आईतवार, भाद्र १, २०७६

    यातायात

    यातायात र बजार बन्द, देउवा नेतृत्व सरकारदेखि अहिलेसम्म नागरिक आन्दोलित

    शुक्रबार, माघ १८, २०७५ साल
    रुकुम (पूर्व), १८ माघ  रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठप्प पारेको यातायात व्यवसायी समितिका अध्यक्ष मुलमान बुढाले बताउनुभयो ।  रुकुमकोटमा बिहानैदेखि यातायातका साधन चल्न दिइएको छैन । जसले गर्दा रुकुमकोट भित्रिने र बाहिरिने यात्रु अलपत्र परेका छन् । यसैगरी बजार..

    आरएनएभी र रनवे लाइटको कमाल ! बुद्धको रात्रिकालीन परीक्षण उडान सफल

    बिहिवार, माघ १७, २०७५ साल
    काठमाडौँ, १६ माघ  निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुधबार रात्रिकालीन परीक्षण उडान गरेको छ ।  कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको बुधबार एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको..

    हिमपातका कारण बन्द रसुवागढी नाका खुला, कन्टेनरहरु चिनियाँँ भू–भागबाट नेपाल प्रवेश

    बुधबार, माघ १६, २०७५ साल
    रसुवा, १६ माघ केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा बुधबारदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।  केरुङ्गबाट सामान बोकेर आएको ट्रक तथा कन्टेनर मितेरी पुलबाट आजदेखि नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले जानकारी दिनुभयो ।  बीस ट्रक तथा कन्टेनर चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गरिसेकेको र करीब ६० कन्टेनर मितेरी पुल नजिक चिनियाँँ भू–भागबाट नेपाल प्रवेश..

    चक्रपथको डिजाइन चीन सरकारको हातमा, अब पहिलो खण्डमा भएको त्रुटि नदोहोरीने

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौं, १६ माघ ।  सडक विभागले अब विस्तारको काम हुने कलंकी-बालाजु-महाराजगञ्ज सडक खण्डमा पहिलो खण्डको जस्तो प्राविधिक त्रुटि नहोस् भनेर डिजाइ नै वैज्ञानिक बनाइदिन आग्रह गरेको छ । सरकारले चक्रपथको पहिलो खण्डमा भएको त्रुटि दोस्रो खण्डमा सच्याउन पहल गरेको छ ।  कलंकी-बालाजु-महाराजगञ्ज खण्ड विस्तारको लागि सडक विभाग अहिले चीन सरकारले बनाउने डिजाइन कुरिरहेको छ ।  चक्रपथको डिजाइन चीन सरकारले नै गर्छ, पहिलो खण्डमा चीनले..

    सिद्धिचरण राजमार्ग फेरि अवरुद्ध, बीच बाटोमै यात्रु, ४ फिटसम्म सिसाझैँ हिउँ

    मंगलवार, माघ १५, २०७५ साल
    ओखलढुङ्गा, १५ माघ  ओखलढुङ्गा र सोेलुखुम्बुको सिमानामा पर्ने ठाडे–पत्तालेमा बाक्लो हिउँ जमेका कारण सिद्धिचरण राजमार्ग फेरि अवरुद्ध भएको छ ।  हिउँका कारण अवरुद्ध सडक सञ्चालन भएको तीन दिन नबित्दै फेरि हिउँ परेपछि सडक अवरुद्ध भएको हो । हिउँ सिसाझैँ जमेका कारण सवारी सञ्चालनमा समस्या आएको चालक सुवास खड्काले बताउनुभयो । निरन्तर बर्सात र हिउँ पर्न थालेपछि सोलुखुम्बु हिँडेका दर्जनौँ यात्रुवाहक तथा मालवाहक..

    यूएस-बाङ्ग्ला विमान दुर्घटना : बाङ्ग्लादेशमा किन भयो नेपालले गरेको छानबिनको आलोचना ?

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ गत वर्ष त्रिभुवन विमानस्थलमा भएको यूएस-बाङ्ग्ला विमान दुर्घटनाबारे नेपाल सरकारबाट गठित छानबिन समितिको प्रतिवेदनको बाङ्ग्लादेशका नागरिक उड्डयन अधिकारीहरूले आलोचना गरेका छन् । उनीहरूले बाङ्ग्लादेशका विमानचालकको मात्रै दोष देखाइएको र त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण कक्षका कर्मचारीको गल्ती नऔँल्याइएको भन्दै छानबिन आयोगको आलोचना गरेका हुन् । सन् २०१८ को मार्च १२ को दिनमा ढाकाबाट आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरण..

    ‘हाउमच’ अभियान : यात्रु ठग्ने उपत्यकाका ६७ ट्याक्सी चालकलाई कारबाही

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौं, १४ माघ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।  उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ । महाशाखाबाट खटिइएका टोलीले यात्रुसँग बार्गेनिक गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सीलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । त्यस्तै..

    चीन सरकारद्वारा कोटेश्वर–कलङ्की सडक नेपाललाई हस्तान्तरण, दोस्रो चरणको काम शुरु हुदै

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौँ, १४ माघ  चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।  खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आज आयोजित ‘चिनियाँ सहयोगको निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हउ याङ्चीले साँचो दिँदै सो सडक हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँहरुले संयुक्तरुपमा सडकको उद्घाटन पनि गर्नुभएको..

    बिहानैदेखि अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, भिजिबिलिटी बढ्दै गयो

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १३ माघ  मौसममा आएको खराबीसँगै अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।  काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो ।  बिहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएकोमा केहिबेरअघिसम्म १० वटा जेट इन्जिन विमान उडान भएका थिए । तर अहिले पुनः भिजिबिलिटी कम हुँदा सबै उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।  विमानस्थलका..

    शुक्रबारदेखि हिमपातले अवरुद्ध ७ पहाडी जिल्लाका यातायात सञ्चालन

    आईतवार, माघ १३, २०७५ साल
    अमरगढी, १३ माघ : शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात अब खुलेको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।  राजमार्गमा जमेको हिउँ हटाउन..

    सरकारले सातदोबाटो–नारायणगोपाल जोड्ने मेट्रो रेल बनाउदै, विश्वव्यापी बोलपत्र आह्वान !

    बिहिवार, माघ १०, २०७५ साल
    काठमाडौँ, १० माघ  सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले आज विश्वव्यापी बोलपत्र आह्वान गरेको छ ।  विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभागमा प्रवक्ता अमन चित्रकारले राससलाई जानकारी..

    सडकमा ४ फिटसम्म हिउँ जमेपछि २ दिनदेखि राजमार्ग अवरुद्ध, ४ दिनदेखि अन्धकारमा बासिन्दा

    बिहिवार, माघ १०, २०७५ साल
    बैतडी, १० माघ  :  मंगलबारदेखि निरन्तर भएको हिमपात हुँदा सडकमा बाक्लो हिउँ जमेको छ । हिउँ जमेकाले दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र भिमदत्त राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हिमपातले बैतडी, बझाङ र डडेल्धुराका राजमार्गहरु दुई दिनदेखि  अवरुद्ध छन् । बैतडीको अनारखोली, खोडपे, डडेल्धुराको भालुमारे, हगुल्टे साहुँखर्क र बझाङको देउलेक, बित्थडलगायतका क्षेत्रका सडकमा चार फिटसम्म हिउँ जमेको प्रहरी नायब उपरीक्षक..

    आफुखुशी जोडिएका गाडीको सिट निकाल्दै ट्राफिक, स्थानीयवासी खुशी

    मंगलवार, माघ ८, २०७५ साल
    डोटी, ८ माघ  जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि लामो दूरीका गाडीले आफूखुशी जोडेका सिट हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय..

    हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध, डोजर मगाइ सडक खुलाउने तयारी

    मंगलवार, माघ ८, २०७५ साल
    अमरगढी, ८ माघ :  डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ ।  दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउले बजारलगायत क्षेत्रमा करीब चार इन्च बाक्लो हिउँ जमेको छ ।  राजमार्गमा जमेको हिउँ..

    बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा

    आईतवार, माघ ६, २०७५ साल
    गलकोट, ६ माघ  बागलुङ जिल्लाको दोस्रो व्यापारिक शहर बुर्तिवाङदेखि काठमाडौँसम्मका लागि सिधा माइक्रो बस सेवा सञ्चालनमा आएको छ । बागलुङदेखि बुर्तिवाङसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नति भएसँगै यातयात सेवा विस्तार गर्ने क्रम बढिरहेको छ ।  धौलागिरि अञ्चल बस व्यवसायी समिति र बागलुङ भगवती यातायात सेवाले सिधा माइक्रो बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बुर्तिवाङबाट काठमाडौँ र काठमाडौंबाट बुर्तिबाङका लागि दुई-दुईवटा दिवा माइक्रो..

    अनलाइनमार्फत बस टिकट काट्नेको सङ्ख्या बढ्दो, सेवाग्राहीले थप सुविधा

    शुक्रबार, माघ ४, २०७५ साल
    काठमाडौँ, ४ माघ  अनलाइनमार्फत बसको टिकट काट्न सकिने सेवा शुरू भएपछि यसतर्फ यात्रुको आकर्षण बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगबाट पछिल्ला दिनमा सेवाग्राहीले थप सुविधा प्राप्त गर्दै आएका छन् ।  अनलाइनमार्फत बसको टिकट काट्न सकिने प्रविधि निर्माण गरेको बससेवा डटकमका अनुसार अहिले दैनिक करीब ५०० जनाले अनलाइनमार्फत नै बसको टिकट काटेर यात्रा गरिरहेका छन् ।  बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले..

    चीनसँग जोडिएको तातोपानी नाकाको समयमै काम सक्न निर्देशन, २ देशका प्रतिनिधिलेगरे अनुगमन

    बिहिवार, माघ ३, २०७५ साल
    काठमाडौं, ३ माघ  चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् ।  नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले बिहिबार तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले जानकारी दिनुभयो । “मे १८ मा उक्त नाका खोल्न सकिन्छ कि ? सकिँदैन..

    पर्वत बस दुर्घटना अपडेट : ७ को मृत्यु, ४ जनाको सनाखत [नामसहित]

    बिहिवार, माघ ३, २०७५ साल
    पोखरा, ३ माघ  पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएकामा चार जनाको सनाखत भएको छ ।  सो दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी..

    पर्वत बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, ३१ जना घाइते, २ को अवस्था गम्भीर

    बिहिवार, माघ ३, २०७५ साल
    गलकोट, ३ माघ  म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।  घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई..

    टुटल-पठाओ बहस : कानुन बनाऊ, प्रतिबन्ध नलगाऊ ! कसरी लिन सकिन्छ सेवा ?

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ प्रतिवर्ष पाँच लाख भन्दा बढी युवाहरु अरब खाडी लगायत विदेश जान्छन्, नेपालबाट कामको खोजीमा। उनीहरु नेपालमा आफ्नो भविष्य देख्दैनन् या यहाँ भन्दा बाहिर रोजगारीको राम्रो वातावरण देख्छन् । आफ्नो गन्तब्यमा पुग्ने वैकल्पिक यातायातको रुपमा अहिले मोबाइल एपमार्फत मोटरसाइकलमा सशुल्क यात्रु ओसार्ने टुटल र पठाओ लोकप्रिय हुदै छ । पछिल्लोपटक ट्राफिक प्रहरीले टुटल र पठाओको माध्यमबाट सेवा दिने मोटरसाइकल धनिलाई..

    पर्यटनमन्त्री भारतमा : उडान सुरक्षाको मूल्याङ्कन र हवाई मार्गबारे कुराकानी हुने

    मंगलवार, माघ १, २०७५ साल
    काठमाडौँ, १ माघ  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।  जनवरी १५ देखि १६ सम्म आयोजना हुने उक्त समिटमा सहभागी हुन मन्त्री अधिकारी सोमबार साँझ भारत जानुभएको उहाँको निजी सचिवालयले जनाएको छ । मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव..

    नियमविपरीत यात्रु बोक्ने ४ वटा मोटरसाइकल कारवाहीमा, सबैलाई जरिवाना

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ ।  उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३–०२–००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही..

    रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा १ को मृत्यु, १२ घाइते, प्रहरीद्वारा उद्धार

    सोमबार, पौष ३०, २०७५ साल
    रोल्पा, ३० पुस  रोल्पामा जिप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ भने १२ जना घाइते छन् । दुर्घटनामा २१ वर्षीया सञ्जु बुढामगरकाे मृत्यु भएकाे हाे । घाइतेमध्ये एकजनाकाे अवस्था चिन्ताजनक छ । निशा रोकामगरकी ९ महिने छोरीको अवस्था चिन्ताजनक रहेकाे प्रहरीले बताएकाे छ । सदरमुकाम लिबाङबाट मिरुल टुटु जाँदै गरेको लु १ ज ३३३२ नम्बरको जिप सोमबार दिउसो सडकबाट खोलामा खसेको हो ।  परिवर्तन..

    ५८ दिनदेखि मलेसियामा रहेको निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइँदै

    सोमबार, पौष ३०, २०७५ साल
    काठमाडौँ, ३० पुस मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ ।  निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो । मर्मतका क्रममा सि–डक्टमा पनि समस्या आएपछि मर्मतका लागि थप समय लागेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।  उहाँका अनुसार बोइङ ल्याउन..

    आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवाको भाडा घट्यो !

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौं, २७ पुस  सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको थियो । नेपाल आयल निगमले आन्तरिक वायुसेवा प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवाले पनि भाडा घटाएका छन् ।  आन्तरिक वायुसेवा कम्पनीले कम्तिमा ९० रुपैयाँदेखि बढीमा ४४० रुपैयाँसम्मले हवाई भाडा घटाएको स्रोतले जनाएको छ।  संघले माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११..

    जाजरकोट–डोल्पा मोटरबाटो ट्र्याक खुलेपछि जापानी चामल बिक्री गर्न कम मूल्य प्रस्ताव

    बिहिवार, पौष २६, २०७५ साल
    जाजरकोट, २६ पुस  जाजरकोट–डोल्पा मोटरबाटो ट्र्याक खुलेपछि डोल्पामा दैनिक उपभोग्य सामग्रीमा मुल्य घटेसँगै चामलको मूल्य पनि घटेको छ ।   यातायातको पहुँच बढेसँगै बजारमा पाइने चामलको मूल्य घटेपछि नेपाल खाद्य संस्थानको चामल महँगो भएको भन्दै नबिकेपछि संस्थानले नयाँ मूल्य निर्धारण गर्न केन्द्रसँग प्रस्ताव गरेको छ । जाजरकोट–दुनै मोटरबाटोको धेरै खण्डमा ट्र्याक खुलिसकेको छ ।  सुम्पानीदेखि दुनैसम्म मोटरबाटोको ट्र्याक खोल्ने कार्य सोमबारबाट शुरु भइसकेकाले ढुवानी..

    काठमाडौँ–टोकियो सिधा हवाई सेवा सञ्चालन गर्न बाटो खुल्यो, दुवै देशबीच सहमति [फोटोमा हेर्नुस्]

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस : करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।  जापानका परराष्ट्रमन्त्री कोनोले काठमाडौँ र टोकियो चाँडोभन्दा चाँडो हवाई सम्पर्कबाट जोडिने विश्वास व्यक्त गर्दै त्यसले जापानी पर्यटक..

    यातायात विभागका पूर्वमहानिर्देशकले १ करोड ४३ लाख भष्टाचार गरेको अख्तियारको ठहर

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, पुस २५  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिवमा कार्यरत हुनुहुन्छ । सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धमा छानविन गर्दा रु एक करोड ३४ लाख..

    आकाशे पुल हुँदा-हुँदै सडकबाटै बाटो काट्छन् पैदल यात्री ! कामपाले थाल्यो यस्तो कार्यक्रम..

    बुधबार, पौष २५, २०७५ साल
    काठमाडौँ, २५ पुस  काठमाडौँ महानगरपालिकाले नागरिकलाई आकाशे पुलको प्रयोग गराउनका लागि सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । गत आइतबारबाट अभियानकै रुपमा शुरु गरेको कार्यक्रमअन्तर्गत आकाशे पुलको प्रयोग प्रवद्र्धन गर्न अभियान थालेको हो ।  आकाशे पुल हुँदाहुँदै मूल सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको खतरा बढेपछि अभियान चलाइएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी गराउनुभयो । कादम्बरी मेमोरियल कलेजका विद्यार्थीको सहभागिता र ट्राफिक प्रहरी महाशाखासँगको..

    हुम्लामा अत्यधिक हिमपात हुँदा हवाईसेवा ठप्प, जनजीवन कष्टकर, स्थानीयवासी आगो ताप्दै

    सोमबार, पौष २३, २०७५ साल
    हुम्ला, २२ पुस  शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध छ ।  हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि लगातार हिँउ परिरहेको स्थानीयवासी लोकेन्द्र बोहराले बताउनुभयो । एक मात्र यातायात सेवाका रुपमा रहेको हवाईसेवा बन्द हुँदा यात्रु मारमा परेका छन् ।  हिउँ परेपछि कर्मचारी तथा स्थानीयवासी आगो तापेर बस्न बाध्य छन् । सरकारी..
    Results 968: You are at page 14 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast