यातायात
शुक्रबार, जेष्ठ १०, २०७६ साल

लहान, १० जेठ ।
सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौँ हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी..
बिहिवार, जेष्ठ ९, २०७६ साल

काठमाडौं, ९ जेठ
नेपालका लागि चीनका राजदूत होऊ यान्छीले भौगोलिक विकटताका कारण नेपालमा रेल ल्याउन अत्यन्त जटील रहेको भन्दै दुई–तीन वर्षमै यो कार्य सम्भव नहुने स्पष्ट पारेकी छिन्।
यस्ता परियोजना निर्माणका लागि वैज्ञानिक दृष्टिकोण जरुरी रहेको देखाईएको छ । दूतावासद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएकी हुन् ।
भूकम्पले क्षति पुर्याएको तातोपानी नाकालाई पुरानै अवस्थामा फर्काउन निकै मेहनेत गरिएको उनले जनाएकी..
बिहिवार, जेष्ठ ९, २०७६ साल
.jpg)
उर्लाबारी, ९ जेठ
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी भित्री सडकखण्डमा टिपरको ठक्करबाट बिहिबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ४३५५ नंको टिपरले विपरीत दिशाबाट जाँदै गरेको को५प ५५०० नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान..
बिहिवार, जेष्ठ ९, २०७६ साल
.jpg)
काठमाडौँ, ९ जेठ ।
नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहकको हितलाई दृष्टिगत गर्दै एक्स्चेञ्ज योजना अघि सारेको छ । विश्व विख्यात टिभीएस कम्पनीका मोटरसाईकल तथा स्कूटर नेपालमा पनि अत्याधिक रुचाइएका छन् ।
विभिन्न आकर्षक मोडल तथा पावर इन्जिनमा उपलब्ध मोटरसाईकल तथा स्कूटर अब ग्राहकले पुरानो तान्न छाडेर नयाँ हाक्न पाउने गरी जगदम्बा मोटर्सद्वारा एक्स्चेञ्ज अफर टिभीएस..
बुधबार, जेष्ठ ८, २०७६ साल

कास्की, ८ जेठ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बुधबारदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो ।
सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले सिधा बस सेवा सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल..
बुधबार, जेष्ठ ८, २०७६ साल

काठमाडौँ, ८ जेठ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ ।
विभागले विसं २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा..
मंगलवार, जेष्ठ ७, २०७६ साल

काठमाडौँ, ७ जेठ
अहिलेसम्म हेर्दा विद्युतीय सवारी साधनको क्षेत्रमा चीनले ठूलो अग्रता लिएको छ । सन् २०१८ को तथ्यांकअनुसार उसले जति प्रगति गरेको छ बाँकी विश्वले त्यहाँसम्म पुग्न अझै धेरै वर्ष संघर्ष गर्नुपर्नेछ ।
अमेरिकाको अर्थ विश्लेषक कम्पनी ब्लुम्बर्गले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षसम्म विश्वमा ४ लाख २५ हजार विद्युतीय सार्वजनिक सवारी अस्तित्वमा आएका छन् । ती मध्ये ४ लाख २१..
सोमबार, जेष्ठ ६, २०७६ साल

काठमाडौँ, ६ जेठ ।
ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न पाउने व्यवस्था गर्न लागेको जानकारी..
आईतवार, जेष्ठ ५, २०७६ साल

काठमाडौँ, ५ जेठ
काठमाडौँ उपत्यकामा मोटरसाइकलमा पछाडि बस्ने यात्रीहरुका लागि पनि हेल्मेट अनिवार्य लगाउनुपर्ने व्यवस्था ट्राफिक प्रहरीले फेरि गर्ने तयारी गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि सिटमा चढ्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ ।
पछाडि बस्ने यात्रीहरुले हेल्मेट नलगाएका कारण दुर्घटना बढेको तथ्यांकपछि ट्राफिक प्रहरी कार्यालयले पछाडि बस्ने चालकका पनि हेल्मेटको व्यवस्था गर्न लागेको हो..
आईतवार, जेष्ठ ५, २०७६ साल

धादिङ, ५ जेठ ।
झापाको काँकडभट्टिाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आईतबार बहिान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन् । मृत्यु भएका चारजनाको..
आईतवार, जेष्ठ ५, २०७६ साल

काठमाडौँ, ५ जेठ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो ।
महासङ्घले आईतबार सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को..
आईतवार, जेष्ठ ५, २०७६ साल

धादिङ, ५ जेठ ।
झापाको काँकडभट्टिाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादङिमा आईतबार बहिान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
दुर्घटनामा २९ घाइते भएको जल्लिा ट्राफकि प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नरिीक्षक हेमराज घमिरिेले जानकारी दनिुभएको छ ।
मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल..
शुक्रबार, जेष्ठ ३, २०७६ साल

काठमाडौँ, ३ जेठ ।
महालक्ष्मीस्थानस्थित एक क्लिनिकमा कार्यरत चापागाउँकी मनिता न्यौपानले केही महीना पहिले जागिर छाड्नुभयो । राति ८ बजेसम्म काम गर्नुपर्ने भए पनि त्यहाँबाट घर फर्कन नियमितरूपमा बस नपाउँदा उहाँले जागिर नै छाड्नुपरेको हो ।
पहिले त्यस क्लिनिकमा काम गर्दा कहिले बस नपाएर ट्याक्सीमा त कहिले मोटरसाइकलमा ‘लिफ्ट’ मागेर जाने गरेको न्यौपानेले बताउनुभयो । रातको समयमा नचिनेको मान्छेसँग हिँड्न सुरक्षित महसुस नभएको..
बिहिवार, जेष्ठ २, २०७६ साल

सुर्खेत, २ जेठ ।
२०२२ सालमा स्थापना गरिएको सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका दुर्गम हिमाली तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा यात्रु तथा खाद्यान्न ओसारपसारका लागि दैनिक दुई दर्जन बढी उडानहरु हुँदै आएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको विमानस्थलमा विगत एक वर्षदेखि ४७ सिटे जहाज भन्दा साना जहाजमात्रै उडान र अवतरण गर्दै आएका छन् ।
सुर्खेतमा त्यसभन्दा ठूला जहाज अवतरण गराउन नसकिने भएपछि धावनमार्ग थप..
बिहिवार, जेष्ठ २, २०७६ साल

चितवन, २ जेठ ।
पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे (घरबास) रहेका छन् ।
सो विमानस्थलसमेत हेर्दै आउनुभएका नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार सरोकारवाला निकायले मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएका छन् । गौतमले..
बुधबार, जेष्ठ १, २०७६ साल

ललितपुर, १ जेठ ।
चापागाउँमा ६ दिनदेखि यातायात सेवा बन्द छ । स्थानीयवासीले सडक मर्मतको माग गर्दै सो यातायात सेवा बन्द गराएका हुन् ।
सडक विस्तार आयोजनाले समयमै चापागाउँ–सातदोबाटो सडकखण्ड मर्मत नगर्दा स्थानीयवासीले धुलो, हिलो र धुवाँको समस्या खेप्दै आएका छन् । ‘धुवाँ, धुलो अति भो, ठेक्का दिएको कति भो, समय हेर्यौँ पटक पटक, पछि हट्दैनांँै हामी यो पटक’ नाराका साथ चापागाउँवासीले..
मंगलवार, बैशाख ३१, २०७६ साल

काठमाडौं, ३१ वैशाख ।
पछिल्लो समय भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करीको संख्यामा वृद्धि भएसँगै भारतले नेपालीहरु माथि अध्यागमन पार गर्न कडाइ गर्दै आएको छ ।
भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई एनओसी बनाउन भन्दै..
मंगलवार, बैशाख ३१, २०७६ साल

काठमाडौँ, ३१ वैशाख
तपाईले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ ।
चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाईको मोटरसाइकल भेटिने सम्भावना कम छ । काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा..
मंगलवार, बैशाख ३१, २०७६ साल

राँझा, ३१ वैशाख
कैलाश मानसरोवर जाने तीर्थयात्रीको हवाईयात्रा सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयले पहल गरेको छ । हवाईयात्रा सुरक्षित र व्यवस्थित गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरले बताउनुभयो ।
नेपालगञ्ज र हुम्ला विमानस्थलमा तीर्थयात्रीको सुविधमा ध्यान पु¥याउन कार्यालयले कम्पनीलाई निर्देशन दिएको छ । “कैलाश मानसरोवर जाने तीर्थयात्रुलाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा अलग्गै भवन बनाउँदै..
मंगलवार, बैशाख ३१, २०७६ साल

एजेन्सी, ३१ वैशाख
विश्वको सबैभन्दा तीव्र गतिमा कुद्ने बुलेट ट्रेनको परीक्षण जापानले सुरु गरिसकेको छ । ४०० किलोमिटर प्रति घण्टाको रफ्तारको क्षमता भएको सो रेलको निर्माणसँगै यात्राका साधनहरुको क्रान्तिकारी विकास जारी रहेको छ । शुक्रबार मात्र (एफएफए–एक्स), अल्फा–एक्स भर्जनको सिन्कनसेन ट्रेन तीनवर्षको निर्माणपछि पहिलो परीक्षणका लागि सञ्चालनमा आएको हो ।
यसरी परीक्षणपछि पूर्ण रुपमा तयार भइसक्दा २०३० सम्ममा सो रेल सञ्चालनमा आइसक्नेछ..
सोमबार, बैशाख ३०, २०७६ साल

काठमाडौं, ३० बैशाख
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट जापान उडान निश्चित भएसँगै टिकट बुकिङ खुला भएको छ ।
जापानको ओसाका उडानका लागि आइतबारदेखि टिकट बुकिङ खुला गरिएको छ । निगमले असार १९ देखि सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्ने भएको हो ।
निगमले असार १९ गतेदेखि जापानको ओसाकामा उडान गर्ने निश्चित भएसँगै टिकट..
सोमबार, बैशाख ३०, २०७६ साल

बेनी, ३० वैशाख ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार यस सडक निर्माणको गति सुस्त भएपछि आयोजनामाथि चौतर्फी दबाब बढेको छ ।
दुई ठूला मुलुक एउटै करिडोर :
दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनीदेखि जोमसोमसम्म कालोपत्र र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति..
आईतवार, बैशाख २९, २०७६ साल

पोखरा, २९ वैशाख ।
पोखरादेखि भारतको देहरादुनसम्म सिधा यात्रुवाहक बस सेवा सञ्चालन हुने भएको छ ।
पृथ्वी राजमार्ग बस सेवा समितिद्वारा आगामी जेठ ८ गतेदेखि बस सेवा सञ्चालन गरिने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
सो अवसरमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साईले मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले सातामा एक दिन बुधबार बस सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले पोखरादेखि खुलेको..
शनिबार, बैशाख २८, २०७६ साल

ललितपुर, २८ वैशाख ।
यात्रु र सवारीचालकले रातको समयमा समेत सहज रूपमा हिँड्ने वातावरण बनाउन ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो ।
सडकबत्ती जडानले स्थानीयवासीसँगै यहाँ घुम्न आउने विदेशी पर्यटकलाई समेत सुविधा हुने महानगरले जनाएको छ । चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित..
बिहिवार, बैशाख २६, २०७६ साल

काठमाडौँ, २६ वैशाख ।
पछिल्लो २४ घण्टाको विवरण हेर्दा मुलुकभरका वनजङ्गलमध्ये एक हजार ६७० स्थानमा डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाएको तस्बीरमा नेपालका ३५ जिल्लामा आगलागी भएको देखिएको हो । जसमध्ये सबैभन्दा बढी कैलालीमा ४१७ स्थानमा वन डढेलो लागेको देखिएको छ ।
नासाको उक्त तस्बीरका आधारमा हेर्दा कञ्चनपुरमा १९१, डडेल्धुरमा १८८, दाङमा १७५, सुर्खेतमा १४६, बर्र्दियामा १३३,..
बिहिवार, बैशाख २६, २०७६ साल

साँखु, २६ वैशाख ।
लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् ।
पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धँुवाधुलोबाट मुक्त हुनुपर्यो ।
विगत चार वर्षदेखि सडक धुलाम्मे..
बुधबार, बैशाख २५, २०७६ साल

बेनी, २५ बैशाख ।
सदरमुकाम बेनीबाट १५ जना यात्रु बोकेर तोरीपानीतर्फ गइरहेको ना५ख ५७२४ नम्बरको बस बुधवार साँझ ५ बजे बेनी नगरपालिका–९ भुतादैला नजिकबाट तल खस्दा सवार सबै यात्रु घाइते भएका छन् ।
दुर्घटनाका सबै घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल पुगेका ट्राफिक प्रहरीका अनुसार साँधुरो सडकबाट बस पल्टिएको हो ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये बेनी-९ का..
बुधबार, बैशाख २५, २०७६ साल

काठमाडौँ, २५ वैशाख ।
ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३ मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण दिएको हो ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो..
मंगलवार, बैशाख २४, २०७६ साल

पोखरा, २४ वैशाख ।
पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ बजे अल्ट्रालाइट जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लेर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी गराउनुभएको छ ।
सो जाइरोकोप्टर विमानका चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए । उहाँहरु दुवैजना सकुशल हुनुहुन्छ..
मंगलवार, बैशाख २४, २०७६ साल

काठमाडौँ, २४ वैशाख ।
काठमाडौँको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो ।
काठमाडौँका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान छनोट गरेर ट्राफिक बत्ती जडान भइरहेको सडक विभागले जनाएको छ । यसअघि ट्राफिक बत्ती भएर पनि बिग्रिएका ठाउँमा..
Results 1187: You are at page 15 of 40