शनिबार, कार्तिक २, २०७६

    यातायात

    रसुवागढी नाका : टिमुरे घट्टेखोलाको पुलमा जोखिमपछि सवारीसाधनमा रोक

    शनिबार, श्रावन १२, २०७५ साल
    रसुवा, १२ साउन   टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ ।  सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पुर्याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो ।  हल्का सवारीसाधनलाई भने आवातजावतमा..

    अविरल वर्षाका कारण पहिराले सडक भत्काएपछि जाजरकोट–डोल्पा यातायात सेवा अवरुद्ध

    शनिबार, श्रावन १२, २०७५ साल
    जाजरकोट, १२ साउन   निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ ।  पहिराले सडक भत्काएपछि खलंगामा मोटरसाइकलसमेत चल्न सकिरहेका छैनन् । यातायातका साधन चल्न नसकेपछि यात्रु पैदल हिँड्न बाध्य छन् । जाजरकोट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।  शान्तिचौतारा बसपार्क नजीकै रहेका खहरेकोला, ठाँटीबजार, सिमलगैरीलगायत ठाउँमा पहिरो जाँदा आवतजावत गर्न समस्या भएको छ । गाउँबाट..

    त्रिशूली बस दुर्घटना : ७ जनाको मृत्यु, घट्नास्थलमा प्रहरीले उद्धार कार्य जारी

    शुक्रबार, श्रावन ११, २०७५ साल
    चितवन, ११ साउन  इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।  प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेका छन् । पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा बाटोमै मृत्यु भएको हो ।  घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ ।..

    त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २३ जना घाइते, भरतपुर अस्पतालमा उपचार हुँदै

    शुक्रबार, श्रावन ११, २०७५ साल
    चितवन, ११ साउन  चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।  करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।  मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते २३ जनालाई उद्दार गरी चितवनको..

    काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्यो, २३ जनाको उद्धार, विस्तृत विवरण आउन बाँकि

    शुक्रबार, श्रावन ११, २०७५ साल
    चितवन, ११ साउन  काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको हो ।  अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए । ..

    आजबाट भक्तपुर पोखरा सिधा बस सेवा शुरु, पर्यटन विकासमा थप मद्दत पुग्ने आशा

    शुक्रबार, श्रावन ११, २०७५ साल
    भक्तपुर, ११ साउन  शुक्रबारबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । शुक्रबार बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरेका हुन् ।  उनले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग्ने बताए ।  भक्तपुरबाट पर्यटकलाई बन्दीपुर..

    चितवनमा तीनपांग्रे सवारीका चालकको आन्दोलन फिर्ता, पाँचबुँदे सहमति

    बिहिवार, श्रावन १०, २०७५ साल
    रत्ननगर, चितवन, १० साउन  चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीन पांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् ।  बुधबार साँझ निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाको संयोजकत्वमा भएको सर्वपक्षीय छलफलमा पाँचबुँदे सहमति भएपछि तीनपांग्रे सवारी चालकले आन्दोलन स्थगित गरेका हुन् ।  साथै यसअघि महानगरपालिकाले कायम गरेको १८ वटा क्रसिङ प्वाइन्टसहितको सवारी रुटअनुसार नै सवारी..

    पहिरो खसेर अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा

    बुधबार, श्रावन ९, २०७५ साल
    बैतडी, ९ साउन  गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध भएको सडक बुधबार मध्याह्नपछि पुनः सञ्चालनमा आएको हो ।  सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।  गए राति परेको पानीका कारण..

    पहिरोले महाकाली राजमार्ग अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द

    बुधबार, श्रावन ९, २०७५ साल
    बैतडी, ९ साउन  गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।  महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए ।  बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । अवरुद्ध सडक खुलाउने..

    आजदेखि भरतपुर महानगरपालिकाद्वारा मुख्य सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

    मंगलवार, श्रावन ८, २०७५ साल
    चितवन, ८ साउन  भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा आजदेखि रोक लगाएको छ ।  तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले सोमबार वैकल्पिक सडक भएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गर्न बाटो खुल्ला गरिदिएको थियो ।  मंगलबार देखि तोकिएका ठाउँमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको..

    निरन्तरको वर्षाका कारण पहाडी क्षेत्रका विभिन्न सडकमार्ग अवरुद्ध, सुचारु हुन केही समय लाग्ने

    मंगलवार, श्रावन ८, २०७५ साल
    गाईघाट, उदयपुर, ८ साउन : निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ ।  गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्ध हटाउने कार्य भइरहे पनि अझै सवारी सुचारु हुन नसकेको छैन ।  पहिरो हटाउने कार्य..

    इतिहास भयो यातायात क्षेत्रको एकाधिकार, ३० वर्षदेखि रहेको अराजकता नियन्त्रण !

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार कुनै पनि शर्तमा नफर्कने भन्दै मार्ग इजाजत पाएका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन पुनः आग्रह गरेको छ । केही यातायात व्यवसायीले भने अझै पनि कम्पनी वा फर्ममा दर्ता हुन अस्वीकार गर्दै आएका छन् । यो सरकारको नीतिको ठीक विपरीतको गतिविधि हो भने नागरिकको भावना र चाहनाविपरीतको व्यवहारसमेत हो । गृह मन्त्रालयले कुनै पनि यातायात..

    देशभर सवारी दुर्घटनामा कमी, उपत्यकामा वृद्धि, के हुन् मुख्य कारण ?

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौँ, ७ साउन  आर्थिक वर्ष २०७४-७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ ।  आव २०७४-७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० र बालिका ८४ छन् । यस्तै दुर्घटनामा तीन हजार ८०० जना गम्भीर घाइते र सात हजार ५१० सामान्य घाइते भएका छन् ।  ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक मुकुन्द..

    ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपा तनावग्रस्त, घटनास्थलमै ट्रिपर जलाइयो

    सोमबार, श्रावन ७, २०७५ साल
    काठमाडौं, श्रावण ७ ।  काभ्रेको बनेपास्थित चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि बनेपा बजार अहिले तनावग्रस्त बनेको छ । मृतकको सनाखत हुन भने सकेको छैन । घटनापछि आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी गरेपछि त्यहाँको अवस्था अहिले अशान्त बनेको हो ।  बा२ख ३९३४ नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको थियो भने घटनाको विरोधमा स्थानीयले ठक्कर दिने टिप्परमा आगजनी गरेका हुन्  । स्थानीयको विरोध र..

    बस दुर्घटनामा २० घाइते, चालक प्रहरीको नियन्त्रणमा

    सोमबार, श्रावन ७, २०७५ साल
    हेटौँडा, ७ साउन  नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा सोमबार मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् ।  घाइतेमध्ये ११को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  चार घाइते सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट घर फर्केको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । बस चालक रौतहट..

    मार्ग इजाजत पाएका सवारीहरूले आगामी पुस मसान्तभित्रैमा कम्पनीमा दर्ता गरिसक्नुपर्ने !

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौँ, ६ साउन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मार्ग इजाजत (रुट परमिट) पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय निर्धारण गरिएको बताएका छन् ।  गत वर्ष चैत १८ गते जारी भएको यातायात निर्देशिकामा रुट परमिट पाएका सवारीलाई कम्पनीमा दर्ता हुनुपर्ने समय नतोकिएकाले असार ३१ गतेको निर्णयले यो व्यवस्था गरिएको यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले जानकारी दिए ।  “साउन १..

    रेलमार्ग निर्माण : जोखिम न्यूनीकरणका लागि विश्वभर उपलब्ध प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता

    आईतवार, श्रावन ६, २०७५ साल
    काठमाडौं, ६ साउन  सरकारले मुलुकभित्र एक दर्जनभन्दा बढी रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइरहेको बेला सुरक्षात्मक प्रणाली र उपकरणका बारेमा समेत चासो बढ्न थालेको छ ।  मानवीय सुरक्षा, रेलमार्गको अवस्था तथा जोखिम न्यूनीकरणका लागि विश्वभर उपलब्ध प्रणाली तथा उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको हो ।  सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकितामा राखी निर्माण अगाडि बढाएको सन्दर्भमा रेलमार्गको सुरक्षा, मानवीय..

    नारायणगढ–मुग्लिन सडक खण्डमा सडक सुरक्षा उपकरण, सडक विस्तार अन्तिम चरणम

    आईतवार, श्रावन ६, २०७५ साल
    चितवन, ६ साउन  सडक सुरक्षाको उपकरण उत्पादन गर्ने चिनियाँ एक कम्पनीले नारायणगढ–मुग्लिन सडक खण्डको दुई ठाउँमा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले ५०० मिटर सडकको किनारमा निःशुल्क रुपमा केवल बेरियर सिस्टम जडान गरिदिएको हो । मुग्लिन नजिकै स्याउलीमा २०० मिटर र पाँच किलोमा..

    गृह मन्त्रालयको स्पष्टीकरण: सिन्डिकेट खारेज गरेपछि दर्ता भएका समितिको नवीकरण नहुने !

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौँ, ४ साउन सरकारले यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिको नवीकरण नहुने स्पष्ट पारेको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन सिन्डिकेट खारेज गरेपछि विभिन्न नाममा समितिमा दर्ता भएका व्यवसायी संघको नविकरण नभएको स्पष्ट पारेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयबीच असार ३१ गते भएको छलफल अन्तर्गत नै यातायात क्षेत्रसँग सम्बन्धित संघ, संस्था र समितिको बैँक खाता जफत..

    चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल भित्रिएनन्

    शुक्रबार, श्रावन ४, २०७५ साल
    भीमदत्तनगर, ४ साउन भीमदत्त नगरपालिकाले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन शुक्रबारदेखि नेपाल भित्रिएका छैनन् ।  स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि शुक्रबार बिहानबाट कर संकलनको जिम्मा पाएका निर्माण व्यवसायी समस्यामा परेका छन् ।  चालू आर्थिक वर्ष २०७५÷७६ का लागि विदेशी सवारी साधनबाट कर..

    नारायणगढ मुग्लिन सडक खुल्यो, जुनसुकै समयमा पनि पहिरो खस्न सक्नेहुँदा सजक रहन आग्रह

    बिहिवार, श्रावन ३, २०७५ साल
    चितवन, ३ साउन  बिहिबार विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको हो ।  टोपे खोलामा बिहिबार बिहान ५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै बिहान ०९ः४५ बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउनका लागि दुबैतर्फबाट डोजर प्रयोग गरिएको थियो..

    नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पहिरो, फेरी सडक अवरुद्ध

    बिहिवार, श्रावन ३, २०७५ साल
    चितवन, ३ साउन : नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।    पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । ..

    जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जान घाईते, करिब ५ सय मिटर तल खस्यो

    बुधबार, श्रावन २, २०७५ साल
    रुकुम, २ साउन रुकुम पूर्वको सिस्ने गाउँपालिकामा जीप दुर्घटना हुँदा एउटै गाउँपालिकाका सात जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  सिस्ने गाउँपालिका ६ छिप्रीदहबाट यात्रु लिएर धौलापहिरा तर्फ गईरहेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना सिस्ने गाउँपालिका ५ धारापानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनाको नेपाली सेना, नेपाल प्रहरीले, शसस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।..

    पूर्वी रुकुमको सिस्नेमा जिप दुर्घटना, ४ जनाको मृत्यु, ७ जना घाइते

    बुधबार, श्रावन २, २०७५ साल
    रुकुम, २ साउन  पूर्वी रुकुमको सिस्ने गाउँपालिका –५ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । रुकुमकोटबाट सिस्ने गाउँपालिकाको धौलापैरामा जादै गरेको लु १ ज २५७३ नम्बरको जिप धारपानीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । वर्षाको..

    पहिरोमा १ किशोर बेपत्ता, १ दर्जन परिवार विस्थापित, बेनी—मालढुंगा सडक अवरुद्ध

    बुधबार, श्रावन २, २०७५ साल
    फलेवास, पर्वत, २ साउन  गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् ।  राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।  अविरल वर्षाकै कारण..

    महानगरपालिका प्रमुख रेणु दाहालको निर्देशन - भरतपुर बजारमा तीनपाङ्ग्रे सञ्चालनमा रोक

    मंगलवार, श्रावन १, २०७५ साल
    चितवन, १ साउन   भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।  यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।  महानगरपालिका प्रमुख रेणु दाहालले केही सीमित ठाउँबाट बाटो काट्न दिइने..

    निरन्तरको वर्षाका कारण जिल्लाका ५ स्थानीय तह सवारी साधनको पहुँचबाट वञ्चित

    मंगलवार, श्रावन १, २०७५ साल
    नुवाकोट, १ साउन अविरल वर्षाका कारण ग्रामीण सडक बिग्रँदा यहाँका आधा दर्जन स्थानीय तहको कार्यालय सवारी साधनको पहुँचबाट वञ्चित भएका छन् । स्थानीय तहले विकास बजेटको ठूलो हिस्सा सडक निर्माण तथा स्तरोन्नतिमा खर्च गरे पनि सडक व्यवस्थित नहुँदा वर्षाका कारण आएको बाढीले ती सडक प्रयोगविहीन अवस्थामा पु¥याएको हो । ठूलो रकम खर्चेर विस्तार गरिएका सडक वर्षाले बगाउँदा जिल्लाको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर, तार्केश्वर..

    उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड लागू हुँदै

    सोमबार, आषाढ ३२, २०७५ साल
    काठमाडौँ, ३२ असार : उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ ।  भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको..

    इच्छाकामना- ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    शुक्रबार, आषाढ २९, २०७५ साल
     रत्ननगर, चितवन, २९ असार : चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।  नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक चौडा पार्ने र भित्तो काटेको स्थानमा पहिरो खस्ने गरेको छ । यहाँको भालुढुंगा, एकनम्बर पुल, भतेरी जंगल क्षेत्रमा..

    अवरुद्ध अरनिको र बिपी राजमार्ग खुल्यो, खोलाको बीचमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार

    बिहिवार, आषाढ २८, २०७५ साल
    बनेपा, २८ असार : बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ ।  बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अवरुद्ध भएको अरनिको र बिपी राजमार्ग दुवै सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।  यसैबीच, नमोबुद्ध नगरपालिका–६ खाक्सिस्थित खानेपानीको काम गरिरहेका रोशी खोलाको बीचमा परेको दुई..
    Results 1097: You are at page 27 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast