शनिबार, कार्तिक २, २०७६

    यातायात

    सिद्धार्थ राजमार्गमा पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले एकतर्फी खुला

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    बुटवल, ४ जेठ सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले केहिबेरअघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पाखण्डको हेडबक्स भन्ने स्थानमा बिहीबार राति करिब १२ बजे पहिरो गएको थियो । पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको सडक बिहानदेखि डोजरले पहिरो हटाएपछि एकतर्फीरुपमा सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।  गएराति पहिरो खसेको ठाउँ..

    अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालको लागि थन्कियो

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    महेन्द्रनगर, धनुषा, ३ जेठ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ ।  दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गरेको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप..

    मकालु एयरको विमान दुर्घटना ! चालक दलका दुबै सदस्यको मृत्यु

    बुधबार, जेष्ठ २, २०७५ साल
    सुर्खेत, २ जेठ सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।  उक्त कार्गाे जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।  मकालु एअरको 9N–AJU C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब..

    सुर्खेतबाट सिमिकोट उडेको मकालु एयर अझैसम्म पनि सम्पर्कबिहिन, बाजुरामा भेटिएको भन्ने सूचना गलत

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, जेठ २ । आज बिहान सुर्खेतबाट सिमिकोटका लागि सामान लिएर उडेको सम्पर्कबिहिन ‘कार्गो’ जहाज बाजुरामा भेटिएको भन्ने समाचार गलत सावित भएको छ ।  पाइलट किरण भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरिएको छ । हाल उक्त बिमान चालकको मोबाइल अफ भएको बताईएको छ । बिहान..

    सुर्खेतबाट सिमिकोट उडेको मकालु एयरको सम्पर्कबिहिन जहाज बाजुरामा भेटियो

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, जेठ २ । आज बिहान सुर्खेतबाट सिमिकोटका लागि समान लिएर उडेको सम्पर्कबिहिन ‘कार्गो’ जहाज बाजुरामा भेटिएको छ । हाल जहाजका पाइलट र को पाईलट सकुशल रहेको बताईएको छ । पाइलट किरण भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। हाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरेको थियो । बिहान ६ बजेर १२..

    यसरी चल्दैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा, ८५ देखि ९० एटिसी आवश्यक पर्ने

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काठमाडौँ, १ जेठ : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ ।  अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो ।  पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा..

    दरवाङ–ढोरपाटन सडकको १८ किमि ट्रयाक खुल्यो, स्थानीयबासी हर्षित

    मंगलवार, जेष्ठ १, २०७५ साल
    बाबियाचौर, म्याग्दी, १ जेठ मध्यपहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनीदेखि ढोरपाटन जोड्ने दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्रयाक खुलेको छ ।  सडक डिभिजन कार्यालय, बागलुङले एक दशकअघि ट्रयाक खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम शुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम—ताकम हुँदै मुनासम्मको ट्रयाक निर्माण भएको छ ।  वि.सं २०६७ मा दरवाङबाट शुरु भएको सडकको ट्रयाक..

    नारायणगढ–मुग्लिन सडकखण्डको पुनः मिति थपको माग, एक हजार ८०० मिटर कालोपत्रे गर्न बाँकी

    सोमबार, बैशाख ३१, २०७५ साल
    चितवन, ३१ वैशाख  नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन् ।  चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको १० मे २०१८ मा मिति सकिएको छ भने दोस्रो खण्डको छ दिन र तेस्रो खण्डको १६ दिन बाँकी रहेको छ । यसअघि मिति थप हुँदा दोस्रो खण्डका लागि २०..

    अविरल वर्षासँगै सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अबवरुद्ध

    सोमबार, बैशाख ३१, २०७५ साल
    रामपुर, पाल्पा, ३१ वैशाख सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ ।  अविरल वर्षासँगै खसेको पहिरोले सोमबार बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् ।  आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन..

    पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेलमार्ग बन्ने: प्रधानमन्त्री ओली

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौँ, ३० वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताएका छन् ।  राष्ट्रियसभाको आईतबारको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई पारस्परिक लाभ र समानताका आधारमा अघि बढाउने सन्दर्भमा भ्रमण सार्थक भएको उल्लेख गरे ।  प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी आफ्नो भ्रमण सकेर फर्कने क्रममा आफूले..

    मनाङमा रहेको एकमात्रै हुम्डे विमानस्थल सञ्चालनमा ल्याउन सरकारसमक्ष अनुरोध !

    आईतवार, बैशाख ३०, २०७५ साल
    मनाङ, ३० वैशाख  दुर्गम जिल्ला मनाङमा रहेको एकमात्रै हुम्डे विमानस्थल सञ्चालनमा ल्याउन मनाङवासीले सरकारसमक्ष अनुरोध गरेका छन् । विमानस्थल स्तरोन्नति भएको आठ वर्षसम्म कुनै पनि विमानले उडान नभरेको भन्दै उनीहरुले सेवा सञ्चालनका लागि आग्रह गरेका हुन् । सरकारले दुर्गम पहाडी जिल्लामा एक जिल्ला एक हवाईमैदान निर्माण गर्ने भनी बजेट वक्तव्यमा उल्लेख गरे पनि व्यवहारमा लागू नगरेको भन्दै उनीहअरूले सरकारको आलोचनासमेत गर्न थालेका छन्..

    २ देशका प्रधानमन्त्रीद्वारा रामायण सर्किट र जनकपुर–अयोध्या बस सेवा शुभारम्भ

    शुक्रबार, बैशाख २८, २०७५ साल
    जनकपुरधाम, २८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शुक्रबार  जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गरे ।  यसैगरी दुबै देशका प्रधानमन्त्रीले शुक्रबार नै जानकी मन्दिर परिसरमा संयुक्त रुपमा हरियो झण्डा देखाएर नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ पनि गरे ।  सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरे । उनले नेपाली..

    लाङ्टाङ राष्ट्रिय निकुञ्जको नयाँ राजमार्गमा जाँच चौकी स्थापना गर्ने तयारी !

    शुक्रबार, बैशाख २८, २०७५ साल
    रसुवा, २८ वैशाख स्याफ्रुबेँसी–मैलुङखण्डको राजमार्ग निर्माण भएसँगै लाङ्टाङ राष्ट्रिय निकुञ्जले नयाँ राजमार्गमा जाँच चौकी स्थापना गर्ने तयारी गरेको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाका वन प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार स्याफ्रुबेँसीबाट मैलुङसम्मको दूरीमा नयाँ सडक निर्माण भई अब नदी किनारबाट यातायात सञ्चालन हुने तयारी भएकाले निकुञ्ज क्षेत्रको अवैध कारोवार रोक्न जाँच चौकी स्थापना गर्न लागिएको हो । अधिकांश भूभाग भिरपहराको क्षेत्र र..

    म्याग्दीको मराङ सडक सञ्जालमा जोडियो, मल्कवाङसम्म सडक विस्तार गर्न प्राथमिकता दिइने

    बिहिवार, बैशाख २७, २०७५ साल
    बाबियाचौर, म्याग्दी, २७ वैशाख म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पुर्याईएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजनाअन्तर्गत बेँसीसम्म सडक मार्ग पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताए । दुई ठाउँमा करीब २०० मिटर पहाडी मार्ग खोल्न बाँकी भए पनि तीन ठाउँमा डाइभर्सन..

    सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु

    बुधबार, बैशाख २६, २०७५ साल
    रुपन्देही २६ वैशाख बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु गरेको छ ।  खासगरी सडकमा बेवारिसे अवस्थामा रहेका, बिरामी परेर बिचल्लीमा परेका, घरबारविहीन भएका तथा रोगी व्यक्ति सडकमा सुत्ने अवस्थाको अन्त्य गर्न उनीहरुको लगत संकलन शुरु भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिए ।  उनले भने, “बिरामी परेकालाई सेल्टर दिने र उपचार गराएर पुनःस्थापित गराउने उद्देश्य उपमहानगरपालिकाले..

    सिन्डिकेटको अर्को स्वरूप, काठमाडौँको नयाँ बसपार्कमा ल्होत्सेको एकाधिकार

    मंगलवार, बैशाख २५, २०७५ साल
    काठमाडौँ, २५ वैशाख : सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ ।  उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा नयाँ बसपार्कको व्यवस्थापनको अधिकार पाएको ल्होत्से बहुउद्देश्यीय संस्थाको एकाधिकारले यात्रु मारमा पर्न थालेका छन् । यसअघि यातायात समितिले काउन्टर खोलेर टिकट काट्ने गरेकामा मंगलबारदेखि ल्होत्सेले मात्र टिकट काट्न थालेको छ..

    भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या !

    मंगलवार, बैशाख २५, २०७५ साल
    चितवन, २५ वैशाख भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । थोरै यात्रु क्षमताका विमानमा यात्रा गर्नुपर्दा यात्रीले महँगो भाडा तिर्नु..

    फराकिलो र सुधार गर्नका लागि पोखरा–बागलुङ सडक दैनिक साढे ६ घण्टा बन्द

    मंगलवार, बैशाख २५, २०७५ साल
    फलेवास, पर्वत, २५ वैशाख : पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ ।  सडक फराकिलो बनाउने क्रममा कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो । आयोजनाको घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ देखि ८ः३०..

    यातायात व्यवसायीद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता, सरकारसँग ५ बुँदे सहमति !

    सोमबार, बैशाख २४, २०७५ साल
    काठमाडौँ, बैशाख २४  यातायात व्यवसायी महासंघको पूर्वघोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सरकार र यातायात व्यवसायीबीच  भएको छलफलबाट ५ बुँदे सहमति भएसँगै यातायात व्यवसायी महासंघले यसअघि  घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।  सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णयको स्वागत गर्दै यातायात व्यवसायीहरूले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन्। सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आइतबार मध्यरात भएको..

    बैतडीको दशरथचन्द राजमार्गमा बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

    सोमबार, बैशाख २४, २०७५ साल
    बैतडी, २४ वैशाख : बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् ।  बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न नसकेको प्रहरीले..

    यातायातपछि अब पालो ट्रक व्यवसायको ! सबै क्षेत्रको एकाधिकार तोड्ने गृहमन्त्रीको उद्घोष

    सोमबार, बैशाख २४, २०७५ साल
    काठमाडौँ, २३ वैशाख : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताएका छन् ।  आइतबार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुआतमात्रै भएको बताउँदै अब अन्य क्षेत्रका सबै एकाधिकार तोडेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले भने,..

    नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो, दैनिकजसो खस्छन् ढुंगा !

    सोमबार, बैशाख २४, २०७५ साल
    चितवन, २३ वैशाख सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ । पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले बताए । सडक विस्तारका क्रममा भित्तो काटिएको..

    सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धतापछि पक्राउ परेका यातायात व्यवसायी रिहा

    आईतवार, बैशाख २३, २०७५ साल
    विराटनगर, २३ वैशाख : यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन् ।  सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघआबद्ध तीन व्यवसायीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको थियो । पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाई र टीका भट्टराई..

    अज्ञात समूहद्वारा दाङ जाँदै गरेको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

    शनिबार, बैशाख २२, २०७५ साल
    दाङ २२, बैशाख : काठमाडौंबाट दाङ आउँदै गरेको एउटा यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समूहले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्वरको विचमा पर्ने बन्गैं भन्ने स्थानमा शनिबार बिहान पेट्रोल बम प्रहार गरेको थियो । रा ६ ख ३९७० नम्वरको मालिका कालिका प्रालिको बसमा शनिबार बिहान ५ बजेतिर पेट्रोल प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार दुई जनाको..

    सिन्डिकोटको पक्ष लिँदै गाडी नचलाउनेको रूट पर्मिट तुरुन्तै खारेज गर्छौं : यातायात व्यवस्था विभाग

    शुक्रबार, बैशाख २१, २०७५ साल
    काठमाडौं, वैशाख २१ यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) शुक्रबार नै खारेज गरिने बताएको छ। विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र शुक्रबार नै विभागको बैठक बसी पर्मिट खारेज गरिने बताए। ‘हामीले प्रशासन र प्रहरीबाट गाडी नचलाउनेको डाटा मागेका छौं, काठमाडौंमा आफैंले पनि डाटा संकलन गरिरहेका छौं,’ भट्टराईले सेतोपाटीसँग भने, ‘सबै..

    महासंघद्वारा यातायात सञ्चालनमा रोक, उपत्यका लगायत देशभरको जनजीवन प्रभावित

    शुक्रबार, बैशाख २१, २०७५ साल
    काठमाडौँ, २१ वैशाख : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ ।  महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ ।  महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी..

    दु्रतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन, चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य !

    बिहिवार, बैशाख २०, २०७५ साल
    काठमाडौँ, २० वैशाख  नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका छन् ।  कूल ७६.३ किमीको द्रुतमार्गको डिपिआर तयार गर्न एक स्वदेशी र १६ विदेशी कम्पनीबाट आवेदन आएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। डिपिआरका लागि आवेदन दिनेमा भारत र चीनदेखि युरोपसम्मका निर्माण कम्पनी छन् । डिपिआरका लागि..

    बन्द अवस्थामा रहेको जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने : पर्यटन मन्त्री अधिकारी

    बिहिवार, बैशाख २०, २०७५ साल
    चरिकोट, २० वैशाख : जिरी विमानस्थल पुनः सञ्चालनमा आउने आशामा जिरीवासी निकै उत्साहित देखिएका छन् ।  बुधबार जिरीमा पर्यटनमन्त्री पुगेर जिरी एयरपोर्ट स्थलगत अनुगमन गरेपछि यहाँका जनप्रतिनिधि, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार र स्थानीयबासी निकै उत्साहित बनेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीको भ्रमण गरी पुरानो बन्द अवस्थामा रहेको जिरी विमानस्थल पुनः सञ्चालनमा..

    सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न र सहयोग गर्न तयार छौँ : यातायात व्यवसायी

    बुधबार, बैशाख १९, २०७५ साल
    काठमाडौँ, १९ वैशाख : यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् ।  गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले बुधबार यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् ।  वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न आफूहरु तयार रहेको चर्चा..

    विमान खरिदमा नियम मिचेको महालेखाको आरोप, खरिद प्रक्रिया कानूनसम्मत भएको निगमको दाबी

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले वाइडबडी विमान खरिदमा विधि र प्रक्रिया मिचेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ । तर, निगमले भने विमान खरिद प्रक्रिया कानूनसम्मत नै भएको दाबी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनले निगमको दुई ठूला (वाइडबडी) ए ३३०–२०० विमान खरिद प्रक्रियामा त्रुटि देखाएको हो । प्रतिवेदनअनुसार निगमको आर्थिक विनियमावली, २०६५ को व्यवस्थालाई मिचेर..
    Results 1097: You are at page 31 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast