शुक्रबार, चैत्र २१, २०७६

    यातायात

    रुकुम पश्चिममा बस दुर्घटनामा १४ जना घाइते, ३ को अवस्था गम्भीर

    सोमबार, आषाढ १८, २०७५ साल
    रुकुम, १८ असार  रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।  घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा सोमबार बिहान करीब २ः३० बजेतिर दुर्घटना भएको हो ।  दुर्घटनामा परी दाङ तुल्सीपुर उपमहानगरपालिका–३ का १७ वर्षीया सृष्टी पुन, उनकी आमा..

    नारायणगढ-मुग्लिन तथा बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध

    सोमबार, आषाढ १८, २०७५ साल
    चितवन, १८ असार : नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको..

    सञ्चालनमा रहेका सबै विमानस्थलमा सेवा दिने वायु सेवा निगमको तयारी

    आईतवार, आषाढ १७, २०७५ साल
    काठमाडौँ, १७ असार : नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ ।  राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा दिने दीर्घकालीन लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय उडानमा मात्रै ध्यान दिँदा निगमको आन्तरिक बजार खस्केको र निजी क्षेत्रमा विमान कम्पनीले हिस्सा बढाएको पाइएपछि निगम आक्रामक रुपमा बजार विस्तारका लागि कार्ययोजनासहित प्रस्तुत..

    भित्ती–मोतीपुर सडक अवरुद्ध, स्थानियवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य

    आईतवार, आषाढ १७, २०७५ साल
    दुनै, डोल्पा, १७ असार  भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएकाका कारण यहाँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  वर्षात्का कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत बागडाँडामा पर्ने १० मिटर सडक पहिरोले पुरेको झण्डै तीनसाता बितिसक्दा पनि उक्त सडकखण्ड नखुल्दा खसिरहेको पहिरो मुनिको सानो बाटोबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।  सुँपानीदेखि दुनैसम्म यातायात सञ्चालन गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि सर्वसाधारण भित्ती–जुफालसम्मको जोखिमपूर्ण सडकबाट गाडीको..

    दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

    आईतवार, आषाढ १७, २०७५ साल
    चितवन, १७ असार  पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आईतबार बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो ।  बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति..

    बस अनियन्त्रित भई पल्टिँदा १५ घाइते, नारायणीमा डुबेर युवतीको मृत्यु

    आईतवार, आषाढ १७, २०७५ साल
    चितवन, १७ असार  पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आईतबार बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो ।  दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । जसमध्ये एकको..

    साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी २४ वटा नयाँ बस भित्र्याउँदै

    शुक्रबार, आषाढ १५, २०७५ साल
    ललितपुर, १५ असार  साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ ।  तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए ।  “केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ आइपुग्नेछ,” उनले भने, “ बस आइसकेपछि यसको सञ्चालन..

    नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

    शुक्रबार, आषाढ १५, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, १५ असार  जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।  शुक्रबार बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए ।  उनका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे– ८ निवासी ३१ वर्षीय कुसाङ तामाङ, सिरहा सनैखा निवासी ३६ वर्षीय शिवकुमार..

    जीप दुर्घटनामा ७ जनाको मृत्यु, जीप करिब १ हजार मिटर तल खसेको जानकारी

    शुक्रबार, आषाढ १५, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, १५ असार  सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।  शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौँ जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए ।  दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ । तिङ्ला..

    भित्रियाे नयाँ र पहिलाे वाइडबडी विमान, दोस्रो विमान पनि चाडै ल्याइने

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौं, १४ असार   नेपाल वायुसेवा निगमले बिहीबार फ्रान्सबाट ल्याएकाे नयाँ र  पहिलो वाइड बडी एयरबस  विमान काठमाडौंमा अवतरण गरेकाे छ । ‘ए ३३०–२००’ सिरिजको उक्त विमान बिहीबार बिहान बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । कतारकाे दोहा, थाइल्यान्डकाे बैंकक तथा भारतकाे बेंग्लोरमा सुरूअाती उडान गरे पनि बिस्तारै यसले जापान र दक्षिण कोरियाका लागि उडान सुरु गर्ने निगमले..

    कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुने यातायात मन्त्री महासेठको भनाई

    बुधबार, आषाढ १३, २०७५ साल
    काठमाडौँ, १३ असार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सो मन्त्रालयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै काठमाडौँभित्रका मर्मत सुधारका क्रममा कलंकी, चावहिल क्षेत्रका सडकबारे मुआब्जा विवाद भएकाले काममा ढिलाइ भएको बताए ।  मन्त्री महासेठले मुग्लिन–नारायणगढ सडकखण्डमा कालोपत्रेको काम..

    नारायणगढ–मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक बाटो रोज्न आग्रह

    बुधबार, आषाढ १३, २०७५ साल
    चितवन, १३ असार   नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ ।  सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ ।  राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडकखण्डको जोखिम मोल्नु पर्दैन । तर पनि यो कष्टकर यात्रा छाडेर..

    नारायणगढ मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खस्यो, सडक अवरुद्ध

    बुधबार, आषाढ १३, २०७५ साल
    चितवन १३ असार : नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।  नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी..

    पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एघार घण्टापछि खुल्यो

    मंगलवार, आषाढ १२, २०७५ साल
    चितवन, १२ असार  नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा मंगलबार बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ ।  बिहान ५ः२० बजे पहिरो खसेपछि सडकअवरुद्ध बनेको थियो । पहिरो पन्छाएर दिउँसो ३ः५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।  ठूलो पहिरो खसेको र शुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो पन्छाएको भुक्तानी नभएको भन्दै काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ..

    पहिरो पन्छाएको पैसा नपाएको भन्दै ठेकेदारले ढिलाइ गर्दा सडक खुलेन

    मंगलवार, आषाढ १२, २०७५ साल
    चितवन, १२ असार  पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि मंगलबार बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ ।  नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको रु तीन करोड ५० लाखभन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार बिहान ठेकेदारले पैसा नपाएको भन्दै शुरुमा..

    रुकुमको चौरजहारी विमानस्थल १३ महिनादेखि बन्द, यात्रु र विरामी मर्कामा

    मंगलवार, आषाढ १२, २०७५ साल
    जाजरकोट, १२ असार  चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् ।  पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र जहाज भएकाले उडान नभरेको हो । यो विमानस्थल रुकुममा भए पनि सेवासुविधा जाजरकोटले पनि..

    पहिरो खसेपछि मुग्लिङ सडक अवरुद्ध, पहिरो ठूलो भएकाले पन्छाउ ३-४ घण्टा लाग्ने

    मंगलवार, आषाढ १२, २०७५ साल
    चितवन, १२ असार  नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन-चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताए ।  दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो..

    नागढुंगा र चाबहिल सडकसहित विस्तार आयोजनाहरुको म्याद एक वर्ष थप

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौं, ११ असार काठमाडौंमा म्याद सकिएका सडक विस्तार आयोजनाहरु अर्को एक वर्ष लम्बिने भएका छन् । विस्तारको काममा ढिलाई भइहरँदा सरकारले त्यसमा आफ्नो पक्षको पनि कमजोरी रहेको र कतिपय विषय अदालतका कारण अन्योलमा रहेको भन्दै समयावधि सकिएका आयोजनाहरुको म्याद अर्को एक वर्षका लागि थपिएको हो । सडक विभागकाअनुसार कलंकी-नागढुंगा खण्डको म्याद पनि एक वर्ष थपिएको छ । यो खण्डमा चारवटा उपखण्डमा..

    लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित, यात्रुलाई सास्ती

    सोमबार, आषाढ ११, २०७५ साल
    रत्ननगर चितवन, ११ असार   पटकपटक पहिरो खस्दा सोमबार बिहानैदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ ।  राति २ः३५ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले १२ बजेभित्र चार पटक पहिरो खसिसकेको छ जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन् ।  पहिरो खस्ने, प्रहरीले सडक खोल्ने, अनि फेरि पहिरो खस्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा..

    तीन ठाउँमा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध

    सोमबार, आषाढ ११, २०७५ साल
    चितवन, ११ असार : नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ । चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन..

    छिमेकी मुलुक चीनमा चालकबिहीन वातावरणमैत्री रेलसेवा तीव्र विस्तारमा

    आईतवार, आषाढ १०, २०७५ साल
    छेन्दु, सिचुवान, १० असार  काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ ।  झोङटाङ स्काई रेल्वे ग्रुप कम्पनी लिमिटेडले निर्माण गरेको उक्त रेल सेवा गत सेप्टेम्बर ३०, २०१६ मै सफल परीक्षण गरिएको थियो ।  चीनको सिचुवान प्रान्तको विदेश मामिला कार्यालयको आयोजनामा यहाँको भ्रमणमा रहेको नेपाली पत्रकार टोलीलाई स्काई रेल्वे ग्रुपका उपप्रमुख..

    रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बस दुर्घटनाबाट ९ घाइते, ७ को अवस्था गम्भीर

    शुक्रबार, आषाढ ८, २०७५ साल
    रुकुम, ८ असार  रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।  सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार..

    फुस्रेखोलादेखि देउरालीसम्मको पक्की सडक निर्माण कार्य शुरु

    शुक्रबार, आषाढ ८, २०७५ साल
    पोखरा, ८ असार   पोखरा महानगरपालिका–२१ स्थित फुस्रेखोलादेखि रामदी मट्टीखान देउरालीसम्म पक्की सडक निर्माण कार्य शुरु भएको छ ।  सडकको लगभग १३ किलोमिटरमा एकतर्फी र तीन किमीमा दोहोरो नालासहितको १६ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइको सो बाटो नेपाल सरकारको रु ३२ करोडको लागतमा निर्माण गरिने भएको हो ।  तीन वर्षेको अवधिमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको सो बाटोको हालसम्म फराकिलो बनाउने, ग्याबिन भर्ने,..

    अरनिको राजमार्ग खण्डअन्तर्गत दुर्घटना बढेपछि न्यूनीकरण अभियान शुरु, टाइम कार्ड लागू

    बिहिवार, आषाढ ७, २०७५ साल
    भक्तपुर, ७ असार  अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ ।  प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक..

    निगमको ‘ अन्नपूर्ण’ नाम राखिएको वाइड बढी विमान असार १४ मा आइपुग्ने, यस्तो छ तयारी

    मंगलवार, आषाढ ५, २०७५ साल
    काठमाडौँ, ५ असार  नेपाल वायु सेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको वाइड बढी विमान यही असार १४ गते काठमाडौँ आइपुग्ने भएको छ ।  नेपाल आउने तयारीमा रहेको सो विमानको हाल फ्रान्समा परीक्षण उडान भइरहेको छ । निगमले जहाज हाल परीक्षणमा रहेको र असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको जनाएको छ ।  निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये..

    मुग्लिन सडकमा दुर्घटना रोक्न ‘राडार गन’ प्रयोग, प्रहरीद्वारा कारबाही अभियान शुरु

    सोमबार, आषाढ ४, २०७५ साल
    रत्ननगर, चितवन, ४ असार  चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।  तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।  उनको अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको..

    एति एयरलाइन्सको जहाज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगियो

    आईतवार, आषाढ ३, २०७५ साल
    पोखरा, ३ असार  एति एयरलाइन्सको जहाज आईतबार  पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।  काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए ।  पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए..

    यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौँ, ३ असार  प्रतिनिधिसभाको आईतबारको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गत खर्च रकमलाई कटौती गरियोस् भन्ने प्रस्तावमाथिको छलफल चलेको छ ।  उक्त शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका मानबहादुर विश्वकर्माले स्थानीय तहलाई सक्षम बनाउन बजेट अपुग..

    वर्षाले पहिरो जाँदा अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अझै अवरुद्ध

    आईतवार, आषाढ ३, २०७५ साल
    हेटौँडा, ३ असार   त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौँ–हेटौँडा तर्फको बाटो अवरुद्ध भएको छ ।  पालुङबाट डोजर र प्राविधिकहरु सडक..

    सदरमुकाम जलेश्वरको बाटो खाल्डाखुल्डी र हिलाम्मे हुदा सर्वसाधारणलाई निक्कै सास्ती

    शनिबार, आषाढ २, २०७५ साल
    गौशाला, २ असार  चारैतिर खाल्डाखुल्डी र कच्ची बाटो रहेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर अहिले हिलाम्मे बनेको छ ।  जिल्लाको सदरमुकाम भए पनि यहाँको कुनै पनि स्थानमा पिच बाटो नरहेको अवस्थामा विगत दुई तीन दिनमा पटकपटक भीषण पानी परेको कारण जलेश्वरको प्रत्येक चौक चौराहा, हाट बजार र सार्वजनिक स्थलमा अहिले हिलैहिलो भएको हो ।  वर्षाको पानीले जलेश्वरको शंकरचोक, नगरपालिकाचोक, दुर्गाचोक, खैराचौक, बुद्धिजीवीचोक, अस्पतालचोक, जिल्ला..
    Results 1257: You are at page 34 of 42
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast