शनिबार, कार्तिक २, २०७६

    यातायात

    फेरी गरियो ‘अनावश्यक’ जोर–बिजोर प्रणाली, सास्ती दिएको भन्दै यात्रुद्वारा सरकारको आलोचना

    बिहिवार, मंसिर १३, २०७५ साल
    काठमाडौँ, १३ मङ्सिर सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लगाएको छ । बिहीबार बिजोर नम्बर प्लेटका सवारी चलेका छन् । तर, यसबाट यात्रुले चरम सास्ती भोगेका छन् । सडकमा गाडी कुरिरहेका यात्रुको भीड बाक्लो छ । तर, सरकारी अधिकारीले यसलाई बेवास्ता गरेका छन् । घन्टौं कुर्दा पनि गाडी नपाएपछि यात्रुहरुले..

    काठमाडौँ उपत्यकामा चल्ने यातायातमा ४ दिनका लागि ‘जोर-बिजोर’ प्रणाली लागू

    बुधबार, मंसिर १२, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर : एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ ।  अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि एक सूचना जारी गरी जानकारी दिएको छ ।  गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही..

    नेपाल—चीन व्यापार : पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानीमा कडाइ

    मंगलवार, मंसिर ११, २०७५ साल
    रसुवा, ११ मङ्सिर  नेपाल—चीनबीच व्यापार व्यवसाय सञ्चालन भइरहेको पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानी गर्ने काम अगाडि बढेको छ ।  जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार व्यापार व्यवसायका नाउँबाट गैह्रकानुनी क्रियाकलाप गरी विदेशी मुद्रा अपचलन गर्न थालेको पाइएपछि ठाउँठाउँको चौकीबाट हुने नियमित जाँचको अलावा राजमार्गका विभिन्न भागमा समेत गस्तीको माध्यमबाट निगरानी कामलाई तीव्रता दिएको हो ।  प्रहरी गस्तीले गोसाइँकुण्ड गाउँपालिका वडा नं ६..

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने

    सोमबार, मंसिर १०, २०७५ साल
    काठमाडौँ, १० मङ्सिर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियाको अनियमितबारे सर्बत्र चर्चा पाइरहेका बेला निगम स्वयंले भने आन्तरिक व्यवस्थापन र सेवा सुदृढीकरणलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ ।  जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तालुकदार मन्त्रालय र निगम पदाधिकारीसँग छलफल गरिसकेको..

    बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्धमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

    सोमबार, मंसिर १०, २०७५ साल
    बनेपा, मङ्सिर १० बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौँबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ जिल्ला सानोपोखरा–७ बस्ने वर्ष ३९ को पूर्णबहादुर मगर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु..

    यही पुसभित्रै ‘जयनगर-कुर्था’ रेल सञ्चालन हुने, भारतबाटै रेल खरिद, नेपालपक्षबाट मूल्य स्वीकार

    सोमबार, मंसिर १०, २०७५ साल
    धनुषा, ९ मङ्सिर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् ।  जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे । मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया..

    व्यवसायीले मागेकै रुट दिँदा काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त

    आईतवार, मंसिर ९, २०७५ साल
    ललितपुर, ९ मङ्सिर  सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौं उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी शाखाले जनाएको छ ।  सार्वजनिक सवारीलाई गत वर्षसम्म यातायात व्यवसायी महासङ्घले रुटको अनुमति दिँदै आएको थियो । गतवर्ष सरकारले सार्वजनिक सवारी..

    प्रदूषण जाँचबिनै गुड्छन् गाडी, अधिकांश ड्राइभिङ सेन्टर मापदण्ड विपरीत

    आईतवार, मंसिर ९, २०७५ साल
    बाँके, ९ मङ्सिर  सार्वजनिक तथा निजी गाडीले हरेक वर्ष प्रदूषण जाँच गराउनुपर्ने व्यवस्था छ । तर, सरकारी उदासिनता र गाडी चालक तथा गाडी मालिकको लापरवाहीले यस क्षेत्रमा गुड्ने शतप्रतिशत गाडीको प्रदूषण जाँच हुँदैन । गाडीले अनिवार्यरुपमा प्रदूषण जाँच गराउनुपर्ने प्रावधान भए पनि यसको पालना हुन सकेको छैन ।  प्रदूषण जाँच र कारवाहीको व्यवस्था नहुँदा भेरी यातायात कार्यालयबाट जाँचपास गरी हरियो स्टिकर लिनेको..

    मिथिलाञ्चलमा दिदीबहिनीको प्रेमको प्रतीक मानिने सामा चकेवा पर्व सम्पन्न

    शुक्रबार, मंसिर ७, २०७५ साल
    गौशाला, ७ मङ्सिर  मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक पञ्चमीका दिनदेखि शुरु भई १० दिनसम्म चलेको सामा चकेवा पर्व एघारौ दिन अर्थात पूर्णिमाको राति (गएराति) धुमधामका साथ विभिन्न नदी, पोखरी तथा ताल तलैयामा गएर सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन भएको छ ।  दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरी, बुहारी तथा महिलाले..

    डडेलधुरा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, १४ जनाको सनाखत (सूचीसहित)

    शुक्रबार, मंसिर ७, २०७५ साल
    डडेल्धुरा,  ७ मङ्सिर  डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार साँझ बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना  हुँदा १८ को ज्यान गएको हो । दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको..

    गौतमबुद्ध विमानस्थलको काम युद्धस्तरमा अघि बढ्दै, आगामी जेठभित्र उडानयोग्य हुने !

    बिहिवार, मंसिर ६, २०७५ साल
    भैरहवा, ६ मङ्सिर राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ ।  हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार करीब एक किमी धावनमार्गमा पहिलो चरणको कालोपत्रे सम्पन्न भएको छ । यही गतिमा काम भएको खण्डमा आगामी ४५ दिनभित्र पहिलो चरणको कालोपत्रे काम सकिनेछ । धावनमार्गमा तीन तहको कालोपत्रे..

    अवैध उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रण गर्न खोलामै पुगे जनप्रतिनिधि

    बिहिवार, मंसिर ६, २०७५ साल
    नारायणपुर, ६ मङ्सिर दाङका खोला तथा नदीबाट अवैधरुपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्र्याक्टर नियन्त्रण गर्न थालेका छन् ।  जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेल खोलामै पुगेर अवैधरुपले ढुङ्गाजन्य वस्तु उत्खनन गरेर ओसारपसारमा संलग्न रहेका आठ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएका हुन् । प्रमुख र उपप्रमुखको दुई छुट्टाछुट्टै टोली बनाएर..

    नेपाल–चीन तातोपानीको बाटो सञ्चालन गर्ने सरकारको तयारी, जेठसम्म नाका खुल्ने दाबी

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौं, ५ मंसिर ।  नेपाल–चीन तातोपानी नाका आगामी जेठसम्ममा सञ्चालन गर्ने तयारी भएको छ । विनाशकारी भूकम्पपछि बन्द रहेको यस सडक सञ्चालन गर्न दुवै देशले कामलाई तीव्रता दिएका छन् । साढे तीन वर्षदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउन सडक विभागले सडक मर्मत–सम्भार र पुनस्र्थापनाका लागि चाँडै टेण्डर गर्दैछ । यो टेण्डर प्रक्रिया टुंग्याएर जतिसक्दो छिटो सडकमार्ग मर्मत गरिने भौतिक पूर्वाधार तथा..

    बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक ८ घण्टा बन्द, यस्तो छ समयसिमा !

    मंगलवार, मंसिर ४, २०७५ साल
    म्याग्दी, ४ मङ्सिर  जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ ।  भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र..

    जनकपुर–लखनऊ बस सेवा शुरु, जम्मा ६ सय ९२ किलोमिटरको यात्रा, २ वटा बसलाई अनुमति

    सोमबार, मंसिर ३, २०७५ साल
    धनुषा, ३ मङ्सिर : भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ ।  नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ । उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सिट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याएको छ ।  नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ ।..

    पाल्पाको सिरुखर्कमा जिप दुर्घटना हुँदा १ को मृत्यु, चालकसहित ७ घाइते

    सोमबार, मंसिर ३, २०७५ साल
    बेझाड, पाल्पा, ३ मङ्सिर  पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप सोमबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।  दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । लु२च ५०३५ नंको..

    नम्बर प्लेट बिनै सञ्चालन भएका अटो रिक्सा प्रहरी नियन्त्रणमा

    आईतवार, मंसिर २, २०७५ साल
    स्याङ्जा, २ मङ्सिर  वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँचवटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हबल्दार शङ्कर रिमालले जानकारी दिए । जिल्लाका मुख्य बजार वालिङ, स्याङ्जा, बयेरघारी, गल्याङलगायतका ठाउँमा करीब ४० अटो सञ्चालनमा..

    पोखरा विमानस्थल मर्मतकालागि दैनिक १५ घण्टा बन्द, १५ दिनमा सबै काम सकिने जानकारी

    आईतवार, मंसिर २, २०७५ साल
    पोखरा,  २ मङ्सिर पोखरा विमानस्थलको धावनमार्ग मर्मतका लागि दैनिक १५ घण्टा विमानस्थल बन्द हुने भएको छ। नागरिक उड्डयन मन्त्रालयले १० वर्षपछि पोखरा विमानस्थलको धावनमार्गको मर्मत गर्न लागेको हो। धावनमार्गमा ठाउँमा चर्किने र गिटीहरू उप्किन सुरू भएपछि मर्मत गर्न लागेको हो। आजदेखि दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल मर्मतका लागि बन्द गरिएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईंले जानकारी दिए। उनले दिउँसो ३ बजेदेखि राति १०..

    अरनिको राजमार्ग खण्डमा ३ सवारीसाधन ठोक्किएर दुर्घटना २ को मृत्यु {विस्तृत जानकारी}

    आईतवार, मंसिर २, २०७५ साल
    भक्तपुर, २ मङ्सिर  अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब..

    भौतिक संरचना निर्माणका कारण लुक्ला जत्तिकै जोखिममा भरतपुर विमानस्थल

    शनिबार, मंसिर १, २०७५ साल
    चितवन, १ मङ्सिर । भरतपुर विमानस्थलको अवतरण र उडान क्षेत्रमा भौतिक संरचना निर्माणका कारण उच्च जोखिममा रहेको छ । यो विमानस्थलमा जहाज उडाउनका लागि निकै अनुभवी पाइलटले मात्रै सक्ने गर्दछन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले भरतपुरलाई तराईको मिनी लुक्ला भनेर पाइलटहरुले भन्ने गरेको बताए । तराई र भित्री मधेशका सबैभन्दा जोखिमपूर्ण विमानस्थलका रूपमा भरतपुरलाई लिने गरिएको पनि उनको भनाइ..

    भ्रष्टाचारकाे अाराेप खेपेको वायु सेवा निगमले माग्याे सरकारसँग गुहार, कस्तो छ यसको भित्रि मुहार !

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडाैँ, ३० कात्तिक ।  नेपाल वायुसेवा निगमले संस्था उच्च जोखिममा रहेको भन्दै सरकारले तत्कालै आर्थिक सहायता दिनुपर्ने बताएको छ । एकपछि अर्काे भ्रष्टाचारकाे अाराेपमा मुछिएकाे नेपाल वायु सेवा निगम तत्कालीन रुपमा झण्डै ३३ अर्ब बढी ऋणमा रहेको देखिएको छ । तर दीर्घकालीन ऋण भने ३९ अर्बभन्दा माथि पुग्ने देखिएकाे छ । निगमले बिहीबार जारी गरेको स्वेतपत्रमा ३२ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी..

    अब निषेधित क्षेत्रमा सवारीसाधन चलाउने चालक ट्राफिक र सिसिटिभीको निगरानीमा

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ, २९ कात्तिक  ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ । महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ ।  विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २०..

    सडक र रेलको अध्ययन गर्न चिनियाँ टोलीसहित मुख्यमन्त्री शाही हुम्लाको सिमिकोटमा !

    मंगलवार, कार्तिक २७, २०७५ साल
    हुम्ला, २७ कात्तिक हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली आज बिहान काठमाडौँ  हुँदै सिमिकोट हिल्सा..

    जैविक मार्ग निर्माणमा तीव्रता, धार्मिक पर्यटन विकास, पर्यावरण संरक्षण र चुरे संरक्षण गर्ने उद्देश्य

    मंगलवार, कार्तिक २७, २०७५ साल
    कञ्चनपुर, २७ कात्तिक चुरे क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र जोड्न भीमदत्त नगरपालिकाले जैविक मार्ग निर्माणमा तीव्रता दिएको छ ।  नगरपालिको वडा नं. १ बाराकुण्डादेखि ब्रह्मदेवसम्म निर्माण गरिएको जैविक मार्ग स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिइएको हो । सो कार्यका लागि मार्गमा ग्राभेल गर्ने, माटो भर्ने, पाइप कल्भर्ट राख्ने र रोलिङ गर्ने कार्य शुरु गरिएको छ । स्तरोन्नतिका लागि चालू आवमा रु ३० लाख..

    उदयपुरमा ट्र्याक्टरमा मान्छे ओसारपसार गर्न प्रतिबन्ध, दुई दर्जन ट्र्याक्टर प्रहरी नियन्त्रणमा

    सोमबार, कार्तिक २६, २०७५ साल
    गाईघाट, २६ कात्तिक उदयपुरमा तिहार समाप्त हुनेबितिकै ट्र्याक्टर चढेर पिकनिक जाने क्रममा आइतबार उदयपुरको बेलका–८ मा ट्र्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु र ३४ घाइते भएपछि आजदेखि प्रहरीले उदयपुरमा ट्र्याक्टरमा मान्छे बोकेर पिकनिक लाने र मान्छे चढाएर ओसारपसार गर्ने कार्यमा प्रतिबन्ध लगाएको छ ।  यसै क्रममा आज बिहान प्रहरीले जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रबाट पिकनिक जान मानिस बोकेर हिँडेको एक दर्जन जति ट्र्याक्टरलाई नियन्त्रणमा लिएको..

    चाडपर्वमा सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् ।  दशैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम रु एक हजार मात्र कारवाही गरेकाले व्यवसायीमा स्वेच्छाचारिता बढेको यातायात क्षेत्रको सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले बताए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सरकारले तोकेभन्दा बढी भाडा..

    २ बस एकापसमा ठाेक्किँदा चालकको मृत्यु, ३१ यात्रु घाइते, राजमार्ग सञ्चालनमा

    शनिबार, कार्तिक २४, २०७५ साल
    धादिङ, २४ कात्तिक  पृथ्वीराजमार्गको बेनिघाटरोराङ गाउँपालिका–३ मालिङ्गामा शनिबार दिउँसो दुई वटा सवारी साधन एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५२८१ नं को यात्रुबाहक बस र काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा१प ९७७ नंको पर्यटक बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।  मृत्यु हुनेमा..

    पोखराको पुम्दीभुम्दीमा ट्याक्सी दुर्घटना हुँदा १ जनाको मृत्यु

    मंगलवार, कार्तिक २०, २०७५ साल
    चिप्लेढुङ्गा, २० कात्तिक पोखराको पुम्दीभुम्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  ग्यारेजमा धुन दिइएको ट्याक्सी आज बिहान ६.३० बजे लिन जाँदा नभेटिएपछि ट्याक्सीधनीले प्रहरीमा खबर गरेका थिए । ग्यारेजका मालिक समेत बेखबर रहेको सो घटनाका बारेमा ट्याक्सी दुर्घटनापछि मात्रै हराएको र ट्याक्सी दुर्घटना भएको सत्य बाहिर आएको हो ।  आइतबार ट्याक्सी धुन भनेर ट्याक्सी चालक राजु थापाले ग्यारेजमा ट्याक्सी छोडेका..

    ट्रकमा बस ठोक्किँदा ११ जना घाइते, भरतपुरस्थित मेडिकल कलेज र एलाईभ अस्पतालमा उपचार हुँदै

    सोमबार, कार्तिक १९, २०७५ साल
    कावासोती, १९ कात्तिक : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्“िकदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।  नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्“िकदा बसमा सवार ११ जना घाइते..

    निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्र यसरी हुँदै

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौँ, १८ कात्तिक निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ ।  केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ । उनले भने, ‘सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ ।’ कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभित्रैमा सडक निर्माणको सम्पूर्ण कामसक्ने..
    Results 1097: You are at page 21 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast