आईतवार, भाद्र १, २०७६

    यातायात

    बाजागाजासहित सम्झौता गरी सञ्चालन गरेको दाङको विमान सेवा फेरि बन्द

    सोमबार, जेष्ठ २१, २०७५ साल
    दाङ, २१ जेठ जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो ।  “अघिल्लो आइतबार काठमाडौँ जानका लागि नौजना यात्रु थिए”, तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी झरेन्द्र खरेलले भने, “उताबाट पुरानो भाडादरमा उडान भर्न नसकिने भन्दै उडान रद्द भएको बताएपछि टरीगाउँ हवाईमैदानमा जहाजको पर्खाइमा बसेकालाई पैसा फिर्ता दिएर पठायौँ ।”  स्थानीय तहमा निर्वाचन अगाडी..

    क्षतिपूर्ति र कारवाहीको माग गर्दै स्थानीयद्वारा अरनिको राजमार्ग बन्द

    आईतवार, जेष्ठ २०, २०७५ साल
    भक्तपुर, २० जेठ  बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले मध्यपुरथिमि–४ राधे राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् । शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख २७२२ नं को बसले निकोसेराबाट आउँदै गरेको बा ४० प २०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमि बस्ने २४ वर्षीय दीपक ख्याजुको मृत्यु भएको थियो ।  चालकलाई ज्यान मुद्दा..

    पटक–पटक पहिरो खसेका कारण पाल्पा–बुटवल सडक बन्द

    शनिबार, जेष्ठ १९, २०७५ साल
    रामपुर, पाल्पा, १९ जेठ सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ ।  सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।  सामान्य वर्षाद्को समयमा पनि सो सडकमा पटक–पटक पहिरो खस्ने गरेका कारण सडक सञ्चालनमा समस्या आएको छ । सडक बन्द हुँदा पाल्पाबाट..

    अबदेखि सार्वजनिक यातायातभित्र यात्रुले देख्नेगरी नम्बर राख्नुपर्ने व्यवस्था !

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ  उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ ।  सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यात्रुको सहजताका लागि बसभित्र पनि नम्बर..

    पाल्पाको धारादी वनमा बस दुर्घटना, १२ जनाको मृत्यु, १५ जना घाइते

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    पाल्पा, १८ जेठ पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो ।  लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको..

    डिभाइडरमा ठोक्किएर यात्रुबाहक बस दुर्घटना, १८ यात्रु घाइते

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    रत्ननगर, चितवन, १८ जेठ चितवनको रत्ननगरमा बिहिबार राति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाण्डुबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   सो दुर्घटनामा घाइते भएका १८ यात्रुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको..

    सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड पहिरोले अवरुद्ध, सबै सवारीसाधन ठप्प

    आईतवार, जेष्ठ २०, २०७५ साल
    बुटवल, १८ जेठ : सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा रातभरि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ ।  सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै (सिद्धबाबा मन्दिर नजिकै) आज बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरोका कारण सडक फेरि अवरुद्ध भएको र वर्षा निरन्तर परेकाले..

    बैतडीमा सडकको माग गर्दै ७८ वर्षीय एक वृद्ध अनशनमा !

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    बैतडी, १७ जेठ गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बसेका छन् । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बसेका हुन् । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ छ । विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वे भएको र त्यतिबेला सर्वे भएका..

    नारायणगढ–मुग्लिन सडक खण्डको तीनमध्ये एकको काम सम्पन्न

    बुधबार, जेष्ठ १६, २०७५ साल
    चितवन, १६ जेठ नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको छ । पाँचौँ पटक थपिएको मिति बुधबार सम्पन्न भएपनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०.७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ ।  सो सडकको काम हाल सम्पन्न भए पनि एक वर्षसम्म भत्के बिग्रिएमा हेर्नुपर्ने..

    धुञ्चेमा पासाङल्हामु सडक एकाइ कार्यालय स्थापित, व्यापार व्यवसाय अभिवृद्धिमा सहज हुने आशा !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    रसुवा, १६ जेठ  त्रिशूली–सोमदाङ सडक निर्माण भएयता रसुवाको सडक रेखदेखका लागि मंगलबारदेखि धुञ्चेमा एकाइ स्थापना भएको छ ।  डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार १०५ किलोमिटरको पासाङल्हामु राजमार्गमा बढ्दो सवारीचाप र ग्राङ–राम्चे क्षेत्रको जीर्ण सडकलाई ध्यानमा राखी नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धिमा सहज पार्न धुञ्चेमा स्थापित सो एकाइ जिल्ला शिक्षा कार्यालयको खाली भवनमा राखिएको बताइएको छ ।  जिल्ला समन्वय समितिका प्रमुख..

    केरुङ–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

    सोमबार, जेष्ठ १४, २०७५ साल
    नुवाकोट, १४ जेठ चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ ।  “आगामी असोजसम्म केरुङ–काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन चिनियाँ पक्षले बुझाउने तयारी भएकाले अहिलेको पूर्वसम्भाव्यता अध्ययनलाई महत्वका साथ लिइएको छ”, उपाध्यायले भने । गएको वैशाख दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीसहितको उच्चस्तरीय सरकारी अधिकारी टोली रेलमार्ग निर्माणसम्बन्धी अध्ययन गर्न चीन पुगेको थियो । त्यस समयमा..

    बुटवलमा पहिलो पटक टाटा मोटर्स कार मेला, दर्शकले दिए सकारात्मक प्रतिक्रिया

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौं, जेष्ठ १३ ।  टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का लागि आधिकारिक वितरक सफल अटो इन्टरनेशनलको संयुक्त सहकार्यमा वार्षिक रुपमा आयोजना हुने टाटा मोटर्स कार मेला पहिलो पटक बुटवलस्थित क्लव डी नोभोमा सुरु भएको छ । उक्त मेला जेठ ११, १२ र १३ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन भइरहेको छ..

    सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने : गाईघाट –दिक्तेल सडकमा ६ महिनाका लागि यातायात सेवा बन्द !

    शनिबार, जेष्ठ १२, २०७५ साल
    गाईघाट, उदयपुर, १२ जेठ : उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ ।  छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी नदीमा वर्षायामसँगै पानीको बहाव बढ्न थालेपछि खोल्न लागिएको गाईघाट– दिक्तेल सडक कार्यालयले..

    अछामको साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    अछाम, ११ जेठ विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको शुक्रबार परीक्षण उडान गरिएको छ ।  विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि शुक्रबार समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको हो ।  निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पूरा भएको बताएको छ । विमानस्थलको ५५० मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको छ । विमानस्थलको भ्याटसहित रु..

    सडक स्तरोन्नतिको काम चिनीयाँ कम्पनी आफैले गर्ने निणय

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    मनाङ, ११ जेठ बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ ।  एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने भएको हो ।  आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी आफैले सडक स्तरोन्नति गर्ने निर्णय गरेको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अमृत घलेले बताए..

    असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने: मन्त्री अधिकारी

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    राजविराज, १० जेठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताएका छन् ।  राजविाज विमानस्थलको बिहिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताए ।  “यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्,” मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्र्देशन दिए । उनले धेरैमा चार-पाँच..

    एक दशकपछि राजविराज विमानस्थलको परीक्षण उडान सफल

    बुधबार, जेष्ठ ९, २०७५ साल
    राजविराज, ९ जेठ : विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ ।  बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले बुधबार सफल परीक्षण उडान गरेको हो । आधा घण्टा विमानस्थलमा बसेको जहाजले विमानस्थलको चारैतिर फन्को लगाएर परीक्षण गरेको विमानस्थलका इन्जिनियर रामएकवाल महतोले बताए ।  यसअघि..

    धमाधम वैकल्पिक राजमार्ग निर्माण भएपछि स्थानीयवासी हर्षित

    बुधबार, जेष्ठ ९, २०७५ साल
    लहान, ९ जेठ राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माण तीव्र रुपमा अघि बढेको छ ।  भित्री मधेशलाई काठमाडौँसँग जोडने सबैभन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमान सम्मका विभिन्न भागमा कल्भर्ट र पुलपुलेसा निर्माण..

    आजदेखि भोजपुर—काठमाडौँ हवाई सेवा बन्द, सर्वसाधारण मारमा

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    भोजपुर, ८ जेठ मंगलबारदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले मंगलबारदेखि १५ दिनका लागि उडान बन्द गरेको हो ।  नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले जानकारी दिए ।  हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा

    सोमबार, जेष्ठ ७, २०७५ साल
    काठमाडौँ, ६ जेठ   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ ।  मुलुकको एकमात्र सो अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक चाप नियन्त्रण गरी यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याएको हो ।  पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विमानस्थलको २१ घण्टे सेवाको प्रभावकारी सञ्चालनका लागि मन्त्री, सचिव र महानिर्देशकबाट बेलाबखत अनुगमन गरिने र काममा लापर्वाही गर्नेलाई कानूनी कारबाही..

    चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफू सडक उद्घाटन

    आईतवार, जेष्ठ ६, २०७५ साल
    रसुवा,६ जेठ गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने सडकको मैलुङ–स्याफू बेँसी सडकखण्डको आईतबार उद्घाटन भएको छ । चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएको हो। नेपाली सेनाद्वारा निर्माण सम्पन्न भएको सडक उद्घाटन भएपछि गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडक योजनालाई आईतबारनै हस्तान्तरण गरिँदै छ ।  रक्षामन्त्री ईश्वर पोखरेलले बिहान करिब नौ बजे रिबन काटेर सडकको उद्घाटन गरेका हुन् । उद्घाटनका लागि..

    सिद्धार्थ राजमार्गमा पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले एकतर्फी खुला

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    बुटवल, ४ जेठ सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले केहिबेरअघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पाखण्डको हेडबक्स भन्ने स्थानमा बिहीबार राति करिब १२ बजे पहिरो गएको थियो । पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको सडक बिहानदेखि डोजरले पहिरो हटाएपछि एकतर्फीरुपमा सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।  गएराति पहिरो खसेको ठाउँ..

    अयोध्याबाट फर्केपछि नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालको लागि थन्कियो

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    महेन्द्रनगर, धनुषा, ३ जेठ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ ।  दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गरेको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप..

    मकालु एयरको विमान दुर्घटना ! चालक दलका दुबै सदस्यको मृत्यु

    बुधबार, जेष्ठ २, २०७५ साल
    सुर्खेत, २ जेठ सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुदा चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।  उक्त कार्गाे जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।  मकालु एअरको 9N–AJU C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब..

    सुर्खेतबाट सिमिकोट उडेको मकालु एयर अझैसम्म पनि सम्पर्कबिहिन, बाजुरामा भेटिएको भन्ने सूचना गलत

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, जेठ २ । आज बिहान सुर्खेतबाट सिमिकोटका लागि सामान लिएर उडेको सम्पर्कबिहिन ‘कार्गो’ जहाज बाजुरामा भेटिएको भन्ने समाचार गलत सावित भएको छ ।  पाइलट किरण भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरिएको छ । हाल उक्त बिमान चालकको मोबाइल अफ भएको बताईएको छ । बिहान..

    सुर्खेतबाट सिमिकोट उडेको मकालु एयरको सम्पर्कबिहिन जहाज बाजुरामा भेटियो

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, जेठ २ । आज बिहान सुर्खेतबाट सिमिकोटका लागि समान लिएर उडेको सम्पर्कबिहिन ‘कार्गो’ जहाज बाजुरामा भेटिएको छ । हाल जहाजका पाइलट र को पाईलट सकुशल रहेको बताईएको छ । पाइलट किरण भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। हाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरेको थियो । बिहान ६ बजेर १२..

    यसरी चल्दैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा, ८५ देखि ९० एटिसी आवश्यक पर्ने

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काठमाडौँ, १ जेठ : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ ।  अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो ।  पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा..

    दरवाङ–ढोरपाटन सडकको १८ किमि ट्रयाक खुल्यो, स्थानीयबासी हर्षित

    मंगलवार, जेष्ठ १, २०७५ साल
    बाबियाचौर, म्याग्दी, १ जेठ मध्यपहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनीदेखि ढोरपाटन जोड्ने दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्रयाक खुलेको छ ।  सडक डिभिजन कार्यालय, बागलुङले एक दशकअघि ट्रयाक खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम शुरु गरेको छ भने जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत दरवाङदेखि बिम—ताकम हुँदै मुनासम्मको ट्रयाक निर्माण भएको छ ।  वि.सं २०६७ मा दरवाङबाट शुरु भएको सडकको ट्रयाक..

    नारायणगढ–मुग्लिन सडकखण्डको पुनः मिति थपको माग, एक हजार ८०० मिटर कालोपत्रे गर्न बाँकी

    सोमबार, बैशाख ३१, २०७५ साल
    चितवन, ३१ वैशाख  नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन् ।  चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको १० मे २०१८ मा मिति सकिएको छ भने दोस्रो खण्डको छ दिन र तेस्रो खण्डको १६ दिन बाँकी रहेको छ । यसअघि मिति थप हुँदा दोस्रो खण्डका लागि २०..

    अविरल वर्षासँगै सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अबवरुद्ध

    सोमबार, बैशाख ३१, २०७५ साल
    रामपुर, पाल्पा, ३१ वैशाख सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ ।  अविरल वर्षासँगै खसेको पहिरोले सोमबार बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् ।  आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन..
    Results 968: You are at page 26 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast