आईतवार, भाद्र १, २०७६

    यातायात

    मयुर यातायातको विरुद्धमा अन्य बस व्यवसायीद्वारा यातायात बन्द, यात्रुलाई सास्ती

    बुधबार, चैत्र २१, २०७४ साल
    धुलिखेल, २१ चैत : कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्दा गरेका कारण आज काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई प्रभाव पारेको छ ।  काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समितिलगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ ।  काभ्रे मिनी बस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजुले यातायात व्यवस्था विभागबाट..

    पुल नहुँदा चेपाङ विद्यार्थी शिक्षाबाट वञ्चित, पुल निर्माणमा कसैको ध्यान पुगेन

    बुधबार, चैत्र २१, २०७४ साल
    मलेखु, धादिङ, २१ चैत : माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने ? घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई एक पटक झस्काउँछ ।  डाँडामा बस्ती भएकाले गाउँवासीका लागि माध्यमिक तहको अध्ययन गर्न पाँच घण्टाको दूरी तय गर्नुपर्ने भएकाले सो गाउँका कसैलाई पनि माध्यमिक तहको शिक्षा पाउनु भनेको ‘टाढाको फल..

    सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण सम्पन्न, कर्णाली प्रदेशको राजधानी हवाई सेवा नजिक जोडिदै

    बुधबार, चैत्र २१, २०७४ साल
    सुर्खेत, २१ चैत : कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ ।  बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिए।  “जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन भने बाँकी छ, तर पनि अब सुर्खेत–काठमाडौँ सिधा हवाई सेवा शुरु..

    कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम तथा आगजनी, विप्लवका कार्यकर्ताले प्रहार गरेको आशंका

    मंगलवार, चैत्र २०, २०७४ साल
    सिन्धुली, २० चैत कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्याईएको छ । मंगलबार  बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी..

    मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक सुचारु

    मंगलवार, चैत्र २०, २०७४ साल
    बाजुरा, २० चैत : मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक खण्ड सुचारु भएको छ ।  सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्यांकन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमति पछि बाटो सुचारु भएको प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीले बताए ।  तिपाडामा स्थानीयले बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेका..

    यातायात निर्देशिकाको स्वागत, नयाँ व्यवसायीलाई निरुत्साही गर्ने एकाधिकार शैलीप्रति विरोध

    सोमबार, चैत्र १९, २०७४ साल
    काठमाडौँ, १९ चैत गोगो फाउण्डेसनले यातायात व्यवसायीको एकाधिकारबाट आक्रान्त यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सात वटा निर्देशिकाको स्वागत गरेको छ । फाउन्डेसनले सरकारले कुनै सुधार गर्न खोज्नेबित्तिकै विरोधमा उत्रने, जथाभावी गाडी तेर्साएर सडक अवरुद्ध गर्नेजस्ता एकाधिकारवादबाट सञ्चालित हुँदै आएका व्यवसायीलाई निरुत्साहित गर्नुपर्ने जनाएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले सोमबार  विज्ञप्तिमार्फत यात्रुलाई सुविधाजनक सेवा दिएर यातायात क्षेत्रमा..

    महाकालीमा पुल निर्माणको काम तीव्र, हाइड्रोलिक पाइल रिग मेशिनले सहज बनायो

    सोमबार, चैत्र १९, २०७४ साल
    ओदाली, कञ्चनपुर, १९ चैत : महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ ।  पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपुर्याएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो ।  “मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,” पुल निर्माणस्थलमा भेटिनुभएका कुमार श्रेष्ठ निर्माण सेवाका इन्जिनियर किशोरराज पाण्डेयले भने, “अब निर्माणको काम धमाधम..

    जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द

    सोमबार, चैत्र १९, २०७४ साल
    बाजुरा, १९ चैत : बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले सोमबार बिहानदेखि साँफे–मार्तडी राजमार्ग बन्द गरेका छन् ।  साँफे–मार्तडी सडकमा रहेको तिपाडामा सडक निर्माणको जिम्मा लिएको पिएस कम्पनीले जग्गाको मुआब्जा नदिएको भनी पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्लाका निर्वाचित जनप्रतिनिधिसंग मुआब्जा नपाएको गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुँदा आजदेखि उक्त सडकखण्ड..

    कोटेश्वर–कलंकी सडक छेउका घरटहरा नभत्काउँदा काममा अवरोध, सम्बन्धित व्यक्ति अटेर गर्दै

    आईतवार, चैत्र १८, २०७४ साल
    ललितपुर, १८ चैत निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घरटहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घरटहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर नीरञ्जन शर्मा अर्यालले बताए । उनले भने “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा योजनाले समन्वयको काम गरिरहेको..

    मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः माधवकुमार नेपाल

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा आयोजित गोष्ठीको उद्घाटन गर्दै नेता नेपालले उक्त क्षेत्रमा गरिने लगानीले देशमा ठूलो संख्यामा रोजगार सिर्जना गर्ने बताए । पूर्वाधारका योजना सम्पन्न भएपछि मात्र ठेकेदारलाई भुक्तानी दिनुपर्नेमा जोड दिँदै उनले भने–“भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ,..

    नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल, आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध

    बिहिवार, चैत्र १५, २०७४ साल
    नेपालगञ्ज, १५ चैत : नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न तदारुकता देखाइएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गरेको छ ।  उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा प्रदेश सभा सदस्य, जनप्रतिनिधि, संबद्ध निकायका अधिकारी, नागरिक समाजका अगुवासहितकोे बैठकले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय..

    केन्द्रले कर्णाली प्रदेशलाई थोत्रा गाडी पठाएपछि मन्त्रीहरु मर्मत गर्दै हैरान...

    बिहिवार, चैत्र १५, २०७४ साल
    सुर्खेत, १५ चैत्र :  कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् ।  केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ ।  उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ । ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा..

    ३३ वर्ष बित्दा पनि सडक बनेन, ८ किलोमिटर लामो सडकको अहिलेसम्म ६५ कि.मि मात्र

    बुधबार, चैत्र १४, २०७४ साल
    डोटी, १४ चैत : निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन ।  कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो २०४२ सालदेखि निर्माणकार्य थालिएको सडक हो ।  शुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भए पनि अहिले प्राथमिकताबाट हटाइएपछि सडक निर्माणले..

    उपत्यकामा आगलागी बढेपछि दमकललाई भ्याइनभ्याइ, आगो नियन्त्रण गर्न समस्या

    मंगलवार, चैत्र १३, २०७४ साल
    भक्तपुर, १३ चैत दैनिक आगलागीका घटना बढेपछि जुद्धवारुणयन्त्र भक्तपुरका दमकललाई भ्याइनभ्याइ भएको छ । भक्तपुरदेखि काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकसम्म सेवा दिँदै आएको भक्तपुरको दमकललाई आगलागीका घटना बढेपछि आगो नियन्त्रण गर्न समस्या देखिएको छ । दैनिक चार आगलागीका घटना हुने बताउँदै जुद्धवारुणयन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले गर्मीयाम बढेसँगै आगलागीका घटना बढेको बताए । उनले भने, “दैनिक चार वटासम्म आगलागीका घटना भएका छन्, एक सातायता..

    सन् २०१९ भित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने

    सोमबार, चैत्र १२, २०७४ साल
    काठमाडौँ, ११ चैत : पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।  रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले थपे, “खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको छ ।”  त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जोडेर चौविसै घण्टा सञ्चालन गर्ने गरी काम अघि बढिसकेको उनले..

    झापामा ३९ हजार सवारी साधन कारवाहीमा परे, दुई करोड ४९ लाख ३९ हजार राजश्व संकलन

    आईतवार, चैत्र ११, २०७४ साल
    सुरुङ्गा, झापा, ११ चैत चालू आर्थिक वर्षको आठ महिनामा झापामा ३९ हजार २५० सवारी साधन चालक कारवाहीमा परेका छन् । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आवमा कारवाहीमा परेका चालकबाट ट्राफिक प्रहरीले रु दुई करोड ४९ लाख ३९ हजार राजश्व संकलन गरेको छ । प्रहरी निरीक्षक राजेश राईका अनुसार चालू आवको फागुन मसान्तसम्ममा कारवाहीमा..

    चालक अनुमतिपत्र 'लाइसेन्स' का लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत : उपत्यकाका तीन यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका छन् ।  लाइसेन्स वितरणका लागि ‘ट्रायल’ परीक्षा लिँदा शुल्क लिने व्यवस्था गरिएकोमा सर्वोच्च अदालतमा मुद्दा परी निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले शुक्रबार देखि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।  निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका कार्यालयमा सुकेधारा,..

    काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ यात्रुको मृत्यु, २३ घाईते

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत सिन्धुपाल्चोक काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै भोटे नाम्लाङ जाँदै गरेको आमाहेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस दुर्घटना भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थित तामाखानीमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । २३ जना मध्ये गम्भीर घाइते भएका ८ जनालाई काठमाडौं पठाइएको छ भने १५ जनाको धुलिखेल अस्पतालमा..

    स्थानीय निकायसँग सहकार्य बढाउँदै साझा यातायात, उपत्यका बाहिरका नगरपालिकासँग पनि सहकार्य गर्न तत्पर

    शुक्रबार, चैत्र ९, २०७४ साल
    ललितपुर, ९ चैत साझा यातायातले स्थानीय निकायसँगको सहकार्य बढाएको छ । साझाले यसअघि नै काठमाडौं र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको छ । आगामी दिनमा अरु स्थानीय निकायसँगको सहकार्य बढाउँदै जाने योजना रहेको साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेय बताए । साझाले अहिले काठमाडौं र ललितपुर महानगरपालिकासँग सहकार्य गरिरहेको छ । काठमाडौँ महानगरपालिकाले पाँच करोड र ललितपुर महानगरपालिकाले एक करोड शेयर खरिद गरिसकेका छन्..

    दुर्घटनामा मृत्यु भएका युएस बंगला एयरलाइन्सका पाइलटकी पत्नीको पनि मृत्यु

    शुक्रबार, चैत्र ९, २०७४ साल
    ९ चैत, काठमाडौं । काठमाडौंमा दुर्घटना भएको युएस बंगला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रबार विहान मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो । उनलाई गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको हो । मुस्लिम धर्म अनुसार..

    सडकको लालपूर्जा व्यक्तिको नाममा, मुआब्जा नपाएपनि अधिग्रहण गरेको जग्गाको तिरो भर्नुपर्ने बाध्यता

    शुक्रबार, चैत्र ९, २०७४ साल
    बेनी, म्याग्दी, ९ चैत  २०५९ सालमा निर्माण भएको जग्गा बेनी–जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका–३ दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाएपनि सडककले अधिग्रहण गरेको जग्गाको तिरो भने तिर्दै आएका छन् ।  न मुआब्जा, न भोगचलन तर आफ्नो जग्गामा बनेको सडकको समेत कर तिर्नुपर्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् । अन्नपूर्ण गाउँपालिका–३ दानाका नेत्र गर्बुजाको तीन रोपनी जग्गा सडक विस्तारका लागि..

    नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण समापन मिति फेरी थपियो

    बिहिवार, चैत्र ८, २०७४ साल
    चितवन, ८ चैत । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो..

    हुम्लामा एक्कासि हिमपात, नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द

    बिहिवार, चैत्र ८, २०७४ साल
    हुम्ला, चैत ८ : गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।  हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् ।  हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ । ..

    बीस वर्ष पुराना १ सय १० सार्वजनिक सवारी साधन जफत

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत : यातायात व्यवस्था विभागले २० वर्ष पुराना ११० वटा सार्वजनिक सवारी साधन जफत गरेको छ ।  पछिल्लोपटक मंगलबार वीरगञ्जबाट १६ वटा २० वर्ष पुराना सवारी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।  चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत शुरु गरेका थिए । प्रदूषण र सवारी दुर्घटना बढेको..

    चीनले अगाडि सारेको नयाँ अवधारणा बिआरआईबाट नेपाल बढी लाभान्वित हुने : उपराष्ट्रपति नन्दबहादुर पुन

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिनुभएको बधाई तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत लिँदै उपराष्ट्रपति पुनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताए। चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा आफू विश्वस्त रहेको..

    राजधानीसँग तराई जोड्ने नारायणगढ–मुग्लिन सडकको २४ किलोमिटर कालोपत्रे आरम्भ

    मंगलवार, चैत्र ६, २०७४ साल
    चितवन, ६ चैत  ।  राजधानी काठमाडौँसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार कालोपत्रेको पहिलो तह २४.५ किलोमिटर..

    शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान, पूरा हुँदै धवलागिरिवासीको सपना

    मंगलवार, चैत्र ६, २०७४ साल
    बागलुङ, ६ चैत  । यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ ।  यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौँं–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ..

    बिदाको दिनमा पनि सरकारी गाडी चढ्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला होसियार !

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत : सरकारले विगतको असामान्य परिस्थितिमा अस्थायी रुपमा रातो नम्बर प्लेट दिइएका सम्पूर्ण सवारी साधनलाई तत्काल सरकारी नम्बर प्लेटमा परिणत गर्न मातहतका निकायलाई सूचित गरेको छ ।  तत्कालीन अवस्थालई मध्यनजर गरी सकारात्मक उद्देश्यका साथ अतिआवश्यक कार्यका लागि सरकारी नम्बर प्लेटलाई अस्थायी रुपमा रातोमा परिणत गरिएकामा हालको सामान्य अवस्थामा समेत कतिपय सरकारी निकायबाट सवारी साधनको दुरुपयोग भएको गुनासो आएको जनाउँदै गृह..

    पाइलट अभावले नेपाल एयरलाइन्सका विमान उडेनन्, निगमसँग चिनियाँ जहाज उडाउनसक्ने पाइलट १ जना मात्रै

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् । निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् । नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन् नसस्कँदा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ ।      पाइलट अभावले उडान भर्न नसकेका विमानलाई नियमित सेवामा..

    पर्वतस्थित साढे दुई दशकदेखि बन्द बलेवा विमानस्थलमा आज परीक्षण उडान

    सोमबार, चैत्र ५, २०७४ साल
    फलेवास, पर्वत, ५ चैत ।  विगत साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थलमा आज पहिलो पटक परीक्षण उडान गरियो ।  यही चैत ९ गतेदेखि नियमित सञ्चालनमा आउने तयारीमा रहेको विमानस्थलमा तारा एयरको नाइन एन ए के एल कलसाइनको टुइनअटर विमानले परीक्षण उडान गरेको हो । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको बताएको छ ।  उक्त..
    Results 968: You are at page 29 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast