शनिबार, चैत्र २२, २०७६

    यातायात

    सवारी चालकलाई खुसिकाे खबर ! यी ठाउँहरुमा बन्दैछ आराम स्थल

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ बेलाबखत चालक निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ । सरकारले सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने उद्देश्यका साथ सात प्रदेशका १४ स्थानमा यस्ता आराम स्थल स्थापना गर्न लागेको हो । केही स्थानमा आराम स्थलहरु सञ्चालनमा..

    अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान हुने

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारीले विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको जानकारी दिएका हुन् ।  नेपाल पर्वतारोहण सङ्घले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनपछि धेरै परिवर्तन आएको छ, हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन शुरु..

    रुकुम पश्चिमको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द

    मंगलवार, भाद्र १९, २०७५ साल
    सुर्खेत, १९ भदौ   रुकुम पश्चिमको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।  गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबै भन्दा बढी बिरामी मर्कामा परेका छन् । नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीाट पठाइएका बिरामीलाई सास्ती हुने..

    बालकोट–सिरुटार सडकको कन्तबिजोग, अध्यक्षदेखि वडा सदस्यसम्म टुलुटुलु

    मंगलवार, भाद्र १९, २०७५ साल
    भक्तपुर, १९ भदौ  यसवर्षको वर्षा सकिन लागिसक्यो तर वर्षा अगावै सिध्याउनु्पर्ने सडक निर्माणका काम भने ज्यूँका त्यूँ छ । जनप्रतिनिधिले कार्यभार बहन गरेको वर्ष दिन बितिसक्दा पनि जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् ।  वडाका जनप्रतिनिधि आफै ओहोरदोहोर गर्ने सडकको कन्तबिजोग हेरेरै बसेका छन् । वर्षा अगावै निर्माण गर्नुपर्ने सडक ठकेदारको ढिलाइले भदौको दोस्रो साता बितिसक्दा पनि सम्पन्न नभएकाले सूर्यविनायक नगरपालिका–२ बालकोट..

    भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग खुला, गाडीहरु आफ्नो गन्तव्यतर्फ

    सोमबार, भाद्र १८, २०७५ साल
    रसुवा, १८ भदौ   धुञ्चेको त्रिशूली नदी नजीक यही भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्गमा यातायात पुनःसञ्चालन भएको छ ।  बीच बाटामा रोकिएका सयौँ मालवाहक कन्टेनर र ट्रक तथा पर्यटकीय गाडीहरु आफ्नो गन्तव्यतर्फ गएका छन् । अब गल्छी–रसुवागढी राजमार्गअन्गतर्ग टिमुरे, घट्टेखोला नजीकसम्म निर्बाध रुपले सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । रसुवागढी नजीक भीरमा सडक खुलाउने कार्य भने चलिरहेको छ । मङ्गलबार..

    काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटना न्यून

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ ।  सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४÷०७५ मा एक..

    यतीको विमान दुर्घटनाका कारण बन्द अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि सुचारु

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ : यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२   घण्टापछि सुचारु भएको छ ।  नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन ।  घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा सञ्चालनमा

    शनिबार, भाद्र १६, २०७५ साल
    काठमाडौँ, १६ भदौ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल शुक्रबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो ।  सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।  यसअघि..

    जोर विजोर प्रणाली : ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुली

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर विजोर प्रणाली भदौ १३ गतेदेखि लागू भएको हो । यो प्रणालीका कारण..

    महँगिँदै निर्माण : विमानस्थल मुआब्जामै १४ अर्ब खर्च, त्रिभुवन विमानस्थलको नाफा कति ?

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार खर्च गरेको छ । चालू आवमा रु आठ अर्ब ५५ करोड २५ लाख जग्गा प्राप्तिका लागि विनियोजन गरिएको छ । यी..

    सप्तरीमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १७ जना घाइते, ३ को अवस्था गम्भीर

    बिहिवार, भाद्र १४, २०७५ साल
    राजविराज, १४ भदौ  सप्तरीमा बिहिबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ ।  पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ..

    रुकुमको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द, बिरामी सारै मर्कामा

    बुधबार, भाद्र १३, २०७५ साल
    सुर्खेत, १३ भदौ  रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् ।  विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ । बिरामीलाई कच्ची सडक प्रयोग गरी उपचारका लागि सुर्खेत, नेपालगञ्ज..

    काठमाडौं उपत्यकामा आज बिजोर नम्बरका सवारीसाधन मात्र चल्न पाउने

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौं, भदौ १३ ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि बुधबारदेखि काठमाडौं उपत्यकामा जोर बिजोर अंकका आधारमा मात्र गाडी चल्न पाउने व्यवस्था लागू भएको छ । जसअनुसार आज बुधबार बिजोर नम्बरका सवारी साधनहरु मात्र चल्न पाउने भएका छन् ।  बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले..

    होशियार ! ट्राफिकजाममा फस्नुहोला, उपत्यकाका यी ठाउँमा आज यातायात बन्द

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  ट्राफिक प्रहरी महाशाखाले अबको केहि समयमा विषेश कारणवश राजधानीका प्रमुख मार्गमा यातायात प्रभावित हुने बताएको छ । प्रहरीले एक सूचना जारी गर्दै राजधानीका गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुने बताएको हो । प्रहरीले सो मार्ग भएर यात्रा गर्ने सबैलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । भदौ १४..

    बिमस्टेक सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश अनुमति [विज्ञप्ति सहित]

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । मंगलबारदेखि नै लागू हुने गरी यो अनुरोध गरिएको छ । विमानस्थलस्थित नेपाल प्रहरीका डिआइजी कमल जिटीका अनुसार बच्चा, गर्भवती र असक्तले मात्रै सहयोगी लिएर जान सक्नेछन् । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीद्वारा मंगलबार हस्ताक्षरित विज्ञप्तिमा विमानस्थलमा एक्लै..

    भत्किएको खुलामञ्च मर्मत सम्भारका लागि ४ दिनसम्म बन्द, सवारीसाधनमा जोर र बिजोर प्रणाली लागू

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।  वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले मंगलबारदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था..

    सवारी दुर्घटनामा १ को मृत्यु, ४ गम्भीर घाइते, टिपरको ठक्करबाट ज्यान गयो

    सोमबार, भाद्र ११, २०७५ साल
    भद्रपुर, ११ भदौ   पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी सोमबार बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई सोमबार बिहान ३ बजे सडकमै पल्टिएको थियो ।  दुर्घटनामा परी..

    काठमाडौँ उपत्यका : चालकको लापर्वाहीबाट ९० प्रतिशत बढी दुर्घटना

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ   काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारीअनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४-७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ ।  यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी..

    ककनीको चौतीसकिलोमा पहिरो गएपछि पासाङल्हामु राजमार्ग अवरुद्ध, सयौँ सवारी साधन अलपत्र

    शनिबार, भाद्र ९, २०७५ साल
    नुवाकोट, ९ भदौ : पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।  शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र पर्नुभएका एक यात्रु नवराज घिमिरेले जानकारी दिए । “माथिबाट डाँडै खसेको छ, ठूला–ठूला ढुङ्गा बगेर आएका कारण ५० मिटरजति सडक..

    नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ‘मकालु’ विमान उड्यो बैंकक

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गरेको छ ।  ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानले शुक्रबारदेखि बैंकक नियमित उडान शुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । विदेशी विमानचालक (पाइलट) ‘क्याप्टेन’ र नेपाली विमान सहचालक ‘कोपाइलट’ ले मकालु उडाएका हुन् । दुवै वाइड बडीका लागि पाइलटको..

    राष्ट्रिय व्यवसायी महासङ्घद्वारा पासाङल्हामु राजमार्ग खुलाउन आग्रह

    शुक्रबार, भाद्र ८, २०७५ साल
    काठमाडौँ, ८ भदौ  नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ ।  सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेकाले सो राजमार्ग खुलाउन आग्रह गरिएको महासङ्घका अध्यक्ष नरेश कटुवालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, राजमार्गका..

    यातायात सिण्डिकेट : सहकारी र निजी संस्थाका रुपमा दर्ता हुँदै सार्वजनिक सवारीसाधन

    बिहिवार, भाद्र ७, २०७५ साल
    ललितपुर, ७ भदौ  यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएसँगै सार्वजनिक सवारीसाधन निजी संस्था वा सहकारी संस्थाका रुपमा दर्ता हुन थालेका छन् ।  सरकारले गत फागुनमा लागू गरेको यातायात व्यवस्थापन कार्यविधिका आधारमा सवारीसाधन दर्ता प्रक्रियामा आएका हुन् । यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयको ठूला तथा साना सवारी शाखामा निजी बस तथा मिनीबस पञ्जीकरण र दर्ता हुनसँगै मार्ग माग्न आएको कार्यालयले जनाएको छ ।..

    अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन, दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुने

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौँ, ७ भदौ  प्रतिनिधिसभाको बिहिबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।  बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  महासन्धिलाई अनुमोदनपूर्व प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद..

    बस र ट्रक एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु, ३३ घाइते

    बुधबार, भाद्र ६, २०७५ साल
    चितवन, ६ भदौ  नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा बुधबार दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।  मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नंको ट्रक..

    उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले ‘फ्लोरोसेन्ट ज्याकेट’ अनिवार्य रुपमा लगाउनुपर्ने

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन  महाशाखा र व्यवसायी सङ्घको आयोजनामा सुन्धाराबाट ५०० ट्याक्सीका चालकलाई ज्याकेट लगाएर सो कार्यको शुरुवात..

    राजधानी प्रवेश गर्ने मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डलाई सुन्दर बनाइँदै

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौँ, ६ भदौ  राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ ।  चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीले भने, “नगरपालिकाले सडकखण्डको दायाँबायाँ करीब एक हजार २०० सोलारबत्ती जडान, वृक्षरोपण एवं नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यात्रु चढ्ने र ओर्लने स्थानमा..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने, यसरी गरिन्छ मर्मत तर चुनौतीपूर्ण

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ ।  लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मर्मत गर्न आवश्यक प्रक्रियासमेत शुुरु गरिसकेको छ ।  देशकै ऐनाका रुपमा..

    टाटा मोटर्स कार मेला सिजन ६ सम्पन्न, ३ हजार बढीले अवलोकन गरे

    सोमबार, भाद्र ४, २०७५ साल
    काठमाडौं, भदौ ४ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बार्षिकरुपमा आयोजना गर्दै आएको टाटा मोटर्स कार मेला को सिजन ६ सफलताका साथ आइतबार सम्पन्न भएको छ्र । ३ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको सो मेलामार्फत ९८  जनाले नयाँ कार बुकिङ गरेको कम्पनीले जनाएको छ ।  आयोजक सिप्रदी ट्रेडिङका अनुसार सो कार मेलामा उपस्थित दर्शकमध्ये ६०० भन्दा बढीले..

    गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग अझै खुलेन !

    सोमबार, भाद्र ४, २०७५ साल
    नुवाकोट, ४ भदौ विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम धमाधम भइरहेकोले मङ्गलबारसम्म सञ्चालन हुन सक्ने भएको छ ।  पुल भत्केपछि खोलाबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । विदुर–१ र १० जोड्ने गेर्खुखोलाको पुल आइतबार बिहान बाढीले भत्काएको थियो ।  छिमेक जिल्ला रसुवा जाने..

    पहिरो, हिलो र खाल्टाखुल्टीका कारण सदरमुकाममै यातायात बन्द, आवतजावतमा सास्ती

    सोमबार, भाद्र ४, २०७५ साल
    जाजरकोट, ४ भदौ  खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ ।  दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु परेको छ ।  सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ ।..
    Results 1257: You are at page 30 of 42
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast