बिहिवार, जेष्ठ २२, २०७७

    यातायात

    प्रतिकूल मौसमका कारण दैनिक ५० प्रतिशत उडान रद्ध, हजारौँ यात्रु मर्कामा

    शनिबार, श्रावन १९, २०७५ साल
    जुफाल, डोल्पा १९ साउन  केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् ।  झण्डै डेढ महिनादेखि नेपालगञ्ज विमानस्थलदेखि पहाडी जिल्लामा हुने ५० प्रतिशतभन्दा धेरै उडान रद्द हुने गरेको छ । निरन्तर वर्षा र बाग्लो हुस्सुका कारण पश्चिम भेगका हवाई उडान प्रभावित हुँदै आएको नेपालगञ्ज विमानस्थलका उपप्रमुख विष्णु अधिकारीले बताए..

    नारायणगढ-­मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन, रोकिएका सवारी गन्तव्यतर्फ जान थाले

    शनिबार, श्रावन १९, २०७५ साल
    रत्ननगर, १९ साउन : चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।  राति परेको वर्षाका कारण यहाँ पहिरो खसेको हो । पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आउने गाडीलाई मुग्लिनमा र..

    यातायात व्यवस्था विभागले गर्यो यस्तो निर्णय, सवारीबिना नै कम्पनी खोलेर सञ्चालन गर्न पाउने !

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन  यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।  कम्पनीमा पञ्जीकरण गर्न यसअघि कम्तीमा पाँच वटा सवारी हुनैपर्ने व्यवस्थाले समस्या हुने गुनासो आएपछि विभागले यस्तो निर्णय गरेको हो । विभागले निर्णय कार्यान्वयनका..

    असारमै म्याद सकिएपनि खोटाङकाे थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम अघि बढेन

    शुक्रबार, श्रावन १८, २०७५ साल
    खोटाङ, १८ साउन गत असारमै म्याद सकिए पनि खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलको कालोपत्र गर्ने काम सकिएको छैन । ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले २०७३ देखि कालोपत्र गर्ने कार्य शुरु गरेको थियो । म्याद सकिएको एक महिना पुग्न लाग्दासमेत कालोपत्र सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्न श्रेष्ठले जानकारी दिए । निर्माण कम्पनीको ढिलासुस्तीका..

    अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उक्किएपछि बन्द भएको उडान-अवतरण सञ्चालनमा

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन  धावनमार्गको कालोपत्र उक्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान-अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ ।  धावनमार्गमा समस्या देखिएपछि शुक्रबार बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ । करीब २० मिनेटको समयपछि सेवा पुनःशुरु भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले राससलाई जानकारी दिए ।  खासगरी..

    सार्वजनिक यातायातमा 'ज्येष्ठ नागरिक आरक्षण सिट'को प्रभावकारी कार्यान्वयन भएको छ त ?

    बिहिवार, श्रावन १७, २०७५ साल
    काठमाडौँ, १७ साउन  कोटेश्वरबाट अनामनगर हुँदै बुधबार दिउँसो चाबहिल जाँदै गरेको नेपाल यातायातको ज्येष्ठ नागरिक सिटमा एक युवा बसिरहेका थिए ।  नजिकै ६५ वर्षीया वृद्ध आमा गाह्रो गरी उभिरहेकी थिईन् । वृद्ध आमालाई न त ती युवाले सिट छोडिदिए । न यातायातका सहचालकले सिटको व्यवस्थापन गरिदिए ।  चक्रपथमा संयुक्त यातायातमा भक्तपुरकी सुमित्रा तन्डुकारले भाडामा ५० प्रतिशत छुटको लागि ज्येष्ठ नागरिक परिचयपत्र देखाउँदा सहचालकले..

    लमजुङ–मनाङ सडकमा पहिरो झरेपछि सेवा अवरुद्ध, सानो मेशिनले पहिरो हटाउन नसकिएको जानकारी

    बिहिवार, श्रावन १७, २०७५ साल
    लमजुङ, १७ साउन  गएराति झरेको पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ ।  बेँसीशहर–६, बेलौती बिसौनी भन्ने ठाउँमा ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो । पहिरो ठूलो भएको र सडकसमेत भाँस्सिएको कारण सानो मेशिन (एक्साभेटर) ले पहिरो हटाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए ।  “पहिरो करीब १०० मिटर लामो छ, हामीसँग भएको सानो एक्साभेटरले पहिरो पन्छाउन सकिएन,” सहायक..

    दुर्घटनामा १ को मृत्यु, ७ घाइते, चालक र गाडी दुवै प्रहरीले नियन्त्रणमा

    बिहिवार, श्रावन १७, २०७५ साल
    कैलाली, १७ साउन  कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा बिहिबार बिहान गाडीको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।  पूर्व पश्चिम राजमार्गअन्तर्गत नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको भे१ज ६३५ नंको हायसले ठक्कर दिँदा सोही नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको टीकापुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।  साइकल यात्रु चौधरीको बाटो काट्ने क्रममा हायसले ठक्कर..

    नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा

    बिहिवार, श्रावन १७, २०७५ साल
    चितवन, १७ साउन   नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । बिहिबार बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउन लागि दुई वटा डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका सवारी साधन..

    ट्याक्टर दुर्घटनामा २ को घटनास्थलमै मृत्यु, अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जानकारी

    बिहिवार, श्रावन १७, २०७५ साल
    रोल्पा, १७ साउन  गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नंको ट्याक्टर माडी–१ धारावाङमा गएराति ८.३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १८ वर्षीय डम्बरबहादुर..

    नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध, घुमाउने र जलबिरेमा पहिरो

    बिहिवार, श्रावन १७, २०७५ साल
    चितवन, १७ साउन:  नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।  भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी साधान..

    केही दिनदेखि थन्किएको पहिलो वाइड बडी जहाज अन्नपूर्णको आज व्यावसायिक उडान हुँदै

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौँ, १६ साउन    नेपाल वायु सेवा निगमले बुधबारदेखि आफ्नो पहिलो वाइड बडी जहाज अन्नपूर्णको व्यावसायिक उडान गर्दैछ । सोमबार नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेपछि निगमले पूर्व निर्धारित समयमै उडान गर्न लागेको हो । निगमका अनुसार पहिलो उडान कतारको राजधानी दोहामा हुनेछ । बुधबार राति ८ बजे आफ्नो नियमित तालिका अनुसार नै वाइड बडी दोहाका लागि उडान गर्ने निगमका प्रवक्ता..

    वर्षा संगै आएको पहिरोलाई हटाई हेटौँडा कुलेखानी–काठमाडौँ यातायात सेवा सञ्चालनमा

    बुधबार, श्रावन १६, २०७५ साल
    हेटौँडा, १६ साउन  गत राति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई बुधबार बिहानदेखि हेटौँडा काठमाडौँतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  यसैगरी इन्द्रसरोवर गाउँपालिका–५ सुकौरा ड्याममा आएको पहिरोलाई पनि बुधबार बिहान हटाई सिस्नेरी काठमाडौँतर्फ यातायात सेवा पनि सञ्चालनमा ल्याइएको स्थानीय प्रहरी चौकीले जनाएको छ ।  हेटौँडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौँडातर्फ..

    चालक अनुमतिपत्रका लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक

    मंगलवार, श्रावन १५, २०७५ साल
    लहान, १५ साउन  प्रदेश नं २ मातहतका यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित गरेको छ ।  यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि गत आइतबारदेखि अनलाइन फारामको आवेदन खुला गरेको थियो । विभागले अनलाइन फाराम खुला गरेकै दिन प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले तत्काल अनलाइन फारामबाट लिइने बायोमेट्रिक..

    सडकमा भएको करोडौं लगानी बर्खे भेलसँगै बग्यो, सर्वसाधारण पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य

    आईतवार, श्रावन १३, २०७५ साल
    बाबियाचौर, म्याग्दी, १३ साउन  म्याग्दीका ग्रामीण सडकमा भएको लगानी खेर गएको छ । करोडौं लगानी गरेर हिउँदमा ट्र्याक खोलिएका र स्तरोन्नति गरिएका सडकमा बर्खासँगै सवारी अवरुद्ध भएका छन् ।  भिरालो जमीनमा एक्साभेटर, ब्याकलोडर जस्ता उपकरण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढी र पहिरोको जोखिम बढेको छ । सडक बनाउने नाउँमा जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेको बेनपा–६ अर्थुङ्गेका छविलाल उपाध्यायले बताए ।  “हिउँदभरी..

    भलपानीले पुलको जगमा क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत बन्द

    आईतवार, श्रावन १३, २०७५ साल
    रसुवा, १३ साउन    रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।    प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आईतबारबाट अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति..

    रसुवागढी नाका : टिमुरे घट्टेखोलाको पुलमा जोखिमपछि सवारीसाधनमा रोक

    शनिबार, श्रावन १२, २०७५ साल
    रसुवा, १२ साउन   टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ ।  सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पुर्याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो ।  हल्का सवारीसाधनलाई भने आवातजावतमा..

    अविरल वर्षाका कारण पहिराले सडक भत्काएपछि जाजरकोट–डोल्पा यातायात सेवा अवरुद्ध

    शनिबार, श्रावन १२, २०७५ साल
    जाजरकोट, १२ साउन   निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ ।  पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् । यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य छन् । जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।  शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत ठाउँमा पहिरो जाँदा आवतजावत गर्न समस्या भएको छ । गाउँबाट..

    त्रिशूली बस दुर्घटना : ७ जनाको मृत्यु, घट्नास्थलमा प्रहरीले उद्धार कार्य जारी

    शुक्रबार, श्रावन ११, २०७५ साल
    चितवन, ११ साउन  इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।  प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेका छन् । पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा बाटोमै मृत्यु भएको हो ।  घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ ।..

    त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २३ जना घाइते, भरतपुर अस्पतालमा उपचार हुँदै

    शुक्रबार, श्रावन ११, २०७५ साल
    चितवन, ११ साउन  चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।  करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।  मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते २३ जनालाई उद्दार गरी चितवनको..

    काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्यो, २३ जनाको उद्धार, विस्तृत विवरण आउन बाँकि

    शुक्रबार, श्रावन ११, २०७५ साल
    चितवन, ११ साउन  काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।  अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए । ..

    आजबाट भक्तपुर पोखरा सिधा बस सेवा शुरु, पर्यटन विकासमा थप मद्दत पुग्ने आशा

    शुक्रबार, श्रावन ११, २०७५ साल
    भक्तपुर, ११ साउन  शुक्रबारबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । शुक्रबार बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरेका हुन् ।  उनले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग्ने बताए ।  भक्तपुरबाट पर्यटकलाई बन्दीपुर..

    चितवनमा तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता, पाँचबुँदे सहमति

    बिहिवार, श्रावन १०, २०७५ साल
    रत्ननगर, चितवन, १० साउन  चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीन पांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् ।  बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि तीनपांग्रे सवारी चालकले आन्दोलन स्थगित गरेका हुन् ।  साथै यसअघि महानगरपालिकाले कायम गरेको १८ वटा क्रसिङ प्वाइन्टसहितको सवारी रुटअनुसार नै सवारी..

    पहिरो खसेर अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा

    बुधबार, श्रावन ९, २०७५ साल
    बैतडी, ९ साउन  गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक बुधबार मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो ।  सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।  गए राति परेको पानीका कारण..

    पहिरोले महाकाली राजमार्ग अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द

    बुधबार, श्रावन ९, २०७५ साल
    बैतडी, ९ साउन  गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।  महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए ।  बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अवरुद्ध सडक खुलाउने..

    आजदेखि भरतपुर महानगरपालिकाद्वारा मुख्य सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

    मंगलवार, श्रावन ८, २०७५ साल
    चितवन, ८ साउन  भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाएको छ ।  तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले सोमबार वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न बाटो खुल्ला गरिदिएको थियो ।  मंगलबार देखि तोकिएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको..

    निरन्तरको वर्षाका कारण पहाडी क्षेत्रका विभिन्न सडकमार्ग अवरुद्ध, सुचारु हुन केही समय लाग्ने

    मंगलवार, श्रावन ८, २०७५ साल
    गाईघाट, उदयपुर, ८ साउन : निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ ।  गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्ध हटाउने कार्य भइरहे पनि अझै सवारी सुचारु हुन नसकेको छैन ।  पहिरो हटाउने कार्य..

    इतिहास भयो यातायात क्षेत्रको एकाधिकार, ३० वर्षदेखि रहेको अराजकता नियन्त्रण !

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार कुनै पनि शर्तमा नफर्कने भन्दै मार्ग इजाजत पाएका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन पुनः आग्रह गरेको छ । केही यातायात व्यवसायीले भने अझै पनि कम्पनी वा फर्ममा दर्ता हुन अस्वीकार गर्दै आएका छन् । यो सरकारको नीतिको ठीक विपरीतको गतिविधि हो भने नागरिकको भावना र चाहनाविपरीतको व्यवहारसमेत हो । गृह मन्त्रालयले कुनै पनि यातायात..

    देशभर सवारी दुर्घटनामा कमी, उपत्यकामा वृद्धि, के हुन् मुख्य कारण ?

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन  आर्थिक वर्ष २०७४-७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ ।  आव २०७४-७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० र बालिका ८४ छन् । यस्तै दुर्घटनामा तीन हजार ८०० जना गम्भीर घाइते र सात हजार ५१० सामान्य घाइते भएका छन् ।  ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक मुकुन्द..

    ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त, घटनास्थलमै ट्रिपर जलाइयो

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौं, श्रावण ७ ।  काभ्रेको बनेपास्थित चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपा बजार अहिले तनावग्रस्त बनेको छ । मृतकको सनाखत हुन भने सकेको छैन । घटनापछि आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी गरेपछि त्यहाँको अवस्था अहिले अशान्त बनेको हो ।  बा२ख ३९३४ नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको थियो भने घटनाको विरोधमा स्थानीयले ठक्कर दिने टिप्परमा आगजनी गरेका हुन्  । स्थानीयको विरोध र..
    Results 1263: You are at page 32 of 43
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 Next Last
    Weather Forecast