शुक्रबार, चैत्र २८, २०७६

    यातायात

    मध्यपहाडी र मालढुङ्गा–बेनी सडक बन्द हुँदा सास्ती

    सोमबार, फागुन ६, २०७५ साल
    पर्वत, ६ फागुन जिल्लाका दुई मुख्य सडक बन्द हुँदा धौलागिरि क्षेत्रका नागरिकलाई सास्ती भएको छ ।  निर्माणाधीन मध्यपहाडी लोकमार्ग र मालढुङ्गा–बेनी सडक दैनिक साढे छ घण्टा बन्द हुँदा नागरिकलाई सास्ती भएको हो । लोकमार्गको पर्वत खण्ड गत बुधबारदेखि लागू हुनेगरी दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको हो ।  सडक बिस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि कुश्मा नगरपालिका–१ अर्मादीसम्मको खण्डमा दैनिक साढे..

    बागलुङ–काठमाडौँ बस सेवा, ‘भिआइपी’ सुविधा

    आईतवार, फागुन ५, २०७५ साल
    बागलुङ, ५ फागुन  पोखरा जगदम्बा ट्राभल्स प्रालिले बागलुङ–काठमाडौँ अति विशिष्ट (भिआइपी) बस सेवा शुरु गरेको छ । वातानुकूलित बसमा खाजा, चिया, कफी, चिसो पेयपदार्थ, निःशुल्क वाइफाइ, शौचालय आदिको सुविधा छ ।  बीस सिट क्षमताको बस आईतबारदेखि हरेक दिन साँझ ६ः३० बजे काठमाडौँका लागि र सोही समयमा काठमाडौँदेखि बागलुङका लागि छुट्नेछ । यात्रुको माग र सुविधालाई दृष्टिगत गरेर अत्याधुनिक सुविधायुक्त बस सञ्चालनमा ल्याइएको..

    नारायणगढ-मुग्लिन सडकखण्ड : भासिएको ठाउँमा नयाँ डिजाइन

    शुक्रबार, फागुन ३, २०७५ साल
    चितवन, ३ फागुन नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न स्थानमा भासिएको सडकको भौर्गभिक अध्ययन सुरु भएको छ ।  अध्ययनका क्रममा सत्रकिलो र पच्चीस किलो भन्ने ठाउँमा बढी जोखिम देखिएको उनको भनाइ छ । यी दुई ठाउँमा सडक निर्माणका लागि नयाँ डिजाइन नै बनाउनुपर्ने देखिएको छ । सत्रकिलोमा सात सय मिटर सडक क्षेत्र नै त्रिशुली नदीतर्फ सरेको अध्ययनको क्रममा देखिएको छ । यसलाई ‘मास मुभमेन्ट’..

    पिकअप भ्यान दुर्घटनामा चालकको मृत्यु, अन्य सवार घाइते

    शुक्रबार, फागुन ३, २०७५ साल
    उर्लाबारी, ३ फागुन : मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा चालक मोरङ, लेटाङ नगरपालिका–८ का ४५ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको हो । दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका–१ कै ४५ वर्षीय तिलबहादुर राई र..

    बेनी–मालढुङ्गा सडक दैनिक सात घण्टा बन्द

    बिहिवार, फागुन २, २०७५ साल
    म्याग्दी २ फागुन  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक सात घण्टा बन्द हुन थालेको छ ।  जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले बुधबारदेखि लागू हुने गरी समयतालीका बनाएको हो ।  जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तार गर्ने..

    पानीजहाज सञ्चालनका लागि औपचारिक रुपमा कार्यालय स्थापना

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडाैं, २ फागुन ।  बिहीवार पानीजहाज सञ्चालनका लागि सरकारले औपचारिक रुपमा कार्यालय स्थपाना गरेको छ ।  सरकारले कार्यालयका लागि कर्मचारी दरबन्दी समेत स्वीकृत गरिसकेको छ । कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । नेपालले नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ । ललितपुरको एकान्तकुनामा रहने पानीजहाज कार्यालयको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । मन्त्रिपरिषदको गत पुस २९ गतेको..

    बिपी राजमार्ग खुल्यो, उपचार र दोषीलाई कारवाही गर्ने सहमति

    बुधबार, फागुन १, २०७५ साल
    सिन्धुली, १ फागुन  बुधबार बिहानभर अवरुद्ध बनेको बिपी राजमार्ग अहिले पुनः सुचारु भएको छ ।  घाइतेको उपचार र दोषीलाई कारवाही गर्ने सहमतिपछि राजमार्ग सुचारु गरिएको हो ।  बुधबार बिहान क्याम्पस पढन जाँदै गर्दा बा ३ च ६७५१ नं को पिकअप भ्यानले ठक्कर दिएपछि दुई छात्रा घाइते भएका थिए । सोही विषयलाई लिएर विद्यार्थीले राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै आएको थियो । घाइतेको उपचार..

    यस्तो छ भरतपुर विमानस्थल विस्तार गर्ने तयारी

    बुधबार, फागुन १, २०७५ साल
    चितवन, १ फागुन भरतपुर विमानस्थल विस्तार गर्ने प्रक्रिया शुरु भएको छ ।  तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, भरतपुर महानगरपालिकासँगै चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सबैको ध्यान विमानस्थल विस्तारमा केन्द्रित भएको छ ।  जहाज..

    गाडीले ठक्कर दिँदा २ छात्रा घाइते, विपी राजमार्ग अवरुद्ध

    बुधबार, फागुन १, २०७५ साल
    सिन्धुली, १ फागुन  विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । बुधबार बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् ।  बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन् ।  घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले..

    नेपाल–भारत सीमा क्षेत्रसम्म जलमार्ग तयार हुने

    मंगलवार, माघ २९, २०७५ साल
    नयाँ दिल्ली, २९ माघ  भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ । भारत भ्रमणमा रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारतका जलस्रोत, नदी विकास तथा गङ्गा संरक्षणमन्त्री नितिन गडकरीबीच मंगलबार भएको द्विपक्षीय भेटवार्ताका क्रममा भारतीय पक्षले सो आग्रह गरेको हो ।  नेपाल सरकारले समेत..

    सावधान ! उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला प¥यो ।  मङ्सिर २४ गते पिटर तामाङको प्र ३–०२–००१ प ९९७० नं को मोटरसाइकल सुन्धारामा पार्किङ गरेको ठाउँबाट हरायो । उक्त मोटसाइकल पनि भर्खरै ट्राफिक प्रहरीले फेला पा¥यो ।  यस्तै..

    ‘फुरुङ्ग’ महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै

    सोमबार, माघ २८, २०७५ साल
    बर्दिवास, २८ माघ  गत विवाहपञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुङ्ग परेकी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुशी त्यतिखेरै धेरै टिक्न सकेन । विवाहपञ्चमी (रामजानकी विवाह महोत्सव) मा भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुने कुराले रेल चढेरै मेला हेर्न जाने कुराले फुरुङ्ग पर्नुभएकी इजोतीयाको खुशी रेल चल्ने कुरा अनिश्चित हुँदा नटिकेको हो ।  “गेल अगहनमें..

    भिशाखापट्नम बन्दरगाहको परीक्षण सफल, यस्तो छ पारवहन प्रक्रिया !

    आईतवार, माघ २७, २०७५ साल
    काठमाडौँ, २७ माघ  भिशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो फागुन ३ गतेदेखि कन्टेनर पारवाहन हुने भएको छ ।  भारतको कलकत्ता-हल्दियाबाट नेपालको वीरगञ्ज सुख्खा बन्दरगाह, सिर्सियासम्म तथा कलकत्ता-हल्दियाबाट भारतको बथनाहसम्म रेलमा र त्यहाँबाट जोगबानीसम्म सडकमार्गबाट ट्रान्ससिपमेन्ट प्रक्रियाबाट पारवहन गरिनेछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको औपचारिक भ्रमणका क्रममा नेपाल र भारतबीच गत सन् २०१७ जुनमा..

    बिस्तारै गाडी चलाउनुस् , घरमा पर्खेका छन् !

    शुक्रबार, माघ २५, २०७५ साल
    बारा , २४ माघ प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैया बाराले सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सुरक्षित यात्राको लागि चालक , यात्रु र सवारी साधनको यान्त्रिक अवस्थाको निरिक्षण तथा आखाँ परिक्षण कार्यक्रम अभियानका रुपमा गरेको छ ।  यस प्रदेशमा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्य सहिँत ट्राफिक प्रहरी , अटोमोबाईल्स् मेकानिकल्स र आखाँका डाक्टरहरु सहिँतको संयुक्त टोलीले यो अभियान..

    सिन्धुलीमा बोलेरो दुर्घटना : ५ जनाको मृत्यु, ८ घाइते

    बिहिवार, माघ २४, २०७५ साल
    सिन्धुली, २४ माघ सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङमा बोलेरो दुर्घटना भएको छ । दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फ आउँदै गरेको बा १५च ९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको हो ।  ज्यान गुमाउनेमा फिक्कल–२ की ५५–५६..

    दोहोरो कर लगाएको भन्दै अटो व्यवसायी धर्नामा, नगरसभाबाट सम्बोधन गरिदै

    बुधबार, माघ २३, २०७५ साल
    सुर्खेत, २३ माघ  सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा मङ्गलबारदेखि धर्नामा बसेका छन् ।  उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन् । अटो व्यवसायी खडगबहादुर दर्लामीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा रु चार हजार ५०० तिरेर पञ्जीकरण गरिसक्दा नगरपालिकाले थप रु पाँच..

    रेल सञ्चालनका लागि खरीद प्रक्रिया सुरु, दुई वटा रेल र १० डिब्बा ल्याइँदै

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरीद प्रक्रिया अगाडि बढाएको छ ।  मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरीदका लागि तयारी गरेको हो ।  सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरीदका लागि रु ५० करोड विनियोजन गरेकामा दुईवटा रेल खरीदका लागि उक्त..

    प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको नियन्त्रणमा, यस्तो छ कारण !

    शनिबार, माघ १९, २०७५ साल
    काठमाडौं, १९ माघ । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको गाडी नियन्त्रणमा लिएको छ । सरकारी गाडी चलाउन नदिने आन्दोलन भन्दै नेविसंघका कार्यकर्ताले सचिव शिशिरकुमार ढुंगाना सवार बा १ झ ९९९५ नम्बरको गाडीलाई लाजिम्पाटबाट नियन्त्रणमा लिएको हुन् । शनिबार बिहानैबाट सडकमा गुडेका सरकारी गाडीको निगरानी गरेका नेविसंघ कार्यकर्ताले बालुवाटारबाट मन्त्रिपरिषद् कार्यालयको गाडी नियन्त्रणमा लिएका हुन्। केन्द्रीय समितिको निर्णय अनुसार नेविसंघ कार्यकर्ताले..

    नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायो, यस्तो छ तयारी !

    शनिबार, माघ १९, २०७५ साल
    काठमाडौं, १९ माघ  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ ।  निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिनुभयो । निगमले करीब आठ महीनाअघि भिन्न मितिमा दुई वाइड बडी जहाज खरीद गरेको..

    यातायात र बजार बन्द, देउवा नेतृत्व सरकारदेखि अहिलेसम्म नागरिक आन्दोलित

    शुक्रबार, माघ १८, २०७५ साल
    रुकुम (पूर्व), १८ माघ  रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताउनुभयो ।  रुकुमकोटमा बिहानैदेखि यातायातका साधन चल्न दिइएको छैन । जसले गर्दा रुकुमकोट भित्रिने र बाहिरिने यात्रु अलपत्र परेका छन् । यसैगरी बजार..

    आरएनएभी र रनवे लाइटको कमाल ! बुद्धको रात्रिकालीन परीक्षण उडान सफल

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १६ माघ  निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुधबार रात्रिकालीन परीक्षण उडान गरेको छ ।  कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको बुधबार एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको..

    हिमपातका कारण बन्द रसुवागढी नाका खुला, कन्टेनरहरु चिनियाँँ भू–भागबाट नेपाल प्रवेश

    बुधबार, माघ १६, २०७५ साल
    रसुवा, १६ माघ केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा बुधबारदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।  केरुङ्गबाट सामान बोकेर आएको ट्रक तथा कन्टेनर मितेरी पुलबाट आजदेखि नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले जानकारी दिनुभयो ।  बीस ट्रक तथा कन्टेनर चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गरिसेकेको र करीब ६० कन्टेनर मितेरी पुल नजिक चिनियाँँ भू–भागबाट नेपाल प्रवेश..

    चक्रपथको डिजाइन चीन सरकारको हातमा, अब पहिलो खण्डमा भएको त्रुटि नदोहोरीने

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौं, १६ माघ ।  सडक विभागले अब विस्तारको काम हुने कलंकी-बालाजु-महाराजगञ्ज सडक खण्डमा पहिलो खण्डको जस्तो प्राविधिक त्रुटि नहोस् भनेर डिजाइ नै वैज्ञानिक बनाइदिन आग्रह गरेको छ । सरकारले चक्रपथको पहिलो खण्डमा भएको त्रुटि दोस्रो खण्डमा सच्याउन पहल गरेको छ ।  कलंकी-बालाजु-महाराजगञ्ज खण्ड विस्तारको लागि सडक विभाग अहिले चीन सरकारले बनाउने डिजाइन कुरिरहेको छ ।  चक्रपथको डिजाइन चीन सरकारले नै गर्छ, पहिलो खण्डमा चीनले..

    सिद्धिचरण राजमार्ग फेरि अवरुद्ध, बीच बाटोमै यात्रु, ४ फिटसम्म सिसाझैँ हिउँ

    मंगलवार, माघ १५, २०७५ साल
    ओखलढुङ्गा, १५ माघ  ओखलढुङ्गा र सोेलुखुम्बुको सिमानामा पर्ने ठाडे–पत्तालेमा बाक्लो हिउँ जमेका कारण सिद्धिचरण राजमार्ग फेरि अवरुद्ध भएको छ ।  हिउँका कारण अवरुद्ध सडक सञ्चालन भएको तीन दिन नबित्दै फेरि हिउँ परेपछि सडक अवरुद्ध भएको हो । हिउँ सिसाझैँ जमेका कारण सवारी सञ्चालनमा समस्या आएको चालक सुवास खड्काले बताउनुभयो । निरन्तर बर्सात र हिउँ पर्न थालेपछि सोलुखुम्बु हिँडेका दर्जनौँ यात्रुवाहक तथा मालवाहक..

    यूएस-बाङ्ग्ला विमान दुर्घटना : बाङ्ग्लादेशमा किन भयो नेपालले गरेको छानबिनको आलोचना ?

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ गत वर्ष त्रिभुवन विमानस्थलमा भएको यूएस-बाङ्ग्ला विमान दुर्घटनाबारे नेपाल सरकारबाट गठित छानबिन समितिको प्रतिवेदनको बाङ्ग्लादेशका नागरिक उड्डयन अधिकारीहरूले आलोचना गरेका छन् । उनीहरूले बाङ्ग्लादेशका विमानचालकको मात्रै दोष देखाइएको र त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण कक्षका कर्मचारीको गल्ती नऔँल्याइएको भन्दै छानबिन आयोगको आलोचना गरेका हुन् । सन् २०१८ को मार्च १२ को दिनमा ढाकाबाट आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरण..

    ‘हाउमच’ अभियान : यात्रु ठग्ने उपत्यकाका ६७ ट्याक्सी चालकलाई कारबाही

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौं, १४ माघ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।  उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ । महाशाखाबाट खटिइएका टोलीले यात्रुसँग बार्गेनिक गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सीलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । त्यस्तै..

    चीन सरकारद्वारा कोटेश्वर–कलङ्की सडक नेपाललाई हस्तान्तरण, दोस्रो चरणको काम शुरु हुदै

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौँ, १४ माघ  चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।  खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आज आयोजित ‘चिनियाँ सहयोगको निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हउ याङ्चीले साँचो दिँदै सो सडक हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँहरुले संयुक्तरुपमा सडकको उद्घाटन पनि गर्नुभएको..

    बिहानैदेखि अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, भिजिबिलिटी बढ्दै गयो

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १३ माघ  मौसममा आएको खराबीसँगै अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।  काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो ।  बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए । तर अहिले पुनः भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।  विमानस्थलका..

    शुक्रबारदेखि हिमपातले अवरुद्ध ७ पहाडी जिल्लाका यातायात सञ्चालन

    आईतवार, माघ १३, २०७५ साल
    अमरगढी, १३ माघ : शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात अब खुलेको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।  राजमार्गमा जमेको हिउँ हटाउन..

    सरकारले सातदोबाटो–नारायणगोपाल जोड्ने मेट्रो रेल बनाउदै, विश्वव्यापी बोलपत्र आह्वान !

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ  सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ ।  विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले राससलाई जानकारी..
    Results 1257: You are at page 23 of 42
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast