आईतवार, भाद्र १, २०७६

    यातायात

    दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो, स्थानीयवासी सन्तुष्टि

    मंगलवार, चैत्र १२, २०७५ साल
    लमही, १२ चैत  दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो ।  बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छोड्नु पर्ने माग गर्दै स्थानीयवासीले सङ्घर्ष समिति बनाएर विरोध गरेका थिए ।..

    ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित २ को मृत्यु

    मंगलवार, चैत्र १२, २०७५ साल
    लम्की, १२ चैत  मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।  कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नंको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१ख १४१४ नंको मिनीट्रक एकापसमा ठोक्किँदा..

    चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौँ, १२ चैैत  चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना..

    सार्वजनिक यातायातको मनलाग्दीविरुद्ध यात्रु

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौँ, ११ चैत  केही यातायात व्यवसायीले आफूखुशी सार्वजनिक यातायातको भाडा लिने गरेको तर सरोकारवाला सरकारी निकायले अनुगमन नगरेको भन्दै यात्रु स्वयं कारवाहीमा उत्रन थालेका छन् ।  राजधानीमा सञ्चालित बाबा गोकर्णेश्वर, सिटी यातायात र सुन्दरीमाई यातायात कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका परिचालकले यातायात व्यवस्था विभागले गत असोज ७ गते तोकेभन्दा बढी भाडा लिन थालेका थिए । बढी भाडा लिने सवारीलाई विभाग एवं सम्बन्धित..

    फिदिममा हालै सञ्चालनमा आएको स्थायी बसपार्क कार्यान्वयनमा समस्या

    सोमबार, चैत्र ११, २०७५ साल
    फिदिम, ११ चैत हालै सञ्चालनमा ल्याइएको पाँचथरको फिदिम–२, पल्लोटारस्थित स्थायी बसपार्कको कार्यान्वयनमा समस्या देखिएको छ ।  शहर विस्तार हुने अनुमानका आधारमा फिदिम बजारबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको पल्लोटारमा निर्माण गरिएको बसपार्क कार्यान्वयनमा समस्या भएको हो । दुई दशक अघि निर्माण थालेर गत मङ्सिरबाट सञ्चालनमा ल्याइएको बसपार्कमा यात्रु पुग्न कठिनाइ परेको छ । मानवीय चाप नहुँदा सवारी साधन समेत यहाँ पार्किङ हुन..

    काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत  काठमाडौँ उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभगले जनाएको छ ।  आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताउनुभयो ।  त्यसका लागि विभागले..

    काठमाडौँ उपत्यकाका विभिन्न सडकमा चिह्न लगाइने

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत सडक विभागले काठमाडौँ उपत्यकाका विभिन्न सडकमा चिह्न लगाउने भएको छ । जेब्राक्रसिङ, डिभाइडरलगायत सडक चिह्न आवश्यक भएका स्थानमा सडक चिह्न लगाउन लागिएको विभागले जनाएको छ ।  काठमाडाँैका चक्रपथलगायत मुख्य सडकहरुलाई लक्षित गरेर सडक चिह्न लगाउन लागिएको विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले बताउनुभयो । विभागले सडक रङ्गाउनका लागि रु दुई करोडको ठेक्का सम्झौता गरिसकेको छ । नयाँ विस्तार भएका सडकसँगै पुराना..

    सडकमा ध्यान दिऔं ! माइक्रोको ठक्करबाट बालकको मृत्यु

    आईतवार, चैत्र १०, २०७५ साल
    उर्लाबारी, १० चैत : मोरङको सुन्दरहरँैचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा पैदलयात्री सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्रित भई..

    धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

    शुक्रबार, चैत्र ८, २०७५ साल
    अछाम, ८ चैत  सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो ।  यस क्षेत्रका यात्रुको सहजताका लागि शुक्रबार देखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिनुभयो । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै..

    नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै

    शुक्रबार, चैत्र ८, २०७५ साल
    काठमाडौँ, ८ चैत नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ ।  एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्नुहुनेछ । सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो । दुई खण्डमा सडक स्तरोन्नति गर्न लागिएको आयोजना निर्देशनालय (एडिबी) का उपआयोजना निर्देशक सुरेश..

    भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

    शुक्रबार, चैत्र ८, २०७५ साल
    बाँके, ८ चैत  भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए ।  नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल भित्रिएको बताउनुभयो ।..

    कारवाही सिफारिश : ओली सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी

    बिहिवार, चैत्र ७, २०७५ साल
    काठमाडौँ, ७ चैत  प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ ।  समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न सिफारिश गरेको हो ।  भिभिआइपी चढेको..

    घोडा र खच्चड व्यवसायलाई असर पार्दै मोटरबाटो

    बिहिवार, चैत्र ७, २०७५ साल
    पोखरा, ७ चैत सवारीसाधन नपुग्ने ठाउँका लागि आवतजावत र समान ढुवानीका लागि विकल्प हुन् घोडा र खच्चड । झण्डै डेढ दशक अघिसम्म देशका धेरै ठाउँमा ढुवानी र आवतजावतका लागि घोडा खच्चड प्रयोग गर्दै आएकाले यो व्यवसाय पनि आयआर्जनको महत्वपूर्ण विकल्प बनेको थियो ।  पदमार्ग क्षेत्रका लागि त यो व्यवसाय बरदान नै सावित थियो । पछिल्ला समय विस्तार हुँदै गएको मोटरबाटोले अधिकांश स्थानमा..

    होलीको दिन ७७ स्थानमा ट्राफिक जाँच, ५ सय ट्राफिक खटिदै

    बुधबार, चैत्र ६, २०७५ साल
    काठमाडौँ, ५ चैत  ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी..

    बुद्ध एयरले भित्र्यायो एटीआर जहाज, यस्ता छन् सुविधा !

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९०० डी रहेको छ..

    ‘ज्यानमारा’ बन्दै ग्रामीण सडक, सम्बन्धित निकाय किन मौन ?

    मंगलवार, चैत्र ५, २०७५ साल
    डोटी, ५ चैत बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी दुर्घटना भइरहँदा सयाँै स्थानीयवासीको अकालमै ज्यान जाने गरेको छ । धुलो, हिलो र साँघुरा सडकमा वर्षेनी सडक दुर्घटना बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ ।  विसं २०७१ असोज २१ गते जोरायल गाउँपालिकाको कठपत्रे भन्ने ठाउँमा भएको बस दुर्घटनामा ३१ को मृत्यु भयो भने ५९ घाइते..

    ट्राफिकलाई समस्या - उपकरण नुहँदा सुघेरै मापसे जाच !

    सोमबार, चैत्र ४, २०७५ साल
    डोटी, ४ चैत :  मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ ।  बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला जिल्लाका ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको हो । ब्रेथलाइजरको अभाबमा ट्राफिक..

    पिनालेख पाटा हुँदै खप्तडछेडेदह जोड्ने सडक शिलान्यास

    आईतवार, चैत्र ३, २०७५ साल
    मार्तडी, ३ चैत बाजुराको बडीमालिका नगरपालिका–१ मा शनिबार मार्तडी–थामलेख सडकखण्डमा पर्ने बुढाखोला–पिनालेख पाटा हँुदै खप्तडछेडेदह गाउँपालिकामा जोड्ने गरी आठ किलोमिटर सडक शिलान्यास भएको छ ।  नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको वडाध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । लामो समयदेखि राजनीतिक विवाद र पहिरोका कारण सडक निर्माण कार्य रोकिएको थियो । खप्तडछेडेदह गाउँपालिका जोड्न सडकदेखि निर्माण कार्य शुरु गरिएको सडक..

    निगमको वाइ–१२ विमानको पुनः उडान शुरु

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले शुक्रबार काठमाडौँ–दाङ दोहोरो उडान भरेको हो ।  बिरामी बिदामा बस्नुभएका पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्किएपछि उक्त विमानले उडान भर्न शुरु गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिनुभयो ।  निगमले वाइ–१२ विमानकै अर्का पाइलट उद्धव घिमिरेलाई ए–३२० को..

    बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो ।  निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्धले..

    दोलखा बस दुर्घटना : २ को मृत्यु, २३ घाइते

    शुक्रबार, चैत्र १, २०७५ साल
    जिरी, चैत १ दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा शुक्रबार बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।  दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिनुभयो ।  दुर्घटनामा २३ घाइते भएको दोलखाका प्रवक्ता प्रहरी निरीक्षक प्रदीप महतले..

    मदन भण्डारी लोकमार्गले रोल्पालाई समेत जोड्ने

    शुक्रबार, चैत्र १, २०७५ साल
    रोल्पा, १ चैत  कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक योजना तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो ।  सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग घोषणा गर्दा प्यूठान, दाङ, सुर्खेत हुँदै जाने बताएको थियो । लोकमार्गको संशोधित डिजाइनअुनसार अब गुल्मी,..

    ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन हुँदै ,प्रबिधी र कर्मचारी छनोट प्रक्रिया सुरु

    बिहिवार, फागुन ३०, २०७५ साल
    धनुषा, ३० फागुन  वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढाइसकेको छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सञ्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन कार्यविधि निर्माणको काम शुरु गरेको हो । त्यस्तै रेल सञ्चालनका लागि..

    थप सात सडक कालोपत्रेका लागि छनोट

    बिहिवार, फागुन ३०, २०७५ साल
    पर्वत, ३० फागुन ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) कार्यक्रमअन्तर्गत कालोपत्रेका लागि जिल्लाका सात सडक छनोट भएका छन् ।  एशियाली विकास बैंकको सहयोगमा ती सडकको १०० किलोमिटरभन्दा बढी भाग कालोपत्रे हुने भएको हो । पर्वतमा ६० किलोमिटर मात्रै सडक कालोपत्रे गर्न लागिएकामा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालको पहलमा करिव ११० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।  सङ्घीय..

    अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने निगमको तयारी

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, २९ फागुन : जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ ।  विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सङ्ख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले जनाएको छ । पहिलो चरणमा २७ किलोलिटर क्षमताका चार वटा रिफ्युलर खरीद गर्न बोलपत्र आह्वान भइसकेको र प्रक्रिया..

    पहिरोका कारण अवरुद्ध भेरी करिडोर सञ्चालनमा

    बुधबार, फागुन २९, २०७५ साल
    डोल्पा, २९ फागुन  पहिरोका कारण दुई साता अघिदेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।  डोल्पा र रुकुम पश्चिम जिल्लाको सिमानामा पर्ने खदाङ्–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि दुई सातापछि सो सडकखण्ड सञ्चालनमा आएको हो । पहिरो हटाउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो ।  सडक सञ्चालनमा आएपछि यात्रु, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको त्रिपुरासुन्दरी नगरपालिका–५ का जयकृष्ण..

    जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले ७ हजार कर्मचारी हटाउने

    बुधबार, फागुन २९, २०७५ साल
    फ्राङ्कफर्ट, २९ फागुन  जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ ।  कम्पनीले कटौतीमा पर्ने कामदार कर्मचारीलाई अवकाश सुविधाको अवसर प्रदान गरिने जनाएको छ ।  भक्सवागनले दिगो प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न पनि कर्मचारी कटौती गर्नु परेको स्पष्ट गरेको छ । एक अनुमान अनुसार आगामी वर्षहरुमा अवकाशका..

    तेस्रो पटक थपियो सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ, २९ फागुन सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका यातायात समितिलाई कम्पनीमा जाने समय तीन महीना थपिएको छ ।  सङ्घीय संसद्का दुवै सदनबाट नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भई राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएपछि समितिलाई कम्पनीमा जाने अवधि थपिएको हो । कम्पनी ऐन, २०६३ को दफा ९ मा संशोधन भएपछि तीन महीना थप..

    मोटरसाइकललाई ठक्कर दिई बस पल्टिँदा २ को मृत्यु, ७ यात्रु घाइते

    बुधबार, फागुन २९, २०७५ साल
    लहान, २९ फागुन  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको का १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ निवासी ६५..

    नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन  नागढुङ्गाबाट सिस्नेखोलासम्मको नेपालकै पहिलो सुरुङ मार्गको प्राविधिक प्रस्ताव स्वीकृत भई आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया शुरु भएको छ ।  प्राप्त भएका छ वटा प्राविधिक प्रस्तावमध्येबाट स्वीकृत गरी आर्थिक प्रस्ताव खोल्ने गरी प्रक्रिया अघि बढाइएको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ । मार्ग निर्माणका लागि एक जापानी र पाँच चिनियाँ कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेको आयोजना निर्देशक श्यामप्रसाद खरेलले राससलाई..
    Results 968: You are at page 11 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast