शनिबार, कार्तिक २, २०७६

    यातायात

    मदन भण्डारी लोकमार्गले रोल्पालाई समेत जोड्ने

    शुक्रबार, चैत्र १, २०७५ साल
    रोल्पा, १ चैत  कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक योजना तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो ।  सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग घोषणा गर्दा प्यूठान, दाङ, सुर्खेत हुँदै जाने बताएको थियो । लोकमार्गको संशोधित डिजाइनअुनसार अब गुल्मी,..

    ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन हुँदै ,प्रबिधी र कर्मचारी छनोट प्रक्रिया सुरु

    बिहिवार, फागुन ३०, २०७५ साल
    धनुषा, ३० फागुन  वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि..

    थप सात सडक कालोपत्रेका लागि छनोट

    बिहिवार, फागुन ३०, २०७५ साल
    पर्वत, ३० फागुन ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) कार्यक्रमअन्तर्गत कालोपत्रेका लागि जिल्लाका सात सडक छनोट भएका छन् ।  एशियाली विकास बैंकको सहयोगमा ती सडकको १०० किलोमिटरभन्दा बढी भाग कालोपत्रे हुने भएको हो । पर्वतमा ६० किलोमिटर मात्रै सडक कालोपत्रे गर्न लागिएकामा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको पहलमा करिव ११० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।  सङ्घीय..

    अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने निगमको तयारी

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, २९ फागुन : जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ ।  विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सङ्ख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले जनाएको छ । पहिलो चरणमा २७ किलोलिटर क्षमताका चार वटा रिफ्युलर खरीद गर्न बोलपत्र आह्वान भइसकेको र प्रक्रिया..

    पहिरोका कारण अवरुद्ध भेरी करिडोर सञ्चालनमा

    बुधबार, फागुन २९, २०७५ साल
    डोल्पा, २९ फागुन  पहिरोका कारण दुई साता अघिदेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।  डोल्पा र रुकुम पश्चिम जिल्लाको सिमानामा पर्ने खदाङ्–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि दुई सातापछि सो सडकखण्ड सञ्चालनमा आएको हो । पहिरो हटाउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो ।  सडक सञ्चालनमा आएपछि यात्रु, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको त्रिपुरासुन्दरी नगरपालिका–५ का जयकृष्ण..

    जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले ७ हजार कर्मचारी हटाउने

    बुधबार, फागुन २९, २०७५ साल
    फ्राङ्कफर्ट, २९ फागुन  जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ ।  कम्पनीले कटौतीमा पर्ने कामदार कर्मचारीलाई अवकाश सुविधाको अवसर प्रदान गरिने जनाएको छ ।  भक्सवागनले दिगो प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न पनि कर्मचारी कटौती गर्नु परेको स्पष्ट गरेको छ । एक अनुमान अनुसार आगामी वर्षहरुमा अवकाशका..

    तेस्रो पटक थपियो सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ, २९ फागुन सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका यातायात समितिलाई कम्पनीमा जाने समय तीन महीना थपिएको छ ।  सङ्घीय संसद्का दुवै सदनबाट नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएपछि समितिलाई कम्पनीमा जाने अवधि थपिएको हो । कम्पनी ऐन, २०६३ को दफा ९ मा संशोधन भएपछि तीन महीना थप..

    मोटरसाइकललाई ठक्कर दिई बस पल्टिँदा २ को मृत्यु, ७ यात्रु घाइते

    बुधबार, फागुन २९, २०७५ साल
    लहान, २९ फागुन  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ निवासी ६५..

    नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन  नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ ।  प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले राससलाई..

    जन्ती बस दुर्घटनामा २ को मृत्यु १७ जना घाइते

    मंगलवार, फागुन २८, २०७५ साल
    हेटौँडा, २८ फागुन  मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ ।  दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको..

    सिंगापुरद्वारा बोइङ ७ सय ३७ म्याक्स उडान स्थगित

    मंगलवार, फागुन २८, २०७५ साल
    सिंगापुर, २८ फागुन  सिंगापुरको नागरिक उड्डयन एजेन्सीले आफ्नो देशको आकाशमा बोइङ ७३७ म्याक्सको उडानलाई निषेध गरेको छ । छ महिनाको अवधिभित्रै ७३७ म्याक्स मोडेलका दुईवटा विमान उड्नासाथ दुर्घटना भएपछि सिंगापुरले उक्त कदम चालेको जनाएको छ ।  यसै साता इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स जहाज इथियोपियाको राजधानी आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट सबै १५७ जना यात्रु र चालक..

    जथाभावी पार्किङ गर्ने १ हजार ५ सय ४८ सवारी साधनमा ‘ह्वील लक’

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी..

    चालक र यात्रुको सहजका लागि कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधार

    आईतवार, फागुन २६, २०७५ साल
    ललितपुर, २६ फागुन कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ ।  चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ । सो सडकमा कुन कुन कुरा यात्रु र चालकका लागि सहज छैन भनेर पहिचान भइसकेको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बतउनुभयो ।  आकाशेपुल निर्माणको काम..

    नियमित उडानमा कटौतीले यात्रु मर्कामा

    आईतवार, फागुन २६, २०७५ साल
    राजविराज, २६ फागुन  सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महीना नबित्दै श्री एयरलायन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ । हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन दिनमा पु¥याइएपछि यात्रुलाई समस्या हुने गरेको पाइएको छ ।  हप्ताको मङ्गलबार र शनिबार बाहेक पाँच दिन काठमाडाँंैबाट एउटा उडान राजविराज विमानस्थल आएको श्री एयरलायन्सले पछिल्लो समय नियमित उडानमा दुई दिन कटौती..

    विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै सरकार

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन सरकारले आर्थिक वर्ष २०८०÷८१ सम्म विद्युतीय सवारीसाधनको संवद्र्धनलाई अभियानात्मक रूपमा अगाडि बढाउने लक्ष्यका साथ जलविद्युत् क्षेत्रको नीति तय गरेको छ ।  राष्ट्रिय योजना आयोगले तयार पारेको आर्थिक वर्ष २०७६÷७७ देखि आव २०८०÷८१ सम्म विद्युत्बाट सञ्चालित सवारीसाधनको प्रवद्र्धन गर्ने र आवश्यक महसुलसमेत तय गरी शहरी क्षेत्रमा विद्युतीय सवारीसाधन सञ्चालन गरिने उल्लेख छ । पेट्रोलियम पदार्थको आयात वार्षिकरूपमा बढ्दै जाँदा व्यापार..

    सिन्डिकेट रहित यातायातका बसहरुमा अब पत्रकारलाई पनि विद्यार्थी सरह छुट

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन सिन्डिकेटरहित यातायात कम्पनीहरु मिलेर बनेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सञ्चारकर्मिहरुलाई महासंघ अन्तर्गत सञ्चालन हुने बसहरुमा विद्यार्थीसरह सहुलियत दिने घोषणा गरेको छ ।  आज राजधानीको भृकुटिमण्डपस्थित रिपोटर्स क्लबमा भएको पत्रकार सम्मेलन तथा अन्तरक्रियामा महासंघका महासचिव गणेश उप्रेतिले १९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् । सो प्रतिबद्धता पत्रमा उपभोक्ताहरुलाई सुरक्षित, गुणस्तरिय, अत्याधुनिक र सर्वसुलभ यातायात सेवा..

    प्रधानमन्त्री ओली चढेको विमान ‘होल्ड’ भएकोबारे अनुसन्धान हुने

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौं, २३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली चढेको यतिको विमानलाई मंगलबार अवतरणका क्रममा आकाशमा होल्ड गरिएकोबारे छानविन हुने भएको छ । सो बेला प्रधानमन्त्री बिरामी समेत भएकाले जहाज होल्ड गरिएको विषयलाई अझै बढी गम्भीर रुपमा लिइएको बताइएको छ । सहसचिव सुरेश आचार्यको संयजकत्वमा यसबारे छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति नै गठन गरेको छ । यसअघि झापाबाट फर्किने क्रममा..

    सिण्डिकेट अन्त्यको घोषणा भएपनि ‘व्यवहारमा कायमै’

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका छन् ।  सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले मंगलबार यहाँ आयोजना गरेका ‘नेपालमा सिण्डिकेटरहित यातायत सेवाको आवश्यकता र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी व्यावसायीले व्यवहारतः अहिले पनि सिण्डिकेट कायम रहेको जिकिर गरे । पेशागत हकहित र मर्यादालाई संस्थागत..

    कलङ्की–कोटेश्वर सडकमा टहरा नहट्दा ‘सर्भिस ट्र्याक’ निर्माण अवरुद्ध

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  सडक छेउमा रहेका टहरा हटाउन नसक्दा कलङ्की–कोटेश्वर सडकको विभिन्न स्थानमा ‘सर्भिस ट्र्याक’ बन्न सकेको छैन । सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्नका लागि बनाइएको ‘सर्भिस ट्र्याक’ बन्न नसक्दा चक्रपथ छिर्न कठीन भएको चालक बताउँछन् ।  महालक्ष्मीस्थान, धोबीघाट, बालकुमारी, ग्वार्काेलगायतका स्थानमा सडक मापदण्डभित्रै रहेका टहरा हट्न नसकेको चक्रपथ सुधार योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार..

    काठमाडौँको छाउनीमा भएको सडक दुर्घटनामा परी १ व्यक्तिको मृत्यु

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन काठमाडौँ महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।  आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौँका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको..

    वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने पक्का

    सोमबार, फागुन २०, २०७५ साल
    धनुषा, २० फागुन  वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुर्याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।  रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताउनुभयो । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने..

    शिवरात्रीका लागि यस्तो छ ट्राफिक व्यवस्थापन, यी रुटमा प्रवेश निषेध !

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ ।  महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगङ्गाबाट गौशालाका..

    नेपालको छिमेकी बन्दरगाहमा पहुँच - भारत र चीनसँगको सम्बन्ध बराबरीमा

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन  नेपालले छिमेकी बन्दरगाहमा पहुँच स्थापित गर्ने भएको छ । चीनका नेपाललाई जुनसुकै बन्दरगाह प्रयोग गर्नसक्ने आश्वासन दिएपछि नेपाली भूमिबाट नजिक पर्ने चार बन्दरगाह उपयोगमा ल्याउने तयारी भएको हो । चीनतर्फका सबै बन्दरगाह नेपाली भूमिबाट तीन हजार पाँच सय किलोमिटर टाढा छन् । नेपालले छिमेकी भारत र चीनका चारचार सामुद्रिक बन्दरगाहमा पहुँच स्थापित गर्न प्रक्रिया अघि बढाएको छ । चीनका चार..

    बदमासी गर्ने दर्जनौं ट्याक्सी चालकलाई कारवाही, यात्रुलाई ठगेको गुनासो

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १८ फागुन : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।  भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो । महाशाखाका अनुसार ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको छ । सबै ट्याक्सी चालकले ठगी..

    विकास भनेकै निकास, उपमहानगरमै छैन सडक सञ्जाल

    शुक्रबार, फागुन १७, २०७५ साल
    नारायणपुर, १७ फागुन  दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो ।  अहिले टाकुरा गाउँमा पहिलो पटक गाडी पुगेको छ । घोराही स्यूजा सडक खण्डको पुरुङछेडाबाट करीब पाँच किलोमिटर सडक बनाई टाकुरा गाउँको जेमुरेसम्म..

    सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? यहाँ चालक यस्ता भेटिए ..

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाडौँ, १६ फागुन  काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र असरल्ल सुन्तला, बदामका बोक्रा, पानीका बोतल र धुलो । यात्रुले भोग्ने प्राय समस्या यिनै हुन् ।  तर बिहिबार काठमाडौ भक्तपुर रुटमा गाडी चलाउने एउटा यस्ता चालक भेटिए जो..

    तारा र यती एयरलाइन्सका सञ्चालकको मुत्यु, शुक्रबार सेवा बन्द रहने

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाडौं, १६ फागुन  यती एयरलाइन्स र तारा एयरले कम्पनीका सञ्‍चालक तथा प्रबन्ध निर्देशकको शोकमा  शुक्रबार कुनै पनि उाडान नगर्ने भएका छन् । दुवै कम्पनीका सञ्चालक आङछिरिङ शेर्पाको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा ज्यान गएको थियो । उनको शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले तयारी गरिरहेका बेला कम्पनीले पनि शोकमा सेवा बन्द गर्ने निर्णय गरेको हो । हेलिकोप्टर दुर्घटनामा परेका शेर्पासहित सातै जनाको शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको..

    कालिका यातायातको सेवा शुरु, २५ वटा अटो सञ्चालनमा

    बिहिवार, फागुन १६, २०७५ साल
    दमौली, १६ फागुन  गण्डकी प्रदेशको पहिलो यातायात कम्पनीको रुपमा दर्ता भएको पवित्र कालिका यातायात प्रालिले बिहिबारदेखि आफ्नो सेवा शुरु गरेको छ ।  तनहुँ व्यास नगरपालिका–१ गल्वुबेशी चोकमा प्रधान कार्यालय रहेको कम्पनीले पहिलो चरणमा २५ वटा अटो सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक हरिचन्द्र हड्खलेले बताउनुभयो ।  उहाँका अनुसार पहिलो चरणमा व्यास नगरपालिका क्षेत्रमा २५ अटो सञ्चालन गरिएको र त्यसपछि क्रमशः कालो प्लेटका बस र ट्रकहरु..

    ललितपुरमा आकाशेपुलको अभाव, ‘जेब्राक्रसिङ’बाट बाटो काट्न कठिन

    बिहिवार, फागुन १६, २०७५ साल
    ललितपुर, १६ फागुन  गाबहालका सृजन महर्जन कुपण्डोलमा बाटो काट्नकै लागि दैनिक १५-२० मिनेटसम्म कुर्ने गर्नुहुन्छ ।  सवारीको साधनको अत्यधिक चाप भएको यस ठाउँमा ‘जेब्राक्रसिङ’ बाट बाटो काट्न कठिन भएको उहाँ बताउनुहुन्छ । कुपण्डोलकै एउटा सहकारीमा कार्यरत उहाँ कहिलेकाहीँ हतारिएर बाटो काट्ने गर्नुहुन्छ । यसरी बाटो काट्दा कति पटक सवारीसाधनसंग ठोक्किनु भएका महर्जन भन्नुहुन्छ, “अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन ।”  एक दशकयता सडकमा..

    हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदै

    बिहिवार, फागुन १६, २०७५ साल
    सुकेटार, १६ फागुन : नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ ।  बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी..
    Results 1097: You are at page 16 of 37
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 Next Last
    Weather Forecast