बुधबार, कार्तिक ६, २०७६

    यातायात

    यात्रुबाट असुलेकाे बढी भाडा फिर्ता गराउँदै प्रहरी

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडाैं, १६ असाेज । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार बुधबार एउटा माईक्रो बसका १७ जना यात्रुको बढी भाडा लिइएको रकम फिर्ता..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विमानको ‘रेकी’

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज ।  चिनियाँ राष्ट्रपति सी जिन पिङले यही महिनाको अन्तिम साता गर्ने नेपाल भ्रमणको तयारीका लागि चीनबाट आएको विशेष विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रेकी’ गरेको छ। बोइङ विमानको उडान र अवतरणमा आउन सक्ने सम्भावित प्राविधिक कमी–कमजोरीबारे चिनियाँ टोलीले पूर्वपरीक्षण गरेको हो। बुधबार दिउँसो बेइजिङबाट आएको एयर चाइनाको बोइङ ७४७–८०० सय विमानमा आएका अधिकारीले सुरक्षा र प्राविधिक पक्षको अनुगमन गरेको त्रिभुवन विमानस्थल..

    दशैँ मनाउनका लागि काठमाडौँबाट झण्डै १२ लाख यात्रु बाहिरिए

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौँ, १५ असोज   दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् ।    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् ।    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिनुभयो । उहाँका..

    बेइजिङबाट चिनियाँ विशेष टोली काठमाडौंमा, विमानस्थल २ घण्टा बन्द

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौं, १५ असाेज । चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण तयारीका लागि बेइजिङबाट विशेष टोली काठमाडौं आएको छ। बोइङ ७४७–८०० विमानमार्फत् चिनियाँ विशेष टोली अनुगमनका लागि काठमाडौं आइपुगेको हो।  विशेष टोली दिउँसो पौने २ बजे काठमाडौं उत्रिएसँगै २ घण्टाका लागि विमानस्थल बन्द गरिएको छ। आवश्यक सुरक्षा तयारीको अनुगमन र नेपाली अधिकारीहरुसँग परामर्शका लागि टोली काठमाडौं आएको हो। टोली अवतरण गरेसँगै विमानस्थल बन्द..

    दशैँको मुखमा ठगिँदै यात्रु : टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडौँ, १५ असोज । दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ । काठमाडौँबाट हेटौँडा जान लागेका एक यात्रुले ४५० लाग्ने भाडा ८०० तिरेर यात्रागर्न बाध्य भएको..

    गाडीवालाले भाडा बढी मागे ? अब १०३ मा फोन गर्नुस्

    बुधबार, असोज १५, २०७६ साल
    काठमाडाैं, १५ असाेज । दशैँ-तिहार लगायत चाडपर्वका समयमा बढी भाडा असुल्ने लामो तथा छोटो दुरीका सवारी साधनका व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने व्यवस्था  छ ।  चाडपर्वका बेला सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित प्रहरीलाई जानकारी गराउन सकिन्छ ।  लामो दुरीको गाडीका लागि टिकटमा कालोबजारी, नक्कली टिकट बिक्री, दोहोरो बिक्री, ट्याक्सीमा हुने ठगी लगायतका समस्या परेमा १०३..

    बैतडीका ग्रामीण सडक अवरुद्ध, घर फर्कनेको लर्को

    मंगलवार, असोज १४, २०७६ साल
    बैतडी, १४ असोज  दशैँ शुरु हुँदा वर्षा पनि शुरु भएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ । वर्षाका कारण अधिकांश ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् । जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो भएपछि महङ्गो भाडा तथा जोखिम मोलेर आवतजावत गर्न बाध्य हुनुपरेको स्थानीयवासीले बताएका छन् । विभिन्न ठाउँबाट दशैँं मनाउन आफ्नो..

    नेपाली जहाजले अष्ट्रेलियाका विभिन्न ७ गन्तव्यमा उडान भर्ने

    मंगलवार, असोज १४, २०७६ साल
    काठमाडौँ, १४ असोज ।    नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ ।   अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा आज नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाईसेवा सम्झौतामा प्रारम्भिक..

    दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती, वायुसेवा कम्पनी भन्छन् - टिकट सकियो

    सोमबार, असोज १३, २०७६ साल
    काठमाडौँ, १३ असोज    वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुलाई मुस्किल हुन्छ ।    हरेक वर्ष दशैँँ आउनासाथ राजधानी काठमाडौँलाई  कर्मथलो बनाएका लाखाँै नागरिक..

    काठमाडाैंबाट एक हप्तामै ८ लाख ३५ हजार यात्रु बाहिरिए

    सोमबार, असोज १३, २०७६ साल
    काठमाडौं, १३ असाेज । एक सातामा काठमाडाैंबाट आठ लाख ३५ हजार यात्रु बाहिरिएका छन् । दसैंको लागि अग्रिम टिकट बुकिङ खुलेको असोज पाँच गतेदेखि १२ गते आइतबारसम्म उपत्यकाका तीन जिल्लाबाट यी संख्यामा यात्रु दसैं मनाउन घर गएका हुन् । यस्तै पाँचदेखि ११ गतेसम्म ८० हजार ३४१ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने ८८ हजार ८० वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका..

    हट्यो नौविसे–नागढुंगा सडककाे जाम

    सोमबार, असोज १३, २०७६ साल
    काठमाडौं, १३ असाेज ।  घण्टाैं जाम हुने नौविसे–नागढुंगा सडकको सवारी जाम हटेको छ । जाम हटेर सवारी अनुगमन सामान्य रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोमबार विहान ६ बजेदेखि ८ बजेसम्म नागढुंगा नौविसेको अवस्था र सवारी साधनको गति सामान्य बनेको छ । त्यस्तै सडकको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहहरीले जाम नभएको र सवारी..

    एकै दिन १ लाख ५६ हजार यात्रु बाहिरिए

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौँ, १२ असोज । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०-२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए ।  यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाउनुभयो । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुपर्यो..

    बेइजिङलगायत शहरमा उडान भर्दै हिमालय एयरलाइन्स, लगानीकर्ता फेरिए : लोगो परिवर्तन

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौँ, १२ असोज   नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ ।   चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो । चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा..

    'राम-राम' नौबिसेको जाम, सडक मर्मत गर्न कठिन

    आईतवार, असोज १२, २०७६ साल
    चितवन, १२ असोज ।   त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ ।   डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताउनुहुन्छ । सडक मर्मत नगर्दा..

    जुम्लामा भएको जिप दुर्घटनामा १४ जना घाइते

    शनिबार, असोज ११, २०७६ साल
    खलङ्गा, ११ असोज जुम्लाको पातारासी गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जुम्ला बजारदेखि पातारासीको लासीबजारतर्फ जाँदै गरेको रा१ज ६२४ नंको जिप आज पातारासी–५ को पानीधारा लम्केनीमा दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिल्लीचौर प्रहरी चौकीका प्रहरी हवल्दार गणेश बोहोराले जानकारी दिनुभयो । जिपमा २५ जना सवार थिए । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान..

    प्रहरिले एक हप्तामै फिर्ता गर्‍याे हराएका १४ माेटरसाइकल

    शनिबार, असोज ११, २०७६ साल
    काठमाडाैं, ११ असाेज ।   ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोेलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १४ मोटरसाइकल फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो ।    महाशाखाले छेपा शेर्पा, अनिल भण्डारी, अभिषेक सापकोटा, विनोद सुवेदी, सुचेन्द्र श्रेष्ठ, अर्जुन राई, राजेन्द्रबाबु अर्याल, गोकुलप्रसाद महतो, जीतेन्द्र बस्नेत, सुपेन्द्र श्रेष्ठ, राजु लामा र कर्मा..

    घटस्थापनादेखि नै जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौँ, १० असोज वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।  सङ्घले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । ज्येष्ठ नागरिकले छुट पाउनका लागि सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा आई स्वयम्ले आफू विपन्न भएको व्यहोरा स्वघोषणा गर्नुपर्ने, ‘ट्रङ्क रुट’मा हवाई सेवा..

    सडकमा सवारी आवागमन सहज बनाउन गृहमन्त्रीको निर्देशन

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौँ १० असोज गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाई आवागमन सहज बनाउन निर्देशन दिनुभएको छ । चाडबाड नजिकिँदै जाँदा ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएको भन्दै उहाँले तत्काल जनताले महसुस हुने गरी जाम हटाउन सम्बद्ध पक्षलाई आज निर्देशन दिनुभएको हो ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री, महानगरीय ट्राफिक..

    दशैंले नेपाल वायुसेवा निगमलाई राहत, ओशाकाबाट आउँदा ह्वात्तै बढे यात्रु

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौं, १० असोज  ।  दशैंका लागि स्वदेश फर्किने बढी भएपछि नेपाल वायुसेवा निगमको ओशाका उडानमा अकुपेन्सी बढेको छ। यात्रुनै नपाएर उडान कटौती गरेको निगमको अक्टोबर ५  तारिखसम्म ९० प्रतिशत अकुपेन्सी छ । नेपाल वायुसेवा निगमको जापान उडानमा एकाएक अक्युपेन्सी बढेको छ । निगमले तयार पारेको टिकटीङ प्रणालिका अनुसार अक्टोबर पाँच तारिखसम्म ९० प्रतिशत अक्युपेन्सी रहेको छ ।  निगमको काठमाडौं-जापान उडान गर्ने यात्रुको..

    बसपछि सुन्दर यातायातको विद्युतीय ट्याक्सी सेवा, भाडा ३० प्रतिशत सस्तो

    शुक्रबार, असोज १०, २०७६ साल
    काठमाडौँ, १० असोज  काठमाडौंमा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालीले काठमाडौंमा विद्युतीय ट्याक्सी सेवा सञ्चालन गर्ने भएको छ । तिहारपछि १५ ओटा विद्युतीय ट्याक्सी चलाउने तयारी थालिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ‘दैसैपछि ट्याक्सी आइपुग्छ होला । प्राविधिक परिक्षण सकेर तिहारपछि ट्याक्सी संचालन गर्ने तयारी छ,’ उनले  भने। सुन्दरका ट्याक्सीमा भाडा अरु ट्याक्सी भन्दा ३० प्रतिशत सस्तो हुने उनले..

    नौबिसे-नागढुङ्गा सवारी जामका कारणले बिरामीको बाटोमै मृत्यु

    शुक्रबार, असोज १०, २०७६ साल
    धादिङ, १० असोज । त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पुर्याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।  रौतहटबाट काठमाडाँै आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा..

    सुकेटार विमानस्थलमा ३ महीनापछि उडान शुरु

    बिहिवार, असोज ९, २०७६ साल
    ताप्लेजुङ, ९ असोज हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महीनापछि उडान शुरु भएको छ । असार ४ गते यता उडान नभएको विमानस्थलमा आजदेखि उडान शुरु भएको हो ।  यसअघि मौसम खराबीका कारण उडान नभएको विमानस्थलमा मौसममा सुधारसँगै उडान शुरु भए पनि यात्रु अभावमा जहाज रित्तै फर्किएको छ । काठमाडौँबाट नौ जना यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको जहाज सुकेटारबाट यात्रु..

    चालक अनुमतिपत्र छपाइका लागि ४ लाख कार्ड आइपुग्यो

    बिहिवार, असोज ९, २०७६ साल
    काठमाडौँ, ९ असोज ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो ।  ‘ग्लोबल टेण्डर’ मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।  यसअघि विभागमा कार्ड थोरै मात्रै बाँकी रहेकाले र अहिले ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) को परीक्षण भइरहेकाले अहिलेसम्म थोरै सङ्ख्यामा छपाइ हुँदै..

    देशभर ५० ठाउँमा विद्युतीय सवारी साधनका चार्जिङ स्टेशन

    बिहिवार, असोज ९, २०७६ साल
    काठमाडाैं, ९ असाेज । देशभर ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण हुने भएकाे छ । सरकारले देशभरका ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण गर्ने योजना अघि सारेको हाे । नेपाल विद्युत प्राधिकरणले एउटा ठाउँमा तीन वटासम्म गाडी अट्ने गरी चार्जिङ स्टेशन बनाउने योजना बनाएकाे छ । त्यसको लागि मुख्य शहरभित्रका मूल सडक तथा मुख्य राजमार्गसँग जोडिएका जग्गा निशुल्क उपलब्ध गराउन पनि..

    ब्रुमर सञ्चालनको ५ महीना : सडकको अवस्था उस्तै

    बिहिवार, असोज ९, २०७६ साल
    काठमाडौँ, ९ असोज काठमाडौँ महानगरपालिकाले ब्रु्रमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन ।  सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले बु्रमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  कामपाले बु्रमर सञ्चालन गरेको पाँच महीना भयो, महानगरको सडकमा धुलो कम भएको छैन ।..

    लुक्लाबाट उडेको हेलिकोप्टर बनेपामा आकस्मिक अवतरण

    बिहिवार, असोज ९, २०७६ साल
    काठमाडौं, ९ असाज । सोलुखुम्बुको लुक्काबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण भएको छ । मौसममा आएको खराबीका कारण हेलिकोप्टर आकस्मिक अवतरण भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मौसममा केहि सुधार आएपछि उडान गरिने छ । यसअघि भदौ ३१ गते पनि खराब मौसमका कारण लुक्लाबाट उडेका ७ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गराइएका थिए ।..

    टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुुनासो यसपटक आउन दिन्नौँ– यातायात व्यवसायी

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडौँ, ८ असोज सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ ।   महासङ्घको प्रदेश नं ३ कार्यालयको आज कोटेश्वरमा उद्घाटनका अवसरमा अध्यक्ष होमप्रसाद अधिकारीले महासङ्घको लोगो अङ्कित निलो ट्रयाकसुुट लगाएका व्यक्तिसँग आधिकारिक काउन्टरबाट टिकट लिएमा..

    दुर्घटना न्यूनीकरण गर्न सडकमा ‘डमी ट्राफिक’

    बुधबार, असोज ८, २०७६ साल
    भद्रपुर, ८ असोज झापाको काँकडभिट्टादेखि गौरीगञ्जसम्मको सडकखण्डमा ट्राफिक प्रहरीको नमूना आकृतिको बोर्ड बनाएर ‘डमी ट्राफिक’ का रुपमा राखिएको छ ।  सडकमा हुने सवारी दुर्घटना कम गराउने उद्देश्यले जिल्लाका १९ स्थानमा सन्देशसहित डमी ट्राफिकको बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख होमप्रसाद अधिकारीले बताउनुभयो ।  उहाँले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि..

    थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने, प्रहरीद्वारा ४ पटकसम्म जाँच

    बुधबार, असोज ८, २०७६ साल
    काठमाडौँ, ८ असोज । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।   महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले..

    सवारीसाधनलाई प्रदेश २ छिचोल्न पाँच घण्टा २५ मिनेटको सीमा

    मंगलवार, असोज ७, २०७६ साल
    वीरगञ्ज, ७ असोज   बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं २ को ८ जिल्ला छिचोल्न पाँच घण्टा २५ मिनेटको समयसीमा तोकेको छ ।   आर्थिक वर्ष २०७६÷०७७ को साउन महीनामा मात्र ९२ वटा सवारी दुर्घटना भएकोमा ४५ जनाले ज्यान गुमाएपछि प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइमकार्ड’ लागू गरेको ट्राफिक प्रहरी..
    Results 1102: You are at page 2 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast