आईतवार, भाद्र १, २०७६

    यातायात

    सवारी दुर्घटनामा परी बसमा सवार एकको मृत्यु

    शनिबार, चैत्र ३०, २०७५ साल
    नवलपरासी, ३० चैत पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा गए राति भएको सवारी दुर्घटनामा परी बसमा सवार एकको मृत्यु भएको छ ।    बिग्रिएर सडकमा रोकिराखेको ना६ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडाँै हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी गापा–२ बस्ने अन्दाजी २२÷२३ वर्षका रामु सुनारको उपचारका क्रममा नयाँ मेडिकल..

    नेपाल एयरलाइन्सको जापान उडान निश्चित, दैनिक ३ उडान भर्न अनुमति

    मंगलवार, चैत्र २६, २०७५ साल
    काठमाडौँ, २५ चैत : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापान उडान सुनिश्चित भएको छ । जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले जनाएको छ । जापान उडानका लागि सम्पूर्ण कागजात सोमबार जापान सिभिल एभिएसन ब्यूरो ९जेक्याब० लाई बुझाइएकाले उडान सुनिश्चित भएको निगमका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।    यस्तो छ समयतालिका  उहाँका..

    मलेसियामा बस दुर्घटना, नेपाली सहित १३ जनाको मृत्यु

    सोमबार, चैत्र २५, २०७५ साल
    चैत २५, सोमबार  मलेसियाको क्वालालम्पुरमा काम गर्ने श्रमिक बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राति दुर्घटना हुदाँ २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परि बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको मलेसियास्थित नेपाली  दूतावासले जानकारी दिएको छ । गम्भीर घाइते भएका अन्य ३ नेपालीको उपचार भइरहेको दूतावासले जनाएको छ । नेपाली, बाङ्लादेशी र इन्डोनेशियन..

    के तपाईंको सवारीले धुँवा फाल्छ ? बाटोमा ट्राफिकले समाउला है !

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौं, २५ चैत ।  उपत्यका ट्राफिक प्रहरीले केही दिनअघिबाट थालेको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना’ अन्तरगत एकैदिन बढी धुँवा फाल्ने  ४६ सवारी साधनलाई कारबाही गरेको छ । कार्ययोजना अन्र्तगत आइतबार बबरमहल क्षेत्रमा भएको प्रदुषण जाँचका क्रममा बढी धुँवा फाल्ने झण्डै ४ दर्जन सवारी साधान कारबाहीमा परेका हुन् । सो क्रममा यातायात व्यवस्था विभागको दुई वटा प्रदुषण जाँच उपकरण र..

    सडक मर्मत माग गर्दै पृथ्वीराजमार्ग अवरुद्ध

    आईतवार, चैत्र २४, २०७५ साल
    दमौली, २४ चैत पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडा–कोत्रे सडकखण्ड मर्मत गर्नुपर्ने माग गर्दै स्थानीयवासीले आज राजमार्ग अवरुद्ध गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित राजमार्ग भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले बिहान ९ः३० बजेदेखि राजमार्गमा ढुङ्गा तेस्र्याएर अवरुद्ध गरेका हुन् । सम्बन्धित निकायको बेवास्ताको कारण सडक मर्मतमा ढिलाइ भएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी हरिलाल रिमालले बताउनुभयो ।  उहाँले भन्नुभयो, “स्थानीय..

    वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्ग अवद्धरु, यात्रुहरु अलपत्र

    आईतवार, चैत्र २४, २०७५ साल
    सुर्खेत, २४ चैत्र शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्दा काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका..

    सिल्क एयरले काठमाडौँ–सिंगापुर उडान थप्यो, हप्ताको सातैदिन उडान

    शनिबार, चैत्र २३, २०७५ साल
    काठमाडौं, २३ चैत  सिंगापुर एयरलाइन्सको क्षेत्रीय वायुसेवा सिल्क एयरले हप्ताको सातैदिन उडान सुरु गरेको पहिलो साता उत्साहजनक रहेको जनाएको छ ।  सिल्क एयरले सन् २००७ देखि काठमाडौं उडान भर्न थालेकोमा यात्रुको वृद्धिसँगै माग अनुसार उडान थप्दै लगेको छ । शनिबार सहित हप्तामा सातै दिन उडान सम्पर्कले यात्रुमा विकल्प अझै वृद्धि भएको भनाइ छ । शनिबार नयाँ सेवाको सुरुवातसँगै यसअघिको ६ उडानमा एक थप..

    ललितपुरको चक्रपथमा दुर्घटना : २ को मृत्यु, १ घाइते

    शुक्रबार, चैत्र २२, २०७५ साल
    काठमाडौँ, २२ चैत ।  ललितपुरको सानेपानजिकै चक्रपथमा ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुन‍ेमा दोलखा घर भइ ललितपुर बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भइ भैसीपाटी बस्ने ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् । ललितपुरको नयाँबाटोमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ट्रकले किचेर दुई जनाको मृत्यु भएको छ । बाटो काटी रहेको स्कुटरलाई जानदिँदा..

    भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सबै नाका ३ दिन बन्द हुँदै

    शुक्रबार, चैत्र २२, २०७५ साल
    बैतडी, २२ चैत  भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । भारतको पिथौरागढमा सम्पन्न..

    साझा यातायातले थप २० नयाँ शहरी बस ल्याउँदै

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत  साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो ।  साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद भएकोे हो । उहाँले भन्नुभयो, “अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ..

    विमान नहुँदा सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र

    बुधबार, चैत्र २०, २०७५ साल
    सुर्खेत, २० चैत    पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णालीमुक्त हुनसकेको छैन । यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र डोल्पा छन् । विमान नहुँदा यसपटक सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र छन् ।    उपचार एवं विभिन्न कामले राजधानी सुर्खेत झरेका उनीहरुलाई बेलैमा हुम्ला कसरी पुग्ने भन्ने कुरोले पिरोल्न थालेको छ । वर्षेबाली लगाउने..

    खुम्बुमा पहिलो पटक गाडी पुग्यो, मुख्यमन्त्रीद्वारा उद्घाटन

    बुधबार, चैत्र २०, २०७५ साल
    सोलुखुम्बु, २० चैत  विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ । सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो ।        माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयक्त लगानीमा खरिखोलासम्म सडक पु¥याइएको गाउँपालिकाले जनाएको छ । उक्त सडकको उद्घाटन गर्दै मुख्यमन्त्री राईले गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक विस्तार गर्न प्रदेश..

    आजबाट राजविराजमा विमानस्थलबाट उडान सेवा ठप्प !

    बुधबार, चैत्र २०, २०७५ साल
    राजविराज, २० चैत    सप्तरीको राजविराजस्थित विमानस्थलबाट सञ्चालन हुँदै आएको विमान सेवा ठप्प भएको छ ।    गत असार १० गतेदेखि नियमित विमान सेवा थालिएको राजविराज विमानस्थलमा श्री एयरलायन्सले शुरुमा हप्ताको पाँच दिन उडान भर्दै आएको थियो । त्यसपछि केही महीनामा प्राविधिक त्रुटि देखाउँदै हप्ताको तीन दिन उडान भर्दै आएको श्री एयरलाइन्सले राजविराज विमानस्थलमा आजबाट उडान सेवा नै बन्द गरेको राजविराज नागरिक उड्डयन कार्यालयले..

    मिटरमा जान नमान्ने र बढी भाडा लिने ट्याक्सी कारवाहीमा

    मंगलवार, चैत्र १९, २०७५ साल
    चिप्लेढुङ्गा, १९ चैत । ट्राफिक प्रहरीले मिटरमा जान नमान्ने ट्याक्सीलाई निगरानी गरेर कारवाही थालेको छ । पोखरामा ट्याक्सी चालकले मनपरी भाडा लिएको भन्ने गुनासो यात्रुबाट बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सादा पोशाकका प्रहरी खटाएर कारवाही अगाडि बढाएको हो ।  पोखराका विभिन्न स्थानबाट मंगलबार ३१ ट्याक्सीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रमुख मुरारी मिश्रले जानकारी दिनुभयो । “पर्यटकीय शहर पोखरामा ट्याक्सी चढ्नेहरुको निकै..

    अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत शुरु, सेवा सामान्य अवस्थामै

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १९ चैत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा ममर्त शुरु गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलले सोमबार रातिदेखि धावनमार्ग मर्मतको काम अघि बढाएको हो ।  पहिलो दिनको मर्मतपछि विमानस्थलको उडान अवतरण सामान्य अवस्थामा भइरहेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) प्रमुख सीताराम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार धावनमार्ग मर्मतपछि आज बिहान ८ बजेदेखि नियमित उडान अवतरण..

    घाइतेको उपचार सरकारको उच्च प्राथमितामा, टोली परिचालन

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ ।  विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहन पुगिसक्नुभएको छ..

    ‘हवाई दुर्घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने’

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा हुने हवाई दुर्घटना बढिरहँदा पनि यसबारे सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद रहेको बताउनुभएको छ । उहाँले हवाई दुर्घटनाका कारण पत्ता लगाएर निराकरण गर्नुपर्नेमा जोड दिनुभयो ।  स्वर्गीयमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई समवेदना दिन नेपाल आइपुग्नुभएका नेता जोलीले युरोपले आफ्नो नागरिकको ज्यानलाई मात्र महत्वपूर्ण ठानेको बताउनुभयो । मन्त्री अधिकारीले आफूसँग नेपाली वायुसेवालाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा..

    चितवनमा ३ वटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु

    सोमबार, चैत्र १८, २०७५ साल
    मुग्लिन, १८ चैत  चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ ।  पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल सोमबार बिहान ७ः३० बजे एकापसमा ठक्कर खाँदा धादिङ ज्यामरुङका..

    दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत [नाम सहित]

    आईतवार, चैत्र १७, २०७५ साल
    ओखलढुङ्गा, १७ चैत ओखलढुङ्गामा स्कार्पिओ जीप दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको सनाखत भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी नजीकै भडारे खोलामा स्कार्पियो दुर्घटनामा ज्यान गुमाउनेमा ताप्लेजुङ, ओलाङ्चुङ्गोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा तथा काठमाडाँै बौद्धका ४० वर्षीय ङवाङसेर्तुङ शेर्पा, ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव..

    यसकारण अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत   मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।    दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।    मर्मतको अवधि अर्थात (१अप्रिल २०१९ देखि जुन..

    ओखलढुंगामा जिप दुर्घटना, ६ को मृत्यु, ३ को अवस्था गम्भीर

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौ, १७ चैत ।  ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ स्थित बढारे खोलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । खोटाङको हलेसीबाट आउँदै गरेको बा १६ च २२०६ नम्बरको स्कार्पीयो जिप दुर्घटना भएको हो, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । ३ जना घाइते भएका छन्  दुर्घटनाको कारण..

    तीव्रगतिले मोटरसाइकल आपसमा ठोक्किँदा ३ को मृत्यु

    आईतवार, चैत्र १७, २०७५ साल
    राजापुर, १७ चैत  बर्दियाको बारबर्दिया नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।  सुरज चौधरीले चलाएको भे८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको..

    बसपार्क निर्माणले तुलसीपुरवासीमा खुशियाली

    शुक्रबार, चैत्र १५, २०७५ साल
    दाङ, १५ चैत  तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म बसपार्क निर्माण नभएकाले यातायात सञ्चालन कार्य निकै चुनौतीपूर्ण र जटिल हुँदै आएको थियो ।  “बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”,..

    नेपाल आएलगत्तै भारतीय विदेश सचिव गोखले भेटवार्तामा व्यस्त

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौँ, १४ चैत   प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विजय गोख्लेले उहाँको सरकारी निवास बालुवाटारमा बिहिबार अपराह्न शिष्टाचार भेट गर्नुभयो ।  त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो ।  यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आजै सचिव गोख्लेले शिष्टाचार भेट गर्नुभयो । भेटमा पारस्परिक हित र चासोका विविध विषयमा..

    सिंहदरबारमा थन्किएका १ सय ५१ गाडी सदुपयोग

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौँ, १४ चैत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी चलाउनका लागि प्रदेश तह, स्थानीय तह र प्राविधिक शिक्षालयलाई दिइएको जानकारी दिनुभयो । उहाँले ती निकायले आफैँ मर्मत गरी सञ्चालन गर्नका लागि दिइएको बताउनुभयो ।  “वर्षौंदेखि बिग्रिएर थन्किएका गाडी त्यतिकै रहेका थिए”,..

    विवादित बोइङले गर्‍यो ७३७ म्याक्सको सफ्टवेयरमा परिवर्तन

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौं, १४ चैत  बोइङ ७३७ म्याक्स विमानको विवादित फ्लाइट कन्ट्रोल सिस्टम (विमान नियन्त्रण गर्ने सिस्टम) मा परिवर्तन गरेको बोइङ कम्पनीले जानकारी दिएको छ । पछिल्लो पाँच महिनामा भएको दुईवटा विमान दुर्घटनासँग जोडिएको  यद्यपि, विश्वभर ग्राउन्डेड गरिएको विमान कहिलेदेखि पुनः सञ्चालनमा आउनेछ भन्ने चाहीँ स्पष्ट गरिएको छैन । अनुसन्धानकर्ताहरुले अझै पनि दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेका छन् । बोइङले ७३७ म्याक्स विमानमा एउटा चेतावनी दिने सिस्टम थप..

    सबै यातायात समितिलाई जेठ १८ भित्रै कम्पनीमा जान निर्देशन

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौँ, १३ चैत : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको छ ।  महासङ्घको कार्यसम्पादन सचिवालयको बुधबार यहाँ बसेको बैठकले २०७६ जेठ १८ गतेभित्र सबै यातायात समितिलाई कम्पनीमा जान निर्देशन दिएको हो ।  महासङ्घका महासचिव सरोज सिटौलाले असीमित शेयर सदस्य रहने गरी कम्पनीमा जान पाउने सरकारको निर्णयलाई स्वागत गर्दै महासङ्घले उक्त निर्णय गरेको जानकारी दिनुभयो । उक्त निर्णयसँगै..

    वैशाखदेखि नयाँ सडकमा ‘स्मार्ट पार्किङ’

    बुधबार, चैत्र १३, २०७५ साल
    काठमाडौँ, १३ चैत  काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो ।  सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो । वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ,..

    छुटपुर्जीको व्यवस्था नहुँदा भारतीय गाडीधनीलाई सास्ती

    बुधबार, चैत्र १३, २०७५ साल
    वीरगञ्ज, १३ चैत  विआर २७ भि ३९२७ भारतीय नम्बरको गाडी लिएर सीमावर्ती भारतको सिकटा बजारबाट वीरगञ्जतर्फ आइरहेका अभिशेष कुमारले पश्चिमी पर्साको भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको लागि गाडी रोकछन् । तर, पछि थाहा हुन्छ, भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काटने व्यवस्था छैन ।  नजिकै रहेको प्रहरीचौकी भिष्वामा अन्ततः गाडी प्रवेश गराएर अभिशेष गन्तव्यतर्फ लाग्छन् । यो समस्या अभिशेषलाई मात्र होइन, सो नाकाबाट..

    मष्टा देवताको ऐतिहासिकता र बझाङ्ग जिल्ला

    मंगलवार, चैत्र १२, २०७५ साल
    चैनपुर, बझाङ्ग, १२ चैत    खस जातिको कुलदेवता मष्टाको उद्गम स्थल खस प्रदेश मानिन्छ । महाकाली नदीदेखि त्रिशूली नदीसम्म, नेपाली पर्वतीय खण्ड सिंजा साम्राज्य अन्तर्गत चीनको तिब्बतमा पर्ने खारी प्रान्त र भारतको पहाडी भू–भाग काश्मिरदेखि कुमाउँसम्मको क्षेत्रलाई खस प्रदेश र त्यहाँ बस्ने जातिलाई खस भनिन्छ । यिनै खस जातिले पुज्ने कुलदेवताका रुपमा मष्टो रहेको छ ।    डा प्रयागराज शर्माका अनुसार मष्टोलाई कर्णाली प्रदेशको..
    Results 968: You are at page 10 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast