शनिबार, कार्तिक ३०, २०७६

    यातायात

    दुर्घटनामा मृत्यु भएका युएस बंगला एयरलाइन्सका पाइलटकी पत्नीको पनि मृत्यु

    शुक्रबार, चैत्र ९, २०७४ साल
    ९ चैत, काठमाडौं । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो । उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको हो । मुस्लिम धर्म अनुसार..

    सडकको लालपूर्जा व्यक्तिको नाममा, मुआब्जा नपाएपनि अधिग्रहण गरेको जग्गाको तिरो भर्नुपर्ने बाध्यता

    शुक्रबार, चैत्र ९, २०७४ साल
    बेनी, म्याग्दी, ९ चैत  २०५९ सालमा निर्माण भएको जग्गा बेनी–जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका–३ दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाएपनि सडककले अधिग्रहण गरेको जग्गाको तिरो भने तिर्दै आएका छन् ।  न मुआब्जा, न भोगचलन तर आफ्नो जग्गामा बनेको सडकको समेत कर तिर्नुपर्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् । अन्नपूर्ण गाउँपालिका–३ दानाका नेत्र गर्बुजाको तीन रोपनी जग्गा सडक विस्तारका लागि..

    नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण समापन मिति फेरी थपियो

    बिहिवार, चैत्र ८, २०७४ साल
    चितवन, ८ चैत । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो..

    हुम्लामा एक्कासि हिमपात, नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द

    बिहिवार, चैत्र ८, २०७४ साल
    हुम्ला, चैत ८ : गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।  हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् ।  हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ । ..

    बीस वर्ष पुराना १ सय १० सार्वजनिक सवारी साधन जफत

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत : यातायात व्यवस्था विभागले २० वर्ष पुराना ११० वटा सार्वजनिक सवारी साधन जफत गरेको छ ।  पछिल्लोपटक मंगलबार वीरगञ्जबाट १६ वटा २० वर्ष पुराना सवारी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।  चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत शुरु गरेका थिए । प्रदूषण र सवारी दुर्घटना बढेको..

    चीनले अगाडि सारेको नयाँ अवधारणा बिआरआईबाट नेपाल बढी लाभान्वित हुने : उपराष्ट्रपति नन्दबहादुर पुन

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिनुभएको बधाई तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत लिँदै उपराष्ट्रपति पुनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताए। चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा आफू विश्वस्त रहेको..

    राजधानीसँग तराई जोड्ने नारायणगढ–मुग्लिन सडकको २४ किलोमिटर कालोपत्रे आरम्भ

    मंगलवार, चैत्र ६, २०७४ साल
    चितवन, ६ चैत  ।  राजधानी काठमाडौँसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर..

    शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान, पूरा हुँदै धवलागिरिवासीको सपना

    मंगलवार, चैत्र ६, २०७४ साल
    बागलुङ, ६ चैत  । यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ ।  यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौँं–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ..

    बिदाको दिनमा पनि सरकारी गाडी चढ्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला होसियार !

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत : सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ ।  तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएकामा हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायबाट सवारी साधनको दुरुपयोग भएको गुनासो आएको जनाउँदै गृह..

    पाइलट अभावले नेपाल एयरलाइन्सका विमान उडेनन्, निगमसँग चिनियाँ जहाज उडाउनसक्ने पाइलट १ जना मात्रै

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् । निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् । नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन् नसस्कँदा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ ।      पाइलट अभावले उडान भर्न नसकेका विमानलाई नियमित सेवामा..

    पर्वतस्थित साढे दुई दशकदेखि बन्द बलेवा विमानस्थलमा आज परीक्षण उडान

    सोमबार, चैत्र ५, २०७४ साल
    फलेवास, पर्वत, ५ चैत ।  विगत साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थलमा आज पहिलो पटक परीक्षण उडान गरियो ।  यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा आउने तयारीमा रहेको विमानस्थलमा तारा एयरको नाइन एन ए के एल कलसाइनको टुइनअटर विमानले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको बताएको छ ।  उक्त..

    स्वरुप परिवर्तन गर्ने मोटरसाइकल महानगरीय प्रहरीको नियन्त्रणमा

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत।  ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।  महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए  । “ठूलो आवाज निकालेर सडक नै आफ्नो मात्र हो..

    निकुञ्ज छलेर रेलमार्गको सम्भाव्यता अध्ययन, युनेस्कोबाट अनुमति लिनुपर्ने भएपछि विकल्प खोजियो

    आईतवार, चैत्र ४, २०७४ साल
    चितवन, ४ चैत चितवन राष्ट्रिय निकुञ्ज छलेर पूर्व–पश्चिम रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । यसअघि निकुञ्ज हुँदै रेलमार्गको सम्भाव्यता अध्ययन गरिएपछि वन मन्त्रालयले विकल्प खोज्न आग्रह गरेको थियो ।  रेल विभागका वरिष्ठ इञ्जिनियर प्रकाश उपाध्यायकाअनुसार पछिल्लो सम्भाव्यता अध्ययनबमोजिम निकुञ्ज छल्नका लागि चितवनको सौराहा र टाँडीबीच हुँदै बीस हजारी तालको दक्षिणतर्फबाट र भरतपुर विमानस्थलको पश्चिमबाट रेलमार्ग बनाइने भएको छ । भरतपुर..

    बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिइने

    शनिबार, चैत्र ३, २०७४ साल
    काठमाडौँ, ३ चैत : राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ ।  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने उल्लेख गर्नुभयो ।  मन्त्री अधिकारीको पदभारको पहिलो नीतिगत निर्णयमा परेको निजगढ विमानस्थललाई चाँडो प्रक्रिया अघि बढाउन निर्देशन पनि दिनुभयो..

    विराटनगरमा पाँच सय किलोमिटर सडक कालोपत्र हुने, ६२ करोडको लगानी भएको जानकारी

    शुक्रबार, चैत्र २, २०७४ साल
    विराटनगर, २ चैत  विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नला निर्माण कार्यलाई तीव्रता दिएको छ ।महानगरपालिकाले सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु ६२ करोडको लागतमा नालासहित १४ वटा सडकको (१३ दशमलव पाँच किलोमिटर) निर्माण कार्य शुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको  हो  । आउँदो २०७५ असार मसान्तसम्ममा सम्पूर्ण सडक तथा सडकको दुवैतर्फ नाला निर्माण कार्य पूरा हुने महानगरपालिकाका वरिष्ठ..

    सार्वजनिक सवारीका चालक र सहचालकले पाए ज्याकेट, यात्रुले अब सजिलै चिन्न सक्ने

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत रत्नपार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले  शुक्रबारदेखि पोशाक लगाउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार शुक्रबारदेखि चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन् । रत्नापार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोशाकको शुरुवातसँगै चालक र सहचालकको..

    मापसे गर्ने १५ लाखभन्दा बढी चालक महानगरीय ट्राफिक प्रहरीको कारवाहीमा

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौँ, २ चैत।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको छ ।  महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो ।  जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँचौं पटक..

    पहिलोपटक दिक्तेलबाट धरान र विराटनगर सिधा यातायात शुरु, स्थानिय हर्षित

    शुक्रबार, चैत्र २, २०७४ साल
    खोटाङ, २ चैत : दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात शुरु गरिएको छ ।  यातायात व्यवसायी संघ खोटाङले शुक्रबारदेखि दिक्तेलबाट विराटनगर बिहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात शुरु गराएको हो ।  विराटनगरको पूर्व नेपाल यातायात व्यवसायी संघको कार्यालयमा भएको व्यवसायीको प्रतिनिधिमूलक भेटघाट र छलफलबाट धरानबाट दिक्तेलका लागि बिहान ४ः३० र विराटनगरबाट ४ः५०..

    महेन्द्रनगर बसपार्क आधुनिकीकरणको कार्य अन्तिम चरणमा, एकै पटक चार सय बस पार्किङ गर्न सकिने

    बिहिवार, चैत्र १, २०७४ साल
    कञ्चनपुर, १ चैत कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको बसपार्क  आधुनिकीकरणको अन्तिम चरणमा पुगेको छ । बसपार्क निर्माणको कार्य ९० प्रतिशत पूरा भएको छ । भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेको बसपार्कलाई आधुनिकीकरण गर्नका लागि नगर विकास कोषको रु सात करोड ५० लाखको सहुलियत ऋणमा निर्माण कार्य भइरहेको हो । उक्त कोषले तीन वर्षअघि नै बसपार्कलाई आधुनिकीकरण गर्नका लागि बीस वर्षका लागि सहुलियत ऋण उपलब्ध गराउन..

    जथाभावी पार्किङ गरिएका बसको साँचो पार्किङस्थलमै पुगेर नियन्त्रणमा

    बिहिवार, चैत्र १, २०७४ साल
    खोटाङ, १ चैत : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ ।  बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका छवटा बसको साँचो बुधबार साँझ पार्किङस्थलमै पुगेर नियन्त्रणमा लिइएको हो ।  नगरपालिका प्रवेश गर्ने सबै बस तथा जिप सम्बन्धित बसपार्क तथा जिप पार्कमा लगेर राख्न पटक पटक नगरपालिकाले गरेको अनुरोधलाई अटेर गरेपछि साँचो नियन्त्रणमा लिइएको..

    आजदेखि देशभर २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने !

    बिहिवार, चैत्र १, २०७४ साल
    काठमाडौँ, १ चैत ।  सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ ।  बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे समातेर राखिने राससलाई जानकारी दिनुभयो..

    नाजुक बन्दै पुरानो बसपार्क, व्यवस्थापनमा ध्यान नदिएको यात्रु को गुनासो

    बुधबार, फागुन ३०, २०७४ साल
    काठमाडौँ, फागुन ३० ।  उपत्यकाका सबै स्थान र बाहिरका केही जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधन राख्न व्यवस्था गरिएको पुरानो बसपार्कको अवस्था अझै नाजुक बन्दै गएको छ ।  हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको राजधानी शहरको बसपार्क छिर्न नै समस्या हुने गरेको यात्रुहरुको  गुनासो छ । साविकको बसपार्कमा काठमाडौँ महानगरपालिकाले भ्यू टावर निर्माण शुरु गरेपछि खुलामञ्चको उत्तरी भागमा बसपार्क सारिएको थियो ।  सो..

    जनताले महसुस गर्नेगरी ट्राफिक व्यवस्थापन गर्न गृहमन्त्री थापाको निर्देशन

    मंगलवार, फागुन २९, २०७४ साल
    काठमाडौँ, २९ फागुन : गृहमन्त्री रामबहादुर थापाले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएका छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखलगायतका सरकारी पदाधिकारीलाई मंगलबार गृह मन्त्रालयमा बोलाएर तत्काल सडक जाम हटाउने कार्ययोजना ल्याउन गृहमन्त्री थापाले निर्देशन दिए ।  उनले ट्राफिक व्यवस्थापन गर्न तीन महिना, छ महिना कति..

    गएराति देखि अवरुद्ध बिपी राजमार्ग पुन: सञ्चालनमा आयो

    मंगलवार, फागुन २९, २०७४ साल
    सिन्धुली, २९ फागुन  ।  सडकमा इँटा बोकेको ट्रक पल्टिँदा अवरुद्ध बनेको बिपी राजमार्ग अहिले सञ्चालनमा आएको छ ।  सडकमा पल्टिएको ट्रकलाई पन्छाइएपछि राजमार्ग सञ्चालनमा आएको हो । सुनकोसी गाउँपालिका– ६ चैनपुरमा गएराति इँटा लोड गरिएको बा५ख ३३४७ नं को ट्रक पल्टिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।  ट्रक पन्छाउन खुर्कोट, बनेपा सूर्यविनायक सडक आयोजनाको क्रेन मगाइएको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए..

    सुनकोशीको चैनपुर खण्डमा ट्रक सडकमा पल्टँदा बिपी राजमार्ग अवरुद्ध

    मंगलवार, फागुन २९, २०७४ साल
    सिन्धुली, २९ फागुन : बिपी राजमार्गमा ट्रक पल्टँदा आज बिहानैदेखि राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।  सुनकोशी गाउँपालिका–६ चैनपुर खण्डमा इँटा लादिएको ट्रक पल्टिएपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । गए राति नै बा५ख ३३४७ नंको ट्रक पल्टिएको जिल्ला ट्राफिक प्रहरीको कार्यालय सिन्धुलीले जनाएका छ ।  बिहानैदेखि राजमार्ग पुनःसञ्चालन गर्न प्रयास गरिए पनि हुन नसकेको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले..

    विमान दुर्घटनाका घाइतेको उपचार केएमसीमा, विमानमा ३३ नेपाली र ३४ विदेशी यात्रु रहेको पुष्टि

    सोमबार, फागुन २८, २०७४ साल
    काठमाडौँ, २८ फागुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो २:१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पुर्याईएको  छ । उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन (चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् । यस्तै..

    विमान दुर्घटनास्थलमा प्रधानमन्त्री, मन्त्रिपरिषद्को बैठक स्थगन गरी ओली विमानस्थलमा

    सोमबार, फागुन २८, २०७४ साल
    काठमाडौँ, २८ फागुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गरेका छन्..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बङ्गलाको जहाज दुर्घटनाग्रस्त

    सोमबार, फागुन २८, २०७४ साल
    काठमाडौ, फागुन २८ ।  युएस बङ्गलाको विमानमा आगलागी भएको छ । बाङ्गलाको उक्त विमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको हो ।  दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म ७ जनाको उद्दार गरिसकिएको छ । अहिले पनि बिमानको उद्दार जारी छ भने आगलागी अझै नियन्त्रणमा आइसकेको छैन ।  बङ्गलादेशबाट आएको उक्त विमान धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बताइएको छ । ..

    बीस वर्ष पुराना सवारी साधन जफत गरिने, प्रदूषण जाँचपास राम्रोसँग भए हटाउनु नपर्ने

    आईतवार, फागुन २७, २०७४ साल
    काठमाडौँ, २७ फागुन सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा रोक” भन्न नसकिने जनाएको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताए। “सरकारले सरोकार भएका निकायसँग छलफल नै नगरी एकतर्फी रुपमा यो..

    काभ्रेपलान्चोकमा ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट हुने तथ्यांक सार्बजानिक

    आईतवार, फागुन २७, २०७४ साल
    काभ्रे, २७ फागुन ।  काभ्रेपलाञ्चोक जिल्लामा कात्तिकदेखि माघसम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  टिपरको ठक्करबाट मा मृत्यु हुने नौ जना रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । नब्बे प्रतिशत दुर्घटना चालकको लापरबाही र एकले अर्कालाई उछिन्दा हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक शेखरजंग मल्लले बताए  ।  “दुर्घटनाको न्यूनीकरण गर्न विद्यालयस्तरीय कार्यक्रम चलाए पनि प्रभावकारी भने बन्न सकेको छैन”, मल्लले भने ..
    Results 1129: You are at page 35 of 38
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 Next Last
    Weather Forecast