आईतवार, भाद्र १, २०७६

    यातायात

    तीन ठाउँमा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध

    सोमबार, आषाढ ११, २०७५ साल
    चितवन, ११ असार : नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ । चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन..

    छिमेकी मुलुक चीनमा चालकबिहीन वातावरणमैत्री रेलसेवा तीव्र विस्तारमा

    आईतवार, आषाढ १०, २०७५ साल
    छेन्दु, सिचुवान, १० असार  काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ ।  झोङटाङ स्काई रेल्वे ग्रुप कम्पनी लिमिटेडले निर्माण गरेको उक्त रेल सेवा गत सेप्टेम्बर ३०, २०१६ मै सफल परीक्षण गरिएको थियो ।  चीनको सिचुवान प्रान्तको विदेश मामिला कार्यालयको आयोजनामा यहाँको भ्रमणमा रहेको नेपाली पत्रकार टोलीलाई स्काई रेल्वे ग्रुपका उपप्रमुख..

    रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बस दुर्घटनाबाट ९ घाइते, ७ को अवस्था गम्भीर

    शुक्रबार, आषाढ ८, २०७५ साल
    रुकुम, ८ असार  रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा शुक्रबार बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो ।  सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार..

    फुस्रेखोलादेखि देउरालीसम्मको पक्की सडक निर्माण कार्य शुरु

    शुक्रबार, आषाढ ८, २०७५ साल
    पोखरा, ८ असार   पोखरा महानगरपालिका–२१ स्थित फुस्रेखोलादेखि रामदी मट्टीखान देउरालीसम्म पक्की सडक निर्माण कार्य शुरु भएको छ ।  सडकको लगभग १३ किलोमिटरमा एकतर्फी र तीन किमीमा दोहोरो नालासहितको १६ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइको सो बाटो नेपाल सरकारको रु ३२ करोडको लागतमा निर्माण गरिने भएको हो ।  तीन वर्षेको अवधिमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको सो बाटोको हालसम्म फराकिलो बनाउने, ग्याबिन भर्ने,..

    अरनिको राजमार्ग खण्डअन्तर्गत दुर्घटना बढेपछि न्यूनीकरण अभियान शुरु, टाइम कार्ड लागू

    बिहिवार, आषाढ ७, २०७५ साल
    भक्तपुर, ७ असार  अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ ।  प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक..

    निगमको ‘ अन्नपूर्ण’ नाम राखिएको वाइड बढी विमान असार १४ मा आइपुग्ने, यस्तो छ तयारी

    मंगलवार, आषाढ ५, २०७५ साल
    काठमाडौँ, ५ असार  नेपाल वायु सेवा निगमको ‘अन्नपूर्ण’ नाम राखिएको वाइड बढी विमान यही असार १४ गते काठमाडौँ आइपुग्ने भएको छ ।  नेपाल आउने तयारीमा रहेको सो विमानको हाल फ्रान्समा परीक्षण उडान भइरहेको छ । निगमले जहाज हाल परीक्षणमा रहेको र असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको जनाएको छ ।  निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये..

    मुग्लिन सडकमा दुर्घटना रोक्न ‘राडार गन’ प्रयोग, प्रहरीद्वारा कारबाही अभियान शुरु

    सोमबार, आषाढ ४, २०७५ साल
    रत्ननगर, चितवन, ४ असार  चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।  तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।  उनको अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको..

    एति एयरलाइन्सको जहाज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगियो

    आईतवार, आषाढ ३, २०७५ साल
    पोखरा, ३ असार  एति एयरलाइन्सको जहाज आईतबार  पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।  काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए ।  पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए..

    यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

    आईतवार, आषाढ ३, २०७५ साल
    काठमाडौँ, ३ असार  प्रतिनिधिसभाको आईतबारको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गत खर्च रकमलाई कटौती गरियोस् भन्ने प्रस्तावमाथिको छलफल चलेको छ ।  उक्त शीर्षकमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका मानबहादुर विश्वकर्माले स्थानीय तहलाई सक्षम बनाउन बजेट अपुग..

    वर्षाले पहिरो जाँदा अवरुद्ध भएको त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अझै अवरुद्ध

    आईतवार, आषाढ ३, २०७५ साल
    हेटौँडा, ३ असार   त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए राति आएको वर्षाले काठमाडौँ–हेटौँडा तर्फको बाटो अवरुद्ध भएको छ ।  पालुङबाट डोजर र प्राविधिकहरु सडक..

    सदरमुकाम जलेश्वरको बाटो खाल्डाखुल्डी र हिलाम्मे हुदा सर्वसाधारणलाई निक्कै सास्ती

    शनिबार, आषाढ २, २०७५ साल
    गौशाला, २ असार  चारैतिर खाल्डाखुल्डी र कच्ची बाटो रहेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर अहिले हिलाम्मे बनेको छ ।  जिल्लाको सदरमुकाम भए पनि यहाँको कुनै पनि स्थानमा पिच बाटो नरहेको अवस्थामा विगत दुई तीन दिनमा पटकपटक भीषण पानी परेको कारण जलेश्वरको प्रत्येक चौक चौराहा, हाट बजार र सार्वजनिक स्थलमा अहिले हिलैहिलो भएको हो ।  वर्षाको पानीले जलेश्वरको शंकरचोक, नगरपालिकाचोक, दुर्गाचोक, खैराचौक, बुद्धिजीवीचोक, अस्पतालचोक, जिल्ला..

    माइक्रोबसलाई ट्रकले ठक्कर दिँदा ३ यात्रुको मृत्‍यु, उपचारका लागि भरतपुर पठाइएको जानकारी

    शुक्रबार, आषाढ १, २०७५ साल
    चितवन, १ असार पोखराबाट काठमाडौं जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई ठक्कर दिदा ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलाय चितवनले जनाएको छ। दुर्घटना शुक्रबार बिहान करिब साढे सात बजे तिर पानीधारा..

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नाका रसुवागढीबाट सामान आउने क्रम शुरु

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    पोखरा, ३१ जेठ  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ ।  निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङतर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताए ।  उनका अनुसार अन्य १२ वटा टिपर र..

    टिप्परको ठक्करबाट मृत्यु, दुर्घटनापछि आक्रोशित भीडले ठक्कर दिने टिप्परमा आगजनी

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    भक्तपुर, ३० जेठ  बा ४ ख ३५५८ नं को टिप्परले एक स्कुटरलाई पछाडिबाट बुधबार अपराह्न ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।  स्थानीय जडीबुटीमा बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गरेको टिपरले कोटेश्वरतर्फ नै गइरहेको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारीको मृत्यु भएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ ।  घाइते भण्डारीलाई..

    प्रिन्टर मेशिन जडान नगरेका २१० ट्याक्सीलाई कारबाही, अटेर गर्ने ट्याक्सीको संख्या २ हजार

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    काठमाडौँ, ३० जेठ : नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ ।  विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको हो । विभागमा हाल १० हजार ६४४ ट्याक्सी दर्ता भए पनि आठ हजार ३५४ ले मात्र प्रिन्टर मिटर जडान गरेका छन् । दुई हजार २९० ट्याक्सीले हालसम्म पनि प्रिन्टर..

    वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा ७ ठाउँमा पहिरो खसेर सडक अवरुद्ध

    मंगलवार, जेष्ठ २९, २०७५ साल
    चितवन, २९ जेठ  सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।  राति ११ः२० बजेदेखि अवरुद्ध सडक मंगलबार बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा..

    रेलमार्ग निर्माण कार्यले तीव्र गति लियो, मार्गमा आउँदो वर्ष रेल गुडाउने दाबी

    सोमबार, जेष्ठ २८, २०७५ साल
    चितवन, २८ जेठ  नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ ।  पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष रेल गुडाउने रेल विभागका अधिकारीहरुले बताएका छन् ।  रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले सोमबार भरतपुरमा पत्रकारसँग कुराकानी..

    नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो

    आईतवार, जेष्ठ २७, २०७५ साल
    चितवन, २७ जेठ   नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आईतबार बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् ।  इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो ।  घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ बस्ने ३४ वर्षीय हरि सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले..

    फेरि आयो दुखद् खबर ! तारा एयरको अगाडिको पांग्रा पन्चर हुँदा विमान दुर्घटना

    शनिबार, जेष्ठ २६, २०७५ साल
    काठमाडौँ,२६ जेठ  तारा एयरको विमान जुम्लामा दुर्घटनाबाट जोगिएको छ ।  जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ । यात्रु र चालक दलका सदस्य सकुशल छन् । जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको..

    सिंहदरबारअघिको सडक वर्षौँदेखि खाल्डाखुल्डी हुँदा सरोकारवालाहरूको ध्यान त्यहाँ किन जादैन ?

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ  मुलुकको प्रमुख प्रशासन केन्द्र सिंहदरबारअघिको सडकमा वर्षौँदेखि खाल्डाखुल्डी हुँदा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।  एक दर्जन सरकारी संस्थाको केन्द्रीय कार्यालय रहेको भद्रकाली–सिंहदरबार जोडिने ४६५ मिटर लामो सो सडकको दुरवस्थाले यहाँ कार्यरत कर्मचारी मात्र होइन सेवा लिन आउने सेवाग्राही पनि प्रभावित हुने गरेका छन् । यूएनआई शान्ति मार्ग नाम दिइएको सो सडक निर्माण, दायाँबायाँ हरियाली र दुई..

    नारायणगढ–मुग्लिन सडकखण्डमा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने काम तीव्र गतिमा

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    चितवन, २५ जेठ नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको हो । चैत अन्तिम साता सडकलाई दुई भागमा विभाजन गरेर दुई कम्पनीलाई पहिरो रोक्न गर्नुपर्ने कार्यको जिम्मा दिइएको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इ..

    सिद्धार्थ राजमार्गको २ स्थानमा पहिरो खस्यो, आज बिहानै देखि सडक अवरुद्ध

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    बुटवल, २५ जेठ  सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडक खण्ड शुक्रबार बिहानै पुनः अवरुद्ध भएको छ ।  गएरातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  सडक अवरुद्ध भएपछि बुटवलबाट उत्तरतर्फ पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी अर्घाखाँचीलगायतका स्थानमा जाने र..

    प्रधानमन्त्रीको निर्देशनपछि नारायणगढ मुग्लिन सडक चौबिसै घण्टा सञ्चालनमा

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    चितवन, २४ जेठ विगत तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारका कारण दिन र रातको समयमा सवारी रोकिँदा यात्रुले हैरानी बेहोर्दै आएका थिए ।  खाल्डाखुल्डी सडक, छिनछिनमा झर्ने पहिरो र दैनिक आवागमन रोकिँदा यात्रु र चालकको यात्रा कष्टकर हुँदै आएको थियो । सो सडक हुँदै दैनिक दश हजार हाराहारीमा सवारी गुड्ने गर्दछन् । यो राजधानीसँग जोड्ने लाइफलाइन पनि हो । समयमा काम सक्न ठेकेदार कम्पनीहरुलाई..

    घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी महाशाखाले रात्रिकालीन बस जाँचमा कडाइ

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ, २४ जेठ  जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे ।  जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध१ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा पर्यो ।  सोही दिन राति ८ बजे काठमाडौँबाट ३५ यात्रु बोकेर भैरहवाका लागि हिँडेको ना६ख १०८० नंको यात्रुबाहक..

    नारायणगढ—मुग्लिन सडक दिउँसो बन्द नहुने, कालोपत्र गर्ने कार्य सम्पन्न

    बुधबार, जेष्ठ २३, २०७५ साल
    चितवन, २३ जेठ  नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।  नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो ।  सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको..

    पहिरो खसेपछि अबरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी रुपमा संचालन !

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    मलेखु, धादिङ, २२ जेठ स्थानीय गल्छी गाउँपालिकाको वडा नं ६ मा पर्ने महेशदोभान नजिकै पञ्चकन्या मन्दिरको खोल्साबाट लेदो माटोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्गमा  मंगलबार बिहान अवरोध भएकामा अहिले एकतर्फी रुपमा सडक खुलाइएको छ ।  सतसट्ठी जिल्लाका यात्रु आवतजावत गर्ने उक्तराजमार्गको धादिङखण्डको सो सडकमाथि अव्यवस्थित ग्रामीण सडक र बालुवा उत्खनन हुने गर्दा रातिदेखि परेको वर्षाका कारण पहिरो खसेर पृथ्वीराजमार्गमा आवागमन ठप्प हुन पुगेको गाउँपालिका..

    महाकालीको दोधारा-चाँदनी झोलुंगे पुल चुँडिने अवस्थामा, तत्काल मर्मत-सम्भार आवश्यक

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    कञ्चनपुर, २२ जेठ : कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ ।  पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चँुडिएका छन् ।  महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताएका छन् । पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता..

    सर्वोच्चको अन्तरिम आदेश - बीपी राजमार्गमा ठूला गाडी गुडाउन नपाइने

    सोमबार, जेष्ठ २१, २०७५ साल
    काठमाडौं,२१ जेठ  सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । कैलाशराज दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतलाई विपाक्षी बनाइ दायर गरेको रिटमा सुनुवाइ..

    विपी राजमार्गमा ठूला सवारी साधन नचलाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

    सोमबार, जेष्ठ २१, २०७५ साल
    काठमाडौँ, २१ जेठ  बनेपादेखि बर्दिबाससम्मको विपी राजमार्गमा ठूला सवारी साधनलाई सञ्चालन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपी राजमार्गमा ३२ सिट क्षमताका गाडी र १६ टन वजन भएका मालवाहक सवारी चलाउन दिने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अधिवक्ता कैलाश दाहालले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ १३..

    सडक खन्दै अपलत्र पार्दै, आधाभन्दा बढी बजेट खर्च भएपनि जस्ताको त्यस्तै !

    सोमबार, जेष्ठ २१, २०७५ साल
    जाजरकोट, २१ जेठ  जुनीचाँदे गाउँपालिकामा सडक यातायातको पहुँच छैन । उक्त गाउँपालिकाको सिमानासम्म जोड्न १० किमी मात्रै बाटो खन्न बाँकी छ ।   जुनीचाँदे गाउँपालिकाले चालू आर्थिक वर्ष सडक निर्माणमा रु दुई करोड ५० लाख खर्चंदै छ । गाउँपालिका क्षेत्रभित्रका १४ वटा सडक निर्माणका लागि बजेट खर्च हुने भएको हो । बारेकोट गाउँपालिकाको सिमानासम्म सडक पुग्न २० किलोमिटर छ । बारेकोटले पनि गाउँपालिका क्षेत्रभित्रका दुईवटा सडक निर्माणका लागि रु..
    Results 968: You are at page 25 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast