आईतवार, भाद्र १, २०७६

    यातायात

    मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि पुन: सञ्चालन

    बुधबार, भाद्र २७, २०७५ साल
    मुसीकोट, २७ भदौ  वर्खा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ ।  रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा झरेको पहिरो र हिलाम्मे सडक सफा गरेपछि रुकुम(पश्चिम)को मुसीकोट र रुकुम पूर्वको रुकुमकोट जोड्ने सडकखण्ड बुधबारदेखि सुचारु भएको हो ।  केही दिनदेखि वर्षा हुने क्रम रोकिएपछि सिस्ने गाउँपालिकाको पहलमा गाउँपालिकाको डोजर र टिपर..

    पहिरो पन्छाएसँगै ३४ घण्टापछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

    बुधबार, भाद्र २७, २०७५ साल
    चितवन, २७ भदौ  नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो ।  दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । बुधबार बिहान ११ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यससँगै १७ किलो, गाईघाट, घुमाउने, नौ किलोलगायत..

    नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन, आज नै दुईतर्फी सडक खुलाइने

    बुधबार, भाद्र २७, २०७५ साल
    रत्ननगर, २७ भदौ : अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि साँझदेखि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए  । उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो । दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले आजदेखि दुईतर्फी सडक खुलाइने..

    सहकारी र निजी सेवाप्रदायक आउन थालेपछि सुधार हुँदै सार्वजनिक यातायात

    मंगलवार, भाद्र २६, २०७५ साल
    ललितपुर, २६ भदौ अझैपनि साँघुरो भ्यानमा यात्रुलाई उभिएर यात्रा बाध्यता हटेकोे छैन । दुई जनाको सिटमा तीनजना कोचिएर बस्नुपर्ने यात्रुको बाध्यता हुन्छ । नयाँ यात्रुलाई आफू कहाँ पगियो भन्नेसम्म पनि जानकारी हुँदैन । चालक र सहचालकलाई कहाँ आइपुगियो भनी सोध्दा झर्किएर जवाफ दिन्छन् । यात्रु चढाउन जुनसुकै ठाउँमा पनि सवारी साधान रोक्छन् तर ओर्लने बेलामा भने चालककै खुशीमा झर्नुपर्छ ।  काठमाडौं उपत्यकाका..

    नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन दिनभर लाग्ने

    मंगलवार, भाद्र २६, २०७५ साल
    चितवन, २६ भदौ  नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन मंगलबार दिनभर लाग्ने भएको छ । सो स्थानमा मंगलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भने, “निकै ठूलो पहिरो छ, पन्छाउन दिनभर लाग्छ ।” सो ठाउँमा..

    नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध, पानी परिरहेकाले पहिरो पन्छाउन समस्या

    मंगलवार, भाद्र २६, २०७५ साल
    चितवन, २६ भदौ : नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो..

    सडक माथिबाट खसेको पहिरोका कारण वसन्तपुर–म्याङलुङ सडक अवरुद्ध

    सोमबार, भाद्र २५, २०७५ साल
    तेह्रथुम, २५ भदौ  सडक माथिबाट खसेको पहिरोका कारण कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको वसन्तपुर–म्याङ्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।  लालीगुराँस नगरपालिका–९ स्थित लसुने बजारनजिकै वाइन फ्याक्ट्री छेउमा सोमबार मध्यान्ह पहिरो खसेपछि म्याङ्लुङबाट सङ्खुवासभा, धनकुटा, काठमाडौँ र पूर्वी तराईका जिल्लातर्फ जाने सवारीसाधन चल्न सकेका छैनन् भने धरान र अन्य विभिन्न ठाउँबाट म्याङलुङका लागि छुटेका गाडी र यात्रु बाटोमै अलपत्र परेका छन् । पहिरोका कारण..

    बेंसीशहर–चामे सण्डक खण्ड अवरुद्ध, गाउँपालिकाका बासिन्दा समस्यामा

    सोमबार, भाद्र २५, २०७५ साल
    बेंसीशहर, २५ भदौ  आइतबार बेलुकादेखि लगातार परेको पानीका कारण आएको पहिराबाट हिमालपारिको जिल्ला मनाङ जाने सण्डकखण्ड अवरुद्ध भएको छ ।  बेंसीशहर नगरपालिका–६ बेलौतीबिसौना नजीकै उत्तिसघारी खरखरेमा पहिरो जाँदा बेंसीशहर–चामे सडक अवरुद्ध भएको हो । पहिराका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् ।  सदरमुकाम बेँसीशहरबाट तीन किलोमिटरमा रहेको खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीयवासी बताउँछन् ।..

    स्तरोन्नतिको कामले भोजपुरमा उडान सेवा अवरुद्ध, अझै २ हप्तासम्म उडान नहुने !

    आईतवार, भाद्र २४, २०७५ साल
    भोजपुर, २४ भदौ  एक महिना अघिदेखि जिल्लामा हवाइ सेवा सञ्चालन हुन सकेको छैन । जिल्लामा रहेको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो । लामो समयदेखि उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ भने आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको..

    अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौ ल्याइँदै

    आईतवार, भाद्र २४, २०७५ साल
    नुवाकोट, २४ भदौ : नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ ।  दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । शवलाई काठमाडौँ पठाउने तयारी रहेको छ ।  हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए ।..

    जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ

    बिहिवार, भाद्र २१, २०७५ साल
    बाँके, २१ भदौ  जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ । शहरी क्षेत्रको विस्तारका साथै सवारी साधनको चाप बढेकाले पनि सो कठिनाई सिर्जना भएको हो ।  जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्दी अभावकै कारण अहिले जिल्लाको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिकको..

    सवारी चालकलाई खुसिकाे खबर ! यी ठाउँहरुमा बन्दैछ आराम स्थल

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ बेलाबखत चालक निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ । सरकारले सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने उद्देश्यका साथ सात प्रदेशका १४ स्थानमा यस्ता आराम स्थल स्थापना गर्न लागेको हो । केही स्थानमा आराम स्थलहरु सञ्चालनमा..

    अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान हुने

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारीले विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको जानकारी दिएका हुन् ।  नेपाल पर्वतारोहण सङ्घले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनपछि धेरै परिवर्तन आएको छ, हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन शुरु..

    रुकुम पश्चिमको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द

    मंगलवार, भाद्र १९, २०७५ साल
    सुर्खेत, १९ भदौ   रुकुम पश्चिमको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।  गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबै भन्दा बढी बिरामी मर्कामा परेका छन् । नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीाट पठाइएका बिरामीलाई सास्ती हुने..

    बालकोट–सिरुटार सडकको कन्तबिजोग, अध्यक्षदेखि वडा सदस्यसम्म टुलुटुलु

    मंगलवार, भाद्र १९, २०७५ साल
    भक्तपुर, १९ भदौ  यसवर्षको वर्षा सकिन लागिसक्यो तर वर्षा अगावै सिध्याउनु्पर्ने सडक निर्माणका काम भने ज्यूँका त्यूँ छ । जनप्रतिनिधिले कार्यभार बहन गरेको वर्ष दिन बितिसक्दा पनि जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् ।  वडाका जनप्रतिनिधि आफै ओहोरदोहोर गर्ने सडकको कन्तबिजोग हेरेरै बसेका छन् । वर्षा अगावै निर्माण गर्नुपर्ने सडक ठकेदारको ढिलाइले भदौको दोस्रो साता बितिसक्दा पनि सम्पन्न नभएकाले सूर्यविनायक नगरपालिका–२ बालकोट..

    भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग खुला, गाडीहरु आफ्नो गन्तव्यतर्फ

    सोमबार, भाद्र १८, २०७५ साल
    रसुवा, १८ भदौ   धुञ्चेको त्रिशूली नदी नजीक यही भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्गमा यातायात पुनःसञ्चालन भएको छ ।  बीच बाटामा रोकिएका सयौँ मालवाहक कन्टेनर र ट्रक तथा पर्यटकीय गाडीहरु आफ्नो गन्तव्यतर्फ गएका छन् । अब गल्छी–रसुवागढी राजमार्गअन्गतर्ग टिमुरे, घट्टेखोला नजीकसम्म निर्बाध रुपले सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । रसुवागढी नजीक भीरमा सडक खुलाउने कार्य भने चलिरहेको छ । मङ्गलबार..

    काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटना न्यून

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ ।  सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४÷०७५ मा एक..

    यतीको विमान दुर्घटनाका कारण बन्द अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि सुचारु

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ : यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२   घण्टापछि सुचारु भएको छ ।  नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन ।  घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा सञ्चालनमा

    शनिबार, भाद्र १६, २०७५ साल
    काठमाडौँ, १६ भदौ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल शुक्रबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो ।  सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।  यसअघि..

    जोर विजोर प्रणाली : ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुली

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत अतिथिको आवागमनलाई सहज बनाउन जोर विजोर प्रणाली भदौ १३ गतेदेखि लागू भएको हो । यो प्रणालीका कारण..

    महँगिँदै निर्माण : विमानस्थल मुआब्जामै १४ अर्ब खर्च, त्रिभुवन विमानस्थलको नाफा कति ?

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा जग्गा प्राप्ति र मुआब्जा वितरणमा मात्रै रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार खर्च गरेको छ । चालू आवमा रु आठ अर्ब ५५ करोड २५ लाख जग्गा प्राप्तिका लागि विनियोजन गरिएको छ । यी..

    सप्तरीमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १७ जना घाइते, ३ को अवस्था गम्भीर

    बिहिवार, भाद्र १४, २०७५ साल
    राजविराज, १४ भदौ  सप्तरीमा बिहिबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ ।  पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । ..

    रुकुमको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द, बिरामी सारै मर्कामा

    बुधबार, भाद्र १३, २०७५ साल
    सुर्खेत, १३ भदौ  रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् ।  विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ । बिरामीलाई कच्ची सडक प्रयोग गरी उपचारका लागि सुर्खेत, नेपालगञ्ज..

    काठमाडौं उपत्यकामा आज बिजोर नम्बरका सवारीसाधन मात्र चल्न पाउने

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौं, भदौ १३ ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनका लागि बुधबारदेखि काठमाडौं उपत्यकामा जोर बिजोर अंकका आधारमा मात्र गाडी चल्न पाउने व्यवस्था लागू भएको छ । जसअनुसार आज बुधबार बिजोर नम्बरका सवारी साधनहरु मात्र चल्न पाउने भएका छन् ।  बुधबारदेखि र शुक्रबारसम्म सबै निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले..

    होशियार ! ट्राफिकजाममा फस्नुहोला, उपत्यकाका यी ठाउँमा आज यातायात बन्द

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  ट्राफिक प्रहरी महाशाखाले अबको केहि समयमा विषेश कारणवश राजधानीका प्रमुख मार्गमा यातायात प्रभावित हुने बताएको छ । प्रहरीले एक सूचना जारी गर्दै राजधानीका गौशाला, एयरपोर्ट, तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुने बताएको हो । प्रहरीले सो मार्ग भएर यात्रा गर्ने सबैलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । भदौ १४..

    बिमस्टेक सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश अनुमति [विज्ञप्ति सहित]

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । मंगलबारदेखि नै लागू हुने गरी यो अनुरोध गरिएको छ । विमानस्थलस्थित नेपाल प्रहरीका डिआइजी कमल जिटीका अनुसार बच्चा, गर्भवती र असक्तले मात्रै सहयोगी लिएर जान सक्नेछन् । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीद्वारा मंगलबार हस्ताक्षरित विज्ञप्तिमा विमानस्थलमा एक्लै..

    भत्किएको खुलामञ्च मर्मत सम्भारका लागि ४ दिनसम्म बन्द, सवारीसाधनमा जोर र बिजोर प्रणाली लागू

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।  वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले मंगलबारदेखि चार दिनका लागि बन्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । अरनिको राजमार्ग हुँदै खुलामञ्च आउने सवारीसाधनलाई कोटेश्वर, सातदोबाटो, कलङ्की हुँदै नयाँ बसपार्क जाने व्यवस्था..

    सवारी दुर्घटनामा १ को मृत्यु, ४ गम्भीर घाइते, टिपरको ठक्करबाट ज्यान गयो

    सोमबार, भाद्र ११, २०७५ साल
    भद्रपुर, ११ भदौ   पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी सोमबार बिहान एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई सोमबार बिहान ३ बजे सडकमै पल्टिएको थियो ।  दुर्घटनामा परी..

    काठमाडौँ उपत्यका : चालकको लापर्वाहीबाट ९० प्रतिशत बढी दुर्घटना

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ   काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दिएको जानकारीअनुसार कूल दुर्घटनाको ९० प्रतिशत भन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको हो । आर्थिक वर्ष २०७४-७५ मा भएको ६ हजार ३८१ दुर्घटनामध्ये चालकको लापर्वाहीले मात्र पाँच हजार ९६१ दुर्घटना भएको छ ।  यस्तै तीव्र गतिका कारण ७१, मादक पदार्थ सेवनले २२१, यान्त्रिक गडबडी..

    ककनीको चौतीसकिलोमा पहिरो गएपछि पासाङल्हामु राजमार्ग अवरुद्ध, सयौँ सवारी साधन अलपत्र

    शनिबार, भाद्र ९, २०७५ साल
    नुवाकोट, ९ भदौ : पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।  शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र पर्नुभएका एक यात्रु नवराज घिमिरेले जानकारी दिए । “माथिबाट डाँडै खसेको छ, ठूला–ठूला ढुङ्गा बगेर आएका कारण ५० मिटरजति सडक..
    Results 968: You are at page 20 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast