यातायात
मंगलवार, भाद्र १२, २०७५ साल

काठमाडौँ, १२ भदौ
बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । मंगलबारदेखि नै लागू हुने गरी यो अनुरोध गरिएको छ ।
विमानस्थलस्थित नेपाल प्रहरीका डिआइजी कमल जिटीका अनुसार बच्चा, गर्भवती र असक्तले मात्रै सहयोगी लिएर जान सक्नेछन् ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीद्वारा मंगलबार हस्ताक्षरित विज्ञप्तिमा विमानस्थलमा एक्लै..
मंगलवार, भाद्र १२, २०७५ साल

काठमाडौँ, १२ भदौ
पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।
वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले मंगलबारदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था..
सोमबार, भाद्र ११, २०७५ साल

भद्रपुर, ११ भदौ
पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी सोमबार बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई सोमबार बिहान ३ बजे सडकमै पल्टिएको थियो ।
दुर्घटनामा परी..
आईतवार, भाद्र १०, २०७५ साल

काठमाडौँ, १० भदौ
काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारीअनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४-७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ ।
यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी..
शनिबार, भाद्र ९, २०७५ साल

नुवाकोट, ९ भदौ :
पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।
शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र पर्नुभएका एक यात्रु नवराज घिमिरेले जानकारी दिए । “माथिबाट डाँडै खसेको छ, ठूला–ठूला ढुङ्गा बगेर आएका कारण ५० मिटरजति सडक..
शुक्रबार, भाद्र ८, २०७५ साल

काठमाडौँ, ८ भदौ
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गरेको छ ।
‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानले शुक्रबारदेखि बैंकक नियमित उडान शुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । विदेशी विमानचालक (पाइलट) ‘क्याप्टेन’ र नेपाली विमान सहचालक ‘कोपाइलट’ ले मकालु उडाएका हुन् । दुवै वाइड बडीका लागि पाइलटको..
शुक्रबार, भाद्र ८, २०७५ साल

काठमाडौँ, ८ भदौ
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ ।
सडक अवरुद्ध हुँदा हजारौँ मालबाहक ट्रक तथा कन्टेनर रोकिएर व्यवसायी मर्कामा परेकाले सो राजमार्ग खुलाउन आग्रह गरिएको महासङ्घका अध्यक्ष नरेश कटुवालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । “नाका अवरुद्ध भएसँगै चाडवाडका लागि सामान बोकेर आएका हजारौँ ट्रक, कन्टेनर बीच बाटोमा अलपत्र छन्, राजमार्गका..
बिहिवार, भाद्र ७, २०७५ साल

ललितपुर, ७ भदौ
यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएसँगै सार्वजनिक सवारीसाधन निजी संस्था वा सहकारी संस्थाका रुपमा दर्ता हुन थालेका छन् ।
सरकारले गत फागुनमा लागू गरेको यातायात व्यवस्थापन कार्यविधिका आधारमा सवारीसाधन दर्ता प्रक्रियामा आएका हुन् । यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयको ठूला तथा साना सवारी शाखामा निजी बस तथा मिनीबस पञ्जीकरण र दर्ता हुनसँगै मार्ग माग्न आएको कार्यालयले जनाएको छ ।..
बिहिवार, भाद्र ७, २०७५ साल

काठमाडौँ, ७ भदौ
प्रतिनिधिसभाको बिहिबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
महासन्धिलाई अनुमोदनपूर्व प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद..
बुधबार, भाद्र ६, २०७५ साल

चितवन, ६ भदौ
नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा बुधबार दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नंको ट्रक..
बुधबार, भाद्र ६, २०७५ साल

काठमाडौँ, ६ भदौ
उपत्यकामा चल्ने मिटर ट्याक्सीका चालकले आजदेखि अनिवार्य रुपमा ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल ट्याक्सी व्यवसायी सङ्घको सहकार्यमा ट्याक्सी चालकले अनिवार्य ‘फ्लोरोसेन्ट ज्याकेट’ लगाउनुपर्ने भएको हो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालनमा छन
महाशाखा र व्यवसायी सङ्घको आयोजनामा सुन्धाराबाट ५०० ट्याक्सीका चालकलाई ज्याकेट लगाएर सो कार्यको शुरुवात..
बुधबार, भाद्र ६, २०७५ साल

काठमाडौँ, ६ भदौ
राजधानी प्रवेश गर्ने मुख्यद्वार रहेको नागढुङ्गा–कलङ्की सडकको दायाँबायाँ सुन्दर हुने भएको छ ।
चन्द्रागिरि नगरपालिकाले सोलारबत्ती जडान, वृक्षरोपण एवं घरधनीलाई एकै किसिमको रङ्ग रोगन गर्न लगाई सडकखण्डलाई आकर्षित गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीले भने, “नगरपालिकाले सडकखण्डको दायाँबायाँ करीब एक हजार २०० सोलारबत्ती जडान, वृक्षरोपण एवं नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । यात्रु चढ्ने र ओर्लने स्थानमा..
मंगलवार, भाद्र ५, २०७५ साल

काठमाडौँ, ५ भदौ
सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ ।
लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मर्मत गर्न आवश्यक प्रक्रियासमेत शुुरु गरिसकेको छ ।
देशकै ऐनाका रुपमा..
सोमबार, भाद्र ४, २०७५ साल

काठमाडौं, भदौ ४ ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बार्षिकरुपमा आयोजना गर्दै आएको टाटा मोटर्स कार मेला को सिजन ६ सफलताका साथ आइतबार सम्पन्न भएको छ्र । ३ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको सो मेलामार्फत ९८ जनाले नयाँ कार बुकिङ गरेको कम्पनीले जनाएको छ ।
आयोजक सिप्रदी ट्रेडिङका अनुसार सो कार मेलामा उपस्थित दर्शकमध्ये ६०० भन्दा बढीले..
सोमबार, भाद्र ४, २०७५ साल

नुवाकोट, ४ भदौ
विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम धमाधम भइरहेकोले मङ्गलबारसम्म सञ्चालन हुन सक्ने भएको छ ।
पुल भत्केपछि खोलाबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । विदुर–१ र १० जोड्ने गेर्खुखोलाको पुल आइतबार बिहान बाढीले भत्काएको थियो ।
छिमेक जिल्ला रसुवा जाने..
सोमबार, भाद्र ४, २०७५ साल

जाजरकोट, ४ भदौ
खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ ।
दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु परेको छ ।
सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ ।..
आईतवार, भाद्र ३, २०७५ साल

नुवाकोट, ३ भदौ
बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् ।
पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ । बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ ।
रसुुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका छन्..
आईतवार, भाद्र ३, २०७५ साल

काठमाडौं, भदौ ३ ।
गत शुक्रबारदेखि राजधानीको नक्सालस्थित नक्साल ब्याङ्क्वेटमा चलिरहेको टाटा कार मेलाको आज अन्तिम दिन हो । मेलामार्फत कम्पनीले ग्राहकलाई आकर्षित गर्नका लागि बिभिन्न अफरहरु ल्याएकै कारण कार पारखीहरुको राम्रै भीड लागेको देख्न सकिन्छ ।
मेलामा टाटाका बिभिन्न कारहरुको प्रदर्शनीका साथै ग्राहकले फाइनान्सको सुविधा सहित आफ्नो पुरानो कारसँग नयाँ कार साट्न सक्नेछन् । मेलाका प्रमुख आकर्षणहरुमा अहिलेसम्मकै उच्च मुल्याङ्कन, फेस..
शुक्रबार, भाद्र १, २०७५ साल

काठमाडौँ, १ भदौ
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो । मकालुले आउँदो सातादेखि बैंककबाट उडान शुरु गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए..
शुक्रबार, भाद्र १, २०७५ साल

रसुवा, १ भदौ
वर्षापछि पासाङ ल्हामु राजमार्गमा शुक्रबार पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ मा सडक अवरुद्ध भएपछि सवारीसाधन चल्न सकेको छैन । आवागमन पूर्ण रुपमा बन्द भएको डिभिजन सडक कार्यालयका प्रमुख निरज शाक्यले जानकारी दिए । सडक खुलाउन सयम लाग्ने उनले बताए । सयौँ सवारीसाधन बीच बाटोमा थन्किएका छन् ।
सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष..
बिहिवार, श्रावन ३१, २०७५ साल

चितवन, ३१ साउन
नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । ..
बिहिवार, श्रावन ३१, २०७५ साल

मनाङ, ३१ साउन
हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण तीन ठाउँमा सडक अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन् ।
मनाङको ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा सडक अवरुद्ध भएको हो । ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खोलामा आएको बाढीले पुल भत्काएपछि सडक अवरुद्ध बनेको हो । सवारी आवागमनको लागि बनाइएको काठको पुल अड्याउने पर्खाल..
बुधबार, श्रावन ३०, २०७५ साल

तनहुँ, ३० साउन
बस र ट्रक बुधबार एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।
गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।..
मंगलवार, श्रावन २९, २०७५ साल

बैतडी, २९ साउन
लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ । बैतडीको पाटनबाट डोजर लगेर अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।
“पहिरो लगातार खसिरहेको छ,” उनले भने, “पहिरो पन्छाउन..
सोमबार, श्रावन २८, २०७५ साल

काठमाडौँ, २८ साउन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तालिका बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग मर्मत भइरहेको जानकारी गराउएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सार्वजनिक महत्वका विषयमा संसद्लाई जानकारी गराउदै उनले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विमान सञ्चालनमा अवरोध नहुने गरी धावनमार्गको मर्मत भइरहेको बताए ।
नेपाल वायु सेवा निगमसँग भएका विमान र सञ्चालनमा भइरहेका उडानका बारेमा जानकारी..
आईतवार, श्रावन २७, २०७५ साल
.jpg)
बैतडी, २७ साउन
केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आईतबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आईतबार बिहान ६.३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने..
शुक्रबार, श्रावन २५, २०७५ साल

भक्तपुर, २५ साउन
दैनिक घण्टौँसम्म लोकन्थलीदेखि जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजाम घटाउन जडीबुटी–पेप्सीकोलाको वैकल्पिक सडक सञ्चालनमा ल्याइने भएको छ ।
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले शुरु गरेको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडक जामलाई कम गर्ने उपाय स्वरुप विकल्प खोजिएको हो ।
प्रतिनिधिसभा सदस्य बस्नेत, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, डिभिजन सडक..
शुक्रबार, श्रावन २५, २०७५ साल

काठमाडौँ, २५ साउन
मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो । कामपाले अहिले उक्त पार्किङस्थल पहिलो चरणमा नयाँ सडक, धर्मपथमा निर्माण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । आगामी हप्ता बोलपत्रका लागि सूचना गरिने र त्यसको एक..
शुक्रबार, श्रावन २५, २०७५ साल

त्रिशूली, नुवाकोट, २५ साउन
नेपाल–चीन प्रवेशका लागि एकमात्र रसुवागढी नाका दुई सातादेखि ठप्प छ । नाका नजिकै घट्टेखोलामा पहिरोले पुललगायतको सडकमार्गमा क्षति पुर्याएपछि नाका बन्द भएको हो ।
पहिरोका कारण सदरमुकाम धुन्चेदेखि ३३ किलोमिटर उत्तरमा रहेको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेदेखि यातायात सन्चालन हुन नसक्दा रसुवागढी नाका यहि साउन ९ गतेदेखि वन्द रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले शुक्रवार बताए । उनका अनुसार..
बिहिवार, श्रावन २४, २०७५ साल

गाईघाट, उदयपुर, २४ साउन
सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ ।
गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र लैजान समस्या भएको बलाम्ताका राजकुमार राईले..
Results 1183: You are at page 28 of 40