बिहिवार, जेष्ठ १५, २०७७

    यातायात

    नारायणगढ–मुग्लिन सडक दुईहप्ता दिउँसो बन्द हुने

    शुक्रबार, पौष ११, २०७६ साल
    भरतपुर, ११ पुस नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि थप दुईहप्ता दिउँसोमा सो सडक बन्द हुने भएको छ ।  आयोजनाले आज सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएको भन्दै थप दुई साता सडक अवरुद्ध हुने जानकारी दिएको हो ।  गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ ।..

    मकवानपुरको सुमो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

    शुक्रबार, पौष ११, २०७६ साल
    हेटौँडा, ११ पुस  मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।  रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु रौतहटको चन्द्रपुर नगरपालिकाका २१ वर्षीय मनिष विश्वकर्मा, २० वर्षीया सृजना विश्वकर्मा, ६५ वर्षीय केदारप्रसाद तिमल्सिना रहेका छन् । अन्य दुई मृतकको..

    सुक्खा पहिरोले सडक अवरुद्ध

    शुक्रबार, पौष ११, २०७६ साल
    ठिनी, ११ पुस  मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।  बिहीबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका स्काभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान..

    ट्राफिक उज्यालो अभियान : पन्ध्रहजार कारवाहीमा

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस प्रहरीले ट्राफिक नियम उल्लङ्घन विरूद्ध चलाएको विशेष कार्यक्रम ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनाको आठ दिनमा मात्रै १५ हजार बढीलाई कारवाही गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिँदै सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न शुरु उक्त अभियानका क्रममा यसरी सवारी चालकलाई कारवाही गरिएको हो । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई..

    नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम तीव्र

    बुधबार, पौष ९, २०७६ साल
    भरतपुर, ९ पुस   नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने काम तीव्र पारिएको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इञ्जिनीयरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको आयोजनाका इञ्जिनीयर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।    “सडकखण्डको भित्तामा अड्किएका ढुङ्गा झार्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म तीन प्रतिशत मात्र काम भएको छ ।” जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर २७ गतेबाट..

    गैरकानूनी रुपमा यात्रु बोक्ने चौध निजी सवारी साधन कारवाहीमा

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । सार्वजनिक सवारी साधनले मात्र यात्रु बोक्न पाउने कानूनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो ।  महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४..

    निगमलाई नियामक प्राधिकरणको अधिकार प्रदान

    आईतवार, पौष ६, २०७६ साल
    काठमाडौँ, ६ पुस   नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई ए ३२० उडान विशिष्टिकरण मापदण्ड ‘क्याटोगरी’ दुई प्रमाणीकरण तथा ‘ए ३२० रिडुज्य नेभिगेसन पर्फरमेन्स अथोराइज्ड रिक्वायर्ड अपरेशन’ को अन्तिम ‘अथोराइजेसन’ अर्थात यससम्बन्धी अधिकार प्रदान गरेको छ ।   उक्त अधिकार पाएसँगै निगमको उडान आधुनिकीकरण योजनालाई सघाउने र उडान सुरक्षालाई थप गुणस्तर बनाउन मद्दत पुग्ने निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो । “नेपाल..

    नुवाकोटमा मिनिट्रक दुर्घटना, २ को मृत्यु, ६ जना घाइते

    आईतवार, पौष ६, २०७६ साल
    विदुर, ६ पुस नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । नायब उपरीक्षक..

    टुटल र पठाओ रोक्ने प्रयास विफल, अदालतले दियो यस्तो आदेश

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर टुटल र पठाओ रोक्नका लागि उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। साेमबार न्यायाधीश प्रभा बस्नेत र शान्ता सेढाईको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको हो। अन्तिम सुनुवाईपछि मात्रै यसबारे निर्णय हुने अदालतको आदेशमा उल्लेख छ। ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक रहेको भन्दै रोक्नका लागि अन्तरिम आदेश माग गरी मुद्दा दायर गरेको थियो। संघले टुटल,..

    ‘नो पार्किङ’ मा यूएनको गाडी पार्किङ, ट्राफिक प्रहरीले लगायो ह्वीलर

    सोमबार, मंसिर ३०, २०७६ साल
     ज्नकपुरधाम, ३० मङ्सिर ‘नो पार्किङ’मा संयुक्त राष्ट्र संघ (यूएन)को गाडी पार्क गरेको भेटिएपछि ट्राफिक प्रहरी जनकपुरधामले कारवाही गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ भानु चोकमा आइतबार बिहान नो पार्किङमा पार्क गरेर राखिएको यूएनको गाडीलाई ट्राफिक प्रहरीले ह्वीलर लगाएर कारवाही गरेको हो  । ‘युएनको ६६-८-१३-२१ नम्बरको गाडी नो पार्किङ एरियामा पार्क गरेर राखिएको अवस्थामा भेटिएपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले व्हीलर लगाएका हुन,’..

    सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्ने

    सोमबार, मंसिर ३०, २०७६ साल
    भद्रपुर, ३० मङ्सिर निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ । आजदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको  छ । ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान सुरु गरेको  नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी दिनुभयो । उहाँले  ती क्षेत्रका..

    सिन्धुपाल्चोक दुर्घटना : मृत्यु भएका १५ मध्ये १४ जनाको सनाखत

    आईतवार, मंसिर २९, २०७६ साल
    चौतारा, २९ मङ्सिर   सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की  ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका  २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण..

    निजगढ अन्तरराष्ट्रिय विमानस्थल चाँडो सम्पन्न गर्न माग

    आईतवार, मंसिर २९, २०७६ साल
    काठमाडौँ, २९ मङ्सिर   वार्षिक ७० लाख पर्यटक ओहोरदोहोर गर्ने गरिएकोे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्र भार व्यवस्थापनमा कठिनाइ उत्पन्न भएकाले बाराको निजगढमा निर्माणका लागि प्रस्ताव गरिएको अन्तरराष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सरोकारवालाले माग गरेका छन् ।   उहाँहरुले उक्त विमानस्थल सम्पन्न हुनसके विश्वका विभिन्न मुलुकबाट आउने पर्यटक वृद्धि हुनुका साथै देशको आर्थिक विकासमा सघाउ पुग्ने बताउनुभयो । दु्रतमार्ग, विमानस्थल निर्माण मूल व्यवस्थापन तथा..

    निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने

    आईतवार, मंसिर २९, २०७६ साल
    काठमाडौँ, २९ मङ्सिर नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको हो । दुई सातापछि नेपाल भ्रमण वर्ष शुरु हुँदैछ..

    सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो, गम्भीर घाइते ६ जनालाई काठमाडौँ ल्याइयो

    आईतवार, मंसिर २९, २०७६ साल
    काठमाडौँ, २९ मङ्सिर । दोलखाबाट भक्तपुरतर्फ आउँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १५  जनाको मृत्यु भएको छ। १८ यात्रु घाइते भएका छन् । दोलखाको कालिञ्चोक भ्रमणबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको हो । घटनास्थलमा आठ महिला, तीन पुरुष, एक बालिका र दुई बालकको..

    पहिरो खसेपछि बेनी–जोमसोम सडक विहानैदेखि अवरुद्ध

    शनिबार, मंसिर २८, २०७६ साल
    जोमसोम, २८ मङ्सिर ।  मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।  शुक्रबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । ठूलो पहिरो खसेकाले सडक खुलाउन उपकरण..

    नारायणगढ–मुग्लिन सडकका आठ स्थानमा पहिरो रोक्ने काम गरिने

    शुक्रबार, मंसिर २७, २०७६ साल
    चितवन, २७ मङ्सिर  सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी रोकेर आजदेखि काम थालिने भनिएकामा पानी परेपछि काम शुरु हुन सकेको छैन ।    नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो सडक खण्डको आठ स्थानमा पहिरो रोक्नका लागि तार,..

    पिकनिक जान मदन भण्डारी कलेजका विद्यार्थी चढेको बस भक्तपुरमा दुर्घटना

    शुक्रबार, मंसिर २७, २०७६ साल
    काठमाडौँ, २७ मङ्सिर  काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोज आएको बस दुर्घटना भएको छ ।   उनीहरु भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै थिए । उनीहरु चढेको बस बा ५ ख ४२८६ सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । यीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था सामान्य छ । ११ वटा गाडीमा मदन भण्डारी..

    आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

    शुक्रबार, मंसिर २७, २०७६ साल
    काठमाडौं, २७ मंसिर नारायणगढ–मुग्लिन सडकखण्ड शुक्रबारदेखि दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो रोकथाम गर्ने प्रयोजनका लागि आजदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । नारायणगढमुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा..

    विमानस्थल मुआब्जा वितरण प्रभावित

    बिहिवार, मंसिर २६, २०७६ साल
    निजगढ, २६ मङ्सिर बारामा निर्माण हुन लागेको  दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वाेच्च अदालतले रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुनेभएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करीब ११ हजार ८७५ बिघा अर्थात आठ हजार ४५ हेक्टर क्षेत्रफल जमीन छुट्याइएको छ । सोमध्ये करीब ११० बिघा निजी जमीनको मुआब्जा दिनुपर्ने छ ।  तर सर्वाेच्च अदालतले निर्माण कार्यमा रोक लगाएपछि मुआब्जा वितरणको..

    चाबहिल–साँखु सडक निर्माण चालू आवभित्रै सम्पन्न गरिने

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर सरकारले विस्तारका लागि चार वर्ष पहिले ठेक्का सम्झौता गरे पनि अझै सम्पन्न नभएको चाबहिल–साँखु सडक निर्माण चालू आव २०७६/७७ भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै सडकको अवस्थाबारे स्थलगत निरीक्षणमा जानुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक चाँडो सम्पन्न गर्न आफू तत्पर रहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले आफूले पटक–पटक..

    ट्राफिक व्यवस्थापन सुरक्षित र मर्यादित बनाउन तालीम

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर  काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ ।   सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने महानगरपालिकाले जनाएको छ । तालीममा उहीहरुलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागू गराउनका..

    हुम्लामा टिपर दुुर्घटना, २ जनाको मृत्यु

    बिहिवार, मंसिर २६, २०७६ साल
    सिमकोट, २६ मङ्सिर हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्युभएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताउनुभयो । दुर्घटनास्थलमा..

    श्रीएयरलाइन्सको जनकपुर र सिमरामा परीक्षण उडान

    बुधबार, मंसिर २५, २०७६ साल
    काठमाडौँ, २५ मङ्सिर   निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा आज परीक्षण उडान गरेको छ । श्रीले हालै भित्र्याएको ‘नाइन एन एएनफ क्यू–४००’ जहाजमार्फत परीक्षण उडान गरेको हो ।   नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र श्री एयरलाइन्सका प्राविधिक टोलीसहित जनकपुर र सिमरामा सफल परीक्षण उडान गरिएको कम्पनीको संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार प्राधिकरणबाट उडान..

    नयाँ हवाई नीति ल्याउँदै सरकार, १५ वर्षपछिको नितिमा के छ नयाँ ?

    बुधबार, मंसिर २५, २०७६ साल
    काठमाडौं, २५ मङ्सिर नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नयाँ हवाई नीति ल्याउने भएको छ । मन्त्रालयले १५ वर्ष पछि पहिलो पटक हवाई ऐन नै परिवर्तन गर्ने गरी नयाँ हवाई ऐन २०७६ ल्याउन लागेको हो । सोका लागि मन्त्रालयले ७ सदस्यीय मस्यौँदा समिति समेत गठन गरेको छ ।  नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक तथा मन्त्रालयका पूर्वसचिव योगप्रसाद गौतमको नेतृत्वमा गठित समितिले..

    मालढुङ्गा–बलेवा सडक हस्तान्तरणको चरणमा

    बुधबार, मंसिर २५, २०७६ साल
    गलकोट, २५ मङ्सिर राष्ट्रिय गौरवको आयोजनामध्येको कालीगण्डकी कोरिडोरको बागलुङ–गुल्मी खण्डको नौ किमी सडक हस्तान्तरण गर्ने चरणमा पुगेको छ । करिडोरअन्तर्गतको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको सडक निर्माण र १० मिटर चौडा गर्ने कार्य सकिएसँगै सडक विभागलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा रहेको छ ।  नेपाली सेनाले निर्माण जिम्मा लिएको ८० किमी करिडोरको ट्र्याक खुलाएपछि अहिले १० मिटर सडक चौडा गर्ने जारी छ । यसमध्येको..

    नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने

    बुधबार, मंसिर २५, २०७६ साल
    भरतपुर, २५ मङ्सिर  नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा..

    माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर   तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) आज साँझ दशरथ रङ्गशालामा ऐतिहासिक र भव्य समारोहबीच समापन भएकोे छ । व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिँगारिएको रङ्गशालामा आयोजित विशेष समारोहमा हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रमसहित साग समापन सम्पन्न भएको हो ।   समापन समारोहको शुरुमा सहभागी सातै देशका खेलाडी, प्रशिक्षक र अधिकृतले आ–आफ्नो देशको झण्डा बोकेर..

    सगरमाथाको मापन प्रक्रिया लम्बियो, २ टोली अझै फिल्डमा छ !

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर ।  विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको प्रक्रिया अझै केही महिना लम्बिने भएको छ ।  २ वटा टोली अझै फिल्डमा रहेको स्रोत ले जनाएको छ । टोलीमा संलग्नहरु फर्किएपछि अध्ययन गरेर उचाइ सार्वजनिक गरिन्छ ।  यसअघि सन् २०१९ को डिसेम्बर अर्थात् यसै महिना उचाइ सार्वजनिक गर्न सकिने जनाइएको थियो । तर, अहिले काम पूरा नभएकोले उचाइ सार्वजनिक गर्न केही ढिला..

    आज जोर नम्बरका सवारी साधान मात्रै चलाउन पाइने व्यवस्था

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर  १३ औँ दक्षिण एसियाली खेलकुद मंगलबार बेलुका त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने विशेष कार्याक्रमका बिच साग समापन हुनेछ । यसलाई लक्षित गरी मंगलबार ट्राफिक व्यवस्थापनका लागि जोर नम्बरका सवारी साधान मात्रै चलाउन पाइने व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । विजोर नम्बर प्लेटका सवारी साधन चलाएको पाइएमा कारवाही गरिने पनि प्रहरीले उल्लेख गरेको छ । जोर नम्बरकै भए पनि सकेसम्म निजी..
    Results 1262: You are at page 3 of 43
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 Next Last
    Weather Forecast