आईतवार, भाद्र २९, २०७६

    यातायात

    नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने, ५० ट्राफिक सादा पोशाकमा खटिए

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर  ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालेको छ ।  नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न शुरु गरिएको र पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिरे ।  उनका अनुसार यातायात व्यवस्था विभागसँगको समन्वयमा उक्त अभियान..

    ५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको कोटेश्वर-कलंकी खण्डको काम सकिदै

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौं, २५ मंसिर ।    राजधानीको चक्रपथ कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तारको काम आगामी शनिबारसम्म सकिने भएको छ ।    चीनले सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण गरेको छ । चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास बनाइएको छ । यसको फिनिसिङ पनि सकिएको छ ।   यो खण्ड विस्तार भएपछि चक्रपथको कलंकी कोटेश्वर खण्डमा मा हुने..

    यस्तो नि हुँदो रहेछ ... जब नेपाल वायुसेवा निगमले हवाई उडानको नक्सा बिर्सियो ….

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर नेपाल वायुसेवा निगमको आइतबार विहानको दुवई–काठमाडौं उडान ४ घण्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावहाकप्रति आत्मीयता राख्ने यात्रूकै विचल्ली भएको छ । दुवईको स्थानीय समयअनुसार विहान ४ बजे उडान भरी ९:४० मा काठमाडौँमा अवतरण गर्नुपर्ने थियो तर निगमको लापरवाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौं ओर्लिएको थियो । हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा..

    पञ्जीकरण नहने सवारी पुस १ देखि सडकमा गुड्न नपाउने, सिण्डिकेट हट्ने विश्वास

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मङ्सिर मसान्तसम्म यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् ।  उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८..

    मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, अर्का घाइते, मादक पदार्थ सेवनले ज्यान गयो !!

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङ्सिर काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।  टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नंको मोटरसाइकल चालक गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको उपचारका क्रममा मृत्यु भएको हो । गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती भने घाइते..

    बाकामलाङमा पहिलो पटक बस पुग्यो, स्थानीयमा खुशिको सिमै रहेन

    शुक्रबार, मंसिर २१, २०७५ साल
    बेझाड, २१ मङ्सिर पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।  रामपुर यातायात व्यवसायी समितिमार्फत लु५अ ५७९९ नंको बस पहिलो पटक गाउँमा पुगेको हो । गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नाका साथै स्थानीय आमा समूहले खुशीयालीमा झाँकीसमेत देखाएका थिए ।  गाउँमा पहिलो पटक बस भित्रिँदा निकै..

    विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बन्द ...

    बिहिवार, मंसिर २०, २०७५ साल
    काठमाडौँ, २० मङ्सिर सौर्य एयरलाइन्सको सम्पूर्ण उडान आज (बिहीबार)बाट बन्द भएको छ । एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि सबै उडान रद्ध गरेको हो। विमानस्थल कार्यालयले एयरलाइन्सले अहिलेसम्म ३ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको जनाएको छ । विमानस्थल कार्यालयले बिगत एक बर्षदेखि बक्यौता तिर्न पटक पटक म्याद दिंदै आएको थियो। त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सौर्य एयरलाइन्सले बक्यौता तिर्न अटेर..

    सवारी साधनको चाप धेरै भएपछि ट्राफिक व्यवस्थापन गर्दै ललितपुर महानगरपालिका

    बिहिवार, मंसिर २०, २०७५ साल
    ललितपुर, २० मङ्सिर  ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सुचीकृत यस स्थानमा सवारी साधनको चाप धेरै हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ ।  मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । दरबार क्षेत्र र आसपासमा पार्किङले यस क्षेत्रका सडक..

    नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने : मन्त्री अधिकारी

    बुधबार, मंसिर १९, २०७५ साल
    काठमाडौँ, १९ मङ्सिर  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् ।  हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्नुहुँदै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका हुन् । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई..

    ट्राफिक प्रहरी कार्यालयको सूचना : अब जथाभावी हर्न बजाउने चालकलाई कारबाही गरिने

    मंगलवार, मंसिर १८, २०७५ साल
    लमही, १८ मङ्सिर  ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ । आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिए ।  निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारवाही गरिएको छ । कारवाहीमा परेकाबाट जनही रु ५०० का दरले रु १६..

    सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडक मर्मत आजबाट, ३ दिन बन्द हुने जानकारी

    सोमबार, मंसिर १७, २०७५ साल
    बुटवल, १७ मंसिर  सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने भएको छ । आजदेखि  मंसिर १९ गतेसम्म  बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म  सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमन प्रभावित हुने भएको हो । तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढंगा फुटाएर हटाउनुपर्ने भएकाले सवारी भन्द गरिएको हो । अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधनलाई भने यो नियम लागू..

    धादिङमा बस र मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

    आईतवार, मंसिर १६, २०७५ साल
    धादिङ, १६ मङ्सिर  पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका– ६ दशकिलोमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल पछाडि बसेका ४२ वर्षीया धनकुमारी भण्डारी रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको..

    पाल्पा–बुटवल सडकखण्डमा यात्रा गदै हुनुहुन्छ ? स्तरोन्नतिका लागि यही १७ गतेदेखि १९ गतेसम्म बन्द हुने

    शनिबार, मंसिर १५, २०७५ साल
    पाल्पा, १५ मङ्सिर  पाल्पा–बुटवल सडक स्तरोन्नतिका लागि मङ्सिर १७ गतेदेखि १९ गतेसम्म बन्द हुने भएको छ ।  बुटवल–पाल्पा सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाको दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा दैनिक सडक बन्द हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द हुने भएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए ।  बिरामी बोकेका एम्बुलेन्सबाहेक अन्य सवारीसाधन छ..

    फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना नै उपयुक्त रहेको सेनाको ठहर, खोकनाबासी झन् 'फाएर'

    शुक्रबार, मंसिर १४, २०७५ साल
    काठमाडौँ, १४ मङ्सिर नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै उपयुक्त भएको बताएको छ । पूरातात्विक सम्पदा क्वदेश, श्रीकाली मन्दिर मासिने भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि फास्ट ट्रयाकमा खोकनाको विकल्प खोजिएको थियो । जनप्रतिनिधिले समेत स्थानीयबासीको मागलाई समर्थन गर्दै फर्सिडोललाई प्रस्थान विन्दूका रुपमा अघि सारेका थिए । तर, सेनाले फर्सिडोललाई प्रस्थान विन्दु बनाउँदा राजधानीबाट एक घन्टामा तराई पुग्न सम्भव..

    चौतर्फी विरोधपछि गृह मन्त्रालयको निर्देशनमा उपत्यकामा लागू जोरबिजोर प्रणाली हट्यो

    शुक्रबार, मंसिर १४, २०७५ साल
    काठमाडौँ, १४ मङ्सिर  काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ ।  गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली शुक्रबार बिहान ११ः३० बजेदेखि हटाएको हो । मङ्सिर १३ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना गरिएको एशिया प्रशान्त सम्मेलनमा भागलिन विभिन्न देशका सरकार प्रमुखहरुको आगमनका समय ट्राफिक व्यवस्थालाई सहज गर्न सो प्रणाली लागू गरिएकोमा सरकारको..

    काठमाडौँ महानगरपालिका : विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने

    बिहिवार, मंसिर १३, २०७५ साल
    काठमाडौंँ १३ मङ्सिर  काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ ।  यातायात व्यवसायीसँग बिहिबार भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको औंल्याए । उनले भने, “विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएका छौं, त्यसका लागि सबै पक्षसँग सहकार्य गरेर वातावरणमैत्री यातायात सेवा सञ्चालनमा प्रोत्साहन..

    फेरी गरियो ‘अनावश्यक’ जोर–बिजोर प्रणाली, सास्ती दिएको भन्दै यात्रुद्वारा सरकारको आलोचना

    बिहिवार, मंसिर १३, २०७५ साल
    काठमाडौँ, १३ मङ्सिर सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लगाएको छ । बिहीबार बिजोर नम्बर प्लेटका सवारी चलेका छन् । तर, यसबाट यात्रुले चरम सास्ती भोगेका छन् । सडकमा गाडी कुरिरहेका यात्रुको भीड बाक्लो छ । तर, सरकारी अधिकारीले यसलाई बेवास्ता गरेका छन् । घन्टौं कुर्दा पनि गाडी नपाएपछि यात्रुहरुले..

    काठमाडौँ उपत्यकामा चल्ने यातायातमा ४ दिनका लागि ‘जोर-बिजोर’ प्रणाली लागू

    बुधबार, मंसिर १२, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर : एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ ।  अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसअघि एक सूचना जारी गरी जानकारी दिएको छ ।  गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही..

    नेपाल—चीन व्यापार : पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानीमा कडाइ

    मंगलवार, मंसिर ११, २०७५ साल
    रसुवा, ११ मङ्सिर  नेपाल—चीनबीच व्यापार व्यवसाय सञ्चालन भइरहेको पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानी गर्ने काम अगाडि बढेको छ ।  जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार व्यापार व्यवसायका नाउँबाट गैह्रकानुनी क्रियाकलाप गरी विदेशी मुद्रा अपचलन गर्न थालेको पाइएपछि ठाउँठाउँको चौकीबाट हुने नियमित जाँचको अलावा राजमार्गका विभिन्न भागमा समेत गस्तीको माध्यमबाट निगरानी कामलाई तीव्रता दिएको हो ।  प्रहरी गस्तीले गोसाइँकुण्ड गाउँपालिका वडा नं ६..

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने

    सोमबार, मंसिर १०, २०७५ साल
    काठमाडौँ, १० मङ्सिर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियाको अनियमितबारे सर्बत्र चर्चा पाइरहेका बेला निगम स्वयंले भने आन्तरिक व्यवस्थापन र सेवा सुदृढीकरणलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ ।  जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तालुकदार मन्त्रालय र निगम पदाधिकारीसँग छलफल गरिसकेको..

    बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोको नमोबुद्धमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

    सोमबार, मंसिर १०, २०७५ साल
    बनेपा, मङ्सिर १० बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चकोटमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काठमाडौँबाट भकुण्डेतर्फ गइरहेको को २८ प १३१४ नं को मोटरसाइकल अर्को सवारी साधनसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ जिल्ला सानोपोखरा–७ बस्ने वर्ष ३९ को पूर्णबहादुर मगर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु..

    यही पुसभित्रै ‘जयनगर-कुर्था’ रेल सञ्चालन हुने, भारतबाटै रेल खरिद, नेपालपक्षबाट मूल्य स्वीकार

    सोमबार, मंसिर १०, २०७५ साल
    धनुषा, ९ मङ्सिर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् ।  जनकपुरमा आयोजना हुने रामजानकी विवाहपञ्चमी महोत्सवका अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने र जनकपुर–जयनगर रेल्वे उद्घाटन गर्ने कुरामा कुनै किसिमको सत्यता नरहेको मन्त्री महासेठले स्पष्ट पारे । मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया..

    व्यवसायीले मागेकै रुट दिँदा काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन अस्तव्यस्त

    आईतवार, मंसिर ९, २०७५ साल
    ललितपुर, ९ मङ्सिर  सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौं उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी शाखाले जनाएको छ ।  सार्वजनिक सवारीलाई गत वर्षसम्म यातायात व्यवसायी महासङ्घले रुटको अनुमति दिँदै आएको थियो । गतवर्ष सरकारले सार्वजनिक सवारी..

    प्रदूषण जाँचबिनै गुड्छन् गाडी, अधिकांश ड्राइभिङ सेन्टर मापदण्ड विपरीत

    आईतवार, मंसिर ९, २०७५ साल
    बाँके, ९ मङ्सिर  सार्वजनिक तथा निजी गाडीले हरेक वर्ष प्रदूषण जाँच गराउनुपर्ने व्यवस्था छ । तर, सरकारी उदासिनता र गाडी चालक तथा गाडी मालिकको लापरवाहीले यस क्षेत्रमा गुड्ने शतप्रतिशत गाडीको प्रदूषण जाँच हुँदैन । गाडीले अनिवार्यरुपमा प्रदूषण जाँच गराउनुपर्ने प्रावधान भए पनि यसको पालना हुन सकेको छैन ।  प्रदूषण जाँच र कारवाहीको व्यवस्था नहुँदा भेरी यातायात कार्यालयबाट जाँचपास गरी हरियो स्टिकर लिनेको..

    मिथिलाञ्चलमा दिदीबहिनीको प्रेमको प्रतीक मानिने सामा चकेवा पर्व सम्पन्न

    शुक्रबार, मंसिर ७, २०७५ साल
    गौशाला, ७ मङ्सिर  मिथिलञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व गएराति सम्पन्न भएको छ । कात्तिक पञ्चमीका दिनदेखि शुरु भई १० दिनसम्म चलेको सामा चकेवा पर्व एघारौ दिन अर्थात पूर्णिमाको राति (गएराति) धुमधामका साथ विभिन्न नदी, पोखरी तथा ताल तलैयामा गएर सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन भएको छ ।  दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरी, बुहारी तथा महिलाले..

    डडेलधुरा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, १४ जनाको सनाखत (सूचीसहित)

    शुक्रबार, मंसिर ७, २०७५ साल
    डडेल्धुरा,  ७ मङ्सिर  डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार साँझ बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस बिहीबार दुर्घटना  हुँदा १८ को ज्यान गएको हो । दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको..

    गौतमबुद्ध विमानस्थलको काम युद्धस्तरमा अघि बढ्दै, आगामी जेठभित्र उडानयोग्य हुने !

    बिहिवार, मंसिर ६, २०७५ साल
    भैरहवा, ६ मङ्सिर राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ ।  हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रेको काम भइरहेको छ । सो विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार करीब एक किमी धावनमार्गमा पहिलो चरणको कालोपत्रे सम्पन्न भएको छ । यही गतिमा काम भएको खण्डमा आगामी ४५ दिनभित्र पहिलो चरणको कालोपत्रे काम सकिनेछ । धावनमार्गमा तीन तहको कालोपत्रे..

    अवैध उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रण गर्न खोलामै पुगे जनप्रतिनिधि

    बिहिवार, मंसिर ६, २०७५ साल
    नारायणपुर, ६ मङ्सिर दाङका खोला तथा नदीबाट अवैधरुपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्र्याक्टर नियन्त्रण गर्न थालेका छन् ।  जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेल खोलामै पुगेर अवैधरुपले ढुङ्गाजन्य वस्तु उत्खनन गरेर ओसारपसारमा संलग्न रहेका आठ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएका हुन् । प्रमुख र उपप्रमुखको दुई छुट्टाछुट्टै टोली बनाएर..

    नेपाल–चीन तातोपानीको बाटो सञ्चालन गर्ने सरकारको तयारी, जेठसम्म नाका खुल्ने दाबी

    बुधबार, मंसिर ५, २०७५ साल
    काठमाडौं, ५ मंसिर ।  नेपाल–चीन तातोपानी नाका आगामी जेठसम्ममा सञ्चालन गर्ने तयारी भएको छ । विनाशकारी भूकम्पपछि बन्द रहेको यस सडक सञ्चालन गर्न दुवै देशले कामलाई तीव्रता दिएका छन् । साढे तीन वर्षदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउन सडक विभागले सडक मर्मत–सम्भार र पुनस्र्थापनाका लागि चाँडै टेण्डर गर्दैछ । यो टेण्डर प्रक्रिया टुंग्याएर जतिसक्दो छिटो सडकमार्ग मर्मत गरिने भौतिक पूर्वाधार तथा..

    बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक ८ घण्टा बन्द, यस्तो छ समयसिमा !

    मंगलवार, मंसिर ४, २०७५ साल
    म्याग्दी, ४ मङ्सिर  जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन थालेको छ ।  भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको बेनीदेखि लेतेसम्ममा सवारीसाधन सञ्चालनका लागि समय तालीका लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवस्थापन समितिको बैठकले सडक स्तरोन्नतिका लागि सवारीसाधन बन्द र..
    Results 1023: You are at page 18 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast