएर शिख पुर्याइएको तार, जेनेरेटर, टवाईनलगायतका उपकरण र सामान बुधबार सिम्रिक एयरको हेलिकप्टरबाट निर्माण स्थलमा पुर्याइएको हो । आयोजनास्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय, जनशक्ति र खर्च लाग्ने भएकाले सामान ढुवानीमा हेलिकप्टर प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर फगामीले बताए  ।  शिख मावि..

    लमजुङ-मनाङ मार्ग :ज्यान हत्केलामा राखेर गरिने हिमाल पारिको यात्रा

    मंगलवार, पौष ११, २०७४ साल
    मनाङ, ११ पुस ।  माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मर्स्यांदी  नदी ।  यो हो मर्स्यांदी  नदीको किनारै किनार बेँसीशहरदेखि हिमालपारिको जिल्ला मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौँ यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन् । लमजुङ सदरमुकाम बेँसीशहरदेखि मनाङसम्म पुग्ने सडकको स्तरोन्नति हुन नसक्दा..

    ट्विनअटर विस्थापन गर्ने योजनामा नेपाल वायुसेवा निगम

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौं, १० पुस । नेपाल वायुसेवा निगमले ‘ट्विनअटर’ जहाज पूर्णरूपमा विस्थापन गर्ने भएको छ । चार दशकभन्दा पहिलादेखि  उडान भर्दै आइरहेका ट्विनअटर अब भने विस्थापन हुने क्रममा छन् । निगमले २०२८ सालमा पहिलो पटक ट्विनअटर ल्याएको थियो । अहिले नेवानीसँग तीन वटा ट्विनअटर छन् जसमध्ये अहिले एउटाले मात्र उडान भरिरहेको छ । अरु दुईवटा मर्मतको पर्खाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यसै थन्किएको अवस्थामा..

    गल्छी–मैलुङ सडक निर्माण : एक वर्षमा बल्ल दश प्रतिशत काम सम्पन्न

    आईतवार, पौष ९, २०७४ साल
    नुवाकोट, ९ पुस । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ ।  एक्काइस महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम शुरु भएको एक वर्षमा १० प्रतिशत विस्तार एवं स्तरोन्नति भएको हो । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीदेखि शुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किमी लम्बाइको छ ।  सडक निर्माणअन्तर्गत ठेकेदार..

    फलेवास नगरपालिकाद्वारा सडक आसपास संरचना निर्माणमा रोक

    आईतवार, पौष ९, २०७४ साल
    फलेवास पर्वत, ९ पुस । पर्वतको फलेवास नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सडकको मापदण्ड तयार गर्ने भएको छ । नगरपालिकाले व्यवस्थित नगर बनाउने अभियानअनुरुप दुई हप्ताभित्र मापदण्ड तयार गर्न लागेको हो । सडक मापदण्ड तयार नभएसम्म संरचना निर्माण कार्यसमेत रोक लगाइएको छ ।  फलेवास नगरोन्मुख क्षेत्र भएकाले नयाँ बस्ती विकास गर्न पनि सडकको मापदण्ड तोक्न लागिएको कार्यकारी अधिकृत मोतीराम सापकोटाले जानकारी दिए । नगरपालिकाले..
    Results 1090: You are at page 36 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast