शनिबार, कार्तिक २, २०७६

    यातायात

    राप्ती लोकमार्गअन्तर्गत अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाईने

    बुधबार, असोज ३, २०७५ साल
    लमही, ३ असोज राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम शुरु भएको छ । रुकुम, सल्यान, रोल्पा, दाङलगायतबाट नेपालगञ्ज, बुटवल, काठमाडाँैं जानलाई त्यही सडक प्रयोग हुने भएपनि सडक साँघुरो हुँदा आवतजावतमा समस्या हुने गरेको छ ।  पछिल्लो समय भित्रिएका ठूला गाडी आवतजावतमा समस्या भएकाले सडकलाई दुईतर्फी बनाउन लागिएको डिभिजन सडक कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले बताए ।..

    यातायात समितिको बैंक खाता खोल्न प्रक्रिया अघि नबढाइएको विभागको स्पष्टोक्ती

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज रोक्का राखिएको यातायात समितिको बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।  असोज ५ गते यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए । “नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन, समिति कम्पनीमा गएको..

    सडकमा पैदलयात्रुका लागि बनाइएका ‘जेब्राक्रसिङ’को सङ्केत मेटिएपछि वारपार गर्न कठिनाइ

    मंगलवार, असोज २, २०७५ साल
    बाँके, २ असोज  जिल्लाका अधिकांश सडकमा वारपार गर्न पैदलयात्रुलाई कठिनाइ हुने गरेको छ ।  सडकमा पैदलयात्रुका लागि बनाइएका ‘जेब्राक्रसिङ’को सङ्केत मेटिएपछि समस्या भएको हो । सङ्केत मेटिएपछि जेब्राक्रसिङमा चालकले सवारीसाधनको गति तीव्र पार्ने गरेका कारण यात्रुलाई बाटो काट्न कठिन हुने गरेको छ ।  नियमानुसार जेब्राक्रसिङ्मा पैदलयात्रुलाई प्राथमिकता दिनुपर्छ । चालकले त्यसको ख्याल कमै गर्ने गरेको पाइएको छ ।  “चालकले रोक्नु त परै जाओस् अत्यधिक..

    नेपाल वायु सेवा निगमका नयाँ कार्यकारी अध्यक्ष मदन खरेलद्वारा पदभार ग्रहण

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज : नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आइतबार साँझ पदभार ग्रहण गरेका छन् । निगमको कार्यालय नयाँ सडक पुगेर उनले पदभार ग्रहण गरेका हुन् । अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गरेका  थिए ।  आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले सबैसँग मिलेर काम..

    यातयात क्षेत्रमा हुने लगानीको सुरक्षा सरकारले लिन्छ : मन्त्री रघुवीर महासेठ

    सोमबार, असोज १, २०७५ साल
    काठमाडौँ, १ असोज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताएका छन् । नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआइए)द्वारा आज यहाँ आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री महासेठले नेपालको विकासमा अन्तर्राष्ट्रिय लगानी आवश्यक भएकाले एफआइएलाई लगानी गर्न आग्रह गरे । वर्तमान सरकारको ध्यान..

    पहिरोका कारण तीर्थयात्री र पर्यटकको बिचल्ली, लमजुङ–मनाङ सडक अवरुद्ध

    शुक्रबार, भाद्र २९, २०७५ साल
    मुस्ताङ, २९ भदौ  बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो ।  दर्जनौ ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् ।..

    कालीगण्डकी नदीमा आएको बाढीले वारीबेनी–बाँसखर्क सडक अवरुद्ध

    बिहिवार, भाद्र २८, २०७५ साल
    पर्वत, २८ भदौ  लगातारको वर्षाका कारण बुधबार साँझ कालीगण्डकी नदीमा आएको बाढीले बेनी–बगरफाँट–बाँसखर्क सडक अवरुद्ध भएको छ ।  म्याग्दी सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नं ३ स्थित वारीबेनीबाट बगरफाँट हुँदै बाँसखर्क जाने सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।  पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथिको कालीपुल नजिकैबाट बाँसखर्क जाने सडक पूर्णरुपमा कालीगण्डकीमा आएको बाढीले कटान गरेपछि सडक अवरुद्ध बनेको स्थानीय..

    नेपाल–चीन राजमार्ग खुला, जोखिमयुक्त क्षेत्रमा सतर्क हुन चालकलाई आग्रह

    बिहिवार, भाद्र २८, २०७५ साल
    रसुवा, २८ भदौ  यही भदौ २५ गतेदेखि अवरुद्ध धुञ्चे–स्याफ्रुबीच खोपाङ भिरको राजमार्ग सञ्चालनमा आएको छ ।  डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गई करीब १०० मिटर राजमार्ग सतहमा बसेको ठूलाठूला ढुङ्गा पन्छाइ बिहिबारदेखि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालन गरिएको हो ।  पहिरो पन्छाउन डिभिजन सडक कार्यालयमा रहेका दुई वटा लोडर तथा डोजरले मात्र ठूला ढुङ्गा फ्याँक्ने क्षमता नपुगेका कारण..

    महानगरीय ट्राफिक प्रहरीद्वारा ३३७ ट्याक्सीलाई कारबाही, यात्रुलाई ठगेको गुनासो धेरै

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ  महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् ।  भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।  महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१,..

    मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि पुन: सञ्चालन

    बुधबार, भाद्र २७, २०७५ साल
    मुसीकोट, २७ भदौ  वर्खा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ ।  रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा झरेको पहिरो र हिलाम्मे सडक सफा गरेपछि रुकुम(पश्चिम)को मुसीकोट र रुकुम पूर्वको रुकुमकोट जोड्ने सडकखण्ड बुधबारदेखि सुचारु भएको हो ।  केही दिनदेखि वर्षा हुने क्रम रोकिएपछि सिस्ने गाउँपालिकाको पहलमा गाउँपालिकाको डोजर र टिपर..

    पहिरो पन्छाएसँगै ३४ घण्टापछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

    बुधबार, भाद्र २७, २०७५ साल
    चितवन, २७ भदौ  नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो ।  दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । बुधबार बिहान ११ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यससँगै १७ किलो, गाईघाट, घुमाउने, नौ किलोलगायत..

    नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन, आज नै दुईतर्फी सडक खुलाइने

    बुधबार, भाद्र २७, २०७५ साल
    रत्ननगर, २७ भदौ : अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि साँझदेखि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए  । उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले आजदेखि दुईतर्फी सडक खुलाइने..

    सहकारी र निजी सेवाप्रदायक आउन थालेपछि सुधार हुँदै सार्वजनिक यातायात

    मंगलवार, भाद्र २६, २०७५ साल
    ललितपुर, २६ भदौ अझैपनि साँघुरो भ्यानमा यात्रुलाई उभिएर यात्रा बाध्यता हटेकोे छैन । दुई जनाको सिटमा तीनजना कोचिएर बस्नुपर्ने यात्रुको बाध्यता हुन्छ । नयाँ यात्रुलाई आफू कहाँ पगियो भन्नेसम्म पनि जानकारी हुँदैन । चालक र सहचालकलाई कहाँ आइपुगियो भनी सोध्दा झर्किएर जवाफ दिन्छन् । यात्रु चढाउन जुनसुकै ठाउँमा पनि सवारी साधान रोक्छन् तर ओर्लने बेलामा भने चालककै खुशीमा झर्नुपर्छ ।  काठमाडौं उपत्यकाका..

    नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन दिनभर लाग्ने

    मंगलवार, भाद्र २६, २०७५ साल
    चितवन, २६ भदौ  नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन मंगलबार दिनभर लाग्ने भएको छ । सो स्थानमा मंगलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भने, “निकै ठूलो पहिरो छ, पन्छाउन दिनभर लाग्छ ।” सो ठाउँमा..

    नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध, पानी परिरहेकाले पहिरो पन्छाउन समस्या

    मंगलवार, भाद्र २६, २०७५ साल
    चितवन, २६ भदौ : नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो..

    सडक माथिबाट खसेको पहिरोका कारण वसन्तपुर–म्याङलुङ सडक अवरुद्ध

    सोमबार, भाद्र २५, २०७५ साल
    तेह्रथुम, २५ भदौ  सडक माथिबाट खसेको पहिरोका कारण कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।  लालीगुराँस नगरपालिका–९ स्थित लसुने बजारनजिकै वाइन फ्याक्ट्री छेउमा सोमबार मध्यान्ह पहिरो खसेपछि म्याङ्लुङबाट सङ्खुवासभा, धनकुटा, काठमाडौँ र पूर्वी तराईका जिल्लातर्फ जाने सवारीसाधन चल्न सकेका छैनन् भने धरान र अन्य विभिन्न ठाउँबाट म्याङलुङका लागि छुटेका गाडी र यात्रु बाटोमै अलपत्र परेका छन् । पहिरोका कारण..

    बेंसीशहर–चामे सण्डक खण्ड अवरुद्ध, गाउँपालिकाका बासिन्दा समस्यामा

    सोमबार, भाद्र २५, २०७५ साल
    बेंसीशहर, २५ भदौ  आइतबार बेलुकादेखि लगातार परेको पानीका कारण आएको पहिराबाट हिमालपारिको जिल्ला मनाङ जाने सण्डकखण्ड अवरुद्ध भएको छ ।  बेंसीशहर नगरपालिका–६ बेलौतीबिसौना नजीकै उत्तिसघारी खरखरेमा पहिरो जाँदा बेंसीशहर–चामे सडक अवरुद्ध भएको हो । पहिराका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् ।  सदरमुकाम बेँसीशहरबाट तीन किलोमिटरमा रहेको खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीयवासी बताउँछन् ।..

    स्तरोन्नतिको कामले भोजपुरमा उडान सेवा अवरुद्ध, अझै २ हप्तासम्म उडान नहुने !

    आईतवार, भाद्र २४, २०७५ साल
    भोजपुर, २४ भदौ  एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो । लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको..

    अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

    आईतवार, भाद्र २४, २०७५ साल
    नुवाकोट, २४ भदौ : नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ ।  दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ ।  हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए ।..

    जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ

    बिहिवार, भाद्र २१, २०७५ साल
    बाँके, २१ भदौ  जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ । शहरी क्षेत्रको विस्तारका साथै सवारी साधनको चाप बढेकाले पनि सो कठिनाई सिर्जना भएको हो ।  जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्दी अभावकै कारण अहिले जिल्लाको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिकको..

    सवारी चालकलाई खुसिकाे खबर ! यी ठाउँहरुमा बन्दैछ आराम स्थल

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ बेलाबखत चालक निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ । सरकारले सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने उद्देश्यका साथ सात प्रदेशका १४ स्थानमा यस्ता आराम स्थल स्थापना गर्न लागेको हो । केही स्थानमा आराम स्थलहरु सञ्चालनमा..

    अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान हुने

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारीले विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको जानकारी दिएका हुन् ।  नेपाल पर्वतारोहण सङ्घले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनपछि धेरै परिवर्तन आएको छ, हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन शुरु..

    रुकुम पश्चिमको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द

    मंगलवार, भाद्र १९, २०७५ साल
    सुर्खेत, १९ भदौ   रुकुम पश्चिमको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।  गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबै भन्दा बढी बिरामी मर्कामा परेका छन् । नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीाट पठाइएका बिरामीलाई सास्ती हुने..

    बालकोट–सिरुटार सडकको कन्तबिजोग, अध्यक्षदेखि वडा सदस्यसम्म टुलुटुलु

    मंगलवार, भाद्र १९, २०७५ साल
    भक्तपुर, १९ भदौ  यसवर्षको वर्षा सकिन लागिसक्यो तर वर्षा अगावै सिध्याउनु्पर्ने सडक निर्माणका काम भने ज्यूँका त्यूँ छ । जनप्रतिनिधिले कार्यभार बहन गरेको वर्ष दिन बितिसक्दा पनि जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् ।  वडाका जनप्रतिनिधि आफै ओहोरदोहोर गर्ने सडकको कन्तबिजोग हेरेरै बसेका छन् । वर्षा अगावै निर्माण गर्नुपर्ने सडक ठकेदारको ढिलाइले भदौको दोस्रो साता बितिसक्दा पनि सम्पन्न नभएकाले सूर्यविनायक नगरपालिका–२ बालकोट..

    भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग खुला, गाडीहरु आफ्नो गन्तव्यतर्फ

    सोमबार, भाद्र १८, २०७५ साल
    रसुवा, १८ भदौ   धुञ्चेको त्रिशूली नदी नजीक यही भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्गमा यातायात पुनःसञ्चालन भएको छ ।  बीच बाटामा रोकिएका सयौँ मालवाहक कन्टेनर र ट्रक तथा पर्यटकीय गाडीहरु आफ्नो गन्तव्यतर्फ गएका छन् । अब गल्छी–रसुवागढी राजमार्गअन्गतर्ग टिमुरे, घट्टेखोला नजीकसम्म निर्बाध रुपले सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । रसुवागढी नजीक भीरमा सडक खुलाउने कार्य भने चलिरहेको छ । मङ्गलबार..

    काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटना न्यून

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ ।  सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४÷०७५ मा एक..

    यतीको विमान दुर्घटनाका कारण बन्द अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि सुचारु

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ : यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२   घण्टापछि सुचारु भएको छ ।  नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन ।  घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा सञ्चालनमा

    शनिबार, भाद्र १६, २०७५ साल
    काठमाडौँ, १६ भदौ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल शुक्रबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो ।  सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।  यसअघि..

    जोर विजोर प्रणाली : ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुली

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर विजोर प्रणाली भदौ १३ गतेदेखि लागू भएको हो । यो प्रणालीका कारण..

    महँगिँदै निर्माण : विमानस्थल मुआब्जामै १४ अर्ब खर्च, त्रिभुवन विमानस्थलको नाफा कति ?

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार खर्च गरेको छ । चालू आवमा रु आठ अर्ब ५५ करोड २५ लाख जग्गा प्राप्तिका लागि विनियोजन गरिएको छ । यी..
    Results 1097: You are at page 24 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast