शुक्रबार, मंसिर २०, २०७६

    यातायात

    नेपालको कुरा सुनेर चीन आश्चर्यचकित, अब आउँछ त रेल ?

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीप्रति चीनले असन्तुष्टि जनाएको छ। केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लगि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन्।  उनको आबयसँग मेल खानेगरी चिनियाँ पक्षले बेइजिङमा नेपाली प्रतिनिधि मण्डलसामु असन्तुष्टि जनाएको हो। नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौथो द्विपक्षीइ सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न..

    घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

    शनिबार, आषाढ ७, २०७६ साल
    धरान, ७ असार   घुस लिँदै गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पदम कटुवाललाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।   उनलाई आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले रु सात हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । दाजुभाइमा घरायसी विवाद हुँदा विपक्षीलाई पक्राउ गर्ने  नाममा कटुवालले घुस मागेपछि पीडितले अख्तियारमा खबर गरेका थिए..

    माडी–भरतपुर सडक खुल्यो, ठोरी सडक अझै खुल्न सकेन

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार   अविरल वर्षाका कारण बिहानैदेखि अवरुद्ध चितवनको भरतपुर–माडी सडक सञ्चालनमा आए पनि माडीदेखि पर्साको ठोरी जोड्ने सडक भने अझै खुल्न सकेको छैन ।   इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार ठोरीबाट भरतपुरका लागि छुटेका यातयातका साधन बगई खोला तर्न नसके पनि ठोरीतर्फ फर्काइएको छ । बाढीका कारण सडक बिग्रिएकाले ठोरी–माडी सडक कहिले सञ्चालन हुन्छ भन्ने यकिन नभएको उहाँले..

    लगातारको वर्षाका कारण भरतपुरका सबै उडान रद्द

    शनिबार, आषाढ ७, २०७६ साल
    भरतपुर, ७ असार लगातारको वर्षाका कारण आज भरतपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार ‘भिजीबिलिटी’ नपुगेका कारण उडान अवरुद्ध भएका हुन् ।  उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रबन्धक केशव लम्सालले जानकारी दिनुभयो । “उडानका लागि भिजीबिलिटी पाँच हजार मिटर हुनुपर्छ”, उहाँले भन्नुभयो, “आज एक हजारदेखि दुई हजारसम्म मात्र..

    कोटेश्वर-कलङ्की चक्रपथ खण्डमा सडक सौन्दर्यकरणका लागि बिरुवा रोपिने

    शनिबार, आषाढ ७, २०७६ साल
    काठमाडौँ, ७ असार वन तथा भू–संरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्म करीब १० किलोमिटर खण्डमा सडक सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्डमा चीनको इतिहास र संस्कृतिसँग जोडिएको ‘गिन्को बाइलोवा’का रुख रोपन गर्नुका साथै असारे, कामिनी, तेजपात, कल्कीफूल, जाकाराण्डा, करवीरलगायत प्रजातिका करीब तीन हजार ५००..

    उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ, फुटपाथ तथा सडक पार्किङ पनि हट्यो

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका ३२ स्थानमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणअन्तर्गत तीनमहिने कार्ययोजनानुसार सुकेधारा, गौशाला, धुम्बाराही, चप्पलकारखाना, शङ्खपार्क, स्टार अस्पताल, धोविघाट, सुन्धारा, महाँकाल, त्रिचन्द्र क्याम्पस, जयनेपालमा जेब्राक्रसिङ निर्माण तथा मर्मत गरेको हो । यस्तै, कृष्णपाउरोटी, रणोदीप, विश्वज्योति, गैरीधारा, माइतीघर, नयाँ बानेश्वर चोक, कमलपोखरी, सिटी सेन्टर, ल्होत्से, ज्ञानेश्वर,..

    सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार, सहचालक भन्छन् - भनेको नमान्ने भए झर्नू

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु प¥यो ।  सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उहाँलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका थिए । केही समय विवादपछि उहाँ ढोलाहिटीमा झरेर अर्काे बसमा चढेर घर जानुभयो ।  महर्जन बिहान..

    धादिङमा जीप दुर्घटना, ५ जनाको मृत्यु, १० घाइते [नामावलीसहित]

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौं, ६ असार । धादिङको गल्छी गाउँपालिका- ६ स्थित बाझगाउँमा भएको बोलेरो जीप दुर्घटना मृत्यु हुनेको संख्या ५ पुगेको छ। गल्छी गाउँपालिका-५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।  दुर्घटनामा गल्छी गाउँपालिका-६ का २५ वर्षीय नानु तामाङ, ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका- ४ का ३८ वर्षीय सेते मिजार र..

    विद्युतीय बस सञ्चालन प्रक्रिया अलपत्र, किन पछि हटे व्यवसायी ?

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौं, ६ असार । सरकारी अन्यौलका कारण अहिलेसम्म पनि विद्युतीय बस चल्न नसक्दा सरोकारवालाहरु यसबारे चिन्तित बन्न थालेका छन् । गत कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका विद्युतीय बस सरकारी अन्यौलकै कारण अझै सञ्चालनमा आउन नसकेको हो ।  बस सञ्चालन गर्नेबारे स्वयम् सरकारले नै कुनै निर्णय नगर्दा ती बस के गर्ने भन्ने अन्यौल उत्पन्न भएको हो । कम्पनी जुनसुकै प्राविधिक..

    रेल ल्याउन नेपाललाई हतार तर चीनले भन्यो– रेलका लागि नेपालको तयारी पुगेन

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ। बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो।    चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ।..

    सार्वजनिक बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० घाइते

    बिहिवार, आषाढ ५, २०७६ साल
    साँखु, ५ असार ।  गोकर्णेश्वर नगरपालिका–४ इटी चोकमा बिहिबार दिउँसो १ बजे सार्वजनिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सुन्दरीजलबट रत्नपार्क जाँदै गरेको बा१ख ८७४४ नंको बस दुर्घटना हुँदा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बसमा सवार अन्य २० जना घाइते भएको र उनीहरुको उपचार जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी..

    शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने

    बिहिवार, आषाढ ५, २०७६ साल
    सुर्खेत, ५ असार सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडाँैका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिनुभयो ।  यसै..

    गोताखोरले पनि जिपमा सवार यात्रु भेट्टाउन सकेन, शोकमा हुम्ला [फोटोसहित]

    बिहिवार, आषाढ ५, २०७६ साल
    हुम्ला, ५ असार । भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जिप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जिप दुर्घटना भएको छ ।  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु१ज ७१६६ नंको जिपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोरसहित सशस्त्र प्रहरी बल निरीक्षक..

    गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौँ, ४ असार  गुठी विधेयकको विरोधमा गुठीयारहरुले गरेको प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।आन्दोलनकारीहरु सहरका विभिन्न स्थानबाट जुलुससहित माइतीघर केन्द्रीत हुँदा यातायात प्रभावित भएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माईतीघर मण्डलमा गुठी विधेकको विषयलाई लिएर भइरहेको कार्यक्रमका कारण उक्त स्थान हुँदै गुडने सवारी साधनलाई डाइभर्सन गरेर चलाइएको छ ।  महाशाखाका अनुसार सिंहदरबार पूर्वीगेटबाट आउने सवारी साधनलाई नयाँ बानेश्वर..

    ट्याक्सीमा नयाँ मापदण्ड - अब १२ सय सीसी क्षमताका चल्न पाउँने

    बुधबार, आषाढ ४, २०७६ साल
    असार ४, काठमााडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब १२ सय सीसी क्षमता भएका ट्याक्सीमात्र चल्ने व्यवस्था लगुगर्ने भएको छ । हाल काठमाडौं वरिपरि चल्ने ट्याक्सी आठसय सीसी क्षमताका मात्र गुड्ने गरेका छन् ।   ती कम क्षमताका ट्याक्सीहरु निकै साँघुरा र अप्ठेरा भएको विषयमा पनि यात्रुको असन्तुष्टि हुँदै आएको छ । यात्रुले महँगो रकम तिरेर चढ्ने सवारीसाधन पनि सुविधायुक्त नभएपछि सरकारले..

    कर्णाली नदीमा जिप दुर्घटना अपडेट : गोताखोरको टोली हुम्ला आउँदै

    बुधबार, आषाढ ४, २०७६ साल
    काठमाडौं ४ असार । हुम्लाको कर्णाली नदीमा मंगलबार बोलेरो जिप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौँबाट गोताखारको टोली आउने भएको छ । हुम्लाको खार्पुनाथमा जीप कर्णाली नदीमा खस्दा बेपत्ता भएकाको अवस्था अझै थाहा हुन सकेको छैन । मंगलबारदेखि नै प्रहरी, सेना र स्थानीयले खोजी गरिरहे पनि अहिलेसम्म जिप र मान्छेको कुनै निसाना फेला नपरेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए..

    हुम्लामा यात्रुवाहक जिप कर्णालीमा खस्यो, सबै यात्रु बेपत्ता, हेलिकप्टरसहित सुरक्षाकर्मी घटनास्थलमा

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौं, ३ असार ।  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा यात्रुवाहक जिप दुर्घटनामा परेको छ । जिप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।  उद्धारका लागि याङचुबाट प्रहरी सहायक निरीक्षक सन्तोस पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना र सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनस्थल पुगेको छ। दिउँसो साढे एक बजेतिर जिप नदीमा खसेको..

    राजश्व रकम तिरेको १ वर्ष पुग्दा समेत सेवाग्राहीले चालक अनुमतिपत्र पाएनन्

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार   चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् ।    सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ..

    तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ४ दिनदेखि उडान नहुँदा २०० यात्रु अलपत्र

    मंगलवार, आषाढ ३, २०७६ साल
    सोलुखुम्बु, ३ असार । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि..

    मालबाहक सवारी सुरक्षामा नयाँ प्रविधि ! साउन महिनादेखि अनलाइन ट्र्याकिङ सिस्टम लागु हुँदै

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ असार राजस्व अनुसन्धान विभागले अगामी साउन महिनादेखि अनलाइन ट्र्याकिङ प्रणाली सुरु गर्ने भएको छ। ‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’लागु गरी मालबाहक सवारी सुरक्षामा नयाँ प्रविधि लागू गर्न लागिएको विभागले उल्लेख गरेको छ। राजश्व चुहावट नियन्त्रण, अनुसन्धान तथा नियन्त्रणका लागि भन्दै विभागले उक्त प्रणाली लागू गर्न लागेको हो। आगामी आर्थिक वर्षको सुरुदेखि मालवस्तु ढुवानी गर्ने साधनहरुले मालसामान ओसार–पसार गर्नुअघि तथा ढुवानी..

    बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु, उद्वारका लागि खटिए प्रहरी र बासिन्दा

    सोमबार, आषाढ २, २०७६ साल
    बझाङ, २ असार । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से। १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाउँमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।  वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक महानन्द जोशीका अनुसार  जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्वार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण..

    भारतीय गाडीको बढ्दो प्रयोग : ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

    सोमबार, आषाढ २, २०७६ साल
    सिरहा, २ असार सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ ।  राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय..

    हेटौँडाको चुरेमा अनियन्त्रित भई बस दुर्घटनाहुँदा १ को मृत्यु, २० घाइते

    सोमबार, आषाढ २, २०७६ साल
    हेटौँडा २ असार ।  चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौँडा अस्पतालमा मृत्यु भएको छ ।  मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित..

    बसको ढोकाबाट हामफाल्दा युवतीको मृत्यु, २ पुरुष मृतावस्थामा फेला

    सोमबार, आषाढ २, २०७६ साल
    भरतपुर, २ असार । चितवनमा बसको ढोकाबाट हामफाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नंको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हामफालेकी हुन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको..

    ८ सय बाइक र ६० वटा गाडी अट्ने क्षमताको न्यूरोडमा स्मार्ट पार्किङ

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार । काठमाडौँ महानगरपालिकाको स्मार्ट पार्किङ प्रणाली सञ्चालनमा आउने भएको छ । केहि दिनअगाडि परीक्षणस्वरुप सुरुवात गरिएको सशुल्क स्मार्ट पार्किङ सेवा आइतबारबाट न्यूरोडमा सुरुवात गर्न लागिएको हो ।  स्मार्ट पार्किङ प्रणाली न्यूरोडका पाँच स्थान रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा उपलब्ध हुने स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले जनाएको छ । तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको..

    “यात्रुको वीमा रकम नबढाएसम्म सिण्डिकेट अन्त्यको औचित्य छैन”

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौं, ३२ जेठ ।  नेपालको यातायात क्षेत्रलाई विगत ६ दशकदेखि नीजि क्षेत्रले नै हाँकिरहेको छ । यसअघि बिभिन्न समिति वा महासंघ अन्र्तगत रहेर संगठित हुँदै आएका यातायात व्यावसायीहरु अहिले भने २ तिहाईको सरकारले ल्याएको नयाँ प्रावधान अनुशार काम गरिरहेका छन् ।  विश्वका अनेकौं देशको यातायात क्षेत्र प्रत्यक्षरुपमा त्यहाँको सरकारले चलाउने भएतापनि नेपालमा भने सो जिम्मेवारीलाई नीजि क्षेत्रले निर्वाह गरिरहेको छ । यातायात व्यावसायीहरु..

    दुर्घटनामा परी मृत्यु भएका ३ जनाकै सनाखत, चालकको खोजीकार्य तीव्र

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    भीमदत्तनगर, ३१ जेठ ।   कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।   गड्डाचौकीबाट भीमदत्तनगर बजारतर्फ आइरहेका म१ह ७६३ नंको अटोलाई विपरीत दिशाबाट गइरहेको से१त ७३३ नंको जेसिबीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी बैतडीको देहीमाण्डौँ नगरपालिका–२ का अन्दाजी २८ वर्षीय किशन बोहरा, पोखरा  पृथ्वीचोक बस्ने ३५ वर्षीया बीना रिजाल र..

    सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता, किन पछि हट्यो विभाग ?

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । चौतर्फी दबाबपछि सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा विभाग पुगेको हो । विभागका प्रवक्ता तीर्थ खनालले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिए । आजै दिउँसो असार १ देखि लागू हुनेगरी यातायात भाडा २० प्रतिशतसम्म बढाउने निर्णय गरिएको थियो । स्रोतका अनुसार कार्यवहाक..

    उपत्यकामा यी रूटमा चल्छ अब रात्री बस, १२ कम्पनीले पाए स्वीकृति

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौं, ३० जेठ उपत्यकामा रात्रिकालिन बस सेवा शुरु गर्नका लागि १२ वटा कम्पनीले स्वीकृति पाएका छन्।  यातायात व्यवस्था विभागले असार १ गतेबाट रात्रिकालीन बस सञ्चालनका लागि स्वीकृति दिएसँगै विभिन्न कम्पनीलाई रातमा पनि बस चलाउन स्वीकृति दिएको हो।  ..

    कोटेश्वरको जाम हटाउन जापानको ३ विकल्प, दुई ठाउँमा सुरुङ मार्ग, फ्लाइओभर पनि

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ काठमाडौंका मुख्य इन्टरसेक्सनमा ट्राफिक सुधारका लागि अध्ययन गर्न आएको जाइकाको टोलीले कोटेश्वरका लागि सुरुङमार्ग, फ्लाई ओभरसहित तीनवटा विकल्प दिएको छ ।  केहि समयअघि जाइकाले कोटेश्वरका लागि तीन विकल्प सहितको प्रारम्भिक प्रतिवेदन दिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार, एक महिनाभित्रै जाईकाले पूर्व सम्भाव्यता अध्ययनको रिपोर्ट दिने छ। ७ जना प्राविधिक सहितको टोलीले फेब्रुअरीदेखि अध्ययन..
    Results 1167: You are at page 12 of 39
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 Next Last
    Weather Forecast